~जयन्ती ‘स्पन्दन’~
लौन चाँडो गर्नुपर्यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् ।
‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ अर्की सिस्टर निर्मलाले भनिन् ।
अँ, अँ,सवथोक दिएँ र पनि ती महिलाको ब्लिडिङ रोकिँदै रोकिएन, पूरै नीलो हुन थालिसकिन् । चाँडै सिनियर डाक्टरलाई बोलाउनुपर्यो,’ सिस्टर कमलाले जवाफ फर्काइन् ।
तुरुन्तै डा. शर्मालाई फोन गरेर बोलाइयो , बिरामी महिलालाई अरु थप औषधीहरु दिइयो, सलाइन पानी चढाइयो । एक, दुई घन्टापछि वल्ल विरामीको होश खुल्यो । Continue reading →