Tag Archives: kabita

कविता : यो देशको म छु

~रमेश खकुरेल~ गर्नु पर्ने गरेकै छु नहुने काम गर्दिन तुष्ट आफ्नै भागमा छु अर्काको भाग खोस्तिन ।। नसक्ने कामका लागि सक्छु भन्दै म ढाँट्तिन पूरा नबन्ने सपना दिन्छु भन्दै म बाँड्दिन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू, ए शब्दहरू !

~रामगोपाल ‘आशुतोष’~ ए शब्दहरू किन ढुङ्गाजस्तै मौन तिमीहरू बोल, चिच्याऊ, फलाक फोहर शब्दहरू लेख अघोरी भित्तामा अश्लिल शब्दहरू भट्याऊ जँड्याहा देउसीहरू उराल रक्स्याहा नाराहरू ! तिमीहरूलाई सुहाउँदैन मौन मरेको पागलबनपागल वाचालबनवाचाल

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा नक्षत्र झरेछ साहित्यकाशबाट

~आचार्य प्रभा~ म स्तब्ध बनें त्यो शोकाकुल खबरले साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ झापाली साहित्यकाशबाट , चम्की रहेका उज्ज्वल नक्षत्रलाई कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ / म कामना गर्दछु वहाँको चिरशान्तीको

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बोलाउदा नि

~दिलिप योन्जन~ बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी लजाउदा झनै राम्री मेरी मनकी रानी ! जती हेर्यो उती हेरु लागीरन्छ पल-पल जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बूढो भैएछ

~सोम खनाल~ कपाल मात्र फुल्या हो की भन्या हैन रैछ बाटो मात्र भुल्या हो की भन्या हैन रैछ यूग भन्दा पछि पछि पर्दै गैयेछ तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ । जवानीमा देखेका ती सपनाहरु खोज्दै काडाहरु पन्छाउदै फूलहरु रोज्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बाध्यता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा बिर्खे बेरुत कालु काबुल पुग्यो जेठो छ जापानमा । कान्छो खट्छ कुवेतमा विवश भै घैॅटे छ घानातिर आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ? पढ्दैमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मानिस विराट

~लक्ष्मी प्रसाद देवकोटा~ क. सहस्रशीर्ष, सहस्रपाद ! झल्किरहेछ एक विराट् ! ख. अल्प सहस्र संवत्सरले केवल, जिनतिन, अल्पोच्चोरित, उसका इङ्गित हामी सारा नेपाली हुँ ! हाम्रो देश छ हाल, एक अनाविष्कृत केवल, एक अनुच्चारित, कल्पनु परको, लोक कमाल ! अदृष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिकदान या पाइखाना

~सरिता तिवारी~ सुकिलो छ तपाइँको दौरा बेदाग छ सुरुवाल ठूलै छ शान र शौकत तपाइँको तर सारै नराम्रो छ आदत नबिर्सिकन प्रत्येक दिन थुक्नुहुन्छ खकार भरिएको थुक मेरो दैलै अगाडि र बनाइदिनुभएको छ मेरो प्रवेशद्वारलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको दुःखेसो

~ठाकुरमान लामा~ आइपुग्यो टुप्लुक्कै आँगनीमा दसैं यो साल पनि आमा बिचरी हेर्दैछिन् बाटो छोरा आउँछ कि भनी पोहर साल दसैं त्यसै बित्यो दिन गनी गनी भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई अरूका छोरा लाहुरे घन्काउँदै रेडियो घर फर्किए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यतिखेर म

~मुक्तिनाथ शर्मा~ यतिखेर म आङ्खनै चेतनाले थिच्चिएको छु खोलापारिको एक्ले रुखजस्तो एक्लिएको छु र, एक्लिनुको अतिशय पीडाबाट ठाउँ–ठाउँमा दुखेको छु ! म आफ्नै आवाज सुनेर तर्सेको शून्य आकाशको बादल

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : असारे जीवन

~रश्मिला कवाङ ‘रश्मि’~ पानीका हरेक थोपाथोपासँगै सम्बन्धहरु टल्केका छन् गृष्मयामका उखरमौली गर्मीमा हिलाम्य बनाउँदै सारा पर्यावरण वर्ष दिनका लागी जसरी अन्न रोप्छन् छुपुछुपु गर्दै ती किसानहरु, उस्तै वेगले जीवनको असारमा रोपिँदैछ मीठा – मीठा सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरुवाती …..

~लोक राज भट्ट~ हिमालको घुम्टो ओढेर ओठको जवानी सरह चाँदनी र पन्चेश्वरीको यात्रामय लहरमा अधेरीमा टल्किने मृगनयनी सुर्मा र रामारोसनका दृष्टीपटल सँगै देशको दर्पण सुदुरकुनामा सजाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : के मिल्छ र आफैंलाई ढाँटी ?

~पुष्पा खनाल~ मैले माया गरिसकें, तिम्रो छ कि बाँकी के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी हृदयको ढोका खोली, बस्न देऊ बास चाहेको छ यो जीवनले, केवल तिम्रै साथ बोलिदेऊ मनका कुरा, नराख है बाँकी

Posted in कविता | Tagged | 1 Comment

कविता : कतै आउला कि कुनै यस्तो दिन

~हरिभक्त कटुवाल~ हिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा, दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा माथि दुई छायाँ

~आभास~ [छायाँ १] ए पोखरा ! तेरी फेवा पोइल गई नपत्याए डुङ्गा खियाउने माझीलाई सोध् डिलमा उभिएर डुङ्गाको दृश्य हर्ने काजीलाई सोध् पर्यटक महाशयले फकाएर छकाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्रका श्री ढलेको

~युद्धप्रसाद मिश्र~ बुद्धीजीवी कहलाई महल महलका द्वारमा गै उठेका दर्वारी बन्न पाए जुनि सफल हुने भ्रष्ट गठ्मा जुटेका भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका सम्झी माथी उठेको अहम बीच चढी तथ्यदेखि छुटेका गर्नाले नीच वृत्ति नियति अधम भै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यरात

~आजाद अजनवी~ जब-जब पल्लो छिमेकी डेरावाल रक्सीले बेस्सरी मातेर मध्यरातमा सिङ्गो घर उचाल्दै उचाल्छ देशविरोधी नारा उचाल्छ नेताविरोधी नारा एक्कासि १ मेरो गहिरो निद्रा खलबलिन्छ सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग सुमधुर वार्तालाभ भङ्ग भइदिन्छ केवल दुई मिनेट म एक्लै दुर्बासा भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाजेको व्यथा

~क्षेत्र प्रताप अधिकारी~ जिन्दगी फुलेन भनूँ भनेँ कपाल पनि फुल्यो फुल्यो भनूँ भनेँ पेटभरि दुई छाक दाल भात पनि फुलेन सधैँ गुनासो सधैँ गनगन कति थुमथुम्याउने यो मन अब त आँत पनि सुकिसक्यो कान्छा अब त गाउँघर दुखिसक्यो कान्छा ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लोपन

~भूपी शेरचन~ हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँगै सिङ्गै, अँध्यारो रात छ, झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु त्यहाँ पनि एक्लो पहेंलो पात छ । हो, म एक्लै छु……… आकाशको बादल नबर्स व्यर्थै मेरो आफ्नै आँखामा बर्षात् छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~बद्री दाहाल~ धार-आधार वा तार, वार-पार गराउने । ‘जनता’ ममता-माया, हारजस्तै सजाउने ।। साधु-चोर, धनी-दीन, ‘जनतै’ गर्छ आदर । विद्वान्-मूर्ख सबै भन्छन्, ‘जनता’ छन् समादर ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रसेवाः मेरो कर्म

~अरुणबहादुर खत्री “नदी”~ आफू जन्मेको देशको माटोको सेवा गरिरहन पाउँ सुखी जीवन बिताएर सधैंभरि बाँचिरहन पाउँ । लोभलालच छैन मलाई सानो ठूलो केहीको पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बाँस घारी र बदलिएको प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ ज्यादाजसो, बाँसघारी बाट निस्कीएको सुसेली समाउँदा । बास बस्ने चराहरुको प्रेमिल भाषा खोज्छु । म बुझ्छु तिनीहरुको प्रतिध्वनी जहाँ, असाधारण प्रेमको गुञ्जायस हुन्छ । त्यहाँ ब्याप्त प्रेमको परिभाषामा मैले एउटै भाषा पाँउछु । म बुझदिन कहिलेकाँही, बुझें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अडान

~केवल गंगा गुरुङ~ अव मैले भने जस्तै तिमीले हुनै पर्छ मलाई साथ लिई तिमी संसार डुल्नु पर्छ च्याति दिनेछु म ति म्रो आँखाबाट लालचका पोष्टरहरु खोली दिनेछु म तिम्रो आँखामा बाँधिएका अन्धकारका पट्टीहरु अव मैले भने जस्तै तिमीले हुनै पर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दुःखी चेली

~डा. हेमनाथ घिमिरे~ लहरै फुले जाही र जुही बेली र चमेली । फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥ आएन बैंश लागेन मात जवानी सकियो । मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥ दाउरा घाँस … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : गुलाबका फुलहरु

~प्रकाश सुनुवार ‘निराकार’~ आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु पस्किंदै थिए सुगन्ध अनि सुगन्धित हुँदै थिए पृथक अस्तित्वका लागि कोलम्बो तिर ठडिएका नदिहरु र, गुलाबका फुलका सुगन्धित शक्तीले प्रज्वलित हुंदै कनाकरायन नदिसंगै थुप्रै नदिहरु राजपक्षका जल्लाहदहरुको सामनामा उर्लिसकेका थिए सयौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुत्तरित प्रश्न

~शोभा सुनुवार~ माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ? हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ? हजुर, गुराँस फुल्ने पखेरा उजाड उजाड फुङ्गिएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिजिविषा

~चेरेहामसो क्याबा~ समयको चक्रले कहिले किचिएर कहिले थिचिएर जाँतोको मानी झैं खिइँदै गएको आयुको ह्राससँगै कतै पानि झरीले ओसिएर खरीजुका झैं ढाडिदै गएको कतै धामको रापले पिल्सिएर मरिचको दाना झैं चाउरिदै आएको

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल किन फुल्छ !

~रामकुमार पाँडे~ फूल फुल्नको लागि फुल्दैन फूल फुलाएर फुल्छ तर ढुङ्गा पग्लिनुपर्छ माटो भएर माटो पग्लिनुपर्छ फूल भएर । फूल सुन्दरताको लागि फुल्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~सोम खनाल~ के छ यो टाउकोमा र यती भारी हुन्छ ? यो मन किन डाडा वारी कहिले पारी हुन्छ ? मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ? किन छाती अनायसै आशु झारी रुन्छ ? को हो गरीब को हो धनी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टेयुद्ध

~शिरिष लामिछाने~ वीर शम्शेरको घण्टाघरले हान्न नसकेको घण्टा म अहिले हान्दैछु सुन्दा अचम्म लाग्ला घडीले हान्न नसकेको घण्टा एक मनुवाले कसरी हान्यो? तर यथार्थको रमाइलो पक्ष घण्टा हानिदैछन् धमाधम, युद्ध चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तेस्रो गाउँ

~प्रवीण खालिङ~ अझै पनि साहुलियत पर्खिबस्नुपर्छ भिजेल पोल्टिक्सले निर्धारित भाग्य अभावको सोमालियामा अपुगको टुमटुम बाँच्छ। बरू भुँइचालो जानुनी राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो वीरमानको दिवास्वप्न बोल्छ। फायलमा बनिएको सटक भएर कलेज सकेकी छोरी आइपुग्छे ब्युटीपार्लर चलाउने योजना लिएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : रिवाजको डुवान

~कस्तुप गैरे~ जबसँगै, भाँडाकुटि खेलेका साथिहरुले दुष्मनको सुचिमा चढाए मेरो नाम, प्रेमले नजर जुधाउनेरुले घृणाको तस्बिर सजाए आँखामा, आंगन जोडिएका छिमेकिहरुले पगरी गुथाइदिए सामन्ती वर्गको हातैमा रोकि खान भनेर उचालेको गाँस सोधें आमासँग, चामल किन्ने पैसाको आयश्रोत

Posted in कविता | Tagged | Leave a comment