Tag Archives: kabita

कविता : तरूल खन्दैछु आमा

~देबेन्द्र बस्याल~ म तरूल खन्दै छु आमा हाडीकोटको घना वनमा बाख्रा पनि हेर्दैछु आमा बौसिफूलको पाखामा तरूल त ठूलै भेटेको छु आमा तर निकै अप्ठेरो मा तरूल त मिठेहो आमा तर दुईढुङ्गाको अन्तरमा थुप्रै माटो र ढुङ्गा फालें

Posted in कविता | Tagged | Leave a comment

कविता : दाग लागेपनि कुर्तासुरुवाल नलागेपनि कुर्तासुरुवाल

~उदय निरौला~ टक्टकाउँदो सेतो कुर्ता सुरुवालमा सजिएको त्यो मान्छे अलिकति बाटोको हिलो टाँसिन्छ र सुरुवाल कुरुप हुन्छ पान पिच्काउँदा खयर मुस्काउँछ छात्तिमा र दाग दुख्छ सेकुवापसलको धूँवाले अरु बढी रंगिन्छ पोशाक र किच्च हाँस्छ त्यो मान्छे कुर्तासुरुवाल सफा भए पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~देवान किराती~ भित्तामा झुण्डीएको ऐना हेरें पटक्कै चित्त बुझेन झिकेरै– हेरें अहँ फ्याट्टै मन बुझेन । उधोलाई उभो बनाएँ दायालाई बायाँ बनाएँ रत्तीभर मिलेन अनुहारको चौखुँडा

Posted in कविता | Tagged | Leave a comment

कविता : ताहूँ र यात्री

~राजेशकुमार अर्याल~ यात्री न हुँ तिमीलाई स्पर्श गर्न यसपाली ताहूँ आएको छु । जिन्दगीको बटुवा न हुँ थकाईको सुस्केरा हाल्न यसपाली कराउने पहाड आएको छु । खल्डुक र सल्लाका हाँगा भाँचेर उकालो चढेँ बैशाखी टेके र गन्तव्यमा अगाडि बढें भग्नावशेष … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाई र मेरो पेशा

~दिङ्लाली कान्छो~ मलाई एउटा प्रश्नले संधै सताई रहन्छ ….. त्यो हो —- ” मेरो जिम्मेवारी के हो ? ” मलाई यो पनि थाहा छ मेरो पेशा वा जागिरले म एउटा शिक्षक हुँ तिनै सानानानीहरु वा युवा-युवती देखि अधबैंसे उमेरका संग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवान भरोसा

~लोप्चन लामा~ कहिले माओको बन्दुक पड्कियो कहिले र्हितिक कान्डा मच्चियो त कहिले मदेश करायो कहिले वाइ सियलले बजायो कहिले चक्क जाम त कतै फोहोरको गन्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : गयो दशैं

~भिम बहादुर थापा~ आउला भन्दाभन्दै यसपाली त अघाउञ्जेल मनाउँला भन्दाभन्दै परदेशमा पुरानै पस्केर उही परार झैं सन्नाटा चिरेर एकदिन सुटुक्क आएर गयो दशैं।

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो यो जोगाऊ

~श्यामसुन्दर श्रेष्ठ~ कल्कल बग्ने खोलाले भन्छ, माटो यो जोगाऊ मासेर वन पहाडको मलाई खहरे नबनाऊ पुग्नु छ टाढा समुद्रसम्म स्वच्छ म बन्न पाऊँ मायाले हेरुन् सवैले मलाई, हृदय धुन पाऊँ ।।१।। हरियो जंगल पहाडमा भए म स्वच्छ हुनेछु जंगल मासे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महिलाहरू कहाँ छन् ?

~सङ्गीत श्रोता~ आजैको कार्यक्रम हेर्नुस्– प्रमुख अतिथिको आसन मुन्तिर पुरुषकै खुट्टाहरू हल्लिरहेका छन् विशिष्ट पाहुनाको पिर्कामा पुरुषकै घुँडाले पलेटी कसिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मैन

~श्रेष्ठ समनश्री~ पग्लदैथिए निधारहरु… … बिस्तारै– मध्यान्हमा, सुर्यले निकै नजीकबाट नियालेर प्रत्येक अंगहरुको रापिलो स्पर्शमा, उनी– यस्सो नाकको टुप्पो चलाउन नपाउदैं

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम

~अभि वशिष्ठ~ म उस्लाई हेर्छु, अनि बोलाउँछु, उ लतारिँदै आउँछ मेरो समिपमा, म अगाडि फर्किन्छु, फेरि चाल्न थाल्छु पाइलाहरु, उ पछाडी छोडिन्छ, अनि हराउन थाल्छ, आफ्नै संसारमा ।। म सक्दिन, रहन मौन,

Posted in कविता | Tagged | Leave a comment

छोक : दशैं

~मुक्ता सापकोटा~ दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन दसै होइन दशै हो यो बसि जो मोज गर्दछन भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : दार्जिलिंगको बाघचुलिमा

~लक्ष्मी प्रसाद देवकोटा~ क. कञ्चनजङ्घा लेक भरिभर ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर, आँग जोरी भेडा उँग्छन् दलका दल, पाठा, माउ सब, बादलका, निश्छल ! भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल मेषभूत, विभूति रङ्गका बादल ! निशिभर हावाघरका सुतेका बिउँझिन लागे पलपल !

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ दिपावली

~रमेशप्रसाद तिमल्सिना~ स्वागत छ दिपावली तिमीलाई खुसियालि ,हर्षर उमंग बोकि आऊ रंगीचंगी फुल बनी सुगन्ध र्छन आउ भाइनभएका दिदीलाई भाइ बनी आउ स्वागत छ दिपावलि तिमीलाई दिदी बहिनी बनि भैलो खेल्न आउ दाजुभाइ बनी देउसी खेल्न आऊ मखमली फुल बनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटे कुकुर

~सुरज काफ्ले~ हरेक हरेक ऋतुमा बाहिरै , बसन्तमा त ठीकै हुन्थ्यो ! शरद ऋतुमा पनि बाहिरै, उ अाफैँ नै भित्र अाउँदैन थियो, मेरो गुणवान भोटे कुकुर । जब बच्चा थियो, चन्चले थियो । जिस्कँदै भित्र बाहिर गरिरहन्थ्यो, भित्र पसेको म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीबादल र आत्मा

~रुमन न्यौपाने ‘अमन्त’~ क्षणीका, चम्किएर आँगनमा पोखिएको बेला र्बषातको र्शबत चाख्न पुग्छु । पानी बादल जब र्तकिएर मेरो आँत भिज्न पुग्छ म मन भित्र बाट मन चिह्याउँछु् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार नुन पठाइदिनु होला

~लोक राज भट्ट~ सरकार तम्रो हड्तालको क्रान्ती चलिरहेका बखत गाउमा सारै महङ्गिएको छ नुन, बलाई छ , तम्रा सहरले दिएका कागजले हाम्रो पहुँचमा सपनाहरु सिचाँउदैन, त्यो आश्वासन, सहरमै बाँडिचुँडी खाईबक्सेला। हामिले त तम्रा क्रान्तिका घाउले

Posted in कविता | Tagged | Leave a comment

कविता : शिलान्यास

~अतित मुखिया~ आउ तिम्रा दुर्गम हातहरुले छातिका पटाङ्गीमा मनको सुन्दर भवन निर्माणार्थ भावनाका शिला राखेर शिलान्यास गर म परेलीका हत्केलाले ताली वजाउला माटो मुच्छन, सकेजती आशु र पसिना निचोरुला । उद्वेगमा विरानी तिर अलिकती खुसी फुल्यो त के फुल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारीको अर्थशास्त्र

~बासु थापा पुलामी~ सपनामा मेलोहरू लश्कर लागेर आउँछन् अनि बुन्छन् अनेक थरीका सपनाहरू चियाबारीले। बिहान झिसमिसेमा उठ्छन् परिवारको एकमुठ्ठी जाँगरिला सपनाहरू लिएर उनी। हप्ताभरिको खर्चबाट उसले घरको अर्थशास्त्र सञ्चालन गर्नुपर्छ। तल्लो गाउँमा मरौ परेको छ। त्यहाँ पनि नपुगी हुँदैन।

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्तरआधुनिक मान्छे !

~शिव प्रकाश~ मान्छेजस्तो देखिने विनम्रताविहीन मान्छे भकभकाउँछ एक्लै, बक्बकाउँछ, सग्लै छन् खुट्टा टेकिँदैन सीधा बङ्ग्याएर हिँड्छ दुरुस्त मान्छेकै जीउडाल कक्रक्क कक्र्याएको छ मैमत्ता, घमण्ड, अहङ्कार मान्छेको नयाँ संस्करण उत्तरआधुनिक मान्छे एउटा नौलो परिचय बाँडेर हिँडेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाहा ट्राफिक

~उमेश राई~ प्रदुषित सहरको धुवाँ र धुलोले जब बेस्मारी सताउँछ मध्यान्नको तातो घामले बेस्मारी बेस्मारी तताउँछ अनि बेलाबेलामा चोकको त्यो ट्राफिक पुलिस बौलाउँछ यहि बाटोमा बुलेट बाईक चढेर जमिनै भत्किलाझैँ आवाज गर्दै दोस्रो लटको जवानी सम्हाल्दै सोर्ह बर्षे नवयौवना चिप्काएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देवकोटा तिमी प्रसाद हौ

~आचार्य प्रभा~ देवकोटा, तिम्रा अमानुषी श्रीजनाका किरणहरुले अझै जग्मगिएको छ साहित्य जगत तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ नेपाली बाङ्मय अझ सहज, तिमी अपरिमेय छौ तिम्रा श्रीजना अमेय छन। हाँसी रहेछौ तिमी अटल सूर्य बनेर नेपाली साहित्यकाशमा , बाँची रहेछौ तिमी”मुना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे खोजिरहेछ यती

~ध्रुवसत्य परियार~ मेरा अनेकौं इच्छाहरूमध्ये अग्र र उग्र इच्छा- सपनामै मरुँ, हिउँदमा घाम तापेका दिनहरूभन्दा अरू बढी न्याना र उज्याला लाग्छन् मलाई सपना ओडेका रातहरू मेरा अनेकौं इच्छाहरूमध्ये अग्र र उग्र इच्छा- सपनामै मरुँ । म सपना ओडेर जागेको बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~सौरभ कार्की~ दश गजाले छुट्टयाएझै यत्ति मेरो बाँकी तेरो एउटा सानो धर्सो कोरिएको मानचित्र बर्लिनको पर्खालझै झन्डै–झन्डै निषेधित क्षेत्र झै वाह ! महोदय तिमीले त आफ्नै कलङ्कित बिचारहरुजस्तै विभाजित गर्ने भएछौ नि

Posted in कविता | Tagged | Leave a comment

कविता : यौनको सम्मान

~निर्भीक र्रार्इ~ ब्ढ्यौलीले गलाएको, यौन दुबलताले शिथिल बनाएको, दर्रि्रताले भक्रान्त पारेको, धार्मिक अन्धताले ग्रसित भएको र असभ्य मान्छेले नै यौनलाई घिनाउने, खिसी गर्ने हेला गर्ने र यौनसँग लजाउने । नत्र त्यसो गर्ने किन, त्यति प्यारो यौनलाई – ओहो हो हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्युःरा

~कोइँचबु काःतिच ‘उत्तम’~ यति रिस उठी रा छ कि अहिले – चोक, गल्ली, चिया पसल र चौतारीमा देश बनाउने सुन्दर सपना बुन्न अविरल बौद्धिक वेश्यवृत्ति गर्नुहुने श्रद्धेय महानुभावहरुसँग । रिङ–ने दा, यति रिश उठी रा छ कि अहिले यति रिस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका मान्छे

~विश्वम्भर चन्चल~ आजभोलि मान्छे सस्तो छ पशुुभन्दा पैसा सस्तो छ संवेदना, दया–माया र प्रेमभन्दा स्वार्थ प्यारो छ देशभक्ति र राष्ट्रवादभन्दा बाबु पठाउँछ छोराछोरीलाई बन्दुकको नालमा होमिन

Posted in कविता | Tagged | Leave a comment

कविता : हिप्पोक्रिट संवेदनशीलता

~सुधीर छेत्री~ “साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।” -शङ्कर लामिछाने एब्स्ट्र्याक्ट चिन्तन प्याज कार्निभल चल्दैछ। कार्निभल। समुद्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एरिस्टोक्र्याटहरू

~जीवन क्षेत्री~ खाली खुट्टा आधा ढाकिएको शरीर एक सुकुम्बासी बर्बराइरहेछ– थूः निर्लज्ज एरिस्टोक्र्याटहरू । तिम्रो शान्ति भर्सेला परोस् एक्लो काठमाण्डुलाई ‘नेपाल’ मानने ए एरिस्टोक्र्याटहरू । हिम्मत छ भने सार्वजनिक बस चढेर पश्चिम सीमा पुगेर त हेर बन्दुकको खेती, बारुदको मलजल

Posted in कविता | Tagged | Leave a comment

कविता : म साँचो नेपाली भई मरी दिन्छु

~ज्ञानेन्द्र गुरुङ्~ मेरो राष्ट्रिय चन्द्र, सुर्य अंकित ध्वजा, अनन्त सम्म फहराउन खोज्दा खोज्दै… म डुब्ने बेलाको घाम भएछु भने म प्रेषक बिनाको खाम भएछु भने सुन्दर हिमाल हाँसेको हेर्ने दुई आँखा चिम्ली… औशिको रातमा जुनकिरसंगै हराएछु भने, म साँचो नेपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरी बागमती !

~कलाधर काफ्ले~ हिउँदभरि, जब बागमती दर्ुगन्धित लेदोमा परिणत हुँदै फोहोरैफोहोरको डङ्गुरभित्र रुमलिँदै घिस्रिरहेकी हुन्छिन् । बागमती बचाउ अभियानका मै हुँ भन्ने नाइकेहरू बर्खाका च्याउभै Fm उम्रेका र दर्जनौँ सङ्घसंस्थाहरू बागमती सभ्यताका हिमायतीहरू सिङ्गो नेपाल सरकार अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कसो खेर गइएन

~नारायण तिवारी~ ठूलो हुरी बोकेको थिए कसो शहीद भइएन ठीकै भएछ– कसो खेर गइएन …. । कहाँ भइरहेछ इमानको पूजा खोइ फेरिएको छ संस्कार । अहिले पनि उस्तै–उस्तै उत्पातहरू छन् उस्तै–उस्तै आघातहरू छन् मोटाउने मोटाएकै छन् कसलाई छ चासो

Posted in कविता | Tagged | Leave a comment