Tag Archives: kabita

कविता : हे निरीह कलम, म के लेखुँ ?

~सरस्वती प्रसाद रिजाल~ हालको २१ औं शताब्दीको विश्वसम्म युद्ध नै युद्ध । कोही विपन्न असाध्यै, कोही धनाढ्य । दुःख पिर अभावले रोइरहेका, सुख सुविधाले मात्तिएका मानवहरु यो विश्वमा । मानव संरचनामा भगवानको सृष्टिमा नै विभेद भएजस्तो,

Posted in कविता | Tagged | Leave a comment

कविता : साजिसे

~नविन कुमार~ साजीसहरु भुर्रर उडेर आए फेरि पनि अपहरण दुई बालक निख्रिएको वरदात उघाएर ल्याए मायालाई कुल्ची दिए दयालाई मारी दिए परेवा त खोजी खोजी रगतको भुटुनमा भुटे

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा

~दैवज्ञराज न्यौपाने~ युवा नजीक सृष्टिको म फक्रँदैछु पालुवा थरी-थरी सुहाउने मभित्र छन् नयाँ कला बसेर काख मातृको स्वदेश निम्ति मर्दिने युवा म हूँ समाजको सहस्र शक्ति भर्दिने। पहाड चढ्न टाकुरा मलाइ घच्घच्याउँछन् सुवास छर्न फूलले मलाइ चम्चम्याउँछन् बहेर भन्छ निर्झरी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यति धोको

~माधव घिमिरे~ कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो भाइको भने घरै छैन कहाँ खेलूँ भैलो कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल … Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सुन्दर दमकको सानो परिचय

~एकराज तिम्सिना~ नगरपालिका दमक हाम्रो सुन्दर कति राम्रो प्रत्येक वार्डमा पढ्ने स्कूल कति धेर हाम्रो ।। नगर बीचमा पूर्व–पश्चिम राजमार्ग चल्छ । कुनाकाप्चा नगरभरी बिजुली बत्ती बल्छ ।। केन्द्रबाट रकम निकाशा रवि सडकलाई दियो । यो सडकको ठेक्का पनि ठेक्केदारले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवृत्ति

~विकास थुलुङ्ग~ कला छ, गला छ हातमा फूलको माला छ । यही बाटो मन्त्री आउँछ भन्ने हल्ला छ । मनले मन समाल्या छ । भरे के बोल्ने भनि रट्या जस्तो जवाफ छ अरु भन्दा कम छैनन् भनि सबैले भन्या छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अब कसरी

~नरेन्द्र लावती~ लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले । भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।। बिरामी भई लडे मत थिचे थिच्नु सबैले । अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।। तर …….

Posted in कविता | Tagged | 1 Comment

कविता : जुवा

~रुपेश राई~ छ–बाह्रभित्र कुनी कस्तो मति आउँछ । एकदिन केटाहरुसँग, हजारे खेल्दै थिएँ । आमाको स्वाँटले अहिलेसम्म दोहो-याएको छुइनँ । ‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस†’ गाउँलाई यो सजाइ हो । सभ्यताको कलङ्क । मान्छे हुनुको विडम्बना । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति खेल भ्रष्टलाई जेल

~पुण्य प्रसाद भट्टराई~ जयप्रसाद गुप्ता तिमीले जनताको जय गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए जनताको जय होइन आफ्नै जय ग¥यौ जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ भ्रष्टचारको छिनो फानो अदालतमा भएको

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाइ बचाउ !

~बिक्रम ज्ञवाली~ आफैलाई खोज्न हिडे धेरै धरै समय तर थाहा पाए एक दिन ऐना अगाडि रहेछु एक दिन जल्ने लाशको प्रतिनिदित्व गर्दै बसिरहेको पो रहिछु म मान्छे रे एक दिन मर्न पर्ने रे कस्तो हासो लाग्दो कुरा एक दिन मर्नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश ICU मा

~आषिश श्रेष्ठ~ चुरोट बिडी नपिउने देशलाई, क्यान्सर पो लाग्या छ ।। पुस्तौ-पुस्ता देखि लाग्या दम, केही पर पो भाग्या छ ।। पटक पटक ICU मा राखी सकियो देशलाई ।। साम-दाम सबै डाक्टर र बैधहरुलाई, दण्ड सदा झै निमुखा जनतालाई ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : काबुलको कात्रो

~सोफिया मायालु~ साईलीको साईला, लाहुरजाने भन्छ सनुसको सम्पत्ति, खनखन्ति गन्छ घरखेत साहुलाई, धितो राखी भन्छ साईलिलाई बाला, लगाईदिन मन छ खोलावारि साईला, साईलीं बसिन पुलमा बिदा भई घर, पुग्यो साईला काबुलमा अनगिन्ती सपना, बगाई पसिना हरायो साईलो आज, शहरको हुलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~होम सुनुवार ‘दसुचा’~ कति अनौठो अति अचम्मको यो मन हसाउँने रुवाउँने नाना किसिम गराउने यही मन भिन्ना भिन्नै प्राणीका भिन्ना भिन्नै आफ्नै मन तन र धनलाई पनि कसी लगाउने उही मन एक्लो जिन्दगीहरुका पनि किसिम किसिमका मन कोही स्वतन्त्र आनन्दका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डायस्पोराको मान्छे

~गोपीकृष्ण प्रसाई~ आउँदै गरेको देखेँ लण्डनको सडकमा कुदिरहेका चिल्ला कारहरु उन्मत्त श्वेत वदनमा सजिने हिराका हारहरु मानौँ ईन्द्रको नन्दन वनमा विहार चलिरहेछ मानौं रातको व्यग्रताले चाँडै दिन ढलिरहेछ तर त्यो नेपाली मन आफ्नो मुस्कानमा अभ्यस्त भई सकेको छ आफ्नै इतिहास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेश पलायन हुनेहरु

~किरण पौड्याल~ अनुभूति विहिन अनुहार लिएर जीवनको अँधेरीलाई मेटाउन चम्किलो आकासमा उड्न पहल गर्नेहरु, दुःखका पोटेलीलाई सल्टाउन पहेंला दाँत खिसिक्क खोली साग र सिस्नुको सहज विकल्प खोज्न अग्ला डाँडा काटी बाहिरिनेहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी नै सुम्पिदिउँ कि

~पुष्पा खनाल~ मनको जेलको प्रेमकैदी म टाढा जान मन लाग्यो फरार भएर उसको यादबाट बच्न सकिन जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर पल्टाउँछु एक एक पाना यसकै नाम लेखेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत इश्वर

~गणेश कार्की~ इश्वर बाचुन्जेल यत्र-तत्र घुमिरह्यो अनेक ठक्कर खाएर सयों भुमरिमा रुमल्लिएर कहाँ-कहाँ मात्र पुगेन इश्वर के-के मात्र भोगेन इश्वरले जीवनको बृत बनाउन कुन-कुन बाटो मात्र हिडेन इश्वर जब समयलाई उछिन्न सकेन जब जीवनको बृत बनेन मृत इश्वर धेरै दिनसम्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रोदन….

~रुमन न्यौपाने ‘अमन्त’~ निःसन्देह उनका हातहरुले स्र्पश गरे भने एकलाशमा ! म भित्र प्रबाहीत हुने थियो । मैले चिन्ने छु कोसांै दुरी बाट अझै बेदना लुकेको छैन पिरोल्लीएको मन बुझेको छैन स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कोपि प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. अनलशिखाझैं कलिली सुन्दर ! मधु–ज्वाला ! यो दृगपथमा पक्राउ बसे सरि, भन तिमी को ? ए ! बाला ! ख. मधुर रहस्यको मुसमुस ग्रन्थि, रेशमी–तहले बाँधी, वाणी तिरस्कारिणी ! बोल्छयौ सुगन्धका के शव्द–कणीहरु सम्मोहनले साधी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रगाढ साईनो जोगाऊँ बटौलीसँग

~दीपक कुमार ज्ञवाली~ अस्तित्व खोजीको वहानामा मेरो अस्तित्व मेटाईदिनेहरु नुनतेल साट्नकोलागि घिउका कनेष्टर बोकेर ताँति लागेका हाम्रा पाईलाहरु सिस्नेको ओरालो झर्दै सिस्ने खोला तर्दै बटौलीको तिनाउ नदीको हावासंग मितेरी गाँस्दै पुल्चोकको सडकको डिलमा डोको बिसाऊने ठाउँ खोज्दै घिउका कनेष्टर किन्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अलेनामा झुण्ड्याउन

~जेल सङ्घर्ष ~ आमा अब त केही गर्ने कि भनेर हजुरलाई खुशी बनाउन अनि मलाई हुर्काउन लागेको अमूल्य मेहनतको पंैचो तिर्न निजी सम्पत्ति मानेर डिग्री उत्तीर्णको प्रमाणपत्ररुपी

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्छु जय नेपाल

~हिरालाल तण्डुकार~ मेरै सगरमाथा छैन मैले चढेको, हिमालको हिउँ कस्तो हुन्छ ? छैन मैले छोएको ।। मेरै नेपाल सकल छैन मैले घुमेको, को कहाँ के–कस्ता छन् छैन मैले जानेको ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा नओढाउनु !

~बाबुराम पन्थी ‘गुल्मेली’~ म मरे पछी मेरो लाश लाई राष्ट्रिय झन्डा वा राजनैतिक दलको झण्डा नओढाउनु ! म नेपाल आमाको सन्तान हो । मेरो लाश ढाक्न कात्रो भए पुग्छ । मेरो लाशसंगै मेरो देशको गौरव मेरो देशलाई संसार सामु परिचय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भन्नेगरेकी छु म

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा। डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।। पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै। बारीमा हरिया भएर लहरा उर्लेर आए अझै। … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पर्दा पछाडिको भूत

~निरज भट्टराई ‘मनोरोगी’ ~ तर्साउछ जहिले , हप्काउछ जहिले नदेखिने ,नसुनीइने, पर्दा पछाडी को भूत चोर होइन , भ्रस्ट होइन सोझो निमुखा म नेपालीलाई घुस्याहा होइन , होइन म दक्षिण,

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुल्दिदी

~ज्ञानेन्द्र यक्सो~ हाम्रो ठुल्दिदीको अनुहार फूलजस्तो थिएन हाम्रो ठुल्दिदीको अनुहार जूनजस्तो थिएन तर उनी हाम्रो बा थिइन्। एक दिन यो पहाडमा.. बर्खायाममा बारोजको बादल उड्यो त्यही बादलले छेकिएर उनीहरूले मारे हाम्रो बाबालाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : म भूल हुँ

~आचार्य प्रभा~ म भूल हुँ सुधारन सक्छौ पुरानो गल्बन्दिको धागो हुँ उधारेर नयाँ स्वरूप दिन सक्छौ …., कहाँ मैले भनेकी छु र ? म सदाबहार छु भनेर कहाँ मैले हठ गरेकी छु र ? म सदा सर्वदा जायज छु भनेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै भुलिदेउ

~लोक राज भट्ट~ अचेल ठिक छैन गुरु चेलाको सम्बन्ध यदी तिम्रो एक झल्को सम्झाइले कोही जिबनको उकाली उक्ल्यो भने, तिमी त पछारिकै महसुश गर्छौ होला। त्यसैले भुल जतिसक्छौ भुल सबै भुलिदेउ , तनाबका घैलाहरु बोकेर किन सम्झिनु जिबनका कुइनेटाहरु।

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्या

~वसन्त प्रवीण~ खोजे कतै पाइएन कोठो जिन्दगीलाई कहाँ गइ चलाउने खोटो जिन्दगीलाई बुझ्न कत्ति नसके’सी दुनियाँको अर्थ सुझ-बुझ मिलाएको हुँदोरै’छ व्यर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : विजय बजिमयलाई

~त्रिभुवनचन्द्र वाग्ले~ ए दाजु तिम्रो गाउँ र मेरो जन्म ठाउँ नजिकै हो नि तर के गर्ने म पयरले सयर गर्छु तिमी विचारले विचरण गर्छौ यति भनेपछि भन्नुपरेन म आकार हुँ तिमी निराकार म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : घर

~चन्त वनेम~ अनेक थरिका ढाँचा अनि प्रकार घरमा मिलेर बस्छन् आ–आफ्नो परिवार घरै घरको निमार्णले बन्यो सहर परिवारको सुमुधुर मिलन केन्द्र हो घर विश्वासको जग हो सबैको यसमा भर सुरक्षाको पहिलो सिँढी हो घर । प्राचिन वासस्थान सायद गुफा र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डाक्टर साहेब

~गोविन्दप्रसाद आचार्य~ डाक्टर साहेब मेरो प्यारो संसार दुखेको छ संसार दुख्दा डाक्टर साहेव शिर झुकेको छ मेरो कपालभन्दा अझै देश दुखेको छ देशभन्दा अति मेरो गाउँ दुखेको छ त्यो गाउँमा बस्ने मेरो नाउँ दुखेको छ नाउँ दुखे सहन्छु म देश … Continue reading →

Posted in कविता | Tagged | Leave a comment