Tag Archives: kabita

कविता : तिम्रो हाम्रो जिम्मा हो

~बाबुराम पन्थी ‘गुल्मेली’~ परिवर्तन संगै जलवायु गर्मी झन् झन् बढ्दै गयो नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो छाती छिया छिया मातृभूमीको बाढी पैरोमा परी भासिदै पैतालाहरू मातृभूमीको बैरी एम्बुस परी कूपुत्र सन्तान मातृभूमीका अंश माग्दै छन् आज रूदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खबर्दार

~खेमराज अधिकारी~ खबर्दार जनता हो अब चुप लग्नु हुन्न नेपाललाई बेच्ने लेन्दुप दोर्जेहरु सिंहदरबारमा बसेर खुलेआम देश बेचीरहेका छन कुर्सीसँग भाषा शाटदै छन सिमान बेच्दै छन स्वाभिमानको शौदाबाजी सदनबाटै गर्दै छन (नेपाल आमाको………) गर्बको भागबन्दा लाउदाँ, घरभाँडालाई तेश्रो चाहिने, देशभक्तलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेता जी

~हरि अधिकारी~ जनताको छोरो जुदाउन तयार छन नेता जी , जनताको छोरो मर्दा के भयो हामी लागी हैन मेरो छोरो मर्दा पो दुःख भन्दै छन नेता जी जब हामी नै खुसी छू त कसको के भो हामी लागी अरु रोगी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~राजेन्द्र थापा~ यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी जिन्दगीभित्र अल्झेको जिन्दगी जिन्दगीभित्र बल्झेको जिन्दगी फुकाउन नसकिने गाँठो परेको यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी प्रत्येक बिहान म उठेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~विवेक अर्याल~ नयाँ नेपाल आउँछ भन्थे कहिले आउँछ ख्वै थाहा भएन सपनीमा पो आएछ कि ? खै मैले त पत्तै पाइनँ न शान्तिको आभास पाइयो न राहतको सास फेर्न पाइयो के हो यो नयाँ नेपाल ?

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : समवेदना !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ लाग्दैथ्यो जब यो बहत्तर नयाँ वैशाख मैह्ना सुरु धर्ती नै नरमाइलो बनिदियो भूकम्प पर्दा अरू जाँदा बाह्र गते त्यति जब बज्यो सारा जिमी हल्लियो भत्के गाउँहरू भकाभक सबै आश्चर्यजस्तो भयो ? ।।१।। हल्लायो कति जोड–तोडसितले धाँजा जिमीमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~भारती गौतम~ सबैसंग सधैं बिउँझिने प्रभातलाई जहाँको बिहानी पनि प्यारै लाग्छ । स्वच्छन्द आकाशमा उड्ने चरीलाई जहाँको आकाश पनि आफ्नै लाग्छ । ढकमक्क फक्रने गुलाफलाई संसारभरिको बगैंचा प्रिय लाग्छ । खै, कहाँ छ यिनीहरुको घर ? कस्ले दिएको छ यिनीहरुलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ठेसमा प्रेरणा

~भुवनहरि सिग्देल~ बेडा कैयन् उठायौं विषय विष पियौं धैर्य यो रोकिएन कालो पर्दा लगाई ग्रहण भय दिंदा सूर्य यो छेकिएन गोर्खाली स्वाभिमानी हृदय छ दरिलो तेल―ऊर्जा सकिन्न पैताला नाघ्न सक्छन् कठिन गिरि बडा स्वस्थ पुर्जा खिइन्न।

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्माघोषणा

~बिमल गुरुङ~ अब म घोर तपस्या गर्छु म सोच्न थाल्नेछु कि मैले धेरै-धेरै महिनाहरु शुन्यमा बिताएँछु म सोच्न थालेको छु चल्न सक्दैन यसरी काम अब म घोर तपस्या गर्छु अब मेरो तपस्यालाई कुनै सुन्दरी मेनकाको उत्तेजक हाउभाउले भङ्ग गर्न सक्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : भुसको आगो

~अतित मुखिया~ आत्मिय मित्र, तिमीमा भुसको आगो भित्र भित्रै सल्किएछ मैले तिम्रो ब्यवहारमा धुवाँ उठेको यादै गरिन । अरुसामु तिम्रै बखानगर्दै निस्फिक्री तिम्रै प्रगतिमा रमईरहे म तिम्रो सफलतामा आनन्दित भैरहे म तर त्यो आनन्दमा उल्टै

Posted in कविता | Tagged | Leave a comment

कविता : तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन

~बासु शर्मा~ माटोको सुगन्धमा हरेक बिहान ब्युँझने मेरो देश अचेल माटो दुखेको पीडाले छट्पटाइरहेको देख्छु चेतनाका ब्यापारीहरुको बिगबिगी बढेर सगरमाथा पुड्किन थालेको देख्छु तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमानाको सास्ती

~टंक वनेम~ जिम्मेवारीको आरानमा बसेर शक्तिको धारमा धार नअर्जापे पछि बाँधले पानी बाँधेको बाँध्यै छ पानी उधोँबाट उभोँ बगेको बग्यै छ राप्तिको जलकुण्डमा निराशाको कमल फुलेको फुल्यै छ कोसीले धार फेरेको फे-यै छ लक्ष्मण बाँधको पर्खालले

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वसन्ध्या

~अभय श्रेष्ठ~ खच्चरको पिठ्युँझैँ दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन । दुःखको बेहिसाब भारी बोकेर हृदयको रगत कटकटिँदा जब जब सुस्ताउन उभिन्थेँ खच्चरलाई झैँ निर्दयतापूर्वक हिर्काइन्थ्यो मेरो पिठ्युँमा । मेरो विशाल र लाटो हृदयमा हरेक कारबाहीपछि

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : साहित्य

~मुक्तिनाथ शर्मा~ पाकेका स्याउका दानाभित्रको रसमाधुरी काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।। के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ क्रोधको बेग जो रोक्छ सभ्य शान्त … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : प्रिय मार्क्स

~राजव~ प्रिय मार्क्स तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्विर टोलाइरहेछु

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रातो अक्षता

~क्षेत्र प्रताप अधिकारी~ यसपालि पनि मान्छेको रगतमा मुछेर लगाउने हो कि क्या हो दशैंको रातो अक्षता? कस्तो नन्सेन्स प्रश्न! देशमा जुठो परेको बेला टीको लाउनेलगाउनेहरु काजकिरिया बसेको बेला रातो अक्षता सजाउने भाग्यमानी निधार खोइ?

Posted in कविता | Tagged | Leave a comment

कविता : स्तब्ध आशक्ती

~आचार्य प्रभा~ शालिन् त्यो मुहार अनि भद्रपनको आशक्तिमा म यसै हराएछु कि …….., आजकल म आफैभित्र आफैलाई पाउन असमर्थ छु , हो त्यो मुहार निश्छल छ,गम्भिर छ,भावुक छ ऊ पनि कता कता हराए झैं छ शायद……. हामीबिच अल्पपरिचिताको तगारो भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेकशील बीपीको सम्झना

~डा बमबहादुर थापा ‘जिताली’~ साहित्य र समाजवादी विचारको मर्म सय वर्ष बाँचेका छन् तिम्रा दुवै कर्म आज तिम्रो सम्झनामा बत्ती बालिदिन्छु विसङ्गति, विकृतिको हात्ती फालिदिन्छु । विवेकी ती विचार छन् आजभोलि लुला आफैं मात्र धनी बन्ने नेता भए ठूला दुवै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आबेग

~सोम खनाल~ गजल, गीत, कबिता केही लेख्दिन आज यौटा अठोट लेख्छु लेख्दिन दया\अभिलाषाका याचनाहरू आज बिपद र क्रोध लेख्छु । हेर्दिन बगैचामा फूलहरू छुदिन घण्ट र त्रीशूलहरू सुन्दिन कुनै आग्याहरू तोडिदिन्छु सबै प्रतिग्याहरू ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर, बिराला र सन्ततिहरु

~दीपकजङ्ग हमाल~ एउटा धुर्त बाँदर खोस्छ कुराउनी बिरालाहरुबाट निरिह बिरालाहरु पर्छन हाम्रै शरणमा कुराउनी पुन: प्राप्तिका लागि दयावान भिंड उर्लन्छ कुराउनी खोस्न

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो सम्झनामा

~अरुणबहादुर खत्री “नदी”~ तिमीलाई म के भनौं फूल भनौं त्यसमा काँडा छ चन्द्रमा भनौ त्यसमा दाग छ शुभकामना तिमीलाई सधैँभरिको लागि मिलीरहोस् मंगल होस् सधैँ मंगल रहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : कतै भेटिएन

~राजकुमार सुब्बा ‘अनिश्चित’~ विद्युतीय छापाहरुमा कम्प्युटरका स्क्रिनहरुमा टाइपिङ्ग हुँदै डिलिङ भएका अक्षरहरु रिमाइण्ड हुँदै पुन मोबाइला स्क्रिनभरी घाम उदाउनु र अस्ताउनु जस्तै भएर भाइरसले ग्रस्त पारेका कुनै समयका फोल्डरहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबुबा

~निरज भट्टराई ‘मनोरोगी’ ~ तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले मलाई उपहार दिनु भएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट लगाएर निस्केको पहिलो दिन नै किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो धागो निस्केको थियो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल सानो भयो

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छोक : विडम्बना

~डा. दीनबन्धु शर्मा~ म लाटो पढेँछु किताबै किताब समात्यौ तिमीले त मुद्रा लगाम सबै सत्य तिम्रो सबै न्याय तिम्रो छ सत्ता त तिम्रो सबै थर्कमान

Posted in कविता | Tagged | Leave a comment

कविता : माला

~नीरज लवोजु~ ऊ हल्ला गर्छ र माला लगाउँछ ऊ माला लगाउँछ र हल्ला गर्छ। उसको हल्लाबीच सत्य खोज्नुपर्ने भएजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : मुठ-भेड

~युद्धप्रसाद मिश्र~ बलात्कारीमाथि आमा दिदी बैनी सारा संगीनले लालाबाला हुन्छन् चिरा-फारा चेतनाको उज्यालोमा जाग्यो र्सवहारा ब्यूँझीदै छन् अनगिन्ति धरतीका सारा उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को बदलाको भावनामा जनताको लर्को संर्घषको मैदानमा नबलेका ज्योति शहरिया साहित्यको फुस्किसक्यो धोती

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा जीवनका सुस्वानुभूतिहरु

~किरण टि लिम्बू~ जिन्दगीको सही अर्थ नै जीवन बोध हुनु हो जीवनप्रति बोधगम्य हुनु नै सही जीवन हो दिनको उज्यालोमा मात्र हाँस्ने जीवन के जीवन ? जीवनको अँध्यारो भित्र पनि बाँच्न सिकौं। दिनलाई आफ्नो स्वार्थमा मात्र जगाउने होइन अनि रातलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश विकाश गरी देखाई देऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ । गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ।। गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको । नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।। कुटिल तिम्रो चालले झुक्दै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : निमन्त्रणा

~वसन्त प्रवीण~ फर्की हेर्दा आफैलाई, मन रमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको मन नलाई जानुपर्ने, कस्तो होला उर्दी यस्तो पो त हुँदो रै’छ, भ्रष्टाचारको पुर्जी जाने हो कि अलि-अलि, गरी कमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको उनीलाई के थाहा र, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी आउँछौ भनेर

~दिलिप योन्जन~ मुसु मुसु हाँसी दिन्य्थौ देउराली अनि चौतारीमा भेट्दा पहिलो भेटको मुस्कान अझै अमर छ सपनी अनि बिपनीले सोधिरहन्छ …… खोजिरहन्छ ……

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा दुई नयन

~पवन शर्मा~ सुन्दर ती तिम्रा दुई नयनले हेर्दा म पानी पानी हुन्छु तिम्रो एक मुस्कानका निम्ति हुस्सु म जानी जानी हुन्छु शितल सौम्य निलो गगनका फेदमा बसेको बेला काव्यधारा बहन्छन् यसै तिम्रो सम्मोहनमा फसेको बेला

Posted in कविता | Tagged | Leave a comment