Tag Archives: kabita

कविता : खाडल

~टीका ‘भाइ’~ एउटै शरीर उसको र मेरो पनि छ त्यो शरीर जीवनको महक बोकेर हिड्छ यो शरीर याचनाको दुर्गन्ध बोकेर हिड्छ त्यो शरीर जसको एक- एक पाइला इतिहास बोकेर हिड्छ यो शरीर छ जो कि प्रत्येक पाइला मेटिएको इतिहास भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिक्षिप्त बादशाह

~मोहिनी मन~ राती अलि अबेर गरेर बादशाहको सवारी भयो दरवारमा बादशाह–अलि बिक्षिप्त थियो बादशाह–अलि तनावग्रस्त थियो र आज बढी नै आक्रामक थियो बादशाह हैरान थियो उस्को सनकबाट उस्को सुरक्षार्थ तैनाथ सिङ्गो सुरक्षा संयन्त्र हैरान थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यका किरणहरू साक्षी छन्

~पूर्ण विराम~ सूर्यका किरणहरू साक्षी छन् लाला लाजपत रायमाथि जुत्ता बर्साउनेहरूलाई लगाउन निरन्तर प्रदान गरिएको छ नयाँ जुत्ताहरू बूढो रुख भएर थापेकै छु आफ्नो टाउकोलाई खल्तीमा केप छैन अक्षरको प्रहार पलाँस भएर उड्छ चिमोट्नै पर्ने हो गन्हाएका छालाहरूलाई जसरी भए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको बिहान

~डिल्ली मल्ल~ हरेक बिहान म फक्रिदै गरेका कलिला फूलहरुको माझमा उभिएर उदाउँदै गरेको रातो लालीमा चुम्न चाहन्छु हरेक बिहान म प्रसव वेदनामा छट्पटाइरहेकी गर्भिणी रातलाई बिदा गरेर जन्मिदै गरेको सुन्दर बिहानी भेट्न चाहन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनर्मिलन

~वसन्त प्रवीण~ तिमीसित जीवनको, नाता अटुट जोडिएको थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको साइनो यो हामीबीचको, भर्खरैको कहाँ हो र अरुलाई भने अहिले, भर्खरै पो थाहा भो’ र

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रा नेताहरुको वास्तविकता

~रामु गैरे~ गिरिजा बाबु कहिले घर अनी कहिले अस्पातल गर्दा गर्दै दिक्क मा.कु.ने. भने बिदेशी युबती सँग अंकमाल गर्दा गर्दै ठिक्क !! कमरेड प्रचन्ड पनि कहाँ कम् र

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा ‘ज्ञ’ को अन्त्य

~गणेश कार्की~ बाबु छोरा बोलिदे न यो अन्धकार रातमा एउटा दियो बालिदे न किन ? तँ निदाउँन लागिस् कि क्या हो ? किन ? तैले दिक्क मानिस् कि क्या हो ? तेरो मसालको आगो अझै निभिसकेको छैन तेरो छातीको घाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमाया

~वियोगी काइँला~ फूलमाया ! तिमीलाई धेरै ठाउँ खोजेँ तिमी हिँड्ने नागबेली बाटोहरुमा घाँस दाउरा गर्दै गाउने भाकाहरुमा प्रत्येक सीमा र नाकाहरुमा अहँ तिम्रो अत्तो न पत्तो तिमी बिजुली झैं मिलिक्क मेरो हृदयमा आयौ र गयौ तर कहाँ गयौ ? तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नागबेली सुनकोशी बेसी झरेको

~राज थापा~ नौलो बिहान,नौलो किरण हिमाल हाँसेको हरीया डाँड काँडा गाँउ घरमा भाले बासेको ! नागबेलीभै सलल बग्दै सुनकोशी बेसी झरेको सरदमा गरहा गरहा धानका बाला झुलेको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी तह लगाउने ?

~वामदेव पण्डित~ कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर । समायोजनको काम लडाकुको छ अस्थिर ।। अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने । राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।। च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको । औषधि कसरी गर्ने समस्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढडिया र बा

~बिना थिङ तामाङ~ एउटा रुटिन…. वर्षामासको प्रत्येक बिहान बा रुंग्नुहुन्थ्यो ढडियामा – माछा जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा किनकी ती झरिला बिहानहरुमा बा थाप्नुहुन्थ्यो ढडिया खेतका गह्राहरुमा र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : थाङ्नो हुन्छ तास कुचिन

~रामेश्वर राउत ‘मातृदास’~ थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो । चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : अमिलो समय

~भक्तराज न्यौपाने~ घर–घर नै खाली छ गाउँमा प्रत्येक घरमा एकोहोरो कराइरहेछ सुनसान माध्याह्न पट्यारलाग्दो चकमन्नता आँटीमा बसेको छ टुक्रुक्क । नियास्रो मजेत्रोसँगै चिम्सा आँखामा बूढीआमाहरू हेरिरहेछन् युगको तमासा हातको हातै बोलेको छ साहिलो छोरो

Posted in कविता | Tagged | Leave a comment

कविता : लुङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर…

Posted in कविता | Tagged | Leave a comment

कविता : चोका

~डा बमबहादुर थापा ‘जिताली’~ हिजो र आज पग्लिँदै छ हिमाल दिनानुदिन अग्लिँदैछ महल मूल सुक्दो छ असुरक्षा फुक्दो छ बढ्दो महँगी प्रतिकूल याम छ राष्ट्रियतामा मिलौँ सबै नेपाली सङ्कल्प गरी

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेता म यो देशको

~देव भट्टराई~ मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए तापनि यो मेरो घर बङ्गला छ सुविधा सम्पन्न राम्रो अति मेरो उन्नति भैरहेछ जति होस् यो देशको दुर्गति । छोराले जति सक्छ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : युग बालक

~लक्ष्मी प्रसाद देवकोटा~ पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा !

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी प्राप्तिलाई

~अतित मुखिया~ पृय प्राप्ति, अतिक्रमण गरेर आफ्नै मनको मझेरी आंसुका डोबमा हांसो पहिल्याउदै खुसीको ढुकुटी खोज्ने प्रयास नगरेको त काहा हो र ? बाँधहालेर मनका विचलनहरुमा धैर्यको घाउ सुम्सुमाउदै पीडाको मूल थुन्ने कोशिश नगरेको त काहा हो र ?

Posted in कविता | Tagged | Leave a comment

गोविन्ददेव आचार्यका केही छन्दबद्ध छोटा कविताहरु

~गोविन्ददेव आचार्य~ ■ छन्द :- स्रग्धरा १ जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन् नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन् राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : आँखाभित्र बिलाउँदैन

~कृष्णप्रसाद पराजुली~ आँखाभित्र बिलाउँदैन जति, भाषाभेष म त आएँ विदेशबाट सम्झी आफ्नै देश चिल्ला चौडा बाटा देखेँ आकाश ताक्ने घर जस्तो देखे पनि मैले सम्झेँ गाउँघर

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालको वर्तमान स्थिति

~सिर्जना ङावाच~ वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति जता हेर्‍यो भद्रगोल छ सरकारको स्थिति ।।१।। जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन् जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनितिक रङ्गमन्च!!!

~आशा खनाल~ उु टक्क एक अडमा उभीरहेको छ यता उता अगाडि पछाडि वरपर आउनेजाने क्रम चलिरहेको छ…… मारुति सुजुकी कारमा, कोट पाइन्ट अनी काला जुत्ता टल्काउदै महाशयको सवार होइसिन्छ तर उु ठिङ पहाड जस्तै उभिएको छ…. महाशयको चर्को भाषण अनी

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : उषाकालीन स्वप्न

~डा. लेख निरौला~ (भुजङ्गप्रयात) चरा चिर्बिराए कतै कुञ्जनेर उठूँ भन्छु आफू मिठा स्वप्न धेर लुकाऊँ कहाँ खै उषा लालिमा छ मिठा स्वप्न मानौँ सँगै कालिमा छ ।। चरा गीत सङ्गीतका ताल उस्तै सुतू वा उठूँ स्वप्नका चाल उस्तै बिहानी छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~गणेश पुर्बछाने मगर~ म त एक सत्यधारी कलम हु तर तिमि त एक अनबुझ धारिलो हतियार हौ मेरो मन मा त सधै मेरो जनता प्रति मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा अटी नअटी गुम्सेर बसेको छ त्यसैले होला म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो मनसूनलाई !

~जे.बी. शेर्पा ~ झर झर झरी ! तप तप पानि ! छप् छप् पानि ! बन जंगल पहरा पर्वत , एक हूल केटाकेटि , खेत को किसान , एक बथान चराहरु , सवै भिजाउँदै प्यास हरु ! रमाउदै आँखा हरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु

~बाबुराम पन्थी ‘गुल्मेली’~ म हुतिहारा अनी उ पौरखी मान्छे भन्छ यो समाज समाजको नजरले मलाई हुतिहारा देख्दा उस लाई पौरखी म देख्दीन खै ! म कसैलाई हानी पुर्याउन सक्दीन वयाक्ती ,समाज न त राष्ट्र लाई बस् आफ्नो कर्म गरेको छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विवशता…

~सजना गुरुङ~ यो वर्तमानमा कतै तिमी र म भेट हुँदा विना सम्बोधन , विना मुस्कुराइ यि नायनहरु त्यसै झुकछन् भने , तिमीसँग तर्किन्छन् भने मलाई केही नसोध ! एउटा भीषण विवशताको पहाडले थिचिएका

Posted in कविता | Tagged | Leave a comment

छोक : गुफा

~आभास~ हातमा मैन बत्ती लिएर तिमी अनकण्टार जङ्गलतिर लाग्यौ भने अँध्यारोको साम्राज्य पहाडले थचक्क थिचेको कुनै मुलुक भेट्ने छौ त्यसले

Posted in कविता | Tagged | Leave a comment

कविता : अब तुइन तर्दैन मेरो देश

~सोम सुनुवार~ हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ मेरो देश तुइन तर्दैन अब तराईमा रेल र पहाडमा केवुल कार चढ्छ बामे सरेको छ इलाम त

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्छन यहाँ

~बाबुलाल बुढा मगर~ भन्छन यहाँ समय बदलियो दिन बदलियो रात बदलियो युग बदलियो अहँ मलाई बिश्वास लाग्दैन यहाँ न समय बदलिएको छ न दिन बदलिएको छ न त रात बदलिएको छ न त युग नै बदलिएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पिरतीको गाउँ

~वसन्त प्रवीण~ चोखो माया जसले लाउँछ, उही जान पाउँछ स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ । जति हेरयो वरपर, उति हुन्छ राम्रो त्यतै कतै बसाउँला, दुनियाँ यो हाम्रो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा कहाँ बिलायौ

~आचार्य प्रभा~ आमा तिम्रो मात्रित्वको परीभाषा कसरी म दिउ ? जब कि तिमीले त मलाई न्यानोपनको आभाष नै नदिइे छाडेर गयौ …. बात्सल्यताको महत्व नबुझाई बिलिन भयौ … म भने आमा ,आमा चिच्याइ रहें तिमी त कठोर् बनी

Posted in कविता | Tagged | Leave a comment