Tag Archives: kabita

कविता : म कठोर कवि

~आभास~ मन धराप भएपछि यसमा केही अट्दैन तिमी प्रेमको प्रश्न गर्छौ ? यहाँ त घृणा पनि अट्दैन म त्यही धराप मन बोकेर हिँडेको एउटा भरिया म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : जिजीबिषाको लडाइँ

~आचार्य प्रभा~ ढुङ्गाको मन बोकेर पर्देशिएका हामी बाध्यताको बन्धनले बाँधिएका छौं , भन्छन, भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ पैसाको मोहमा फँस्यौ त र….. त्यसो हैन, केवल जिजीबिषाको लडाइँ लड्न मात्र हामी पर्देशिएका छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्ताघरहरु

~लोक राज भट्ट~ मन्दिरमा फहराउन त फहाउदैछन धोजा र पताकाहरु अनी कहिलेकाही आगन्तुकले झै कसैले बजाइदिन्छ घाँट र घुमुराहरु तर भडारहरुमा राखेका दाइना र दुमाउहरु मुसाले चोट्याइ सक्यो ईतिहाँसलाइ चिथोरे झै गरी धेरै घरका मानेझ्यालहरुबाट धुवा आउन झोडेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : मावाखोलाको मन

~प्रथा~ वैँसको घोडामा चढेर बतासले जुल्फी लर्काउन थालेपछि उस बेला– छानाबाट फर्सी झरुञ्जेल थेवाले बजाएथे रे ! आफूजस्तै जब्बर च्याब्रुङ च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !! त्यही आदिम धुन सुनेर युगौँदेखि निदाइरहेको यो नदीले– जीवनको गति हालेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अंगार

~यल्जी विवश~ हो, मेरो जीवन त्यही दिन सकिएको थियो जुन दिन समयको धारले मलाई काठ बनायो ! मेरो अस्तित्व र पहिचान फेरिएर म त्यही दिनदेखि अर्कै नामले बोलाइए, भलै, मेरो नश्लमा त्यही जीवन मृत भएर बगिरहेको हओस् ! अहिले त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिंजडा भित्रका कबिता

~प्रकाश सुनुवार ‘निराकार’~ नेलकडी ठोकेर पिंजडा भित्र बन्दी बनाइएको शताब्दीयौं भयो – मेरो कबिता ! पिंजडा – दन्तेकथाको एकिकरणको, अन्धा/ बहिरा/ लाटा राजतन्त्रको, पञ्चायत नामको, झुक्याउने प्रजातन्त्रको, फोस्रो लोकतन्त्रको, प्रमाणीत हुन नसकेको गणतन्त्रको । पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने कबिताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध जित्ने हरु लाई एक सानो सन्देश

~सन्जीव बंकिम~ भनिरहनु पर्दैन युद्ध आँफै मा एक घ्रिणित फोहोरी खेल हो जहाँ हामी अहमता का हुन्कार भरी रहेका हुन्छौ दुश्मन हरु लाई नस्तनाबुद पारी रहेको चर्चा गरी रहेका हुन्छौ हामी कति असत्य बोली रहेका छौ कि फँला फँला युद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाउँ हिँड सुन्तली-ओलाङ्चुङ गोला !

~ध्रुबकुमार सापकोटा~ रात भरी भरी गल्ली गल्ली बाट भुस्याहा कुकुरहरुको अट्टहासले मेरो निदलाई तर्साउँछ खै सुन्तली, त्यो स्याल कराएको आवाज ? झिस्मिसे हुनु धेरै पहिले देखि रातको प्रथम प्रहर सम्म मोटरगाडीको कोलाहलले

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~अकेला यात्री~ यो राजधानीको साँघुरा कोठाहरूबाट यी नानीहरूलाई ठूलो चौरमा पु¥याएर कहिले भेट्नु हामी दुई जना एकान्तमा धित मारेर मध्यराति ढोका ढकढकिन्छ एकाबिहानै लुगा पनि लाउन नपाई घरबेटीले– ढोका ढकढकिन्छ प्रायशः मलाई स्वतन्त्रता र सौहार्दता बाँच्न मन लाग्छ तर यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ जीवनको खाका

~राजेन्द्र तारकिणी~ (सायद मान्छेले धरतीलाई पिलाइदिएको थियो– एक शिशी विष र, धरती बहुलायो– नियम उल्टापुल्टा परे बाङ्गाटिङ्गा तरङ्ग विनाश प्युँदै आए जीवन टुक्रिए/आशा चुँडिए सपना कच्याककुचुक परे) कति खरानीमय बगर मात्रै हेरिबस्नु अब ?

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~तेजविक्रम कार्की~ बिर्सिएर हिडेछु भने एक दिन आफैंलाई जोडेर दियोहरु – घाम लेख्दै हिडुँ बगेर पानी-पानी समुन्द्र लेख्दै हिडुँ उज्यालोको साना साना झिल्काहरु चोरेर जुनकीरी-जुनकीरीहरुले जुन लेख्दै हिडुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : रोबोट हुनुको विरुद्दमा उभिएको – “मानिस” ।

~अनमोल कडेँल~ रोबोट सगँ , आँखा जस्तै “लेन्स” हुन सक्छ तर , रोबोट सगँ मान्छेको मुख जस्तै बोल्ने “स्पिकर” पनि हुन्छ तर , रोबोट सगँ , दिमाख जस्तै काम गर्ने एउटा “यन्त्र” हुन्छ तर , रोबोट सगँ मान्छेको जस्तै तारहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाऊले एक बालक सम्झेर

~मनु मन्जिल~ म चाहन्छू भेटीदा बालक संगै भेटियोस मुस्कान भेट्दा फुलसॅगै भेटियोस वसन्त मानौ सोधियो कि उस्का बाबू कहा छन बालकले सानो औलाले देखाओस् चौतारा भरी बसेर हासी रहेका मानिस र भनोस् त्यहाको यौटा हासो उसको घरको हो। मानौ सोधियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास गरेर हेर्दा

~राज आशातीत~ एउटा फूल आफ्नै आंखाबाट ओर्लीरहेछ …… चौबन्दी तुना हुँदै! अर्को भमरा पिल्छिएको सुंडो लिएर भुन्भुनाइरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुश्मन

~मनु मन्जिल~ मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैंचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ मेरो आँगनका फुलले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ

~गणेश पुर्बछाने मगर~ छोडी जाने मायालु लाइ ,, जान देउ व्यर्थै….उस्को पछी लाग्छौ किन?? जब यँहा ….दुनिया नै स्वार्थी छ भने छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन?? जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई उस्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जेठको गर्मीमा एउटी स्त्री

~हरि अधिकारी~ धूलाम्य राजमार्गको उदास किनारामा असरल्ल पसारिएको एक चोक्टो घामलाई थोत्रो छाताझैँ ओढेर हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई तीन चौथाई देखिएका स्तनका बीचमा काखे बालकलाई झैँ घुसारेर पहेलिँदै गएको परबरको वार्धक्यसँग बिर्सिदै जान लागेको सपनाको मण्डीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलाबको बासना

~रश्मिला कवाङ ‘रश्मि’~ गृष्मयामको उखरमाउली घाम बतास चलेपनि टन्टलापुर गर्मी आकाशबाट जति नै झरी दर्के पनि चारैतिर मगमग बासना फूलको स–साना किराफटयाङ्ग्रा छरप्रष्टै बाटाभरि र लाग्छ प्रगतिपथमा लम्केका पाइलाहरु त्यही गुलाबी बासनासँगै सदैव फैलिरहोस् दुई पाइलापिच्छे राता र हरिया बत्तीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : लजावती झार

~टेकबहादुर सुनुवार~ जब मुस्कान मा ब्युझन्छ पर्खाइ हुन्छ सुर्यदयको अनि मुस्कुराउछ सुनौलो बिहानी जुरमुराएर अनि दिशानिर्देश गर्छ! झिस्मिसे मै लजावती झार!

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नयाँ घर बनाउँछौ

~राजीव~ हाम्रो घर ज्यादै पुरानो छ यसका दलिनहरु थामहरु र डाँडाभाटाहरु झुर्नाझुर्ना भएर कुहिसकेका छन् छानामा दलानमा र जताततै धमिरा छ्याप्छ्याप्ती छन् लुगाहरु धोयो र सफा पार्‍यो

Posted in कविता | Tagged | Leave a comment

कविता : विडम्बना

~क्षेत्र प्रताप अधिकारी~ धेरै नदीहरू जन्माएर तिर्खाएको देश खडेरीले हिर्काएको देश बाढीले तानेको पहिरोले हानेको अभागी देश संसारमा कतै छ भने त्यही विडम्बना हो मेरो देश । धेरै जलाधारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~चेरेहामसो क्याबा~ आफनै बारीमा उम्रिएर उत्तर, दक्षिण, पुर्व, पश्चिम, कतैको बाछिटाले नभिजी झरौ राष्ट्रियताको भावनाले सिँचिएर खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि कहिले बादशाहहरुका तरवारले काटिएर कहिले बारुद र छर्राहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : दास

~उज्ज्वल जी.सी.~ ‘नून’ खाने कुखुराहरू झोक्रिन्छन्/लठ्ठिन्छन् र, सम्भवतः मर्छन् पनि विवेकशून्य/चेतनाशून्य विचरा ती कुखुराहरू अनायास ‘नून’ खाँदै थला पर्छन् तर, हामी मानिस अर्काको ‘नून’ पाए

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालका लागि

~किराँती भोगेन एक्ले~ पुरानो नेपालमा रुनुपर्नेहरू खित्का छाडिरहेका छन् हाँस्नुपर्नेहरू सुक्सुकाइरहेका छन् सुन्नुपर्नेहरू बेफ्वाक बक्बकाइरहेका छन् बोल्नुपर्नेहरू चुपचाप सुनिरहेका छन् पुरानो नेपालमा हलो र कोदालोले अड्काएका बाहेक सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक कतै बहानामा त कतै तीव्र चाहनामा मसी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न सहअस्तित्वको

~गणेश कार्की~ म को हुँ ? तिमी जस्तो हो कि होईन ? यो देश, जसलाई तिमी आफ्नो भन्छौ यो मेरो चाहीँ हो कि होईन ? आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ । म, न त पाँचौ वर्णको हुँ न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उघ्रेर बिग्रेको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी, आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी, धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा प्रश्न ?

~हरि सिंह थापा~ चरक्क चर्किएर धर्ती टुक्रा टुक्रा छुट्टिदै वीर पूर्खाहरुको रगत र पसिनाको छालमा बग्दै बग्दै गईरहेको बेला स्वर्गमा शहीदहरुको सपना कति करुणादायी हुन्छ होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : छोडि दियो

~सन्तोषी पहरी~ तिम्ले बाटो मोडिदियो के हाल बनाई छोडि दियो । कस्तो मिठो सपना थियो निर्दयीले उडाई दियो । । तिमी बिना बाच्न मलाई कत्ति गाह्रो भो । तिम्रो मन त आज भोलि लाग्छ सारो भो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : म आफ्नै दाहसंस्कार गर्नेछु

~उर्मिला थपलिया~ प्रतिक्षाको लामो समय पछि एक रात तिमि म संग हुनेछौ जुन रात हामि मन भित्र को दोसहरुलाइ नदि को स्वच्छ पानिले बगाउनेछौ कल्पनाको तिम्रो अंगालोमा हैन यथार्थताको गलैचामा धक फुकाएर मेरो मुन्टो थन्काउने छु त्यही रात हामी माया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म टेलिभिजन हेर्दिन आमा !

~दिव्य गिरी~ आमा ! हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन टेलिभिजनको पर्दामा जति पनि अनुहार देख्छु तिनीहरूलाई देखेर मलाई घृणा लाग्छ तिनका बोली र तिनका भाषण सुनेर मलाई वाकवाकी लाग्छ र तिनका हाँसो देखेर मलाई आश्चर्य लाग्छ आमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्त्यहीन संगमता

~शिरिष पराजुली~ जसरी नदीहरू समुन्द्रको खोजीमा आफूभन्दा गहिरोपना खोज्छन् त्यसरी नै मेरो आत्मा तिम्रो प्रतिबिम्ब खोज्छ; धेरै टाढा बगीरहेको नदी एक्लै आफ्नै वेगमा एक्लोपना मात्र एक्लोपना । जसरी पवित्र फूल आफूलाई घामको किरणमा समाहित गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिना

~सुविद गुरागाई~ म बिना एक्दै घुम्नै सक्तैन पृथ्वी म मरे पनि बाँचे पनि मलाई साथमा नलिई …छोडेर जान सक्तैन पृथ्वी उसका पनि बाध्यता र सीमाहरु छन् उसका पनि चाहनाहरु छन् मलाई लानै पर्छ उसले । मेरो सम्झनाबिना रित्तै

Posted in कविता | Tagged | Leave a comment