Tag Archives: kabita

कविता : स्पष्टिकरण

~गणेश कार्की~ एकोहोरो बातले पर्छार्छौ भने धित नमरुञ्जेल आकाशबाट चट्टानमा पछार मलाई दुखोस् यो तन र,म बुझ्न सकुँ म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु धित मरिसके पछि पनि पुषको ठिहीमा हिउँले पुर मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : महोत्सव

~युद्धप्रसाद मिश्र~ अशान्तिको धरित्रिमा छ आज दन्केको चिता उखाडिनु छ दुर्दशा हुँदै प्रभुत्ववादिता मिटाउने गरीवका रगत् निचोरने प्रथा उदीयमान छन् हुँदै मनुष्यमा मनुष्यता

Posted in कविता | Tagged | Leave a comment

छोक : इच्छा

~आभास~ तिम्रो मन सागर भैदिए म त्यहाँ पौडने थिएँ माछाको जुनी बाँच्ने थिएँ तिमीले स्वीकृति दिइदिए तिमीभित्रै हराउने थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बने मै आफु अन्जानी

~गणेश पुर्बछाने मगर~ हिड्दा हिड्दै जीवन को यो गोरेटो मा धेरै ठाउमा ठक्कर खाइयो प्रियसी को आस जवानी को जोश मा दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ आज हो या भोलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आगोमा फुल्छु

~बाजुराम पौडेल~ आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~बिना तामाङ ‘सुनगाभा’~ हो उ आदिम मान्छे जान्दैन थियो हिड्न क्याटवाक खाँदैन थियो अर्काको श्रम लाउँदैन थियो विकनी तर, एउटा युुग चपाएर आएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : धुलो टक्टकाउँदै उठिरहेको छु

~गोबिन्द छन्त्याल~ पढाईरह्यौ तिमीले इतिहास हिजोदेखि आजसम्मको दपर्ण राजा, महाराजा एउटै नश्लीय शासकको एकलकाँटे, एकलव्य र एकमना । खुनी इतिहासका पानाहरू पल्टिरहे इन्द्रेणी समाजको मुख जबर्जस्त थुनिरह्यौ तर, सास्वत सत्य परिवर्तनशिलता र गतिशिलताले

Posted in कविता | Tagged | Leave a comment

कविता : गज्जबको र’छ सोच

~सागर कार्की~ सोच्दछु म केही पृथक अनि बिल्कुल युवा सोच । सोच सुन्दर हुन्छ, सोच बलवान हुन्छ, अनि, बार्दलीबाट आकाशमा उदाउदै गरेको सुन देखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : धन कमाएका छोराहरु

~डा. हिरण्यलाल ज्ञवाली~ छोराछोरीले धेरै धन कमाए आफ्नै आर्जनले घर बनाए सामान सजाए ÷ मान्छेलाई कजाए जो उनका आमाबाबुले गर्न सकेका थिएनन त्यसैले सम्पन्न छोराछोरीले आफ्नो आर्जनको घरमा आमाबाबुलाई बास दिएनन

Posted in कविता | Tagged | Leave a comment

कविता : पिखुवा

~हेमन यात्री~ हतुवागढी! नपछ्याउनू मलाई निदहरूमा मलाई भेटेको दिन मैलेजस्तो एक्लै बग्नुपर्नेछ तिमीले। तिम्रो आाखाजस्तै त हुा म नहेर्नु किनारमा आएर नखेल्नु बगरमा आएर कुनै बेला उर्लन सक्छु म

Posted in कविता | Tagged | Leave a comment

छोक : मान्छेको चरित्र

~आभा शर्मा~ उताको यता, यताको उता तलको माथि, माथिको तल जुन जता नाचे पनि ठीक जुन जता राखे पनि ठीक मान्छेको चरित्र सके दाब्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : सोध्न मनलाग्छ

~गीता थापा ‘दोषी’~ प्रचन्ड गर्मीको तातो राप औशीको कालो रात त्यो सब प्रवाह नगरी काख रित्तो बनाइ सिउँदोको सिन्दुर पुछी भित्र्याएको गणतन्त्र आज सत्ता र भत्ताको सम्मोहनमा परेको देख्दा सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ मार्ने र मर्ने खेल ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लो र होचो

~बिनोद प्रधान~ अग्लोले होचो नहुनु भन्छ होचोले अग्लो नहुनु भन्छ कुर्कुचादेखी टाउकोसम्म्को उचाइमा छौ यहाँभन्दा माथि अझ कत्ती अग्लन्छौ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~मातृका पोखरेल~ यो माटोमा तिमी सँगसँगै मैले पनि भेटेको छु मेरा पुर्खाहरुको पसिनाको गन्ध । तिम्रै जिजुहरुले सुनाएका कथा हाम्रै हजुरबाले सुनाएको कथा हामीले सँगसँगै सुनेका थियौँ तिमीले बिर्सियौ कि के हो ? तिमीलाई याद हनु पर्छ अगेनाको डिलमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चुपचाप

~प्रवीण खालिङ~ स्सस्स्स्स्स…… हल्ला नगर अहिले सबैको मन सुतेको छ तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना चेतना ब्युँझियो भने यसले के के विगार्छ थाहा हुँदैन के के ढाल्नसक्छ पैह्रो जान सक्छ, आसन जानसक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जेल

~कृष्णसेन ईच्छुक~ म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु तिमी पहरा बाहिर छौ म यातना गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पऱ्यो र ? मित्र, अर्काको मुट्ठीभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोष्ट र मेरो कमेन्ट

~डिल्ली मल्ल~ मलाई विश्वास छैन– आज म नयाँ कविता लेखिरहेछु र, भोलि कुनै अखबारको साहित्यिक पेजमा वा कुनै साहित्यिक अनलाइनको पृष्ठमा वा कुनै साहित्यिक फेसबुकको भित्तामा मेरो फोटोसहित यी पंक्तिहरु झुण्डिनेछन् कविको परिचय खोज्दै र, दुनियाँले घोषणा गर्नेछन् नेपाली साहित्यको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार बुद्धिको मान्छेसँग !

~उदय निरौला~ रूखका पातलाई सडक पेटीलाई गुमनाम मान्छेलाई स्पर्श गरिरहेछ लगातार गुमनाम प्राणलाई थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह थाहा भयो फगत हिंसा क्रोध, घृणा र दुर्गन्ध । ियहाँ यस्तै हुन्छ आकाशमा बादल लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोड्नु अघि

~बिष्णु सुबेदी~ गाउँ छोड्नुअघि, सोचें– घरैमाथिको देउराली र सोचें सहरमा देउराली छ कि छैन होला ! सम्झिरहें गाउँमुनिको माने थामी र सम्झिरहें सहरमा अर्को माने छ कि छैन होला ! रातभर गम खाइरहें

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदकी पत्नी

~नारायण तिवारी~ शहीदकी पत्नी गहभरि आँसु बोकेर भन्छिन् – ख्वै तिमी त अन्धकार चिर्न गएको भन्थ्यौ तिमी त– अलविदा प्रिय † म फर्केर आउन्न होला तर त्यो बिहान तिम्रो आँगनमा आउनेछ तिमीलाई सुम्सुम्याउन, भन्थ्यौ ख्वै तिमी त हुरी बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचारका मुना

~महादेव अधिकारी~ हिड्दछौ जति तिमिले मेरो जीवनमा जलाई बिचारका मेरा कलिला मूना आउछन् पलाई चाहान्छौ तिमी मलाइ दिन औँसी अन्धकार जलेर आफै पार्दिन्छु मत झलल संसार

Posted in कविता | Tagged | Leave a comment

कविता : यो माया तिम्रै

~डम्बर पौडेल~ धेरै बिन्ति गरे नि , तिमी नबोल्ने भित्र भित्रै गाठो पारी , केहि नखोल्ने | चौतारीमा भेट हुदा , सुक्क सुक्क रुने आशु पुछ्दै धारामा गई , रुमाल मात्रै धुने |

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : के म बौलाएकै हो त

~सिम्पल केटा~ आज ऐठनले बिहानै उठेँ अनि अनिँदोमै पत्रिका पढेँ तर पचेन किनकि कतै राजनिति भेटिन ॥ लौ बर्बाद! सायेद म बौलाएछु कि ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अर्थ

~सन्तोष लामिछाने~ सुनका कोपरा हुनेहरू भोक ओढेर निराहार लमतन्न पल्टेका केटाकेटीका आँखामा आँखा मिलाई सम्पन्नताको अर्थ बुझाउन सक्छौ? ईश्वरमा विश्वास गर्छु भन्नेहरू आँखाको बदला आँखा फुटाउदा गोलीको बदला बम पड्काउदा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पृयतमा

~सुबेश घिमिरे~ मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल । सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥ कपोल लाल हाय ! ती सफेद … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सुत्छौ तिमी खाटमा

~वामदेव पण्डित~ चिच्याएर सदा कराउन बढी काङ्गे्रस सज्जन ।। थाले कट्कन सुन्न चाख नलिने, दाहाल सोगर्जन ।। यस्तोभो अब संविधान सहसा बन्दैन हो निश्चय ।। प्यारा बान्धव हो, नराख मनमा आशाहरू सञ्चय ।।१।। के कोतर्न पर्‍यो बुझेर मनले, जानी हलेदो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिमाल

~रेनुका पौडेल “आहत”~ अहो! सेतो चम्किलो हिमाल मिलेका दन्त लहर जस्तै कोमल स्पर्शी अंग जस्तै मनमोहक सुन्दर दृश्य आहा! पर्वतारोहण मा तल्लिन सुकुमारी त्यो अधरमा अहो कुल्चिदै कुल्चिदै हिमपहरामा आनन्दता लिदै

Posted in कविता | Tagged | Leave a comment

छोक : गुमाएँ मैले

~नकुल सिलवाल~ गुमाएँ मैले ………मात्र बचाएर स्वविचारलाई कसैगरी पनि गुमन नदिएर ……….आफ्नो चेतनालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : झरीको सन्देश

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ अहो ! यो कस्तो लहडको लहर ! यौटा मान्छे ! घाममा पानी उचालिए झैँ, सागरको । त्यती वितत छैन मान्छे । स्वार्थ, लिप्सा, इच्छा र रहरहरुले खुम्चिएको परिधीमा कती निच बनेको छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे फूल

~टंक वनेम~ तिमीले नभोगेको डेथ भ्याल्ली भोगेर रातो पहाडको गहिरो नदीहरु अटप्पे जङ्गलका काँडाहरुले घोचिन्दै उक्लि रहेछु उकालै उकालो ओर्ली रहेछु ओरालै ओरालो लम्बी रहेछ जीवनको आरोहावरोह । भनेका थियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पेनका वीर बलिदानी साँढेहरु

~जे.बी. शेर्पा ~ हज्जारौ मानव आँखा हरुको कौतुहल पूर्ण पर्खाई !!! कोही अन भिज्ञ छैन, के हुनेवाला छ भनेर, कस्लाई फसायेर, झुक्कायेर हत्या गरिदै छ भनेर , मनोरंजन को नाममा, पैसा नामको चीज लाइ कुनै निर्दोष साँढे को निर्मम हत्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ

~वियोगी काइँला~ म जस्त माया बाँड्नेहरु यस सहरमा कयौँ देखेको छु बाँड्दै जाँदा जाँदा जति नै बाँडे पनि माया नटुङ्गिदो रैछ । मजस्तै बाटो हिड्नेहरु

Posted in कविता | Tagged | Leave a comment