लघुकथा : साथी

~सुषमा मानन्धर~Shushma Manandhar

हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

जिजीविषा

~माधव काभ्रेली~

म उपन्यासको पछिल्लो फन्कामै व्यस्त थिएँ । जेसिकाको सम्पत्तिसँग भनौं या विदेशिने मोहले भनौं हिमालको विचार डग्मगाएको थियो । उर्सुलाजस्ती नायिकालाई छोडेर ऊ बान्की नमिलेकी, विदेशी, सेती, नेपाली पनि राम्रो बोल्न नजान्ने एउटी केटीसँग बिहे गर्न तयार भएको थियो । हुन त त्यसअघि हिमालले उर्सुलासँग बिहे गर्ने बाचा गरेको पनि थिएन । मात्रै उनीहरुको सामिप्यता देख्दा अड्कल मारिएका कुरा थिए । हिमालले दिएको चोट खप्न नसकेर उर्सुला बेपत्ता थिई । हिमालले उर्सुलालाई दिएको धोका मलाई पनि पचिरहेको थिएन । हिमालसँगको रिस खैँचेर म उर्सुलालाई सहानुभूति दिँदै थिएँ ।

खल्तीको फोनले डिस्टर्ब गरेपछि उपन्यास ओझेल प¥यो । । फोनमा एउटा आर जे सोध्दै थियो –‘सर, कथा तयार भएन ? आज त मंगलबार भरे त्यो कथा दिनुपर्छ । प्रोमो गैसक्यो । कतिखेर भेटूँ ?’ उसको प्रश्नले म झसङ्ग भएँ । कथा सुरु पनि भएको थिएन ।
‘एक दुईटा कथा त जगेडा राख्नु पर्छ नि !’— म उसलाई सुझाब दिएर आफ्ना कमजोरीलाई ओझेलमा पार्न चाहन्थें ।
‘प्रोमो अस्तिदेखि नै बजिसक्यो ।’— मेरो जवाफमा गम्भीरता नभेटेर होला, उसले एउटै कुरा दोहो¥यायो ।
‘अरे, आजकालका एफएम प्रोग्रामको के चिन्ता, चारपाँच ओटा गीत बजाउनुस्, छआठ ओटा सायरी पढ्नुस्, सबसे पपुलर ।’– मेरा कुराले ऊ निक्कै गम्भीर भयो । अलिबढी नै भनेछु क्यारे मैले । उसको गम्भीरताले मलाई पनि चीसो बनायो । भन्न त सही नै भनेको हुँ एफएम प्रोग्रामले टीन एजर बाहेक अरुलाई तान्नै कहाँ सकेका छन् र ?
मैले जत्ति बहाना बनाए पनि उसको स्वर ठूलो हुनु स्वभाविक थियो । आखिर कथा लेखेको ज्याला त मैले नायिकालाई भेटेकै दिन पाइसकेको थिएँ । अघिल्लो शनिबार उसले नायिकासँग भेटाएको थियो । नायिकाले आफ्नो कथा सबै भनेकी थिई । उसको भनाइमा जीवन्तता थियो । मैले अडियो रेकर्ड गरेको भए कथा अझै मर्मस्पर्शी हुन्थ्यो । उसले एउटै शर्त राखेकी थिई– ‘नाम गोप्य राखिदिनू ।’
कथामा नायक थिएन, नायिका मात्रै थिई । ऊ चाहन्थी अनन्तबाट उठेर एउटा नायक आओस् र उसका सबै पीडा हरेर लैजाओस् । सायद आर जेलाई नायक बन्ने रहर थियो र उसले यो कथा लेखाउनका निम्ति यतिधेरै मरिहत्ते ग¥यो ।
ऊ राम्री थिई, उमेरः १७ वर्ष, हुलियाः गोरी, पोटिली, हँसिली, डाह लाग्दो रुप थियो उसको । भर्खरभर्खर कलेज जान थालेकी थिई । नयाँ नयाँ साथीहरुका माझ रानो नै थिई ऊ । समूहको नेतृत्व गर्थी । समस्याहरु पहिचान गर्थी, समाधानका निम्ति अग्रसर हुन्थी, प्रतिभावान र क्षमतावान पनि थिई ऊ ।
‘ए उजेली ! मसँग बिहे गर्छेस् ?’ –कलेजको बाटोमा एउटाले जिस्क्यायो । उसले आँखा तरी । ढुंगा टिपेर हान्ने मन थियो तर हानिन । जिस्क्याउने केटो त्यही थियो जसले अघिल्लो दिन पछिल्लो बेञ्चबाट उसको लामो कपालमा चुइगम टाँसिदिएको थियो ।
अर्काेले उसलाई चिठी लेख्यो– ‘प्रिया, आखिरमा म तिम्रो लोग्ने हुँ, मैले तिमीसँग जिन्दगी बिताउन देउराली भाकें, शनिबार देउरालीमा पूजा छ, आऊ ल ।’ चिठीका अक्षर नराम्रा थिए । उसलाई पढ्ने मन थिएन तर पढी । रिस पनि थोरै उठेको होइन, पोख्ने ठाउँ कहीं नपाएर दबाई उसले ।
उसकी आमाका धेरै छोरीहरु मध्येकी जेठी छोरी, बहिनीहरुको स्याहारसुसारले झण्डैझण्डै हैरानजस्तै थिई ऊ ।
गाउँको भारो–पर्ममा एक नम्बर थिई । गाउँभरिकाले उसैलाई डाक्थे । ऊ पनि जीउको माया नराखी काम गरिदिन्थी । ‘छोरी हुनु त यस्ती’ –अरुहरु उक्साउँथे । ऊ मख्ख पर्थी ।

गाउँको कलेज आउँदा र जाँदा एक घण्टाको बाटोमा उसले धेरै अश्लिल शब्दहरु सुन्नु पथ्र्यो । केटाहरु उसलाई देख्ने बित्तिक्कै सिठ्ठी बजाउँथे, थप्पडी मार्थे । अब उसले कसको कानमा आइ लभ यू भन्छे भनेर तँछाडमछाडको तमासा झिक्थे । ऊ यो सबै देखेर दिक्क हुन्थी । केटाहरु आ–आफ्ना हात चुमेर फू–फू गर्दै ऊतिर सार्थे । ऊ भूइंतिर हेरेर हिड्थी । रिसले भनूँ या लाजले उसको अनुहार रातो हुन्थ्यो । सिनेमामा राजेश हमाल र निखिल उप्रेतीलेजस्तो सबलाई एकएक गरी पछारुँ भन्ने पनि उसलाई नलागेको होइन तर त्यो सजिलो थिएन । ‘आओ, तिमीहरुसँग एकएक गरी लड्छु ।’–उसले मनमनले भनी तर ओठसम्म ल्याइन ।
‘ओ मैया, एक चुम्बा देऊ न । एउटा हात्ती दिउँला ।’—सिकटेसिकटे ज्यान परेको एउटा फटाहाले भन्यो । उसले त्यता ध्यान दिइन ।
‘हात्तीहात्ती थोरै हो र ! दश दिनको ज्याला ।’– अर्काे कुहिरा आँखावालाले विष ओकल्यो ।
कतिखेर त उसलाई कुदेर गएर एक कीस दिउँ अनि ल झिक् भनूँजस्तो पनि लागेको थियो । त्यसपछि….. ऊ डराई, आत्तिई झसङ्ग भई । धत् ! ऊ आफैंले आफैंलाई हकारी । एकै छिनमा समालिई ऊ ।

पहिले पहिले धेरै छोरी जन्माएकोमा आमाप्रति उसको असन्तुष्टि थियो । आमाले अभावका कुरा झिकेर आँशु झार्दा उसले प्वाक्क भनेकी थिई –‘तिमीले नै त हो नि यत्तिका छोरी जन्माएकी ।’
उसलाई जीवनको सबैभन्दा ठूलो पश्चाताप थियो यसै वाक्यमा । त्यही वाक्यले उसकी आमाले चित्त दुखाइन् र गाउँभरि भन्दै हिंडिन् । ऊ पश्चातापकै भूमरीमा फस्दै गई । त्यस दिनदेखि उसले कसैलाई मुख फर्काइन । दुखका बज्रपात भइरहे, उसले धर्ती बनेर सहँदै गई ।

आफ्नै टोलको एउटा झ्याप्ले केटाले प्रेम पत्र लेखेछ । उसकी बहिनीले भेट्टाई । बहिनी जब्बर थिई । त्यसमा केके लेखिएको थियो उसले चाल पाईन । उसले भेटेकी भए पढ्थी र च्यातिदिन्थी । उसलाई सहने बानी परेको थियो । बहिनीले सहन सकिन, रातो सल कम्मरमा बाँधी, ‘झ्याप्ले बोकाहरु कता छन् ?’– भनेर बर्बराउँदै टोलतिर लागी । उसले बहिनीलाई पनि झगडा गर्नु हुँदैन भनेर रोक्न चाहेकी थिई तर भ्याइन ।
बहिनीले बहादुरी देखाई । त्यो झ्याप्लेलाई गोदेर छाती फुलाउँदै आई ।

ऊ कलेज जाँदै थिई । बाटोमा केटाहरुको हूल थियो । केटाहरुले सधै त्यसरी नै जिस्क्याउँथे । ऊ अभ्यस्त थिई । ऊ न तिनीहरुप्रति आशक्ति देखाउँथी न प्रतिकार नै गर्थी । एउटा मोटे केटाले हतारहतार उसलाई अंगालो हाल्यो, निधारमा चुम्यो र छोडिदियो । ऊ आतंकीत थिई, के गर्ने के नगर्ने उसले पत्तै पाइन । उसको ठाउँमा तपाई भए चिच्याई–चिच्याई गुहार माग्नुहुँदो हो । प्रतिकारमा ढुंगा वा चप्पल उचाल्नुहुँदो हो । सायद, म भएको भए पनि त्यसै गर्थें ।

ऊ आफू स्वतन्त्र जीवन जिउन चाहन्थी । त्यसैले अरुको जीवनमा पनि उसले कुनै आघात दिन चाहिन र मोटेलाई माफ दिई । मोटेले माफै दिन नसकिने दुव्र्यावहार, खुलेरै भन्दा बलत्कारै गर्न खोजेको जस्तो पनि लाग्दैनथ्यो । सायद, मोटेले नायिकालाई एकतर्फी प्रेम ग¥थ्यो, सम्मान ग¥थ्यो । यस्तो लाग्थ्यो, उसले मर्ने आदेश दिन्थी भने ऊ आज्ञाकारी बनेर मर्न तयार थियो ।
हैजाको महामारीभन्दा पनि छिटो यो खबर गाउँभरि फैलियो । उसको चरित्रमाथि अनेकौं बाँणहरु प्रहार भए । ऊ बनदाम भई । टोलभरीका आँखा उसलाई खैखबर गर्न थाले । गाउँलेहरुले आँखा मात्रै तरेनन्, उसलाई भेट्दा निधार खुम्च्याए, मुन्टो बटारे । गाउँकै इज्जत नाशेको भनेर अघिल्तिरै तथानाम गाली गर्न थाले ।
मलाई पनि लागेको थियो, ऊ चिच्याउन सकेकी भए राम्रै हुन्थ्यो । गाउँलेहरु चुप्प लाग्थे । भ्रम चिरिन्थ्यो । ऊ ठाडो शिर लिएर निर्धक्कसँग हिंड्न पाउँथी ।
खातमाथि खात पीडाहरु सहँदासहँदै उसका दिनहरु निरस भए । बाँचेको पनि व्यर्थै लाग्न थाल्यो । उसलाई निर्दाेष देख्ने र सहानुभूति दिने एउटा मान्छे पनि फेला परेन । त्यसपछि हरेक सोमबार बस्दै आएको व्रतलाई पनि क्रम भंग गरी । नाम जाने जति एउटै देउतालाई पनि गाली गर्न बाँकी राखिन उसले । विषको शिशीलाई सबैभन्दा प्यारो र उपयोगी सम्झी । टिनको बिर्काे हातैले फोर्न सजिलो थिएन, उसले हिम्मत गरी । हर्के पुग्दा आँ गरेर मुख बाउन बाँकी थियो । उसले दुवै हात फिजाएर भनी —‘तपाईंसँग अलिकति पनि हिम्मत छ भने मलाई भोग्नुस, पत्नी बनाउनुहोस् र जीवन दिनुहोस् ।
यहाँसम्मको कथा सुनुन्जेल आर जे पनि मसँगै थियो । आर जे चुरोटको अम्मली थियो । चुरोट तान्ने बाहानामा निस्केको आर जे दश दिनपछि रेडियोमा कथा पढ्ने दिन मात्रै भेटियो । सायद, उसले लेखाउन खोजेको कथा पनि यति नै थियो । ऊ देखाउन चाहन्थ्यो कि नायिका निर्दोष थिई ।

मेरो जिज्ञासा मरिसकेको थिएन । म कथा अगाडि बढोस् भन्ने चाहन्थें । आर जे निस्किएपछि ऊ मौन भएकी थिई । यति कथा भनीसक्दासम्म उसमा लाज र धकको अंश पनि देखिएको थिएन । त्यसैले म आशावादी थिएँ ।
‘हर्केलाई विश्वास गर्नुहुन्थ्यो?’— मैले मौनतालाई भंग गर्दै सोधें ।
‘चिहान राम्रो होस्् या नहोस् लाशलाई केही फरक पर्दैन ।’—उसले पेचिलो जवाफ दिएर फेरि बग्न थाली । ऊ चाहिनेभन्दा बढी नै निर्भिक देखिन्थी ।
त्यसपछि नायिका गाउँबाट गायब भई । उर्सुला पनि त्यसरी नै गायब भएकी थिई । हर्केसँगै शहर भाग्दा उसले धेरै सपना सजाएकी थिई । दुखले डाँडो काट्यो भनेर मख्ख पनि थिई ।
शहरको जीवन शैलीमा न हर्के भिजेको थियो न ऊ । अभावमा हर्के धेरै दिन टिक्न सकेन र गायब भयो । सायद, भाग्यो । रातभर अँगालोमा बेरिएर झिसमिसे हुनभन्दा एकाध घण्टा अगाडि डेराबाट निस्केको हर्के फेरि फर्केन । यहाँ जान्छु, उहाँ जान्छु पनि भनेन । कुनै खटपट परेको पनि थिएन ।
हर्के भागेपछि उसले शहरभरि खोजी वा फेरी आत्महत्याको प्रयास गरी, मैले यस्तै सोचेको थिएँ ।
‘त्यसपछि कहाँ–कहाँ खोजियो त ?’– उसको कथामा पुरै डुबेछु क्यारे, मेरो सोधाइमा औपचारिकताको अंश पनि थिएन ।
मेरो प्रश्न सुनेर उसले कुम उचाल्दै भनी –‘किन खोजूँ हर्केलाई ? शहरमा त्यस्ता हर्के कति पाइन्छन् कति ।’ उसको आँखाकै जवाफले म गलिसकेको थिएँ, त्यसमाथि मुखले पनि दिई ।
‘तपाईं मलाई कमजोर बनाएर कथा नलेख्नु होला ।’–उसले मलाई उपदेश दिन पनि भ्याई ।
मैले ऊसँग धेरै तर्क गरें भने उसले कथा लुकाउँछे वा बङ्ग्याउँछे भन्ने डर थियो । म बोलिनँ ।
उसले कथालाई फेरि जोड्दै भनी – ‘हर्केले न प्रेम गरेको थियो, न सँगै जिउने कसम खाएको थियो ।’ ऊ घरि मतिर घरि ढोकातिर हेर्थी । म एकतमास उसको अनुहारमा हेर्ने भैसकेको थिएँ । खास गरी उसले हर्केलाई यसरी बेवास्ता गरी कि एउटा बदाम बेच्ने केटो आयो र गयो । मलाई हर्केको बारेमा कौतुहलता थियो । म हर्के किन भाग्यो भनेर जान्न चाहन्थेँ । आफैंले भेटेको भए किन भागिस् भनेर हप्काउँथेँ पनि । त्यसपछि उसले हर्केको बारेमा केही बताइन । सायद, उसलाई पनि थाहा थिएन ।
हर्के र हिमाल दुवै सहानुभूति पाउन लायक थिएनन् । यी दुवै पुरुष पात्र थिए । मलाई आत्मग्लानी भो । कताकता लाज पनि लाग्यो । ‘किन म यिनीहरुजस्तै पुरुष भएँ ?’– मन खिन्न भइरह्यो ।

त्यसपछि उसले शहरको नयाँ हर्के भेट्टाई ।
‘नयाँ र पुरोनोमा यत्ति पनि फरक थिएन ।’– उसले चोर औला र बुढी औलाका टुप्पा जोडेर देखाउँदै भनी । नयाँ हर्केको फगत एउटा गुण बढी थियो । ऊ पुरानो जस्तो फोकटलाल थिएन । बेलाबेला धेरथोर पैसा पनि दिन्थ्यो ।
उसले फरक थिएन भन्नुको तात्पर्य दोस्रो पनि त्यसरी नै गायब भयो जसरी पहिलो गायब भएको थियो ।

दोस्रो पनि गायब भएपछि उसका दिनहरु सग्ला भएका थिए । कसैसँग पनि उसको गुनासो थिएन । उसले निर्जीव रेडियोलाई साथी बनाएकी थिई । रेडियोमै उसले आर जेले कथा पढेको सुनी । आर जेले रेडियोबाटै अनुरोध पनि गरेको थियो —‘तपाईंका पनि यस्तै मर्मस्पर्शी कथा छन् भने सम्पर्क गर्नुहोला ।’
उसले आर जेलाई सम्पर्क गरी । आर जे उसको कथा सुन्न र सुनाउन राजी थियो ।
ऊ आफ्ना दुखहरु देखाएर कमजोर हुन चाहन्नथी । यो कथा सुनाएर दुनियाको सहानुभूति बटुल्न चाहेको पनि होइन भन्थी । यति निर्भिक र आँटिली मान्छेले रेडियोबाटै कथा सुनाउने रहर पो किन गरी भन्ने मेरो जिज्ञासा बाँकी नै थियो ।
छुट्टिने बेलामा दह्रो गरी हात मिलाउँदै उसले भनी–‘अब एकपल्ट आमा बन्ने रहर बाँकी छ ।’

लोड सेडिङ्गको समस्याले गर्दा मैले कथालाई ईमेल ठेगानामा राखिदिन नसक्ने बताइको थिएँ । आर जे कथा लिन आयो । कथाका पन्नाहरु थुनेको खाम मैले उसका हातमा दिनु थियो । उसले त्यो खाम यसरी थुत्यो कि मायालुले उसलाई सस्पेन्स गिफ्ट दिँदै थिई, ऊ त्यसमा के छ भनेर जान्न असाध्यै उत्सुक थियो ।
ऊ असाध्यै खुसी देखिन्थ्यो । त्यति खुसी त म सानोमा दशैंका नयाँ लुगा लगाएपछि मात्रै भएको थिएँ हुँला । उसले मेरो कान नजिकै मुख ल्याएर खुसुक्क भन्यो –‘गाउँमा टुप्लुक्क पुग्ने हर्के मै त थिएँ ।’ उसले ङिच्च दाँत देखाएर हाँस्यो र हेलमेट लगायो । हेलमेटले नछोपुन्जेलसम्म उसको मुख त्यसरी नै हाँसिरहेको थियो ।

—साँगा,२०६६ काभ्रेपलाञ्चोक

(श्रोत :- अन्तर्जाल )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्र र भूमिका

~बालाकृष्ण अधिकारी~

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी ! मैले उसको भूमिकाको बारेमा नबताएपछि ऊ एकछिन अचम्म मान्दै यताउति घुमिरहृयो । सायद उसलाई लागेको थियो होला कि मैले उसलाई उसको भूमिकाका बारेमा सोचेर बताउँदै छु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनभिज्ञ

~कोप बहादुर थापा~

ऊ सँग गत हप्ता कुरा भएको थियो ।
दुई दिन भयो , उस्को फोन नआएको । अन लाइनमा पनि देखा परेकी थिइन । मैले फोन गर्दा पनि उठाइन । हिजो बेलुकीसम्म पनि उस्को फोनको प्रतिक्षामा बसेँ । अह देखा परिन कतै । मन हुँडली रह्यो । अस्तिदेखी मनमा क्रोधले शासन जमाई रहेको थियो, उस्ले गर्दा । एस एम एस पठाएको थिएँ । एस एम एस खै कता पुग्यो फर्केन ।

विहानदेखी फोनमा संपर्क गर्ने कोशीस गरेँ । नेट्वोर्कले काम गरिरहेको थिएन । कमजोर नेट्वोर्कलाई गाली गरेँ । मन भत भती पोलिरह्यो । हिजो अफिसमा पनि कामै नगरि त्यसै फर्किएको थिएँ । काम गर्ने जाँगर नै मरेको थियो । के गर्नु अफिस त जानै पर्‍यो । उस्को किन एत्रो सम्झना ? म निरुत्तरित थिएँ । गाडीले होर्न बजाइ सकेको थियो गेटमा । मन नलाग्दा नलाग्दै पनि हिंड्नु परेको थियो ।

गाडीमा वसें । अरुहरु पनि थिए । गाडी हुइकिन थाल्यो । गाडीले बिस्तारै तिव्र गती मापन गर्दै थियो । मेरो मनमा पनि अनेकौ कुराहरुले तिब्र वेगमा छलाङ मार्दै थियो । ग्लानी , मोह , क्रोध आदि के के ले मनमा भुइचालो ल्यैइरहेको थियो । ” आ मैले गल्ती गरेँ कि क्या हो ? ” आँफैले आँफैलाई सोधें । ” बिहे गर्ने बित्तिकै घर छोडेर हिंड्नु नपर्ने ।” अर्को मनले भन्दै थियो । आफ्नै भाग्य देखेर दु:ख लाग्यो । घ्रिणा जाग्यो आँफैदेखी । असह्य भयो थुक्न मन लाग्यो आँफैलाई । ” थू ” गरेर थुकें ।

” बाहिर थुक्नु पर्दैन ?” ड्राइभरले उच्च स्वरमा सात्तो जाला जस्तो गरेर बोल्दा म झल्याँस भएँ । तुरुन्तै ” सरी सरी ” भन्दै गोडाले लत पत बनाएर सुकाउने प्रयत्न गरेँ । ङिच्च हाँस्दै सबै तिर नजर डुलाएँ । अरुहरुले मलाई तीखो तिरस्कृत दृष्‍टि लगाए । म अलिक खुम्चिएँ । ” पागल एस्तो पनि तेरो दिन ।” आँफैले आँफैलाई गाली गरेँ ।

गाडी बेगवान थियो । मेरो मन पनि बेगवान थियो ।
” यो कुदृष्टी लगाउने समाज नै ठीक छैन ।” मन एका एक पुग्यो समाजतिर ।

” छिमेकी हरु पनि ठीक छैन । शत्रु हरु ! अर्काको बारीमा राम्रो फूल देख्यो भने गिद्दे दृष्‍टि लगाउने ? सालाहरुलाई च्वाट्ट च्वाट्ट पार्नु पर्ने । ” एक चोटि छिमेकहरु प्रति क्रोधित बन्यो मन । ” गिद्देहरुको ललाई फकाइमा लाग्यो होला अनि आँखा पारीको माया छाया बराबर । कताबाट मेरो सम्झना ‘ आउनु त्यस्लाई ?” म मन मनै मुर मुरिरहेँ । ” म चाँही उस्को लागि बिदेसिएर मरी मेट्ने । ऊ चाँही मेरो वस्ता नगर्ने । भेट्टाएं भने च्वाट्टै ।” म अपराधिक बन्दै थिएँ । अब मेरो हृदयलाई पनि पत्थर जस्तो कडा बनाउनु पर्छ । तर बिर्सु भन्छु सक्दिन । होइन , उस्ले बिर्सें पछी सम्झन निरर्थक छ । मैले बिर्सनै पर्छ । म सम्झन्न । जहाँ सुकै जावोस। अब टन्न पैसा कमाउने घर जाने अर्को बिहे गर्ने । त्यो मात्र छ र केटी ? अब त एक दुई तीन सम्झन्न । पापिनी निस्ठुरीलाई ।” मेरो मन द्रिढ हुँदा नहुँदै गाडी अफिसको ढोकामा रोकियो ।

म बनवटी हुन खोज्थें । तर भई रहेको थिएन ।
म रुझेको बिरालो जस्तो लुसुक्क अफिस भित्र छिरेँ । अनि थुचुक्क कुर्सिमा बसें । पानी पिएँ । अलिकती शान्त अनुभव गरेँ । एकै छिनमा चिया अैपुग्यो । मन लागि नलागी कम्प्युटर खोलेँ । डेस्कटपमा उस्कै फोटो थियो । एक चोटि हेरें । पीडा भयो । रीसले हत्त पत हटाएं । फेरि एक चोटि खोलेर हेरें । अनी दृढ भएर हटाएं ।
चियाको चुस्की सुरुप्प पारें । काम थाल्नु भन्दा अगाडि थकित अनुभव गर्दै थिएँ । त्यति नै बेला फोनको घन्टी बज्यो ।
“टी नि नि नि…. ”
उस्को नम्बर थियो । फोन उठाएँ ।
” हेल्लो बा बा । ” उस्को मधुर स्वर कानमा गुन्जन अैपुग्यो । मेरो क्रोधको ज्वाला दन्किरहेको थियो । तर आँफैलाई सम्हालें । न उस्को मृदु ध्वनीले सम्हालिन वाध्य भएको थिएँ थाहा भएन । तर मनमा उर्लेको आंधि थामिएको भने थिएन । म क्रोधमा केही बोल्न सक्दिन थेँ । म एकदम चुप रहें । उस्लाई थाहा थियो । उस्ले फेरी भनी ” बा बा रिसाउनु भा को ? कोही बेलामा दिन कै फोन गर्न सम्भव हुँदैन नि । हजुर नबुझिकन त्यस्सै रिसाउनु हुन्छ ? ” उस्ले मलाई सम्झाउदै थी ।
” चेपारे नघस । कस्तो ब्यस्तता अैपर्‍यो तलाई फोन उठाउन नभ्याउने ! मेसेज लेख्न नभ्याउने ! कहाँ मुन्ट्याको थिइस हँ ? ” म कुर्लिदै ब्रुलुक्क उफ्रिएं रिसले कुर्सिमा ।
“शान्त शान्त ।” चिया ल्याउने भाईको उदघोसले म सामान्य भएँ । मैले पुलुक्क त्यो भाईलाई हेरें । उस्ले मलाई आस्चर्य दृष्‍टि लगाइ रहेको रहेछ । म आँफैमा केन्द्रित भएँ । .
” हरे के भन्नु भा होला है ? ” सविनाको कुरा नसकिदै त्यती नै बेला बुवाले फोन हैज्यक गरेर कुरा गर्न थालनु भो ।
” भुवने ! तैले बुहारी लाई गाली गर्दै छस कि क्या हो ?” बुवाले सोध्नु भयो ।
मैले ” दर्शन बुवा । ” भने अनी लगत्तै
“होइन ” भन्दै म पानी माथि ओभानो हुन खोज्दै थिएँ ।
” तेरै दिर्घायूको कामना गर्दै अस्ती तीजको व्रत बसेकी थी । हिजो पञ्चमिको पूजा थियो । अनी फुर्सद छैन बुहारी लाई सधैं तंलाई फोन गर्नु पर्छ त ?” बुवाले स्पष्ट पार्दै मलाई सोध्नु भयो । म अकमकाएँ । मेरो मनको कालो बादल हट्दै थियो । मनमा अब खुशीको लहर लहराउन थालेको थियो ।
मलाई थाहा थिएन । अस्ती तीज भन्ने कुरा । मेरो हृदयमा उसप्रति अगाध प्रेम उर्लन थाल्यो । आँफैलाई धिक्कारेँ एक चोटि । बेकारमा नचहिने कुरा कल्पेर मन बिगारेँ भन्दै पस्चताप गरेँ ।
मुमा सँग कुरा गरेँ । मुमाले धेरै बेर सम्म सम्झाउनु भो ।
अनी सविनासँग मीठो कुराहरु भयो । मनमा उत्साह थपियो । खुशीले मन पुलकित हुन थाल्यो । मैले फेरि डेस्कटपमा सविनाको फोटो राखेँ। मन मनै अठोट गरेँ कि अबदेखी कहिले हटाउने छैन उस्को फोटो डेस्कटपबाट । मनको हार्ड डिस्कबाट ।

(श्रोत :- अन्तर्जाल )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घुर्की

~गोपाल अश्क~

त्यो रात, कुन्नि के भो, रमाले आफूलाई सधैँझैँ संयमित राख्न सकिनन् । उनको अविनाशसँगको वैवाहिक जीवनको तीस वर्षको लामो अवधिमा यति साह्रो नैराश्य भाव आएको थिएन । हिजोसम्म बडो प्यारो लाग्ने उनको दश बाई एघारको कोठा, कोठामा रहेको छ बाई तीनको एक पलङ्ग, पलङ्गमा अभावको पीडा खेपिरहने तन्ना र सिरानी आदि दुःख दिने साधन लाग्न थाले । त्यै कोठाको एक कुनामा राखिएको एउटा पुरानो, मर्मतको आवश्यकता महसुस गरिरहेको एक टेबलमाथि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवाजहरु

~राममणि ढुङ्गेल~

“सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -”हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !”

“हो” मैले सही थापेँ ।

हामी यात्रामा थियौँ र धनगढीबाट नेपालगञ्जका लागि रवाना भएका थियौँ । सूर्यको किरणले धरती चुम्नुपूर्व नै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमपत्र

~विभोर बराल~Bibhor_Baral

मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा।

“दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।”
ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।

“प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कम्युनिष्ट

~आन्विका गिरी~

म कम्युनिष्ट बनूँ, उसको चाहना यत्ति थियो! मैले कस्तो लुगा लाए सुहाउँछ, कस्तो कपाल काट्नुपर्छ, दाह्री राख्न हुन्छ/हुन्न, कुन स्याम्पू लगाउनुपर्छ― यस्ता कुरा कहिल्यै भनिन। उसले मलाई सारै आग्रह गरेर एउटै कुरा भनी, “तपाईं कम्युनिष्ट बन्नुस् न है!” मैले पनि कहिल्यै उसलाई म तपाईंलाई प्रेम गर्छु भनिनँ। मैले भनेको यत्ति हो, “तपाईं मलाई राम्री लाग्छ।”

मलाई एउटी महिला मा’वादीको बारेमा विस्तृत रिपोर्ट गर्नुथियो। केन्द्रबाट उसकै नाम सिफारिस गरियो र म उसलाई भेट्न खोटाङको चुइचुम्बा पुगें। ऊ त्यति राम्री थिइन― थेप्चो नाक, स-साना आँखा, ढ्याब्रे ‘ठ! जिङरिङ्ग कपाल! काली हुन्थी भने डरलाग्दी हुन्थी, गोरी भएकीले तर्साउली जस्ती चाहिँ थिइन। मेरो पनि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डानियल

~जया राई~Jaya Rai

लुलु उसको ब्वाइफ्रेण्डलाई पच्छ्याउँदै महिना दिनको लागि बिदा मनाउन मेक्सिको उडी। लुलु फेसाङकी बालसखा हो । ऊ लुलुको बारेमा बढी नै चिन्ता गर्छे । उतै हत्या गरिदेला कि भन्ने कत्रो पीर छ । किन त्यस्तो डरलाग्दो, भरोसा नहुने ब्वाइफ्रेण्डसँग जाँदै छे भनेर फेसाङ पीर गरिरहन्छे ।

जान अगाडि लुलुले सबै सामान फेसाङको कोठामा राखेर गई । ऊ अन्तै कतै बस्थी । कोठा खाली गरी, गर्दै गरेको काम पनि छाडी । जान अधिल्लो रात लुलु हामीकहाँ नै बस्न आई । एकाबिहानै फेसाङले उसलाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोषित सम्बन्ध

~प्रतिमा बाँस्कोटा~

सरी है,” हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।

उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।

कता-कता चिनेको अनुहारझैँ लाग्यो।

“तिमी कहिले आयौ लन्डनबाट?” उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : डँढेलो

~डा. सुरेन्द्र लाभ~Dr surendra labh
मैथिलीबाट अनुवादः लक्ष्मीप्रसाद रिजाल

टल्पलाइरहेका आँसुलाई उसले धेरैबेरदेखि आँखाको पलकका बीचमा रोकेको थियो। तर आँसु भित्र पस्न सकेन र दुवै गालामा र्झ्न थाल्यो। एकपटक बाँध फुटेपछि निकै बेरसम्म भल बगिरह्यो। बन्द कोठाको छ्यानमा एक्लै बसेर उसले टुलुटुलु हेरिरह्यो। आधा रात बितिसक्यो। आज बिहान उठ्नेबित्तिकै कसको मुख देखियो र यस्तो भयो? किन आज एकैदिनमा संसार फेरियो? किन चिनेकाहरू नचिनिने भए? कसरी आफ्नै देशको राजधानी उन्मत्त भयो? किन यस नगरमा ३५ Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

लघुकथा : ई-डिभि

~लक्ष्मी गुरागाईं~

न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ!
“यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!” भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !”

सुनिताले झ्याल बाहिर हेरिन् । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फूलमतिया

~कल्पना बान्तवा~

“बाटो अप्ठ्यारो छ है, सानोबाबु!” फूलमतिया मलाई होसियार बनाउँदै थिई।

म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्रा झैं उसलाई पछ्याउँदै थिएँ। हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं।

फूलमतियासँगको यो अन्जान यात्रा भन्दा केहीछिनअघि सिनामङ्गलको बाजेको सेकुवाघर ताकेर हिँड्दै थिएँ म जुन मेरो अफिसनजिकै छ। अचानक फूटपाथमा टोपी, मोजादेखि गन्जी, कट्टुसम्मको असरल्ल दोकान फिजाएर बसेकी एउटी आईमाईलाई देखेर झ्स्केको थिएँ। मेरा आँखाले धर्म छाडेका रहेनछन्, दश वर्षपछि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिसकल

~देवराज निरौला~

एक नयाँ नम्बरबाट लगातार जसो मिसकल आउन थालेकोले मैले कल व्याक गरें । केटीको मधुर आवाज आयो । आफु भर्खर टिन एज पार गरेको केटा भएकोले होला त्यो मधुर आवाज सुन्ने बित्तिकै लट्ठै परिहालें । आफ्नो मोवाइलबाट व्यालेन्स घटिरहेको बारे कुनै वास्ता भएन । होस्टलमा थिएँ सबै केटाहरू मेरो वरिपरि झुम्म भए । नयाँ नम्बर नयाँ केटी, उसले के भनी भनेर जान्न सबै उत्सुक थिए ।

‘ओ ए यसलाई त लोट्री (चिट्ठा) पर्यो । ’ भिडबाट अलिक ठूलो स्वरमा एक साथीले भन्यो । सबैले होहल्ला गरे । मैले उसले भनेको कुरा राम्ररी बुझ्न सकिन । फोन काटियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊभित्रको मान्छे

~पुरुषोत्तम बस्नेत~

केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।

दक्षिण-पश्चिम सीमा नजिकैको जङ्गलभित्र शत्रुका सेनाहरू घुसिसकेका छन् । उनीहरू बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तिरस्कार

~बाबुराम खपाङ्गी~

एकादेशको कुरा हो । त्यस देशमा व्याप्त कुशासन र त्यसबाट उब्जेका भ्रष्टचार, अन्याय, अत्याचार, विकृति, विसङ्गति, व्यभिचार र आपसी वैमनस्यका कारण महाप्रलयबाट कोही बचेनन् । साराका सारा सखाप भए । जमिनमा ढलेका लासहरू मोटामोटी तीन प्रकारका देखिन्थे ।

पहिलो : कमला फलमासु र बोसोदार मांशपेशीयुक्त चिल्ला पोटिला शव ।

दोस्रो : ठीक्क मांशपेशीले युक्त पुष्ट शव । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दोषरहित दोष

~आत्माराम शर्मा~

सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?”

के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ ।

तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्‍यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : प्रेमको तह

~बब कन्सिडाइन~Bob Considine
अनुवादक : किशोर पहाडी

कथाकार परिचयः बब कन्सिडाइनको जन्म सन् १९०६ मा भएको थियो । उनको बसाई न्यूयोर्कको मानहट्टनमै भयो । ६९ वर्षको उमेरमा सन १९७५ मा निधन भएको बबले आफ्नो जीवनकालमा २५ वटा पुस्तकहरू लेखेका छन् । -अनुवादकKishor Pahadi Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : निरुत्तर प्रश्न

~मानुषी~

“यसपालि पनि मेरो प्रमोसन भएन । किन तिमी पुरुषहरू महिलाको कामको मूल्यांकन गर्दैनौ ? किन देख्दैनौ महिलाको कामलाई अनि उनीहरूको क्ष्ामतालाई ? के मैले काम गरेकी थिइनँ ? तिमी आफैँ भन न ! तिमीले कैयौँपल्ट चियाका लागि गरेको अनुरोधलाई मैले अस्वीकार गरेकी थिएँ । सायद त्यसैको प्रतिफल मैले के पाएँ त ?” आक्रोशित मुद्रामा मेरो कोठामा छिरी ऊ । उसको भावले बताउँथ्यो, उसले भनेको पात्र म नै हुँ ।

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~कृष्ण कुसुम~Krishna Kusum

अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा !

खै ! कहिलेबाट लुकाएछु आफ्नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी ।

त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका ५०-६० जना केटी साथीहरूको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवता म होइन !

~मीरा प्रधान रेम~

जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ? जीवन-यात्राको अन्तिम बिसौनी यो वृद्धावस्थामा अनेकौं रोगहरू पाली, असङ्ख्य गुनासाहरू बोकी अझै कति दिन अल्भिmने हो कुन्नि ? मृत्यु उछिनेर जीवन अँगालेर कुदिरहेका मेरा पाइलाहरू अब निक्कै सुस्काइसकेका छन् । कुनै बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सारङ्गी

~निशा के.सी.~

असारको महिना भए पनि पानी नपरेर सहर तातिएको थियो । मध्याहृनको चर्को रापिलो घामले मान्छेहरू उतिसारो सडकमा हिँडेका थिएनन् । फाट्टफुट्ट मान्छे नियाल्दै दिउँसोको खाना खाएँ । पसल खोल्ने हतारोमा थिएँ । मेरो पसलको अगाडि रहेको कस्मेटिक पसलमा झट्ट आँखा पुग्यो । एउटा अन्दाजी बाह्र-तेह्र वर्षको केटोलाई कस्मेटिक पसल अगाडिको कालोपत्रे सडकमा पसारो परिरहेको देखेँ । मैले प्रश्नसूचक भावले पसलकी बहिनीलाई हेरेँ । उनी निकै डराएकी थिइन् साथसाथै त्यस केटालाई त्यहाँबाट भगाउने प्रयास गर्दै थिइन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो पासपोर्ट

~डा. राजेन्द्र विमल~Dr Rajendra Bimal

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ । राष्ट्रिय कारागारको चर्चित ‘आइटम’ बन्न पाउनु उहाँहरूका लागि जातीय गौरवको ऐतिहासिक उपलब्धि हो । जिन्दगीको एकएक छिन पनि मज्जाले काट्न साईबाबाको कृपा चाहिने हामी भोकानाङ्गा नेपालीहरूका लागि तात्तातो पाकमा झुरुमझुरुम गरी तयार पारिएका वफाउँदो जेरीजस्तो स्वादिलो ताजा समाचार हो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिपाईको सपना

~रामकृष्ण सुनुवार ‘आँकाला’~Ram Krishna Sunuwar 'Ankala'

उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसे पछि सिपाहीहरुको जत्थाले हुलका हुल नव जवानहरु उस्तै उस्तै उमेरकाहरुलाई बिभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन कुनै पनि कुराको जानकारी ठप्प छ ।

कहिले तीनकुनेबाट फोक्सो फुलाउँदै घोडा झैं दौडिरहेको बेला नाक मुख कान आँखा तथा चर्मका हरेक प्वालहरुबाट श्वास-प्रश्वास भै रहेको भान हुन्थ्यो । बर्षादको झरीले मूल फूटाए झैं हुन्थ्यो शरीरभरी । चौतारी परेड भोली पल्ट बिहानै जो जसले तोकिएको समयमा दुरी पार गर्न सत्तैुनन् केही खर्च हात लगाएर ए.आर.ओ. एरिया रेक्रुटिङ्ग अफिसर हरुले संझाउँदै क्याम्पको मूलद्वार कटाई दिने । बचेका सफल जवानहरुको लागि अर्कै कार्यक्रमको तय गरिएको हुन्थ्यो । कहिले शैक्षिक योग्यताको परीक्षा कहिले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्यालेन्टाइन गुलाब

~रामभरोस कापडि ‘भ्रमर’ ~

मैतीदेवी चोकमा रङ्गीचङ्गी उपहार सामग्रीहरू बिक्री भइरहेका थिए। युवक-युवतीहरू एक-अर्कालाई पाखा लगाउँदै सामग्री चयनमा व्यस्त थिए। म टक्क उभिन्छु। के मलाई केही लिनुपर्दैन? फेरि आफैँसँग प्रश्न गर्दछु कसका लागि?

साँच्चै, कसका निमित्त! यी सामग्रीहरू कुनै रहरले लिने होइन। मानिस अब आफ्नो चित्तको कुरा झिक्न अवसरको खोजी गर्दछन्, कुनै बहानाको प्रतीक्षा गर्दछन्। त्यो चाहे खानेपिउने होस्, कसैसँग दुश्मनी पोख्न होस् अथवा कुनैवेला कसैद्वारा गरिएको उपकारको बदला चुकाउन होस्। त्यस्तै कसैलाई प्रसन्न पार्न, अझ नजिक पुग्न १४ फरबरीको इन्तजार गर्दछन्, यसै निहुँमा कतै हात लागी हाले भने! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भाषण र व्यवहार

~मित्र पाठक~

समाजमा भलाद्मी र समाजसेवी गनिएको उसले आजपनि चोक बजारमा सबैका सामू चर्को चर्को भाषण दियो – “छोरा र छोरी दुइमा केहि फरक छैन । छोरीले पनि छोराले बराबर गरेर देखाउन सक्छन, यदि अवसर पाए भने ।”

यति भन्दा नभन्दै उसले झल्लक सम्झियो उसलाई आज अलि हतार थियो । २-४ दिन भित्रै उसको दोस्रो बिहे हुन लागेको थियो । त्यो पनि छोरो पाउने श्रीमतीको साथमा । उसले आफ्नो कुरा टुंग्यायो र मनमनै सोच्दै अगाडी बढ्यो – “छन त छोरा र छोरी दुइमा केहि फरक छैन तर……..।”

मित्र पाठक “राजु”
देवचुली-८ , सिताबास , नवलपरासी
हाल: किर्तिपुर, काठमाडौँ

(श्रोत :- अन्तर्जाल )

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बेपत्ता

~आन्विका गिरी~

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

म एसएलसी परीक्षाको तयारीमा थिएँ। उसले भर्खर नौ कक्षा पास गरेको थियो। कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सभ्यता

~श्रीओम रोदन~Shree Om Shrestha Rodan

“घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा भने गाउँमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन जागरण कार्यक्रम, गोष्ठी, सम्मेलन गर्नुपर्ने र केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमण गराउनुपर्ने लेखे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छुच्याइँले सर्वनाश

~राजेन्द्र कुमार आचार्य~

सानाचौरका साइँलाबूढा साह्रै छुच्चा थिए । अनिकाल महाकाल पर्दा पनि आफ्ना विश्वासिला छिमेकीलाई समेत ऐँचोपैँचो त के चौपाँजे पनि दिन्नथे । एकदिन धैयारे पखीर सेजवाल आफ्ना लालबाला भोकले छट्पटिन लागेको अवस्थामा धोक्रो काँधमा राखेर सानाचौर निस्केछन् । साइँलाबूढाका घरभित्र पसेर उनलाई ढोगभेट गरेपछि आफू अनिकाल लागेर पाथीचार कोदो माग्न आएको कुरा दर्शाएछन् । आफ्ना नातेदार भएर पनि ‘कोदो छैन, कहाँ हुनु, अस्तिनै सिद्धियो’ भनेर टारेछन् । त्यसो त उनका चारोटा भकारीभरि कोदो थियो रे । यसै त सानाचौर कोदो हुने ठाउँ त्यसमाथि गतिलो खायलबारी साइलाबूढाकै थियो । उनी पौरख पनि त्यत्तिकै गर्थे रे । उनी हृदय नभएका र असामाजिक प्रवृत्तिका थिए । त्यसैले गाउँछिमेकमा पनि कसैलाई केही काम चलाउन्नथे । यस्तालाई कति हारगुहार गर्नु, ‘नबर्सिने बादल र नदिने गाईको के आस गर्नु’ भन्ने सोचेर परवीर लुरू Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वीरेको सपना र रेडियोको समाचार

~मन्दिरा ‘मधुश्री’~Mandira Madhushree

असोज लागिसके पनि टण्टलापुर घाम थियो । समय मध्याहृन भएकोले झन् चर्किएको थियो घाम । वीरेको निधारभरि खलखली पसिना बगिरेहको छ तर ध्यान पटक्कै छैन त्यतातिर उसको । लगातार यन्त्रवत् चलिरहेका छन्, उसका अनुभवी हातहरू । वसन्तीले ढुङ्गाको सानोसानो थुप्रो लगाएकी छ ठाउँठाउँमा । त्यहीँमध्येबाट ऊ अडकल गर्छ र मिल्नेजस्तो एउटा छानेर उठाउँछ अनि गारोमा जोड्छ । हेर्दा मिलेजस्तो देखिए पनि अहँ उसलाई चित्त बुझ्दैन । अलिकति उठेझैँ, बाहिर निस्किएझँै लाग्छ । त्यसलाई निकालेर हुत्याउँछ अनि अर्को टिप्छ र जोड्छ । पुनः एक आँखा चिम्लिएर हेर्छ अलिकति बाङ्गो देख्छ । फेरि हुत्याउँछ र अर्को टिप्छ । उसको यो क्रम चलिरहन्छ । ऊ एकचोटि घोरिएर सोच्छ-”यो ढुङ्गा र यो जिन्दगी उस्तै अडबाङ्गे छन् किन ?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुकुम्बासी

~आदर्श खत्री~

भएको जम्मा एक विघाहा बारी उसलाई पचेन । ऊ मात्र होइन देशभरिका हजारौँलाई बेउब्जाउ जग्गाले पोलिरहेको थियो र त सबैजना हानथाप गर्दै अर्कैलााई दिन उद्धत थिए । उसलाई घरमा रहेकी दोजिया श्रीमतीको चिन्ता पटक्कै थिएन, न त साठी काटिसकेकी बूढीआमाको नै । छोरालाई उच्चशिक्षा पढाउनु पर्ने थाहा पाएर पनि ऊ निश्चित सुकुम्बासीको बिल्ला पाउन लालायित थियो । महिनौंको भनसुन र चाकरीपछि बल्लतल्ल उसको पालो आयो । आज उसमा खुसीको सीमा नै रहेन । आफूलाई आधुनिक जमानाको अनौठो युद्ध जितेर घर फर्किएको योद्धाझैँ सम्भिmरहेको थियो । उसको खुसीमा परिवारका हरेक सदस्यले गर्व महसुस गरे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उपहार

~टङ्क भट्टराई~

ऋतु वसन्तको थियो । लालीगुराँसहरू रातै भएर फुलेकाले नेपालका लेकाली पर्वतहरू पूरै राताम्य भएर रङ्गएिका थिए । पारि हरिया पहाडको छाती चिरेर बगेका सेता झरनाहरू मीठो सङ्गीतको धुनमा रमाउँदै तल कहाँ-कहाँ अनन्त गहिराइमा झरेजस्ता देखिन्थे । पहाडको फेदीमा नीलो पानीमा सेता छालहरू उराल्दै बेतलौरीजस्ता बाङ्गएिर नदीहरू बग्थे । रूखका डालीमा बसेर कोहो कोहो कोइली कराउँथ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment