Tag Archives: kabita

कविता : जुन

~सागर कार्की~ निधारका पसिना पटुकीमा भिजाउदै आमाले छर्नुभएका पे्रमका बिउ जब टुसा बनेर आकाश चुम्न निस्कए मैले आमाको चेहेरामा जुन देखे र त्यो जुन मेरा आँखाका सपना बने । आमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडको बकपत्र

~डिल्ली मल्ल~ सपनाले देश सरेपछि विपनाले भेष फेरेपछि खैँ, के भयो-भयो हिजो संसारै लाग्ने गाउँबस्ती आज बिरानो-बिरानो भएझैँ लाग्छ हिजो मुटु नै लाग्ने साथी सङ्गी आज पराई-पराई भएझैँ लाग्छ हो कमरेड, देश हराएजस्तो न भेष हराएजस्तो यो सुनसान-सुनसान शहीद गाउँबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : साथी म यतिबेला एम्बुसमा छु

~सन्तोष काफ्ले ‘स्पन्दन’~ हो साथी म यतिबेला एम्बुसमा छु खुट्टा मुनि एम्बुस छ खुट्टा छोडे पडक्न्छ नछोडे समय घटिरहेको छ यधपी जिबनको लामो सास तानेर समयका रेखाहरु हेर्दै चारै तिरको बाताबरणमा हराऊछु जिबन कल्पना अनि मिठो सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक र युद्ध

~देवान किराती~ भोक लागि रहेछ र लागिरहन्छ– सत्य- मूर्दा नभइन्जेल । आगो वालिरहेछु र बुद्ध जपिरहेछु । बुद्ध एउटा परेवा भन्दा रत्ती फरक छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न ?

~श्रेष्ठ समनश्री~ धेरै भयो नसोधेको, तिम्लाई – र एक्लै अनुत्तरित भएको म, तिमीजस्तै । नढांटी भन – भर्खरै मेरो दिलको कुनामै ;

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~अशोक कुँवर ‘नेत्र’~ गाउँ जस्तो छैन यो सहर न सोचे जस्तै आनन्दको छ यहाँ मानव सभ्यताहरू भत्किएका छन् खोक्रो आदर्श बोकेर गल्लीमा आफन्त आफन्तकै पर्खाल बनेका छन् उपहासको सगरमाथा बोकेर विरह रुँदा हाँस्ने यो सहरमा एउटा छुट्टै अस्तित्वको खोजीमा मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेपाराहरुको हातमा छ देश

~टीकाराम उदासी~ छेपाराहरुको कुनै मौलिक रङ हुँदैन छेपाराहरुको कुनै मौलिक संस्कृति हुँदैन छेपाराहरुको कुनै आदर्श र नैतिकता पनि हुँदैन छेपाराहरुको कुनै आस्था र विश्वास पनि हुँदैन छेपाराहरुको कुनै पहिचान र सिद्धान्त पनि हुँदैन छेपाराहरुको कुनै देश र सपना पनि हुँदैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो दोलखा

~गीताकृष्ण शर्मा “विनीत”~ कति मन दुखेको होला तिम्रो कति मुटु दुखेको होला तिम्रो सन्तानले एक्लै छोडे, मायामारे भनेर तिम्रा मनहरु त लालीगुराँस संगै तिम्रै मायालु काखमा फुलिरहेछन म भने विरहको सुस्केरा हाल्दै नियतिको पर्खालले घेरेको अभागी पुर्पुरो लिएर बाँच्नुकोको पीडामा

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दै गरेका समाचारहरु

~मधु पण्डित क्षेत्री~ सायद खवर सिरहाको मात्र नबन्ला कठ्याग्रीएको सितलहरहरुको खवर यो मात्र पनि बन्ने छैन सप्तरीमा पराल ओढेर रात विताएको जस्तै खबर त ताप्लेजुङको पनि आउला वा दोलखा चरिकोटको समेत हेडलाईन बनेर आउला किनकी वर्ष वित्दा समेत त्रिपालको बास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमुर्त मानिस

~पौल भाट~ मैले सुर्य हेरे , तातो छ , रातो छ , रंग बदल्छ ! अझ नजिक हेरे , अजंग छ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भू. पू. नरेश नरोद्दम सिंहानुकलाइ चिठ्ठी

~दयाकृष्ण राई~ भूतपूर्व महाराज सिंहानुकज्यु, पोलपोटले खोसेको गद्दीमा फेरि आशिन भएर इतिहासमा नयाँ अध्याय आरम्भ गरि बक्सीयो । त्यहि गद्दीलाई स्वेच्छाले परित्याग गरेर फेरि अर्को किर्तिमान कायम गरि बक्सीयो ।। राजतन्त्रप्रति महाराजमा किन यत्रो वितृष्णा – यो त महाराजको दुरदर्शितानै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ऐना हेर्दिन

~जे.बी. शेर्पा ~ भन्दा भन्दै सुन्दा सुन्दै हेर्दा हेर्दै , मैले आफैंलाई पनि बुढो सम्झन थालें, अनुभव गर्न थालें ! मलाई याद छ पहिलो पटक जब जुंगा रेखी देखें ओँठमाथि दोश्रो पटक जब फुच्चेहरुले अंकल र दाइ भन्न थाले

Posted in कविता | Tagged | Leave a comment

कविता : दिलमाया

~श्यामल~ मेरो सपना खोसेर राखिएको छ थिम्पूको अँध्यारो जेलमा सर, म त्यसै फर्कनेछैनँ भुटान । म सम्झन्छु आफू रोएको बाल्यकाल तर जति म रोएँ मेरो सात क्लासको किताब च्यातिएको दिन रोएँ त्यही दिन म जति रोएँ रोइसकें जुन दिन पसे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छाँयाको तागत

~निर्भीक रार्इ~ (तस्विरले भूतकाल जन्माउने) Photo विगतको चिनो भएको । Photo ले भूतकाललाई जतन गर्ने । Photo इतिहासको दसी भएको । Camera मा थुनी कागजमा सारिएको छाँया (Photo) को भूतकालमा पनि ठूलो महत्व हुने । Photo ले सम्झना र मायाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आशुको जिन्दगी

~योगेन्द्र गिरी ‘संघर्श’~ आशु मात्र कति बग्छ यो आखाबाट यो आखा केवल रुनको लागी मात्र पो हो कि ? हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आमालाई प्रश्नहरू 

~समा श्री~ आमा सानैमा तिमीले मेरा आँखामा सपना छर्दै फुल्याएथ्यौ त्यो आउँछ भनेर खै ! त्यो आयो र आमा ? त्यो आएको उही नै हो र आमा ? तिमीले भनेकी थियौ त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै कम्मरमा शीतजस्तै टल्कने हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ दुख्छ घाउ?

~रुपेश राई~ खुइssssय… थेत्… फरुवा फ्याकेर तीन नम्बरले भन्यो- ‘साला हजमले केश काटेजस्तो गाछको फेद तासेको छ, तासेको छ। चिटिक्क पार्… भन्छ। खैsss यो चप्रासी भनौदा पनि। आफू कलम काट्न जान्दैन। बाठे…।

Posted in कविता | Tagged | Leave a comment

कविता : माचिस र छेपारो

~प्रवीण खालिङ~ ऐना फुटे जस्तो चर्को जिन्दावादले बस्तीको निन्द्रा डिस्टर्ब भएपछि गॉंउले सिरानीमा राखेको माचिस छाम्छ। थाहा छ, आगोको बिउ जोगाउन कति साह्रो छ ? उ सतर्क छ विजय जुलुसको झरीमा

Posted in कविता | Tagged | 1 Comment

कविता : चियाबारीमा इप्सिताहरु

~भिमा राई ‘तोलाछा’~ इप्सिताहरु सधैं कमान जान्छन् पत्ती तोड़्‌न कलम काट्न छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन् एकाबिहानै गहुँ र मकैका सातु होप्च्याएर गत्तिलो भारी घॉंस ल्याइवरी गोठका धन्धा सिद्ध्याउँछन्। *** कुनै बेला इप्सिताहरु

Posted in कविता | Tagged | 1 Comment

कविता : कसैकसैलाई

~सागर कार्की~ आहाँ कति मिठो हुन्छ त्यो पल जब अविस्मरणीय हुनेछ त्यो भेट हेराहेर हुनेछ, दोहोरी चल्नेछ हृदयको निशब्द हुनेछ समय टु ईक्वाल्स् वान भयो भने मित्र, नआत्तिनु है ! त्यहि त हो नि प्रेमको आभाष ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : हरियो सुन-१

~टिका ‘भाइ’~ चियाको गाछ, बिहानै खसेको कलिलो घाममा हेर्नुपर्छ हिउँ जस्तै टल्किने मुनामा कमाने बालाहरूको बैंसालु शरीरको तातो स्वाद ‘अटम फ्लेवर’ भएर सप्रिन्छ, मंगली यहीं बस्छ, उसको बैंस विदेशी जिब्रोमा मादक निकोटिन खस्छ। यसैलाई उनीहरू भन्छन् हरियो सुन।

Posted in कविता | Tagged | Leave a comment

कविता : गोष्ठी

~जगदीश घिमिरे~ ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमा ठूला टाउका ठूलो गिदी ठूला कहलाइएका मान्छेका माझमा वाद हुनेछ विवाद हुनेछ प्रतिवाद हुनेछ भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ हाम्रा पीरमर्काका कुराहरू हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म मोहडा मिलेको घडेरी हुँ

~रुद्र भुसाल~ ऊ आउँछ मोलमोलाई गर्छ अनि जान्छ अर्को आउँछ फेरि मोलमोलाई गर्छ जान्छ सधैँ मान्छेको घुइँचो लाग्ने गर्छ दिनहुँ यहाँ यसैगरी किनकि म मोहडा मिलेको घडेरी हुँ म बुर्बुरो अँध्यारोमा आँखा चिम्ली प्रभात खोज्ने मान्छे फेरि अर्को दिन अर्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैँको बहानामा भट्टी छिर्या–छिर्या छन्

~रबिन्द्र अधिकारी~ दसैँ आयो भन्छन् सबै सामान केही किन्या छैन जाउँ कहाँ किन्न फेरी पसले कोइ चिन्या छैन महङ्गिले आकाश छोयो छुन केइ सकिँदैन ऋण मागौँ कसरी पोहोर कै ऋण छिन्या छैन । तलब बढ्यो पच्चिस पर्सेन्ट महंगी त मनोमानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलमको चित्कार!

~राजेश बुढाथोकी~ क पुरी क बाट सुरु गर्दै विवेक संचार गर्ने नाममा विभिन्न रङमा मेरो मसि खसालिन्छ! ज्ञान् गुन बाड्ने, अनि ठूलो मान्छे बनाउने नाममा कोरा कागजमा दिनहु मलाई लतारिन्छ!

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमन्चमा प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो रित्तो रङ्गमन्चमा तिमी अर्को नयाँ पात्र । घरि यता घरी उता, असमन्जसमा टोलाएको म, तिम्रो सौन्र्दयको रसास्वादन गर्न, आतुर देखिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका मच्छरहरु

~मातृका पोखरेल~ उद्वेलित आगोका लप्काहरुको चेतना बोकेर हामी बारम्बार बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं तर प्रत्येक दिन मक्किएको सन्धीको ठूटोमा बास बसेर निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन् दिल्लीका मच्छरहरु । *** एक भाँडो उज्यालो बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : शैतानको शैली

~भिम बहादुर थापा~ धुम्रपानले लिन्छ ज्यान, एउटा चुरोट पारखी गाँउले माड्साब कक्षामा चिच्याइरहेछ। पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ, पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।। ** भ्रष्टाचारमुक्त प्रशासन, एउटा घुस्याहा हाकिम जुँगा मुसार्दै साखिलो बन्छ। नैतिकता नामेट छ, अनुशासन रड्डीमा मिल्किइरहेछ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु

~तीर्थ श्रेष्ठ~ बासनारहित तर प्लाष्टिक होइनौ तिमी लाहुरे फूल ! म यतिखेर युद्धमा क्षत–विक्षत मेरा पति संझिरहेकी छु काँचो धागोले बेरिएको चिठ्ठी लास गन्हाउने पेन्सन

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साँढे

~लक्ष्मी प्रसाद देवकोटा~ मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिर्खा -एक

~अविर खालिङ~ तिर्खा सुतेर हरेक अनिंद्राका रातहरू जब ऐंठन व्युँझन्छन् काँशका फ़ूलहरू कहीं झरिसक्छन् एउटा इतिहास खोजेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्ख है प्रिया

~देश सुब्बा~ म यताको कोसेली पठाउँदैछु एक बट्टा समय छ त्यो बट्टामा पसिनाको मूल्य छ समुद्रको वासना छ बाहिर मरूभूमिको बालुवा छ भित्र यता बग्ने हावामा वरपिपलको वासना आउँदैन समुद्रमा तिते माछा पनि पाइन्दैन समय महँगो छ यहाँ

Posted in कविता | Tagged | Leave a comment