कथा : पराई आमा

~सरु पोखरेल~Saru Pokhrel

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् ।

”बहिनी, फूल दिनोस् न ! धूपबत्ती र प्रसाद पनि राखिदिनोस् है !”

मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिई बोतलको पानी ती युवतीलाई हात धुन दिएँ । युवतीको साथमा सानो बालक पनि थियो । उनी हात धुँदै थिइन्, ढकीबाट सेता मिठाइको प्याकेट त्यो सानो बालकले टप्प टिपेर मुखले खोल्न थाल्यो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा जंगलभित्रभित्रै

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली त हो। राजमार्गभन्दा उत्तरपट्टि। त्यो बेला र यो बेला। स्यालीमा बर्खाको पानी घटेको थियो र पनि पानीको भित्री बेग अझै कायमै थियो। बर्खा बितेको थिएन। माथि आकाशमा बर्सिन तरखराइरहेका घना कालाकाला बादल खापैखाप थिए। खोला पनि भर्खर स्खलित उन्मत्तता सेलाएझैं शिथिल थियो। बालुवा पनि पानीको प्रवाहसँगै त्यस्तैत्यस्तै ढिस्काढिस्कामा रूपायित हुँदै अनेक तरेलीतरेलीमा परिणत भइरहेको थियो। म साइकलमा थिएँ। त्यता साइकलमा भुली गाउँतिरको ट्रिप लगाएर आइरहेको। भन्नु छैन, झन्डै साइकलसहित म त्यो बगुवा बालुवामा धसिएर जलसमाधि लिन नपुगेको। साइकल त गायबै भएको झन्डैझन्डै। जसरीतसरी न्वारनको बल लगाएर थुतेँ त्यसलाई र किनारमा ल्याएर त्यसलाई पनि पछारेँ खोलाको रसि पोख्नलाई र आफू पनि लखतरान चिसो जीउ बर्खाले पिटेको बगरमाथि पसारिएँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमृताकी छोरी

~मधुवन पौडेल~

“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !”

सतीश अर्थात् अमृताको लोग्नेको दुई वर्ष अगाडि दुर्घटनामा मृत्यु भएपछि उसकी छोरी अनुस्काले नै उनीहरूको कन्सल्ट्एन्सी अफिस सम्हालेकी थिर्ई । वास्तवमा अमृतालाई पनि अनुस्काले त्यति राम्रोसँग छिटो समयमा बाबुको व्यापार सम्हाल्ली भन्ने पटक्कै विश्वास थिएन । उसले हेर्दा त अनुस्का न भान्छाको काममा सिपालु न त यताउती नाता कुटुम्बसँग उठबस गर्ने न त आफुलाई चाहिने सामान बाहेक अरू गृहस्थीका सामान किन्न जान्ने लठ्ठक थिई । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धकी पात्राको डायरी

~सुरेश प्राञ्जली सापकोटा~

(सिद्धार्थ आर्ट ग्यालरीको प्रेक्षालयबाट ‘लडाइँमा जनता’को फोटो प्रदर्शनी हेरेर निस्केपछि मेरो मानसमा युद्धकालीन ती समयहरू पुनरावृत्त भएर आउँछन् एकपटक । पछिल्लोपटक युद्ध साहित्यहरू पढिरहेको थिएँ म । भियतनामी युद्धबारे पढेँ । टोल्स्टोयको ‘वार एन्ड पिस’ हिजो मात्रै सकेँ । विश्वयुद्धबारे अघिल्लो महिना पढेँ । आज, एउटा डायरी छ मसँग । यसो भनौँ एउटा ‘भर्जिन टेक्स्ट’ हो यो । यसको पहिलो पाठक म नै हुँ । टीएस इलियटले भोगेको भन्दा अलिकति फरक तर उस्तै युद्धलाई प्रत्यक्ष भोगेकी एउटी पात्रको डायरीका पन्नाहरूउपर विभीषिकाजन्य आँखाहरू दौडाइरहेछु यतिबेला । आधाजति पढिसकेपछि मलाई लाग्यो अब अगाडि पढ्न सक्तिनँ । एक मन लाग्यो यो डायरी मैले फेला नपारेको भए पनि हुने !) Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रत्यौली

~शिव सस्मित~Shiva Sasmit

गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी ।

ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी ।

यही चौविस गते हो रे कहाँ हो त्यो त मलाई पनि थाहा छैन । तर जे होस् बिहे त गर्ने नै भएछन् । प्रतिउत्तरमा भुन्टीले भनी ।

यत्तिकैमा रमा पनि गाग्री लिएर पानी भर्न टुप्लुक्क आइपुगी । खासखुस गरिरहेका भुन्टी र कान्छी हठात् चूप भए । चूप लाग्नुको कारण रमा गगनेकी भाउजु थिई । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आख्यान

~कुमार नगरकोटी~

भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।

११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।

लिट्ररी स्पिकिङ ः Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नमस्ते नमस्तेलाल

~घनश्याम खड्का~

उनको नाम सुन्दै मान्छे अचम्म मान्छन् । पहिलो पटक भेट्दा कोही पनि नझुक्कियून् र अचम्म पनि नमानून् भन्ने सजकताका साथ उनी आफ्नो नाम प्रस्ट र पूरै भनिदिन्छन्, ‘नमस्तेलालभूमि श्रेष्ठ’ ।

‘नमस्ते’ बाटोमा जब यो सुन्छन्, एकफेर उनको मुन्टो परक्क घुम्छ, पाइला रोकिन्छ र आँखा मोडिन्छ । तर बोलाउनेले उनलाई देखेकै हुँदैन र ऊ कसैसँग अभिवादन गररिहेको रहेछ भन्ने पत्तो पाउँछन्, नमस्तेलाल टाउको छाम्छन्, ‘हत्तेरी, फेर िझुक्किएँ ।’

एकपटक होइन, दुईपटक होइन, एक वर्षदेखि होइन, दुई वर्षदेखि होइन, बुझ्ने भएदेखि नामसँगको यो रमाइलो/नरमाइलो बेहोररिहेका छन् नमस्तेलाल । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ज…द..

~मित्र पाठक~

बाटोमा पुरानो साइकल डोराउदै हिड्दै थिए अचानक राति कारको टि-टिट हर्नले झस्किएँ । गाडी तर्फ फर्केर हेरें मलेसियामा सँगै काम गरेको साथी आफैं कार चलाएर हिंडेको । उसलाई देख्नासाथ मैले भनिहालें – “मलेसिया जान छाडेर यहीं कार चलाउन थालेको ?”

उसले अल्लि अफ्ठ्यारो मान्दै भन्यो- “हैन आफ्नै हो । ” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निडरता

~रामकुमार श्रेष्ठ~

करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न गर्न र सोधेका प्रश्नहरुको जबाफ दिन डराउन हुन्न भनी संझाइरहेको बेलामा ६ वर्षकी छोरी पूजा संदा झैं उनको उमेरकाहरुलाई जवाफ दिन अति कठीन प्रश्न तेसार्छिन्, “वावा अस्ति श्यामलाई असाध्यै मूर्ख छ पट्टक्कै डराउँदैन भन्नु भएको होइन अनि अहिले फेरि दादालाई डराउन हुन्न किन भन्नु भएको त?” “बदमाशी गर्न नडराउने मानिसलाई मूर्ख भनिन्छ तर राम्रो काम गर्न भने डराउन हुन्न नि त । शिक्षकहरुसंग प्रश्न गर्ने र सोधेका प्रश्नहरुको जबाफ दिने भनेको त बढी जान्नको लागि हो त यस्तो काममा डराउन हुन्न नि छोरी” – संक्षेपमा यस्तो जबाफ दिएँ छोरीको जिज्ञासा पुरा गर्न मैले । योभन्दा बढी जान्न पहिला छोरी ठूलो हुनुपर्छ भन्दै छोरीलाई तानेर काखमा राखी माया गर्न थाल्छु । छोरीको खुशीको सीमा थिएन सधै अनेक बहाना बनाएर काखमा बस्न खोज्नेलाई आफैले काखमा राखिदिएकोमा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिभाषित प्रेम

~डा. बेञ्जु शर्मा~

रेस्टोराँबाट सडकमा आइपुग्दा छिटपुट पानी र अलिअलि हावा चलेको थियो तर पनि गर्मी हप्प नै थियो । गर्मी हो या शीतल छुट्याउन गाह्रो थियोÙ प्रकृतिमा द्वन्द्व थियो । उर्मिलाका गोडाहरू घरतिर छिटोछिटो दौड्दै थिए, हातमा छाता थिएन । उनी मनमनै सोच्दै थिइन्- कतै पानी धेरै पर्‍यो भने । मनभित्र पनि गर्मी, पानी, हावा सबै एकसाथ बहिरहेको अन्तरद्वन्द्व थियो । ‘म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो’ उनलाई लाग्छ उनको जन्म नै विपरीत परिस्थिति भोग्न भएजस्तो, जन्मँदै उल्टो जन्मिएकी उनले सधैँ उल्टै परिस्थितिसँग मात्र जुध्नु परिरहेछ । उल्टो बुनिएको जीवनलाई सुल्टाउँदैमा जिन्दगीको आधा उमेर बितिसकेको छ । जन्मिनासाथै आमा बित्नुभएकोले मामाघरमा माइज्यूलाई आमा भन्दै हुर्किनुपरेको, जे काम गरे पनि माइज्यूको उल्टो हेराइले, गरेको काम जति सबै खराब भनी उल्टो कुरा सुनेर मामाको कुटाइ खाँदै बालककाल बितेको । दिदीलाई माग्न आएको केटोलाई देख्नासाथ ‘भिनाज्यू’ भनेर पुकार्दा, त्यही भिनाज्यूले दिदीलाई मन नपराएर आफूसँग विवाह गरेको, विवाह गरेको केही वर्षमै लोग्नेलाई बाटोमै कसैले छुरा धसेर मारिदिएको, लोग्ने धेरै धनी हुँदाहुँदै पनि लोग्नेको काकाको कुदृष्टिबाट Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग तिरको यात्रा

~लक्ष्मण शर्मा~

असोज- कार्तिक तिरको कुरा हो, दशैको मौसम थियो। जताततै हरियाली छाएको थियो रङगीविरङ्गी फूलहरु फूलेका थिए। अझ गाँउतिरको एक पखेरो त लालीगुँरास फूलेर बेहुली सजाए जस्तै देखिन्थ्यो। अलि तल क्षितिजमा बग्ने कर्णाली नदिका लहरमा अनुपम छनछनाकार सुन्न पाइन्थे। योजना मुताविक कसैले थाहा नपाउने गरी जुनिली रातको बेला गाँऊको एउटा कुनामा सबैजना ईच्छुक युवाहरुको जमघट भयो। स्वर्गको यात्रा सबैले सँगै गर्ने सहमती भयो। पूर्ण तयारीका साथ भोली बिहानको सुर्योदय हुनु पहिले नै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रातो डायरी

~अनमोल मणी~Anmolmani

प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा जुधेका थिए।

ऊसितको यो मेरो चौथो भेट थियो।

पहिलो भेट झ्ण्डै सात वर्षअघि लमजुङको भार्तेमा भएको थियो। सुदूरगाउँको एउटा थोत्रो स्कूलको कोठामा साँझ् पत्रकार सम्मेलन थियो। त्यहाँ उसले दह्रोसँग आफ्नो कुरा राखेको थियो, “क्रान्तिमा सानातिना कारबाही सामान्य हुन्- बाँचे राज्य मरे एउटा ज्यान भनेर क्रान्तिमा होमिएकाले देशको मुक्तिका लागि जे पनि गर्न सक्छौं…।” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : इन्क्लेभ

~ध्रुव नेपाल~

भलै मानिस चरा होइन, मनको चाहनाअनुसार फुत्त पखेटा फट्फटायो जहाँ चाहृयो त्यहाँ पुगिहाल्यो गर्नसक्ने यद्यपि उसका चाहना भने कम हुँदैनन् । ऊ पनि दुई गोडा चल्ने बेलासम्म मन लागेपछि घरको सङ्घारबाहिर निस्केर कहाँ-कहाँ पुगिहाल्छ । गोडाले नभ्याउने हुँदासमेत चाहेको ठाउँमा जान मन लाग्यो भने के गर्ने भनेर अन्य साधनहरू साइकल, रिक्सा, गाडी, रेल, हवाइजहाज आदिजस्ता कुराको आविष्कार गरेको छ । यी कुराहरू प्रयोग गरेर त मानिस चराभन्दा पनि टाढा पुग्नसक्ने भएको छ । त्यसैले अबको अवस्थामा मानिसले चरा हुन पाए हुन्थ्यो भन्नुको सट्टा चराले मानिस हुन पाए हुन्थ्यो भन्छ होला- घुम्ने सन्दर्भमा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलीको गन्थन

~गीता थापा~

सम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन् बुडा, मत सिधा मान्छे, सिधै कुरा गर्छु। गाउँमा खाएको गुन्द्रुक र मकैंको भाँत याद आइरहन्छ। त्यो पल्लाघरे कान्छी बजैको मोहीको त झन कति हो कति याद आउँछ। फेरी खान नपाएकी कस्ती गालपारा आइमाई रहिछे यो त, मान्छेले सुनेर के भन्लान नभन नी तिमीले देशै त आज अती पिडादायिक अवस्थाबाट गुज्रीरहेको बेला अरुले के भन्लान भनेर म हाम्रो राष्ट्रिय खाना कसरी भूल्न सक्छु। दुइदिन मलमल लगाएर त्यो हिजोको भाँग्रो यति छोटो कसरी भूल्न सक्छु। हेर सुख लुक्छ, तर दुस्ख कहिल्यै लुक्दैन।तिमीले मास्टर बाबुलाई लेख्न लगाएर पठाएँको चिट्ठी मैले पाएँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सबथोक राम्रो

~आर. आर. चौलागाईं~R R Chaulagain

टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो

”तिमी सधैँ यता किन ?”

केटोले भन्यो – ” मलाई यताको चिया राम्रो लाग्छ ।”

अर्को दिन अर्कोले सोध्यो । केटोले रेडिमेड उतर दियो – “मलाई याताको हावा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म डाक्टर भइनँ

~नृपेन्द्र पुरुष ‘यादि’~

मान्छेको जस्तै संसारको पनि भाग्य हुन्छ भन्ने कुरा अब प्रस्ट भइसकेको छ । संसारलाई न त विश्वयुद्धले बदल्न सक्यो नत विश्व क्रान्तिले ।

मान्छे के ले सञ्चालित छ त, संसारजस्तै, सृष्टि के हो, प्रलय ?

छन् त अरू पशुहरू ! कि त भन्नु पर्‍यो पशुहरू अर्को जुनीमा के हुने ? मान्छेले त आफूलाई सुधार्‍यो भने राम्रो होला ! अवश्य कर्मफल र उसको अबको कर्मफल । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजनीति

~राजेन्द्र पराजुली~Rajendra Parajuli

पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्य पार्टीका निम्ति पनि ऊ ठूलो प्रतिद्वन्द्वी र ईर्ष्याको पात्र बनेको छ। यस्तो लाग्छ, उसको राजनीतिक जीवनको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूगोलहीन: एउटा अमूर्त प्रेम

~रमेश गौतम~Ramesh Gautam

ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो।

“सर! तपाईँ कहाँबाट आउनुहुन्छ?”

” दमक”

“त्यति टाढाबाट……”

“गाडीले ल्याउने-लाने काम गरिहाल्छ नि।”

“अनि पैसा सर?”

“तिम्रो स्कुलले दिन्छ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सत्ताको सिनु

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

विश्व ब्रह्माण्डको कुनै एक कुनामा एउटा सानो देश थियो । सानो भईकन पनि त्यस देशमा उपलब्ध नहुने चिजवस्तु केही थिएन । सबै किसिमको भौगोलिक उपलब्धता रहेको त्यस देशमा प्रचुर मात्रामा नदीनाला र वनजङ्गल पनि थियो । हराभरा डाँडापाखा, हिउँदबर्षा हरबखत कलकल सङ्गीत भरेर नाच्दै दौडिरहने नदीनाला, स्थिर आसनमा रमाएका सेता हिमाल र Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : लिलाम बढाबढ

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे ।
मनमा कुनै किसिमको द्विविधा नराखी उसले खुशी भएर फटाफट त्यसमा सही गरिदियो र अर्को आदेशको प्रतीक्षामा मर्यादित भएर ठिङ्ग उभिइरह्यो उसैका सामु । Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पुल

~सञ्जय बिष्ट~

यो गाउँको समाप्तिदेखि पूर्वतिर प्राय: एक माइल फैलिएको बाक्लो जङ्गलको समाप्तिमा एउटा खोला छ। नबगेर घरि घरि ढुङ्गादेखि ढुङ्गासम्म खस्नुपर्दा पानीले सेतो फिँज जन्माइरहन्छ। दुधजस्तै बगिरहने यो खोला पाहाड़का धेरै खहरेहरूजस्तो नभएर हिउँदमै पनि आफ्नो अस्तित्वको घोषणा गर्दै बगिरहन्छ। खोलाका दुवैतिरको कालो भित्तामा कटुस, महुवा, पिप्ली, काउँलोहरूको ठुला-ठुला छॉंयादार Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुलमुले चोक

~दिनेश बस्नेत~

”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा राखेको ठाउँबाट गन्ध नै आउँछ जसरी जता राखे पनि चट् पार्ने ! कस्तो नराम्रो बानी हो । उता फिस तिर्न बाँकी रहेकोले बच्चा जाँच नै दिन पाइन्न भन्दै रुँदै थियो ।बल्लबल्ल फकाएर स्कुल पठाएँ । रोएर कत्रो विलाप, कत्रो मुस्किल पर्‍यो स्कुल पठाउन । घर व्यवहारपट्ट ित अलिकति पनि चिन्ता छैन, खाली धोकेर हिँड्न पाए भयो । रक्सी भए पुग्ने भएपछि रक्सीसँग बिहे गरेको भए हुने नि ! किन बनाउनु परेको परिवार ?” एउटी आइमाई कड्केर बाझिरहेकी थिई ।

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : सतिप्रथा

~गंगाराम ढकाल~

धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डीत बाजेको यति ठूलो नाम चल्नुको कारण उनको ज्योतिष विद्याले पनि हो । ज्योतिष विद्यामा निपूर्ण भएको हुदा जसकसको पनि भाग्य रेखा दुरुस्त केलाउनु उनको कला नै थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गफाडी शिर्षक

~आर. आर. चौलागाईं~R R Chaulagain

मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अफिमची

~विमल निभा~Bimal Niva

‘ रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर…।’

हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : पर्खाइ

~एकराज थापा~

आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर फर्केर । म मौन छु । मसँग तत्काल उसका लागि चित्तबुझ्दो जवाफ छैन । बुझेको छु ऊभित्रको पीडा । उसभित्र दन्किएको आगो र जलनलाई । म महसुस गर्न सक्छु । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : बिना-निष्कर्ष

~लीलाराज दाहाल~

नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : युद्धरत एक रात

~आवाज श्रेष्ठ~

बितेको पल । नफर्किएको हिजो । ढलिरहेको वर्तमान । रोकिन्छ कसरी ? खोला कहीँ गतिहीन हुन्छ र ? १२ वर्षमा खोला फर्किन्छ रे । उखान चलेकै छ । आखिर भ्रम रहेछ सब । खोलो फर्किंदो रहेनछ । यो जीवन दुरुस्तै खोला । यांवत बगिरहेछ ढलिरहेछ सकिरहेछ रितिरहेछ छोट्टरिहेछ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~Govinda Bahadur Malla Gothale

‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र छु अथवा झ्यालखानाबाहिर छु’ त्यसपछि सजग हुने शक्ति समेत ममा छैन। म खान्छु, कहिले काँचो खान्छु, कहिले पाकेको खान्छु र बाँचिरहेछु। बाँच्नुबाहेक Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : पिंजडा को सुँगा

~लेखनाथ पौड्याल~

बालक बबुरो दिजशुक नाम
हुँ म परेको छु पिंजडामा
मकन हरे शिव शान्ति र चैन
सपना बिच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : दशैं

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक दृष्टान्त

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment