Tag Archives: कथा

कथा : खैरो कोट र श्रीमतीको सारी

~गोकर्ण भट्ट~ उसलाई खैरो रङ्गको कोट किन्न मन थियो । पसलमा गएर सोध्यो । दाम रहेछ ११ हजार । फर्कियो ऊ । हप्तादिनपछि होला, उसले पैसाको जोहो गर्यो । ‘आज कोट किनेरै फर्किन्छु” यही सोच्दै ऊ अफिस जान ठीक्क पर्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्रकथा : इमेल नम्बर–एक

~शर्मिला खड्का दाहाल~ प्रिय गौरव, तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : अलग उपाय

~लेखनाथ काफ्ले~ मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा। २०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमिलो अंगुर

~सुषमा मानन्धर~ किन हो किन, रत्‍नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलो रुमाल हराएपछि

~अनमोलमणि~ अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिस्डकल

~हरि दुलाल~ शनिवार विहान करिव ६ वजे तिर कोटेश्वर हुँदै अरनिको राजमार्गको वाटोमा हुईकन सुरु भयो । २७ लटको मोटरसाईकल, सर्भिसिङ नगरेको पनि धेरै भईसकेको थियो । मोटरसाईकल खात्राक खुत्रुक अलि बढि नै गरेको थियो, गर्मी मौसम भएपनि विहानको सिरेठोले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेकम्मा ! सुइटर

~दिपेन घिसिङ्~ दृष्टि ऐनाभित्र सज्जिएको सुइटरमा ठक्क अडिएपछि त्यसलाई घरमा नल्याइ बस्न सकेको थिइनँ। त्यसको रूप-सौन्दर्यदेखि आँखा अर्कोतिर तर्केर दगुर्न सकेको थिएन। लट्ठू मन बनिएछ त्यतिखेर। घर फर्किएपछि त्यसको सौन्दर्य बजारका गल्ली-गल्लीमा चिहाइरहेका आँखाहरूबाट ओझेल भइसकेको थियो। आत्मिक सुखका रेखाहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर परिक्षा

~पुरुषोत्तम सुवेदी~ साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजु – द हिडन पार्ट अफ माइ लाइफ

~अमित पोखरेल~ ‘प्रोस्टिच्युटको बारेमा लेख्न प्रोस्टिच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर ! ‘ उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहँदा म भने भर्खरै उनको ब्यागमा देखिएको ‘इलेभेन मिनट्स’लाई नै सम्झिरहेको थिए। पाउलोको बहुचर्चित उपन्यास ‘इलेभेन मिनट्स’ लाई इंगित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : बिर्सिएको चिठ्ठी

~अविरल परिधि~ हिजो ‘नाइट ड्युटी’ गरिरहेथेँ, टिङ्ग फेसबुकको नोटिफिकेसन आयो। टेबलबाट फोन उठाएर हेरेँ: आकाश अधिकारी- ह्याप्पी दशैं माया। *** एकछिन अलमल्ल परेँ, को आकाश अधिकारी होला ! नजिकबाट चिनेको कोही छ जस्तो लाग्दैन। आकाश नाम भएका त धेरै चिनेका … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : देशी चश्मा

~पूर्ण ओली~ “ए कविराम कति ढिला गरि’रा ? मैले चारचारवटा तन्नाहरु धोइसक्दा पनि जाबो दुइटा सिरानीको खोल धुन पनि दिनै फाल्छ, बजिया । … छाड् ! यीः यसरी धो न ! दुइटा त खोल नै धुन नै बाँकी छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वासघात

~दण्डपाणि जैसी~ ‘मदन दाजु ! किशोरको कुनै खबर पाउनुभयो ?’ आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिर्इ। धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन। करिब एक हप्ता अगाडिदेखि ऊ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~ धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोस्ट सिस्मिक- मेरो सहरको एउटा रात

~रजित ओझा~ “खै कोही आउँछन् जस्तो छैन,” सरिताले चुरोट सल्काई । “चुरोट नसल्का न, यो गुम्ममा पेट हुँडल्दैन ?” “कसैको नभको तेरो पेट !” हर्केले सरितालाई हेर्यो, ऊ धूवाँ फुक्न थालिसकेकी थिई । उसले ट्याक्सीको झ्याल खोल्यो, धूवाँ बाहिर निस्कियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गे… गे

~राजव~ अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -“ “सेन्ट्रल स्क्वायर … ।” “ए ˜˜ … ।” “तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -“ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्काइपमा जया र रमोला

~भावना परिष्कृत सुनुवार~ काठमाडौँ । जया हातमा चियाको कप लिँदै बेडरुममा बस्छिन् । टेवलमाथि चियाको कप राख्छिन् एक सुरुप पिएर । कुर्सीमा आरामले बस्दै ल्यापटप खोल्छिन् । ‘ल हेरन ! तिमीभन्दा अगाडि नै म अनलाइनमा आइसक्छु भन्थिन् । निर्धारित समयभन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरणात्मक कथा : कुरो मिल्यो !!

~पौल भाट~ कक्षा ५ को पहिलो दिन , हल्का निलो सर्ट , अनि गाढा निलो कालो पेन्ट , लगाएका लगभग १५०० जना मा म एक थिए . श्री अरुणोदय माध्यमिक बिधालय , सुदुर पश्चिम भेगकै प्रख्यात स्कुल , म पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काँटीमा झुण्डिएको जनै

~सन्तोष चिमरिया~ बिबाहको अघिल्लो दिन बडो हतारमा उसको  उपनयन अथवा बर्तमन गरियो २७ औ बर्षमा । गुरुमन्त्रको औपचारिकता पनि पूरा भयो तर गायत्री कण्ठ गर्नु उसले अनावश्यक ठान्यो । बास्तबमा बर्तमन नै पनि आवश्यक ठानेर गरेको थिएन । यदि त्यसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन हो कि सुरुङ

~तिपाहाङ्ग फियाक~ ‘सर आज पढाइ भएन नि? किन?’ ‘कस्ले भन्यो? म क्लास सकाएर आउँदैछु।’ ‘अनि म पनि त क्लासमानै एक घण्टा एक्लै बसेर फिरेको?’ ‘आज देखि विद्यार्थी धेरै भएर अर्कै कोठामा पढाउन थालेको हो। शुरुमा त सबैलाई सदाकै कोठामा पढाउन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विष्णुमतीका किनारामा

~बाबुराम लामिछाने~ कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : भोक

~रुमानी राई~ बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : ……..जिउँदो तस्बिर

~रुमन न्यौपाने ‘अमन्त’~ …..सोमबार क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो । यो तस्बीर मैले त्यो दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सात नम्बर बेन्च

~मोहनराज शर्मा~ घडीले दस बजाएपछि ऊ ढल्किँदैढल्किँदै आएर सात नम्बरको बेन्चमा बस्यो । सार्वजनिक थलो ‘खुला उद्यान’को त्यो बेन्च पनि सार्वजनिक नै थियो । त्यहाँ भुइँमा खुट्टो गाडेर अड्याइएका अरू पनि थुप्रै बेन्च थिए । खुला उद्यानको विशाल हातावरिपरि पसलैपसल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिना

~भावना परिष्कृत सुनुवार~ आफूभित्र जतिसुकै पीर–व्यथा भए पनि बाहिर सधैँ हाँसी–खुशी देखिन्थिन् उनी । तर आज अभिनालाई निकै गम्भीर देखैँ मैले । सुरुमा घरको हालखबर सोधेँ । नेपालमा बहिनी अग्रता र बाँकी सबैलाई मङ्गल–कुशल रहेको बताइन् । आफू पनि सञ्चै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिव काका र तिकडमको राजनीति

~ध्रुव पन्थी~ उनको औपचारिक पढाइ हाइस्कुल तहमै टुङ्गिएको थियो। मान्छे हेर्दामा उस्तो सुग्घर र भलाद्मी व्यक्तित्व भएका जस्ता पनि थिएनन्। प्रायजसो छुस्स बढेको पातलो दाह्री, पानीको मुख नदेखेर लेसिएजस्तो लाग्ने नकोरेको कपाल, खुजमुजिएका सर्टपाइन्ट र पान्डा भनेर चिनिने कपडाका मैला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकमा एउटा अनुहार

~धनबहादुर खड्का~ गुड मर्निङ सबैलाई ! सँधै झै आज पनि मोरीले बिहान ५ बजेको छैन फेसबुकमा औपचारिक हार्दिकता बाँड्न भ्याई सकिछ। मैले त करिब ८ बजेतिर नेट खोलेको, फेसबुकको भित्तामा देखिएको समयको आधारमा उसले कमेन्ट गरेको समय थाहा पाएको हुँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुन्दिनी

~लक्ष्मण घमाल~ पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुमनाम आप्रवासी

~लेखनाथ काफ्ले~ टोक्यो, जापान आगत खाटमा पल्टेर बाहिर हेरिराखेको छ, सानो झ्यालबाट। त्यो कोठाको झ्याल भन्नु नै त्यही एउटा सानो प्वाल हो, सालाखाला २ फीट चौडाई र ३ फीट लम्बाइको। खै के जस्तो डिजाइन हो, बाहिरबाट जाली लगाएको छ, दुइवटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : सरकारी जागिर

~चिरञ्जीवी ढकाल~ ५ वर्षमा २५ चाेटी लाेकसेवा/ निगम/ बैँक/संस्थान अादिकाे परीक्षा दिइयाे, कहिल्यै पास भइएन । मैले सरकारी जागिर खाने अाश मारेकाे थिएँ, २६ अाैँ पटकमा कताबाट फ्याट्ट न्याय सेवा काे  डिठ्ठामा लिखितमा नाम निस्केछ । अागनका डिलाँ गएर सात … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सत्ताच्युत

~भाउपन्थी~ अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओलम्पिक ज्योति र सपनाहरु

~विजय हितान~ ‘ला… ला… वैकुण्ठ अगाडि-अगाडि आउँदै छ । मैले रङ्गशालामा नेपाली झण्डा कसैले फरफराएको देखेँ, नेपाली पनि पुगेछन् त्यहाँ ओलम्पिक हेर्न । थुइय… यति बेलै लोडसेडिङ हुनुपर्ने.. साला…!’ टिनले छाएको घरमा बिजुली झ्याप्प जान्छ । टेलिभिजनमा ओलम्पिक हेर्दै गरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घात

~अनिश भट्टराई~ मलाई झल्याँस्स उसको सम्झना आयो । ४ बजे भेट्ने भनेर हिजैमात्र बाचा गरेका थियौं । धरानबाट मेरो पुरानो स्प्लेन्डर मोटरसाइकल हुइँक्याउँदै तरहरा पुग्दा झन्डै २० मिनेट लागेछ । चोकमा पुगेर उसलाई फोन गरें । नजिकै एउटा सेकुवा पसलमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment