Tag Archives: kabita

कविता : पिर व्यथा साट्नलाई

~पुष्पा खनाल~ मनको साथी पाए हुन्थ्यो पिर व्यथा साट्नलाई सच्चा साथी पाए हुन्थ्यो एक्लो जीवन काट्नलाई आकाशलाई भनौं भनें समेटिन सक्दिन कि ? धरतीलाई भनौं भनें मा भेटिन सक्दिन कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नौलो क्रान्ती

~लोक राज भट्ट~ सडक आन्दोलनले देश लुटिने पक्का भएदेखी अब भुस्याहा क्रान्तिको बिरुद्ध उधोगका खियाहरु पखाल्दै ग्यास्टिक बिरुद्धका हड्तालिया हरुलाई कौवा लखेट्न पठाएर राजनितिमा नौलो क्रान्तिहुनु पर्छ । सडकमा टायर सल्कायर लोडसेडिङमा रात गुजार्दैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नरमाइलो तिहार

~कृष्ण पहारी~ यसपालीको तिहारमा सयपत्री फुलेन मखमली फुलेन/फूलहरू नफूलेपछि यसपालिको तिहार नआए जस्तो छ । यसपालिको तिहारमा काग कराएन कुकुर आएन न त कागको पूजा भयो न त कुकुरले माला लायो मन नरमाइलो भएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : म मर्दा

~प्रतिमान सिवा~ उम्कदा उम्कदैको, स्मृतिको थैलिमा, पोको पारी राखेको उबर- पाबर् वैंश पो लिएर जाऊँ कि….? दिन-रात नभनी, लाला-बालालाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : उडान

~नेत्रबहादुर कुँवर ‘अशोक’~ उ त्यो माथि आकाशमा एक जोडी पङ्ख फिँजाएर बादलसँगै लुकामारी खेल्दै नियाल्नु छ अग्ला अग्ला शिखर गहिरो समुद्र वन, पाखा, पखेरा

Posted in कविता | Tagged | Leave a comment

कविता : भुक्तपुरको सम्झनामा

~केवलमान सुनुवार~ जन्म दिने आमाबाबु शिक्षा दिने गुरु भक्तपुरको सम्झनामा लेख्न गरे शुरु । हातैमा चाइनीज घडी सिसा फुटी जानु भेट होला वर्षदनमा माया मारी जानु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ मान्छे

~उदय निरौला~ एकनास तम्तम्याइलो सहनाइ बजिरह्यो ढोल, मृदङ्ग र झ्याउँकिरी बजिरह्यो । पातहरू पनि बजिरहे बातहरू पनि बजिरहे । ० ० ० ठान्थें कुनै सुरम्य मेलोडी सङ्गीतकार सिर्जना गर्छ भ्रम टुट्यो सङ्गीत त ! प्रकृति दिँदोरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~कुशल ‘सुमन’~ आसुँको समुन्द्र गहिरिदै गएपछी विस्तारै विस्तारै रगतहरु तात्ने छन उम्लने छन रगतहरु र अचानक भक्लक्क भक्लक्क उम्लिरहेका रगतहरु ज्वालामुखी बनेर फुट्नेछन् विस्फोटित अचम्मै ताता रगतहरु धेरै धेरै माथिसम्म उचालिने छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : छातीभित्र देश दुख्छ

~डा. हेमनाथ घिमिरे~ राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ । बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥ अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ । दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पिडा

~शोभा सुनुवार~ मेरो मात्र कस्तो जीवन ? चोट पनि मेरै हृदयमा बज्रपात पनि मेरै टाउकोमा पीडा पनि मेरै मनमा कस्तो हो लिला हे दैब !. पहाड्ले मलाइ नि थिच्नु पर्ने प्रकृतिले नि मलाइ हेप्नु पर्ने समयले नि मलाइ उल्टो गर्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युदण्ड र कविता

~कर्मठ सुवेदी~ मलाई मृत्युदण्डसँग डर लाग्छ मैले “एउटा बुढो बकाइनोको रुख” मा झुण्डिएको लाशको कथा पढेको छु मैले कञ्चटमा विजुलीको झट्का दिएर मृत्युदण्ड दिएको दृश्य पर्दामा नै भएपनि हेरेको छु घुँडा टेकाएर पछाडिबाट गोली हानी पनि मृत्युदण्ड दिइन्छ अनि सुकरातलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सर ‘म ताराबाजी लै लै’ पढ्दिनँ

~अमृत शर्मा ‘ढकाल’~ व्यवस्थाको घामले पखाल्न नसकेको एउटा गहिरो रात भोग्नु जस्तो रहेछ अरुको सपना अपनाउनु पनि सौताको घरमा सुत्केरी बनेर छोरा जन्माउनु जस्तो आफ्नै आधा आङ खाएर डकार्ने बाघको बहादुरीमा ताली पिटनु जस्तो बारीमा उम्रदै गरेको दुई पाते पसिना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वल्लो घाट न पल्लो तीरका भए…

~निर्मला अवस्थी~ सानातिना गुनासा हुन् लेखिदिने भए कता पोखुं कता पोखुं भने जस्ता भए कति राख्नु मनभित्र उर्लिएर आए हल्का हुन्थ्यो मनका ब्यथा सबलाई भन्न पाए। छोराछोरी भन्दाभन्दै दिन वित्दै गए

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता यसरी नै फुर्छ

~निर्मला अवस्थी~ कहिले काहीं कविता पानी जस्तै बग्छ मोडै पिच्छे बदलिएर बाटो फेर्न सक्छ जीवनको भोगाईसंगै ठोक्किएर दुख्छ थाहै नपाई कविता यसरी नै फुर्छ। कहिले काहीं कविता बादलभित्र लुक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरुको खेल

~आशा खनाल~ म फेरी त्यही यात्रामा सपनाहरुको खेल खेल्दै, जीवनसङ्ग्रामको मैदानमा कालो अन्धकार र तितो अतित पन्छाउदै, विमोचित चोटहरुको सामना गर्दै केवल २/४ कदम पाइला चाल्दै छु, मात्र २/४ कदम…… किनकी परिसकेछु सपनाको जकडबन्दमा न त म सपनालाई धोका दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यादहरू

~रामु गैरे~ सुनसान रात छ गाडीहरुको हुइँयको आवाज मात्रै आउँछ निन्द्रा पटक्कै लाग्दैन कोल्टे फेर्छु १२ बज्छ मनभरि कुरा खेल्न थाल्छन् मेरो वरिपरिका साथीहरु मस्त निन्द्रामा सुतिरहेका छन् चरीहरु पनि मस्त निन्द्रामा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अहो ! मलाई ताजूब लाग्छ

~लक्ष्मी प्रसाद देवकोटा~ क. थलथल माछो नृसिंह जाग्छ ! वानस्पत अणु मङ्गल माग्छ ! बानर एउटा चन्द्रमा ताक्छ ! अहो ! मलाई ताजूब लाग्छ ! ख. मृतकणी औ किरणको शादी, थियो अगाडि ! एक प्यारको स्पन्दन जाग्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : माया

~रामचन्द्र कार्की~ डाँडाकाडा हरिया छन्, निलो आकाश कञ्चन, जिन्दगीमा माया लगाई हाँसी जिउनु भन्छन् । खेतका गह्रा धान सरी, झुलाउनलाई माया, जिन्दगीलाई हिमालसरी,े चुलाउनलाई माया । शिशिरको कुहिरोले, बरिखामा डाँडा ढाक्छ, पे्रम पनि एउटा फल हो, मलजल पाए पाक्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा श्रद्धाञ्जली

~जोतारे धाइबा~ ठेट्ना मनहरूले चपाएका मिहीन सपनाहरूबाहेक केही रहने छुइनँ म माझी घामले बिछ्याएको जालमा पर्छ एका बिहानै,

Posted in कविता | Tagged | Leave a comment

कविता : बेवारिस मत !

~दीपेन्द्र के.सी.~ देशको सीमा काटेपछि स्वतः अनुपस्थित छु म मतपत्रका स्वस्तिक छापहरुमा । मेरा विचारहरु छिराओस् सिंहदरवार तिम्रा घोषणाका टेपरिकर्डर सुनाओस संसदमा र, फेरियोस् एउट कथा, कम्तीमा तुरुन्तै सम्भव छैन । मैले चाहनुु र नचाहनुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावली

~होमनाथ सुवेदी~ दीपावली जलाएको आंैसीको रात देखियो सदा हार कहीँ हुन्न खुसीको हार लाइयो । भेटे जस्तो हुँदैहुन्न भगिनी भाइको कुरो दीपावली समाएर पार लागिन्छ सेतु यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तिएको सम्वेदना र मेरो आग्रह

~सन्त थुलुङ्~ अहिले मसँग छैन कुनै नयाँ कविताको प्लट छैन नयाँ कविताको लागि कुनै सुन्दर विम्व न त छ कुनै राष्ट्रियता झल्काउने प्रतिक छ त केवल शुन्य मष्तिष्क छ त केवल रिक्तो मन भयो नजिस्काउन नवयौवना वैंशहरू भो नचलाउन कामुक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको ठाँउ

~बाबुराम पन्थी ‘गुल्मेली’~ कमै हुन्छ वर्णन जति गरे पनी सुन्दर रेसुड्गाको काखैमा खेलेर रमेकोछ जाँहा तम्घास बजार त्यो स्वर्ग भन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाँउ एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाँउ

Posted in कविता | Tagged | Leave a comment

कविता : परिणामका पाइला

~रामेश्वर राउत ‘मातृदास’~ परिणामले आफ्ना पाइला जतासुकै मोडोस् अन्धकारले जस्तोसुकै उसको विषाक्त व्यूह रचोस् म सत्यको मियो, न्यायको शिर सधैं झलमलाउँदो दिग्विजयी हिमाल हरपल मुस्कुराउँदै म अदम्य भाष्कर/अजश्र ओजस्वी ब्रह्मज्योति, अविरल अनन्त कोसी/पवित्र पावन शिखर गंगा बगिरहन्छु/बगिरहन्छु, म अभिछिन्न सृष्टिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~रुकला अनुरागी~ छोडेर कहिल्यै नफर्किने बितेका ती वसन्तहरू उभिएको छु म यो दोबाटोमा जहाँबाट सुरु भएको छ मेरो नयाँ परीक्षा । फर्केर हेर्छु र छोडेर आएका वसन्तहरू श्यामश्वेत भइसकेछन् तर आउँदै गरेको वसन्तजस्तै ती पनि कति रङ्गीन थिए है !

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको गुनासो

~नवराज योन्जन~ मेरो एउटै गुनासो एकनासमा टक टक रोकिदै एकपेज दिन एकपेज रातको साथमा हिडीरहेको त्यो घाम र त्यो जुन ताराहरूले गर्दछन् प्रश्नहरु… वैशालु हावाको बेगमा उडेर बतासिय पछी कलिला आसाका मुनाहरु लतारिदै जादा परिस्थितिलाई समयसंग जोड्दै मलाइ किन दूषित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहारको सम्झना

~योगेन्द्र गिरी ‘संघर्श’~ बसेको छु दिदि परदेशमा रोएर बस्नु पर्यो मिसिनको तातो राप अनि पसिनाले मुख धोएर याद आउछ दिदि सप्तरंगी टिका निधारमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गणतन्त्रको पुतला

~नरनाथ लुइँटेल~ खोलो अब तलतिर होइन मास्तिर बग्छ आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ र अब जमिन उचालिएर आकाश बन्छ यो उलटपुलट हो, यो फेरबदल हो समयले ल्याएको जबरजस्त अदलबदल हो । गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : समयको अदालतमा दामासाही परिचय

~इन्दु अंशु~ बल्ल बुझेँ बाटो किन मोडयौ तिमीले, दौडको दामासाही प्रतिस्पर्धामा किन हारलाई बारम्बार मसँंग जोडयौ घटना त सुनियोजित रहेछ नि ! लजालु प्रतिमालाई मनभित्र गोडयौ, एक पोल्टो प्रेमको घाम बोकेर तिमी भए ठाउँमा आउँदा मैन, तिमीले स्वीकारेकै थियौ मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनः प्रेमपत्र

~अनन्तभद्र लामिछाने~ ऊ पर, क्षितिज पारिबाट, निरन्तर, अनवरत आइरहेको यो कोलाहलका बीच म तिमीलाई यो प्रेमपत्र लेख्दै छु । मनभित्र गुम्सिएका असङख्य पीडाहरु

Posted in कविता | Tagged | Leave a comment

छोक : अन्धकार

~किशोर पहाडी~ देखिँदैन सेतो हुँदै गएको मेरो कपाल, चर्किंदै गएको भित्ता आफ्नो घरको, देखिँदैन क्यालेण्डर पनि दिनगन्तीको — घटदै गएको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता

~कृष्ण पहारी~ यहाँ लेख्ने मात्रै कवि हुँदैनन् पढ्नेहरू पनि कवि हुन्छन् सुन्नेहरू पनि कवि हुन्छन् र पो कवितालार्इ ताली पिटिइन्छ हाँसिन्छ कविता पढ्दा पढ्दै रोइन्छ कविता पढ्दा पढ्दै अनि लेख्न थालिन्छ कविताका बारेमा समीक्षा र टिप्पणीहरू ।

Posted in कविता | Tagged | Leave a comment