कथा : सरिता मलाई माफ गर

~शर्मिला खड्का दाहाल ~Sharmila Khadka Dahal

दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।

‘हैलो…. हो˜ म.. विनोद ए˜˜ ।

फोनमा परिचित महिलाको स्वर सुन्नेबित्तिकै म रोमाञ्चित र उद्वेलित हुन पुग्दछु । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मुग्लानको चिठ्ठी

~शेखर ढुङ्गेल~

Shekhar Dhungel

वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ।

लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कम से कम यहाँ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेवारीसे उजुरी

~शेखर ढुङ्गेल~

Shekhar Dhungel

चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?”

पसलेले उनी हिजो मात्र शहिद भए भनी घटनाको बिबरण के बताउदै थिए, त्यो सुनेर उनी लत्र्याक लुत्रुक्क परिन। एकै क्षणमामा बुढीको धडकन् बन्द नै भयो भनी सबैलाई सुनाउदै थिए। तैपनि वरिपरिका मानिसहरू प्रश्न गरिराखेका थिए, “के तिमी उन्लाई चिन्छौ ? “, “ती सैनिक र उनको नाता के हो ?”, “के भन्दै थिइन उनी ?”, “कहाँ हो उनको घर ?”, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उपहार

~शिव प्रकाश~SHiva Prakash

‘आइ हेट माइ फादर, हि इज ग्रीडी! आइ लभ यू शाइवा, आइ लभ यू! यू आर असम!’

साइकल पाएपछि केभिन तीन हात उफ्रियो। सायद जीन्दगीको सबैभन्दा खुशीको दिन होला आज, उसको!

‘शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति उसको साख्खै वाउले पनि कहिल्यै साचेन।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शपथ

~शिव प्रकाश~SHiva Prakash

एककान दुईकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा। गाउँको स्कूलको एउटा साधरण मास्टर, राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको।

अहिले के छैन उनीसँग श्रीमतिका नाउँमा आलिसानको बङ्गला। सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा। घरमा महँगो गाडी पार्क गरेर राखेको छ। परिवारलाई सरकारी सुविधाका गाडीहरू उपलव्ध छन्। छोराको चुरीफुरी र मैमत्तता निकै बढेको छ। वैंक व्यालेन्स टन्न छ। हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि भ्यागुते भएको छ। यो देखेर टोल छरछिमेक र गाउँबाट मन्त्री भेट्न आउनेहरू सबै छक्क पर्छन्। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जैमाली

~शिव प्रकाश~SHiva Prakash

उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन ।

बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ जैमलीलाई भेट्ने । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सङ्कटकाल

~श्रीधर शर्मा ~

दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो । जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो ।

हत्या कम भएन । फेरि साइकलमा चढेर हत्यारा भाग्न सफल भए । सरकारले साइकलमा चढ्ने हरेकलाई Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रेम सागर का लहरहरु

~स्रीजना दाहाल ~

आयुष्मा सुन्दर र सरल छे । पाश्चात्य सभ्यताको प्रभावले उसमा देखिँदैन । साधारण परिवारमा हुर्के बढेकी आयुष्मा सामाजिक परिवेश र रीतिरिवाजमा बाँधिएकी छे । नारी जातिमाथि समाजले लगाएको लक्षमणरेखाभित्र उ बसेकी छ त्यसैले उसका केटा साथीहरू छँदै छैनन् भने पनि हुन्छ । जति छन् ती पनि ‘हाइ-हेलो’ मै सिमित छन् ।

स्कुलको पढाइ पछि नौलो जोश-जाँगरसँगै उ कलेज भर्ना भएकी छे । केटी साथी पनि थोरै छन् उसका । थोरै तर आत्मीय साथी बनाउन मनलाग्छ उसलाई । घरदेखि कलेज, कलेजदेखि घर उसका दिनहरू यसैगरी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याम्पसको भेट

~सुरेन उप्रेती~Suren Upreti

प्रविणलाई कक्षा शुरुहुनु अगावै एउटा किताव लिनु थियो । उ हतार हतार लाइब्रेरीतिर जाँदै थियो । हाए प्रविण भनेको सुनेर यता उता हेर्यो । सिन्थियाले बोलाएको रहेछ । उनले आएर प्रविण सँग हातमिलाइन । सामान्य भलाकुसारी पछि म अलि हतारमा छु पछि कुरा गरौँला हुन्न भनेर अगाडी बढयो । सिन्थियाले प्रविण तिमीलाई थाहा छ उ मेरी साथी पनि नेपाली हुन नी । उनको नाम कुशुम हो भनेर साथी तिर देखाइन् । नमस्ते म प्रविण भनेर कुशुम तिर हेरयो । म कुशुम भनेर उनले पनि हात हल्लाइन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाषण

~सुरेन उप्रेती~Suren Upreti

यो भाषण गर्न भन्नु मात्र सजिलो छ । त्यहाँ उभिए पछि थाहा हुन्छ कति गाह्रो छ भन्ने कुरा । सम्मmँदा पनि दिक्क लागेर आँउछ बमबिक्रमले मनमनै भन्यो । फेरी आफूलाई मनमा भित्रै देखि लागेको भन्न पाए पनि लौ है भन्नू । भोकले मर्न आँटेका,लुगा लगाउन नपाएर आधा नाँगै भएका, मmूत्रा मmाम्रा,डुध्रडुध्रग्ती गन्हाउने मान्छेहरुलाई आमा,बा भन्दै साइनो लाउनू पर्ने । यो चुनाव पनि कहिले सकिन्छ जस्तै भएको छ भन्दै रामे एता आइज भनेर बमबिक्रम Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~Shushma Manandhar

त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जून तिमी र म…मेरो अनुभूतिभित्र

~सुषमा मानन्धर~Shushma Manandhar

जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महसुस गर्न सक्नु अर्को कुरा । अरुलाई महसुस गर्न भावुक मन पनि चाहिन्छ । अनुभूति Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बार्गेनिंग

~सुषमा मानन्धर~Shushma Manandhar

“सुन्नुस् न केटाकेटीहरु सडकमा जालान् हेर्नुस् है । म पानी थाप्न हिंडे ।” सुन्तली गाग्री च्यापेर निस्की । पिंढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आँखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो ।

केटाकेटीहरुका लागि आँगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।

क्या……च्च । गाडीले ब्रेक हान्यो । ब्रेक हान्दा हान्दै पनि पाँग्राले सुन्तलीको छोरालाई भेट्टाइ हाल्यो । गाडीले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नेपाल बन्द

~सुषमा मानन्धर~Shushma Manandhar

जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि आज उसको पार्टीले बन्दको आयोजना गरेको हो । सरकारको पनि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रात रहे… !

~सुषमा मानन्धर~Shushma Manandhar

जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न गाह्रो छ । ऊ मिहिनेती र इमान्दार छ र पनि ऊ भन्दा कनिष्ठहरूले धमाधम बढुवा खाइसके । प्रभुको लीला ठान्दै उसले आफ्नो पालो पर्खेको छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कोट

~सुषमा मानन्धर~Shushma Manandhar

मेरो नाम सुराज हो । तपाइ सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आˆनो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्‍यो । मेरा नजिककाहरू मलाई ‘सु’ भन्छन् । कहिलेकाही त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो उठ्छ । मान्छे म भावुक छु र हाल सत्ताइसको भए । बी.ए.पास छु । मेरो घर काठमाडौ, चिकंमुगलमा पर्छ । हाल पेशाले ट्याक्सी ड्राइभर भए पनि म आफूलाई ड्राइभर भन्न रुचाउन्न । यो मेरो केही समयको लागि गरिने काम मात्र हो । मलाई पढेर  धेरै गर्नुछ । स्नातक भएर पनि किन ट्याक्सी चलाइस् भनी साथीहरू भन्छन् तर जागिर खानु सजिलो कहा छ र ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : प्यारिसकी पोक्ची

~डा तारानाथ शर्मा~Taranath Sharma, Nepali Literary Icon (7).JPG

प्यारिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै ललामा यन्त्रचालित नाउहरु ममुनिबाट ओहोर-दोहोर गरिरहेका थिए। अल्छी पाराले म असंख्य मोटरहरु दगुरेको कुरालाई ध्यानै नदिएर पेटीपेटी उत्तर फर्किंदै गएँ। अकस्मात् मेरो देब्रेपट्टिका घरको कुनामा ‘के दु लुभ्र’ (Quai du Louver) लेखेको हेर्न मेरा आँकाहरु पुगेछन्। ‘लुभ्र’ भन्ने शब्द कता कता परिचित-परिचित जस्तो, प्रख्यात-प्रख्यात जस्तो, चिनेको-चिनेको जस्तो लाग्यो। मेरा खुट्टाहरु त्यतै बाङ्गिए। Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : शिष्टाचार

~ठाकुर मान लामा~Thakur Man Lama

शिष्टचार भन्ने चिज कति मिठो हुदो रहेछ भन्ने कुरा बल्ल हरिरामले बुझ्यो । उसले त्यही शिष्टचारको बिभिन्न अभ्यास भने यसरी गरेको थियो ।

प्रथम शिष्टचार अभ्यासः कामको लागि बिभिन्न सँग हार गुहार गर्योह। अरुको खुट्टा समातेर ढोग्यो पनि । शिष्टचारको यो अभ्यासमा उसले एकदिन सफलता पायो । उसले एउटा नयाँ कार्यालयमा जागिर पायो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बजेट

~ठाकुर मान लामा~Thakur Man Lama

उसले ऋण गरेर भए पनि त्यसै थन्किरहेको थोत्रो रेडियो हिजै मात्र बनाएर ल्याएको थियो । उसको मुहारमा एक किसिमको चहक उत्सुकता प्रष्टै बाहिरबाट देखिन्थ्यो । बिहान उठेदेखि उ त्यो रेडियो सँग टपक्क टाँसिरहेको थियो मानौ त्यो रेडियो कुनै टिनको सानो बक्सा होइन उसको काखे छोरा नै थियो ।

त्यो रेडियो उसकी श्रीमतिले दाइजोस्वरुप ल्याएकी थिइन । गत बर्ष बजेटले उ जस्तालाई केही Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरु

~उमेश राई ‘अकिंचन’~Umesh Rai Akinchan

साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिडयो अढाइ अक्षर प्रेमको आधा बाटो……

साजिद वरिपरि चलिरहेको बतास उही थियो जस्ले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एस.एम.एस. भगवानको हातले लेखेजस्ता एस.एम.एस. हरफहरु उडदै-उडदै आउथ्यो मुटुको आकार लिएर-

“म यही छु तिम्रो सम्झनाको फोटो मुन्तिर

सायद तिमी पनि आकाश र धरति जोडिएको

उही थोप्लोमुिन

सम्झनाको एल्बम पल्टाइ रहेका हौला ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नरोजेका बाटाहरू

~उषा शेरचन ~Usha_Sherchan

सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोप जीवन

~सरुभक्त ~Sarubhakta

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

ऊ उमेर गएका बाबुआमासित पोखरामा बस्छ । दुवै ८० लागेका ।

ऊ रवि हो । सामान्य नाम । आकाशको घामसित कुनै सरोकार छैन । सायद Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विद्रोह

~सञ्जु नेपाल~

निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।

बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो साँझदेखि नै । कसैगरी छोड्नु छ उसले ओछ्यान । जीवनसाथी सपना देखिरहेछ सधैँझै ।

लोग्नेको भारी हात पन्छाउँदै उठ्छे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्यक्त आशयहरु

~सन्जु कोइराला~

कहाँबाट थुप्रिएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर बाटोमा यति धेरै मान्छेहरू थिए, उसलाई छिटो हिँड्न पनि दिइरहेका थिएनन् अनि आफू पनि अलमस्त पाराले हिँडिरहेका थिए । खाजा खाने टाइममा नै भ्याउँछु भनेर निशा निस्केकी थिई तर राष्ट्रपतिको सवारी भनेर पौने दुई घन्टा जाममा बस्नुपरेपछि अब त्यो पनि सम्भव भएन । आफ्नै धुनमा भएकीले परैदेखि उसलाई चिनेर हाँस्दै आएका विनोदलाई उसले नजिकै आउन्जेल पनि देखेकी थिइन ।

“निशा हैन तपाईं ?” विनोदले नमस्ते गर्दै सोधेका थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी स्वास्नी र त्यो मान्छे

~सञ्जय बिष्ट~

आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो।

‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले त्यो देवेन्द्रजस्तै छ। म मान्छे हुँ— को बोध उसलाई यही आकृति अर्थात् शारीरिक बनावटले नै गराएको हुँदा आफ्नै जस्तो आकृतिको त्यसलाई ऊ ‘त्यो मान्छे’ भन्छ।

घाम लागेको थियो न्यानो, घरका छानाहरूतिर।। सुकाइएका लुगाहरूतिर। बाटातिर। चारैतिर। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो संस्करणको तयारीमा

~सञ्जय बिष्ट~

बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनट्रेन्ड ब्युटीसियनहरू

~सञ्जय बिष्ट~

आकाशमा बादलको एउटै टुक्रा पनि थिएन। वारिकाले पारि र पारिकाले वारि टल्केका छानाहरू गनेर छोराहरू छोरादेखि माथि उठेर अझ कतिजना बाबुको घरदेखि छुट्टिएर घरका बाबु भएछन्—थाहा गर्दथे। केही दिनअघिदेखि दसैँको घाम लागेको थियो।

केही दिनअघिदेखि नै बाहिरिएकाहरू रौनक चेपेर घर आइपुग्दै थिए। परिवारमा, गाउँमा उनीहरूले शरद्को मौसमले जस्तै उज्यालो ल्याएका थिए यद्यपि यसपालि कति घर पुग्ने बाटो काटेर दसैँले कति घरहरूको सँघार टेकेको थियो। पोहोरसम्मका सबै दसैँहरूमा पुरानो रूप फेरेर सुन्दर बन्ने कतिवटा घरहरू इच्छाप्रतिकूल पुरानै रूपमा अप्ठ्यारो मानी कुक्रुक्क परेर बसेका थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्तमान

~सञ्जय बिष्ट~

बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो।
सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै।
त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो सेतो कमिज खोलेर गोलसखानमा फ्यॉंकेको थियो । टिपेर आमाचाहिँले धोएपछि आँगनको तारमा सुकाएकी थिई। कार्यालयको झन्झटदेखि मुक्त पदमबहादुर आँगनमै घाम तापिरहेथ्यो । धोएर सुकाइएको कमिजको गोजीमा खैरो दाग देख्यो उसले। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~संगीत आयम ~

कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ। मनहरू लाग्छं आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर।

साँझ ढल्दैछ। म झ्याल खोल्छु, हावाको एक चिसो झोका कोठाभित्र पस्छ। लाग्छ हावाको झोंकासँगै उसको सम्झना पनि कोठाभित्र प्रवेश गरेको छ। स्मृतिहरूको भेलले मलाई बगाएर पर कतै एकान्तमा पुर्यामउँछ। म उसको ओठ सम्झन्छु। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सहुलियत कार्ड

~सकु थापा~

हरेक दिन झैँ आज पनि म आफ्नो निश्चित समयमै कार्यालय तर्फ लाग्छु । सदा झैँ गाडी खचाखच नै थियो तर पनि समयमै कार्यालय पुग्नु पर्ने भएकोले खचाखच भरिएकै गाडी चढ्छु,, मसंगै अरु पनि चढ्कै हुन्छन् । भनिहालेनि सबैलाई ढिलै घर निस्केर भएपनि समयमै कार्यालय पुग्ने अभिलाषाले गाडी खचाखच नै भरिएको छ । त्यस गाडी भित्र विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी अलावा अन्य काम विशेषले हिड्नेको पनि कमी छैन । खलासी भाडा उठाउने क्रमलाई निरन्तर दिइरहेको हुन्छ गाडीमा जति भिड भएपनि । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कुकुर देखी होसियार

~सकु थापा ~

आज मलाई आफ्नो पुरानो साथीले खाना खान निमन्त्रणा गरेको छ । धेरै समयपछि भेट भएकोले पनि साथी कहां जाने इच्छा जाग्यो । ऊ मेरो स्कूले साथी मात्र नभएर गाउँले साथीपनि थियो । अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको राम्रो नोकरी भएबाट विदेश गई कुस्त कमाएर शहरमै घर बनाएर बसेको छ । त्यसैले नै धेरै समय देखि हाम्रो बीच भेटघाट भएको थिएन ।

एकदिनको कुरो हो, म बजार गएको थिएँ । हिड्दै गर्दा कसैले मेरो नाम सम्बोधन गर्दै बोलाएको आवाज सुनें, टक्क अडिएर र आवाज आर्एतर्फ नजर लगाएँ । परिचित झैँ लाग्ने आ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिर्ता भएको मुस्कान

~पुण्य कार्की~Punya Karki

ऊ दोपहरको घाममा झोला बोकेर गेटभित्र के छिरेको थियो । बार्तलीमा खेलेकी छोरीले देखिहाली छे । हातको पुतली त्यत्तिकै छोडेर “बाबा ! आउनु भो चिच्याउँदै गेटमा बाबालाई च्याप्प समाउन पुगी । छोरीलाई दुई हातले च्याप्प्ा उठाएर उसले दुईटै गालामा म्वाइँ खायो । छोरीले बाबाको गलो यसरी बेरी उसलाई सास फेर्न गाह्रो भयो ।

कोठाभित्र पसेर राम्ररी झोला बिसाउन पनि भ्याएको थिएन छोरीले बाबुको गला अवरुर् हुने गरी भनिहाली “बाबा ! अब कहिल्यै पनि जागीरमा नफर्किनु ल ।” उसले कुनै जवाफ दिन सकेन । छोरीले फेरि ख्यारख्यार पारी “है बाबा ! अब घर छाडेर कहीँ पनि नजानु ल । ल बाबा हुन्छ भन्नु न ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment