Tag Archives: kabita

कविता : विचलित मान्छे

~रमेशजङ्ग सिजापति~ त्यही मान्छे हो वर्तमानमा देखिएको विगतको पहिचान हराएको बोली वचन र आस्थामा विचलनपछि देखिएको यथार्थ रूपलाई भन्न करै लाग्यो स्वयम् आफैंँमा विचलन आएको मान्छे । यसरी नै क्रमशः भूत, वर्तमान र भविष्यमा पनि कर्तव्यबाट चुक्दै जाने हो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्वबोध

~सुबेश घिमिरे~ मेरो अस्तित्वको अविर्भावसँगै जननीसँग मैले गर्भको राप माँगे ममतामयी काख माँगे आन्द्राको प्यास मेट्न छातीको धार माँगे॥ बिस्तारै बामे सर्दै बाबासँग मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किन्छु गाँऊ फेरी

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँऊ घर उजाड भएछ कठै सबै शहर पसे पछी घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडे पछी गाई गोठ कडकुरो थर्कु याँहा सबै ढली सकेछन् घरको खाँबा डाँडा भाटाहरू सबै गली सकेछन् सुन्दर फूल फूल्ने बँगैचा आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु दुख्ने गरी

~पुष्पा खनाल~ पटक पटक भन्छौ तिमी मुटु दुख्ने गरी कसो गरी सहँू राजै मनमा गाँठो पारी तिमी यस्ती तिमी उस्ती सँधै आरोप ला’को सुन्छु किन लाग्छ तिमीलाई म नै सँधै गलत हुन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म र ऊ

~अभि वशिष्ठ~ सबेरै आएथ्यो ऊ, अहिले विदा मागिरहेछ, खोइ, क्षितिजलाई निर्लज्ज अङ्गाल्दै, सन्ध्याको काख तिर लम्किँदै, किन जान हतार भैरहेछ उस्लाई ? उस्लाई सुनाउनु छ मेरो कथा, उस्लाई चिनाउनु छ मेरो चेहरा,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्तः यात्रा

~दीपक कुमार ज्ञवाली~ अनन्तः यात्रामा विश्रामको संकेतले अनायाश यात्रीको मस्तिष्कमा करेण्टको झट्का लागिरहेछ यात्रामा पुर्णविराम लगाउने पात्रहरुले देश तरङ्गित भै रहेछ यात्रामा पुर्णविराम त हिजै लाग्नु पर्ने किनकि अक्षम्यताको दोपले सजाईएका पात्रहरुलाई सञ्जीवनी पिलाउनेहरुले अनायाश विऊताईदिए ,गंगाजलले नुहाईदिए दिए

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बाँचिन्न नेपालमा

~जयदेव गोविन्द~ छन्द : शार्दूलविक्रीडित आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते कुप्रो नै हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालम सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।। बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर कुर्दै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जुवाडे

~लाल बहादुर ऐयर~ जुवाडेको हातैमा यो तासको छायाँ छ जुवाड़ीलाइ यो तासको असाध्यै माया छ भोक र तिर्खा लाग्दैन मलाई तासमा रमाउदा रत्तिभर पिर पर्दैन साथि, हप्ताको गुमाउदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : लक्ष

~लोप्चन लामा~ “मुनलाईट”को गोटिहरु जस्तै मनहरु बरालिएका थिएँ पहेलो, कलेजि,हरियो खैरो,निलो अनी हरियो पछाडि “क्यु” बल गुडे जस्तै लक्ष पहिल्याउन “क्यु” बल कन्ट्रोलमा नभएँ फल हुन्छ या बिना लक्ष भौतारिरहन्छ जनकार सबैलाई छ

Posted in कविता | Tagged | Leave a comment

कविता : राम का बाबु

~बिनोद राज सैंजु~ सडक मा बसेर बिरोध गर्न सजिलो छ , राम का बाबु तर घर मुली भयर घर चलाउनु गारो छ ,राम का बाबु थरि थरि सन्तान का थरीथरी माग यउटा लाई चित बुझाउदा अर्को को पित्त फाट्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै पर्ने भो

~दीप हाँडिगाउँले~ अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन लाई अभिनय नबनाउ साथी

~दिलिप राज शाही~ नाटक लाई जीवन सँग तुलना नगर साथी त्यो त केबल अभिनय मात्र हो वास्तविकता नाटक भन्दा भिन्न हुन्छ नाटककारको यात्रा त नाटक भित्र मात्र सिमित हुन्छ जीवन को यात्रा पनि लक्ष्य पनि असिमित हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बाहानाहरु

~सिम्पल केटा~ किन आउछ बाहानाहरु अनी तड्पिएका प्यासहरु | मुटु जिउन्दो भएर हो कि झन झन आउछ बाहानाहरु झन झन आउछ बाहानाहरु | भावनालाई पैन्चो मागि साश थोरै पिउन्दै बस्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्सव

~आइती घले~ आज देखें उसको मुहार शान्त–शान्त छ सधैंको जस्तो हतारो सधैंको जस्तो कोलाहल केही छैन होस् पनि कसरी आखिर शरीर पनि त चिसो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी विरामी छिन् …………………..

~ओम क्षितिज~ बाबा …….१११ मध्य–रातमा जव छोरीले बाबा…१ भन्दै चिच्याउँछिन् म, हत्तपत्त अत्तालिंदै उठ्छु छोरी …………………१ छोरी निन्द्रामै हुन्छिन् पसीनाले निथ्रुक्क भिजेकी छोरी निन्द्रामै बर्बराएकी थिइन् ….. हो..। अचेल छोरीलाई सञ्चो छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : म, गरिवी र विवशता

~रामचन्द्र कार्की~ कलकल चिसो धाराको पानी, तातो छ कुवामा, हल गोरु नारी खुर्पेटो बजाई, घुम्या छु जुवामा । बाझो छ बारी चिर्नु छ मैले, झरी र खडेरी, रुखको फेदमा बास छ मेरो, साहुको हो घडेरी । चमेली सित काले र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक किलो जंगल

~बिमल गुरुङ~ अब मुद्दाको कविता लेख्न लागेको छु बर्षौं – बर्ष देखि आकाशतिर नियाल्दै आफ्नो शुरमा आफ्नै सुसाहट बोकेर बगिरहेकी बगिरहेकी दुधकोशीको तिरमा बसेर लेख्न लागेको छु, लेख्न बसेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मालकिंदी

~लक्ष्मी प्रसाद देवकोटा~ क. समय बराबर प्यारले फर्की, उल्टो छाल हान्छ कमाल ! किनकि अगाडि क्यै झल्केथ्यो, बेहोश वेगमा, स्वर्गको माल ! ख. सम्झनाले गिज्याइहिछ बोक्रालाई, निद्रालाई तन्द्रालाई, ऊँगलाई आत्माको !

Posted in कविता | Tagged | Leave a comment

कविता : सागर, सगर र सतह

~डा.रुपक श्रेष्ठ~ वषौँसम्म पानी ओढेर सुतिराखेको मलाई भकभकी उम्लिरहेको मेरै गर्भका लाभा मेरै महासागर पिँंधबाट झकझक्याउँदै भन्छ मलाई उठ ! उठ !! हिमालझैं उठ सगरमाथाझैँ उठ

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध

~मुक्ति गौतम~ पानीको मूल थुनेर मूलबाटो छेकेर युद्ध हुदैन अब, ढुकेर स्कुल जाने बाटोमा झोला बोक्ने कलिला काँधहरुमा बन्दुकको भारी बोकाएर या कलिला मन मश्तिष्कमा व्दैष र घृणा भरेर युद्ध हुदैन अब, मारेर निर्दोष मान्छेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : दोबाटोमा छुटिँदा…

~अनुभव मञ्जरी~ दोबाटोमा छुटिँदा तिमीलाई रोक्न सकिनँ मूल बाटोमा सँगै हुँदा तिम्रो बातै सुनिनँ मनको यो ढोका भोटे ताल्चाले बन्द थियो खोल्ने चाबी नचिनेरै अलमल्लमा थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : एस्तै हो माया भन्ने

~गणेश पुर्बछाने मगर~ टाढा टाढा उडी जाने त्यो पन्छी को हुन्छ के को भरोसा? छितिज पारि आफु लुकेर पारि जान्छ सबै आकाश सुन्य नै छोडी जाने निर्मोही प्रियसीको किन गर्छौ तिमि आसा?? मन भरि स्वार्थी माया बोकेर पार्छन प्रेम को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन व्रत

~आभास~ म समयसित मौन वार्ता गरिरहेछु मेरी प्रियतमा तिमी मौनता भङ्ग नगर सौम्य छन् तिम्रा आँखा सागरमा पनि लहर छैन म समयसित सुस्तरी साउती खेलिरहेछु अहिले म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु शान्त सागरमा हराइरहेछु विन्ति प्रियतमा तिमी मौनता भङ्ग नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना दशैको !!!

~रामु गैरे~ घर फोन गर्या थिए दशै आयो रे !!! कमेरोले घर पनि पोते होलान घरको पर्खालमा मखमली फुल पनि फुल्न लाग्या होलान ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान टिका नथापेको पनि सालौ भईसक्यो प्यारी श्रीमती अनी छोरा छोरीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उकालो यात्राका कुरा

~टीकाराम उदासी~ कहिल्यै नबिर्सनू र, सुन्नू ध्यान दिएर कि हामी अपर्ूव साहसका साथ हिडेरै आएका हौँ यहाँसम्म नपत्याए सोध्नू तिनीहरुलाई साक्षी छन् आकाशका जूनताराहरु त्यो अनन्त फैलिएको क्षितिज पनि साक्षी छ साक्षी छन् उस्तै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली

~चट्याङ मास्टर~ आहा मेरी बुढीको कति मीठो बुढ्यौली अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली हिजो म चिटिक्क, चिटिक्कै परेर देखाइदिउँ शहरलाई म कस्तो भनेर हिँड्दा शहरमा नजर के लड्याथिए रंगिन पुतली मनमा उड्याथिए आइन् ती बाला मलाई हेरेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पराइ देशको पिडा

~मणि वनवासी~ ठुला ठालु सधैं राम्रा, साना सधैं दास। दासताको पञ्जाबाट मुक्त हुने आस।। त्यही आसमा अल्झिएर छाडिहाले घर। सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।। अधुरा ति सपना सम्झी यहाँसम्म आको। आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।। कुरा बुझ्नु पहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भत्किएको रात

~प्रभात राउत~ गत रात म भत्किए भित्रसम्म . अस्तित्वको मायावी भूलले चौतारी झैँ बाचेको थिएँ बषौं-बर्ष स्तुतिका टुडालहरु मक्किए एउटा भित्तो जस्तै ,पर्खालजस्तो अग्लो म खण्डहर छियाछिया वार-पार भैदिए . सुम्सुम्याई रहन्थे म काखमा मृदु-नानीझैँ मेरा स्नेही आत्मविश्वासहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : अब दशै कहिले लाग्छ?

~रश्मिला कवाङ ‘रश्मि’~ आमा, अब दशै कहिले लाग्छ? बालापनका ती रहरलाग्दा दिनहरु ती निश्चल हाासो र उमंगहरु रोटेपिडमा मच्चिएका झट्काहरु मिठो खाने राम्रो लाउने निउका कर्कशहरु अनि त्यो अभावमय दशैको टिका र जमरा कालान्तरमा सम्झिन्छु म एकएक कलाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति ! शान्ति !! शान्ति !!!

~गणेश कार्की~ भोक लाग्यो, मैले भात माँगे तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ “शान्ति ! शान्ति !! शान्ति !!!” मसँग पाखुरी छ, मैले जमिन माँगे तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ “शान्ति ! शान्ति !! शान्ति !!!” म बिरामी छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : कसी

~कोइँचबु काःतिच ‘उत्तम’~ यसो आफ्नै जिन्दगीलाई स्वस्थ परिक्षणको क्रममा एमआरआइ गरेर हेरेको त के भनौं, लाजै मर्दो रिपोर्ट पो देखा पर्‍यो, गाँठे ! कतै डाँडाकाँडा कतै खोल्साखोल्सी

Posted in कविता | Tagged | Leave a comment

कविता : बिस्थापित हामी

~आचार्य प्रभा~ प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर कहिले कमजोर बनेर ढल्न खोज्छ कहिले अस्थिर बनेर रम्न खोज्छ किन हो कुन्नी ?आमाको मोहले मोहित भएर होला शायद … आफ्नै आमाको काखको सिरानी रोज्छ । रहर हो कि बाधयता ? रणभुल्लमा छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment