कथा : गान्तोकमा दुइ हलोम्यान

~प्रवीण राई जुमेली~

तिनीहरुको उपस्थितिको पत्तोफाँट कसैलाई थिएन त्यहाँ। कताबाट हो एसटिएनएमको अघिल्तिर फुत्त निस्केर मेट्रोतिर तिनीहरुले पाइला चाल्न सुरु गरिसकेका थिए। गान्तोकका सडक, फुटपाथ र चेपचाप सबै ठाउँहरु रङ्गी-बिरङ्गी मान्छेहरुको सल्बलाहटले सक्सकाइरहेथ्यो। तर सधैँ झैं एमजी मार्गको रौनकता भने त्यही हिजको ‘अनुकरण’ नै थियो भनिदिँदा खेर नजाला। अनि वातावरणको त्यस ‘अनुकरणात्मकता’भित्र खबरकागज, लटरी, टेन्डर, युवा, नोकरी र यस्तै-यस्तैहरु पनि आफ्ना युगीन सामासर्जामसित घन्किरहेथ्यो। त्यस्ता घन्काइ सुन्नेहरुको भूमिकालाई भने हामी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भक्तेले स्कूटर किनेन

~प्रवीण राई जुमेली~

“आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’ बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो।

“जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे’-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।

तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा केही सिफारिश-पत्रहरू अँठ्याएर ऊ स्कूलतिर कुदिहाल्यो।

“अब कहॉं कुदेको हौ एति हतारसित?’-धनमायाले त्यो सोद्धा ऊ आँगन पनि ओह्ऱ्लीसकेथ्यो।

“स्कूटर किन्ने मेलोमेसो गर्नु हौ’ भनेर हॉंस्दै टाड़ियो भक्ते चाहिँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्जन

~प्रवीण राई जुमेली~

पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज।

अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर एक प्रकारले निन्याउरो भएको शहरको वातावरणमा क्षणिक नै भए पनि एउटा राेमाञ्चको सिर्जना भयो। गाउँले जन-जीवनको निम्न आर्थिक अवस्थालो गर्दा उति व्यस्त नरहने त्यो शहरको सबै खालका मानिसहरू भने सधैं यस्तै मनोरञ्जनपूर्ण घटनाहरूको प्रतीक्षामा रहन्थे।

मत्थुले उसको शरीर केही सन्तुलित राख्ने कोशिश गरे तापनि उसका खुट्टाहरूमा नियन्त्रण थिएन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिलय

~प्रकाश सायामी~

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौं ।’

त्यसपछि हामी उकालो लाग्यौं । यो उकालो म धेरैपटक एक्लै, धेरैपटक रविदादासित हिँडेको छु कहिले गीत गाएर, कहिले कविता पढेर । यो उकालोमा एउटा पुरानो स्कुल थियो प्राथमिक स्कुल । अब त्यो छैन रहेछ । नहुनुका धेरै कारण अखबारमा आइसके । हामी यहींनेर बसेर एकअर्काको भाषण सुन्थ्यौं । यो ठाउँलाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजाता,एक पेग कोन्याक र नयाँ बर्ष

~प्रकाश सायामी~

इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु त्यस रात हामी केही साथीहरु एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

त्यो समूहको नाम कलेजमा व्यापक रुपमा चर्चित थियो- हीभ एइटी फोर भनेर । हीभको पूर्ण अर्थ थियो- एच.आई.भी. ।

त्यतिबेला एउटा रोगको नाम भइसकेको थिएन मात्र समाचारको शीर्षक थियो । विशेषतः अङ्ग्रेजी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~प्रज्ञा निरौला ~

आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै भावभङ्गमिामा रमाइरहनु भएको थियो । केही समय मैले आमाको भावलाई भङ्ग गर्न चाहिँन । केवल टाढैबाट टुलुटुलु हेरिरहेँ । आमा आफ्नै संसारमा रमाइरहनुभएको थियो । आफ्नो अनुहारको भावभङ्गमिालाई छिनछिनमा बदलिरहनु भएको थियो । कहिले दाह्रा किट्नु हुन्थ्यो, कहिले मुठी कस्नु हुन्थ्यो, कहिले कसैलाई थुकेझैँ गर्नुहुन्थ्यो, कहिले रुनुहुन्थ्यो त कहिले हाँस्नुहुन्थ्यो, कहिले कसैलाई सम्झाए जस्तो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काठमाडौं फ्लु

~प्रदीप नेपाल~Pradeep Nepal

काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्‍यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धन मोह

~पदम भण्डारी~Padam Bhandari

काठमाण्डौंमा टेम्पो चढेर धेरै क्षणहरु बाँचिसकेको छु मैले । हुन त मसंग गियरवाला माउन्टेनबाईक छ, होण्डाको साईन मोटरसाईकल छ, होण्डा ब्रियो कार छ, तापनि मेरो मनको कुन अन्तसकरणले डोऱ्यायो कुन्नी मैले यात्राको क्रममा एकदिन बानेश्वर देखि लगनखेलसम्म टेम्पो चढ्ने निर्णय गरें ।

वर्षभरी कति दिन आउँछन्, ती दिनभरि कति मान्छे भेटिन्छन, मेरो यात्रामा कुनै खास मान्छेसंगको भेटले कुनै तादम्यता राख्दैनथ्यो । तर आज एउटी अधबैंसे महिलाको कौतूहलपूर्ण हेराईले मेरो अंतरंग र हेराई उ तिरै मोडियो । हामी टेम्पोको सीटमा आमने सामने थियौं । हाम्रा आँखा जुधे । हाम्रा आँखा जुधेपनि त्यसमा कुनै आकर्षण भने थिएन किनकि उमेरले हामी दुबैमा आँखाको हेराईमै आकर्षण देख़्ने त्यो क्षण पार गरिसकेका थियौं । मैले उसको अनुहार नियालें । उसको हेराई निराकार थियो । उसको अनुहारमा कुनै खास रूप वा बान्की वा सौन्दर्य केहि थिएन । उसको हेराईमा कौतुहलता थियो, मनमा बाँच्नेशैलीको खोजी थियो, अनुहारमा विविध खाले सौन्दर्यशास्त्रको परिभाषा समाहित थियो । उसको मनभित्र आँफू चढेको टेम्पोभन्दा तिब्र गतिको जिज्ञासाहरू अटेसमटेस थिए । भूगर्भमा उम्लिएका ज्वालामुखीका ज्वालाहरूजस्तै उसको मनमा केहि चिजको प्राप्तिका लागि लालायित थिए ।

उसले मलाई नियालिरहेकि थिई । बाहिर फेरो नियालिरहेका मेरा आँखाहरु फेरि उसको अनुहारमा परे । उसका आँखाहरु आँसुले टलपल थिए । बाँध फुटेर निरस गालाहरुमा रहेको निरासको बस्ती बढार्ने शुरमा थियो । निकैबेर उसको अनुहार नियालेपनि मैले बोल्ने आँट गरिन । बरु उसैले बोलि-‘चिन्नु भएन?’

म अकमकाएँ-‘कहिं देखे जस्तो, भेटे जस्तो त लाग्दैछ तर ठम्याउन सकिन ।’

उ बोलि-‘म रमा । रमा अधिकारी । छ सात कक्षामा संगै पढ्थ्यौं नी ।’

रमा नाम सुन्नेवित्तिकै उ मेरो मनकि नायिका नै हो भन्ने लाग़्यो । सार्बजनिक यातायातको साधनको राम्रो सदुपयोग भएको महसुस गरिरहेछु मैले । म बिगतमा हराएँ । उ चौध पन्ध्र वर्षकि हुँदि हो । म पनि त्यहि उमेरको थिएँ । बैंसको उन्माद चढ्ने बेलाका साथी थियौं हामी । कुरकुरे बैंस पोखिएर भाँडामा न भुँईंमा हुने बेलाको बैंस । त्यतिबेलै उसले उमेरले साठी नाघेको बुढोसंग बिहे गरेकि थिई । गाउँको आमा समूहको दबावमा प्रहरीले बालबिबाह गरेको आरोपमा उसको बुढो लोग़्ने र छोरी बेचेको आरोपमा उसकि आमालाई पक्रेको थियो । पछि उसले आफ्नो राजिखुसीले उक्त बुढोसंग बिहे गरेको कागज गरेर हिरासतबाट छुटाएकि थिई ।

मेरो मुखबाट अनायासै शब्दहरु निस्के-‘ओहो! यत्रो वर्ष पछि पनि ठम्याउनु भयो नी । तपाईंमा धेरै परिवर्तन आएछ । त्यो बेला कि रमा र अहिलेकि रमामा धेरै फरक पाएँ ।’

अस्तव्यस्त हुँदै गएको उसको अनुहारमा आँसुका खोला बग्दै थियो । ब्यागबाट रुमाल झिकेर खोलामा बाँध लगाउने असफल प्रयत्न गर्दै उसले भनि-‘मलाई पनि थाहा छ, म मा धेरै परिवर्तन भएको छ । मानिसमा आउने शारिरिक परिवर्तनसंगै मानसिक रुपमा पनि आँफूलाई परिपक्व बनाउँदै लग़्न सकिएन भने जीबन अँध्यारोतर्फ डोरिन्छ भन्ने राम्रो अनुभव लिएकि छु । मैले त्यतिबेला धनसम्पत्ति भए सबैकुरा हुन्छ, मान्छे धनकै पछि जीबनभर दौडन्छ तर धनसम्पत्ति मेरो पछि दौडन थालेपछि त्यसलाई किन नअपनाउनु भन्ठानेर उमेरले हजुर बा पर्ने बुढोसंग बिहे गरें । त्यो बुढोको दिन कम छ, ईनकम छ, पछि त सबै मेरै पोल्टामा आईहाल्छ त्यसपछि मलाई के चाहियो र भन्ने सोचें । आज मसंग प्रशस्त धन सम्पत्ति छ तर मनमा चैन छैन । दुःख सुख शेयरगर्ने साथी छैन । तर दुःख सुख शेयरगर्ने साथी धन सम्पत्तिले दीन सक्दोरहेनछ । धनसम्पत्ति खान बुढोसंग बिहे गरेकि भनेर समाजमा ईज्जत छैन । मसंग धनसम्पत्ति त छ तर मनको अन्तसकरणमा खुसी छैन । मैले जीबन पाएर पनि बाचिरहेकि छु जस्तो लाग़्दैन । मेरा दिनहरु पश्चातापमा जलिरहेछन् ।’
उसले आँसु पुछ्दै बिगतलाई नियालि । आँसु पुछेपनि मूल फुट्न छुटेको थिएन । उ भन्दै थिई-‘तपाईंलाई देख़्नेवित्तिकै स्कुले जीबनका दिनहरु याद आयो ।’

मेरो मनै चिसो भएर आयो । मेरो मनको गोलार्धमा हिउँ पर्न थालेको थियो । मैले सम्झाउने कोशिस गरें-‘मान्छे समय र यथार्थताको दास हो । दास भएर बाँच्न सिक़्नुपर्छ । बिगतसंग सिक़्नुपर्छ । सिकाई र भोगाईसंग निरास भयो भने जीबन झन् कष्टपूर्ण हुन्छ । अरुलाई हेर्नुस् न सबैको जीबन कष्टपूर्णनै हुन्छ । तहहरु फरक फरक हुन सक्छन, भिन्नता त्यतिमात्रै हो । ती अल्झनहरुबाट मुक्त हुने उपाय खोज्दै जानुपर्छ, ती अल्झाइमा फस्दै जानु झन् कष्ट माथि कष्ट थुपार्नुमात्र हुन्छ ।’
मैले सान्त्वनापूर्ण केहि शब्दहरु बोलेपनि उसको अनुहारमा केहि फरकपन देखिन । केही समयको दृष्टिपातपछि ती नायिकाले मलाई नियाल्न छोड्छे र कौतूहलपूर्ण शब्द फ्याँक्छे-‘जीबन र आदर्श फरक फरक वस्तुहरु हुन । जीबन यथार्थमा बाँचेको हुन्छ, आदर्शमा होईन । आदर्शमा जीउन खोज्दा नै आज म यो निरासपूर्ण जीबनको भोगाईमा छु ।’

एकमनले भन्यो-‘झै-झगडा बिनाको समाज, पसिना नबगेको समय, दुःख नगरिकन आर्जेको धनसम्पत्तिको उपयोग र त्यसको नकारात्मक परिणाम हेर्दाहेर्दै मेरा आँखा अभ्यस्त भइसकेका छन् । उसको दुःखमा म किन सामेल हुनु?’ तर पनि मानब सम्बेदना न हो आफन्तहरुको अनि चिरपरिचितहरुको आँसुले भिजेको उदास संसार नियाल्नमा रमाईलो हुँदो रहेनछ, खल्लो लाग़्दोरहेछ । रमाको मनका असन्तुष्टि र वितृष्णाहरु आँखाहरुले पोखिरहेका थिए । उसका आँखाहरुको भाका मेरो मनले पनि छोप्न खोजेछन् । तलाउबाट झरेर गालामा सलबलाएपछिमात्र म आँफैले थाहा पाएँ । पुरुष मन पग़्लिएर आँखाबाट झरेपछि संबादको अन्त्य हुँदोरहेछ । त्यसपछि म स्तब्ध भएँ । मेरो मुखबाट एक शब्द पनि निस्केन ।

उ पनि केहि बोलिन । सृष्टिको सुन्दर फूल पनि एक दिन झर्दोरहेछ । मैले उसको जीबनमा त्यहि पाएँ । उ जावलाखेलमा ओर्लिई । टेम्पोबाट ओर्लिएर जान्छु पनि भनिन । पतझड उत्तिसको रुखजस्तै उसको शरिर र डढेलोले सखाप पारेको उसको जीवनको धूवाँ उसका पाईलाहरुसंगै बिलीन हुँदै गए । हाम्रो बिगतले बर्तमानलाई बिर्साई दियो । न मैले उसको फोन नम्बर मागें न उसले मेरो नम्बर मागि । रंगमञ्चिय शैलीमा रमा मेरो आँखाबाट टाढिई, तर उसको अनुहार भने मेरो मनमा नाचिरह्यो र आजसम्म पनि नाचिरहेछ ।

(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागी माझ्घरे

~नोवल निरौला~Nobal Niraula

छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता पाएकोमा दङ्ग थिए माझघरेका सन्तान। सबजना भनिरहेका थिए – “माझघरे तिमीहरुलाई बधाई छ खसी फिर्ता पाएकोमा”।

“सानु दु:ख गर्नु परेन खोसेर ल्याउन। सापटी लिएको रकममा मिलाउँला भन्दै दशैंमा खाउँला भनेर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड वाइन

~नयनराज पाण्डे~

‘ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग गर्नेछौँ ।’

‘तर, हजुरले आज अलिकति हल्का लिई दिई बक्से हामी साह्रै खुसी हुने थियौँ । यो सानो पार्टी हजुरकै स्वागतमा आयोजित गरिएको हो । नो नो हजुर, यो पार्टी हामीले धेरै खर्च गरेकै छैनौँ । हजुरको भावना बुझ्छौँ । हजुरको स्पिरिट बुझ्छौँ । इन्फ्याक्ट, हामी हजुरकै आदर्श र सिद्धान्तका फलोअर हौँ । हामीले अलि एक्सपोज्ड भएर काम गर्न नमिलेर पो । नत्र त हामी हजुरहरूकै पदचिह्नलाई …’

‘हजुर, वाइन त हल्का लिँदा हुन्छ नि । वाइन त रक्सीको क्याटेगोरीमा पर्दैन नि हजुर । वाइनमा अल्कोहल कति नै हुन्छ र ? नौ देखि एघार प्रतिशत । कुनैकुनैमा तेह्रसम्म हुन्छ । त्यति अल्कोहल त सुत्केरी आइमाईले खाने टनिकहरूमा पनि हुन्छ । वाइन त फलफूलबाट बनेको हो नि हजुर । एक-डेढ ग्लास त दिनदिनै खाँदा पनि फरक पर्दैन । स्वास्थ्यलाई बेफाइदा गर्दैन । यसले त एपेटाइजरको काम गर्छ । मुटुको रोगी हो हजुर ? केही फरक पर्दैन । रेड वाइन लिइबक्स्योस् न । रेड वाइन त मुटुको रोगीले पनि ढुक्कले खानु हुन्छ । डक्टरहरूले पनि खाए हुन्छ भन्छन् । फेरि हजुरलाई त अब देश, विदेश गइरहनुपर्छ । बेलाबेलामा स्वदेशी, विदेशी पाहुनाहरूसित भेटघाट गरिरहनुपर्छ । रात्रिभोजमा सवारी होइबक्सनुपर्छ । कहिलेकाहीँ रात्रिभोजको आयोजना पनि गर्नुपर्छ । कति ठाउँमा त कर्टेसी मेन्टेन गर्न पनि प्यूनुपर्ने हुन्छ । यस्तोमा हजुरले अलिअलि हल्का रेड वाइन लिँइबक्सँदा राम्रै हुन्छ । बानी पनि त पार्न पर्‍यो नि हजुर !’
‘गन्ध आउँदैन हजुर, वाइनको पटक्कै गन्ध आउँदैन । स्वादिलो पनि हुन्छ । गुलियो-गुलियो, अमिलो-अमिलो त हो नि हजुर ! ल हुन्छ हजुर ! अलिकति मात्र लिइबक्स्योस् । ल, हजुर । चियर्स । हजुरको कार्यकाल सफल होस् । हजुरको कार्यकालमा क्रान्तिकारी परिवर्तन होस् ।’

‘हजुरको अस्तिको लेख साह्रै गजबको । हामी सबैले पढ्यौँ हजुर ! हामीले त त्यो लेखको कटिङ पनि गरेर राखेका छौँ । हजुरको कान्तिपुरमा गत साता छापिएको भ्रष्टाचारसम्बन्धी आर्टिकल पनि साह्रै राम्रो । हामीले त्यो पनि कलेक्सन गरेर राखेका छौँ । हजुरको लेखनशैली साह्रै राम्रो । भाषा पनि कति मीठो । हजुरसित गजबको भिजन रहेछ । पहिलाकाहरूसित कहाँ यस्तो भिजन हुनु हजुर । नत्र त यो मुलुक कहाँको कहाँ पुगिसक्थ्यो । अँ साँच्ची, अस्तिको पुस्तक मेलामा हजुरको किताब कतिका बिक्री भएको । जसको हातमा पनि हजुरकै किताब । हामी सबैले त्यो किताब किनेका छौँ हजुर ! पचास-साठीजनालाई त मैले नै त्यो किताब नपढी हुन्न भनेर सिफारिस गरेको छु । साह्रै गजबको पुस्तक रहेछ । हजुरले त्यत्रा-त्यत्रा किताबहरू, लेखहरू लेख्ने फुर्सद कसरी निकालिबक्सन्छ ? राति लेखिबक्सन्छ कि बिहान ? मुडमा लेखिसिन्छ कि जस्तोसुकै परिस्थितिमा पनि लेखिबक्सन्छ ? हजुरको लेखन प्रक्रिया के हो ? ए ! हजुरको ग्लास त रित्तिएछ । अब एक ग्लास थपूँ हजुर ? यो ग्लासचाहिँ हाम्रो अनुरोधमा । वाइन त हो नि हजुर ! त्यसमाथि रेड वाइन । हल्का लिँदा केही बिगार गर्दैन हजुर !’

उहाँ सह-सचिव । अट्र्ठाईस वर्षभयो सरकारी सेवामा संलग्न हुनुभएको । मभन्दा एक ब्याच जुनियर । उहाँ पनि हजुरको गजबको फ्यान । मजस्तै । उहाँ साह्रै योग्य व्यक्ति । परराष्ट्र सेवामा पनि हुनुहुन्थ्यो । साह्रै अध्ययनशील हुनुहुन्छ । दिउँसो हामीले त्यो बोर्डको बारेमा कुरा गरेका थियौँ नि हजुर ! त्यो बोर्डमा उहाँलाई नै चेयरम्यान बनाउँदा उपयुक्त हुन्छ । हजुरलाई उहाँबाट साह्रै कोअपरेसन हुनेछ । विरोधी पार्टीले विरोध गर्लान् । तर, हजुरले पेलेर भए पनि उहाँलाई चेयरम्यान बनाइबक्सनुपर्छ । यो त हजुरको इज्जत र प्रतिष्ठाको पनि कुरा हो नि हजुर ! हैन र ? ए! हजुरको ग्लास त खालि भएछ । अब अलिकति । हाम्रो मनोबल उच्च पारिदिनका लागि । एक ग्लास । हल्का । केही फरक पर्दैन । वाइन त हो नि हजुर ! रेड वाइन ।’

हजुरले नै हैन जेलब्रेक गरिबक्सेको ? हजुर त साह्रै साहसी मान्छे । हजुरले युद्ध पनि लडिबक्सियो हगी ? अँ, हजुर गोली लागेर सख्त घाइते होइबक्सेको त हामीले पनि सुनेको हो हजुर । जे होस्, हजुरहरूले गर्दा नै देशमा यत्रो परिवर्तन आएको हो । हजुरहरूले सहयोग नगरेको भए त्यो गिरिजा र माकुनेले कहाँ गणतन्त्र ल्याउन सक्थे र हजुर ? हजुरहरूकै कारण नेपालमा गणतन्त्र सम्भव भएको हो । नत्र त हजुर ! आज पनि ज्ञानेकै शासन हुन्थ्यो । पारसेसित त मेरो पनि एकपटक झगडा परेको नि हजुर । जे होस्, देशमा परिवर्तन आयो । अब राज्यको पुनःसंरचना हुनुपर्छ हजुर । समाज रूपान्तरण हुनुपर्छ । हजुरहरूले यो सबै गर्न सकिबक्सन्छ । जनताले हजुरबाट निकै ठूलो आशा राखेका छन् हजुर । हजुरहरू अघि बढिबक्स्योस् । हामी सहयोग गर्र्छौं नि हजुर । हजुरहरू योजना बनाइबक्स्योस्, हामी कार्यान्वयन गर्र्छौं । हजुरको अभियान र लडाइँमा हामी पनि सहयोद्धा भयौँ हजुर । बाचा भयो । हजुर, हल्का थपूँ ?’

‘हो हजुर ! इन्डियासित झुक्नु हुन्न । निकै पेलिसक्यो हरामले । हामीले स्ट्यान्ड लिनै पर्छ । उसले जे-जे भन्यो ,त्यै-त्यै मान्न हुन्न । हिजोमात्र दुई सय तीसवटा सीमा स्तम्भ उखेलेर लगेछ । हामीलाई रिपोर्ट आएको छ हजुर । यो इन्डियाले साह्रै हेप्यो । सीमा अतिक्रमण पनि अति नै भयो । हजुरहरूले यस विषयमा केही गर्नै पर्छ । जनताले हजुरहरूबाट धेरै अपेक्षा लिएका छन् । ए, ग्लास खस्यो । नो प्रब्लम हजुर । हैन-हैन, हजुरले किन ग्लास उठाइबक्सनुपर्‍यो ? हामी छौँ नि । अलिकति वाइन थपूँ है ? नयाँ ग्लासमा । हजुरलाई त फिटिक्क पनि छोएको छैन । बोली कति प्रस्ट छ हजुरको । हजुरले वाइन खाइबक्सेको भनेर कसले भन्न सक्छ र ? हजुर, त्यो अघि ठेक्काको कुरा गरेको थिएँ नि । त्यो ठेक्का जगदम्बा कन्स्ट्रक्सनलाई पारौँ है ? अनि मेरो एउटा सालो छ हजुर, दुर्गममा छ । यतै सार्न पाए हुन्थ्यो ।’

‘के रे ? पन्ध्र ग्लास रे । कहाँ हुनु हजुर ? मैले त गनेको । पाँच ग्लास मात्र हो । फेरि यो विदेशी वाइन कहाँ लाग्छ र हजुर ? यो हल गुम्म परेकाले हजुरलाई रिँगटा लागेको होला । नो प्रब्लम हजुर । वाइनले सब ठीक पार्छ । रेड वाइन त स्वास्थ्यको लागि अति राम्रो नि हजुर । डा. भूषण उपाध्याय पनि सधैँ राति सुत्ने बेलामा दुई-चार ग्लास रेड वाइन खाएर सुत्नु हुन्छ ।’

“हैन-हैन, वाइनमा कुनै प्रब्लम छैन हजुर । हजुरले स्न्याक्स केही लिइबक्सेन नि, त्यसैले हजुरको पेट मडारिएको मात्र हो । वान्ता हुन लागेको हैन हजुर । हजुरलाई लागेकै छैन । अनुहार धपक्क बलेको छ । बोली कति प्रस्ट छ । हजुरको खुट्टा लर्बरिएको होइन । बरु भुइँचालोको झड्का हो कि ? नेपाल भूकम्पको दृष्टिले अति संवेदनशील क्षेत्रमा पर्छ नि । त्यसैले हामीले थाहै नपाई स-साना झड्का भइरहन्छ हजुर । त्यै भएर हजुरको खुट्टा लर्बरिएको ।’

‘हजुर नआत्तिबक्स्योस् । हामी छौँ नि । हामी हजुरको साथ छाड्दैनौँ । हजुरलाई पूर्ण सहयोग गर्र्छौं । हजुरको आदर्श, निष्ठा र सिद्धान्तमा आघात पुग्न दिन्नौँ । अँ, यो सरुवाको फाइल । यो रातोचाहिँ बढुवाको । यो टेन्डरको । यो चैँ भुक्तानीको । हुन्छ हजुर, यहीँ फाइल सदर गर्दिबक्से हुन्छ हजुर । आहा, हजुरको ह्यान्ड राइटिङ कति राम्रो । सिग्नेचर पनि साह्रै राम्रो । अब अलिकति हल्का थपूँ है हजुर ? रेड वाइन त हो नि । रातो वाइन । हजुरको प्रिय रङको वाइन ।’

‘नो प्रब्लम हजुर । यहाँ अरू कोही छैन । हामी-हामी मात्र हो । हैन-हैन, त्यहाँ नबसिस्योस् । त्यो कुर्सी होइन, त्यो त कमोड हो हजुर । वान्ता त्यहीँ वासबेसिनमा गरिबक्से हुन्छ । नआत्तिबक्स्योस् । वाइनले खराबी गर्दैन । अलिकति अपच भएछ हजुरलाई ।’

‘ला, हजुर त लडिबक्सेछ । नो प्रब्लम । हामी छौँ नि । ए, फुस्क्यो ? खै-खै हजुर, म इजार लगाइदिन्छु ।’

‘के रे ? हजुरले हि्वस्की खाने ? हुन्छ हजुर । केही फरक पर्दैन । विदेशी रक्सीले केही खराबी गर्दैन । फेरि हामी सबै ब्युरोक्रेट्स हजुरकै अनन्य सहयोगी हौँ । हामीसित अप्ठ्यारो मान्नै पर्दैन ।’
‘वेटर, मन्त्रीज्यूलाई एक पेग ब्लू लेबल । छिट्टो । रत्नजी, छिट्टो खोज्नोस् त । मन्त्रीज्यूको जुत्ता । यतै कतै होला ।’

‘के रे ??? मन्त्रीज्यूको हरायो ???………होस कि जुत्ता ?

(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा चियागफ

~नवराज सुब्बा~Nawa Raj Subba

‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको गफलाई साथीहरूले चाख मानेर सुनेको देखेपछि मलाई पनि त्यो दृश्यले त्यतैतिर तान्यो ।

‘के रे, के रे ! ‘ भन्दै समूहमा गएर मैले पनि उनको कुरा सुन्न उत्सुकता जनाएँ । यतिन्जेलमा महेन्द्रजीले दुइटा श्रीमतिसम्मको कथा सुनाइसकेका रहेछन् तर मैले आग्रह गरे पछि उनले मेरो निम्ति पुनः पहिलो श्रीमतिबाटै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार ससुराको फैसला हजुरबाको

~नारायण तिवारी~Narayan Tiwari

हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ । अर्थात् ‘प्रीति’ बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब ।

पछि त चलिहाल्छ नि । चल्यो, आउने जाने चल्यो । पढेलेखेकै भएकाले भनौँ न ससुरालीमा मेरो पानी चल्यो र मेरो सिक्का पनि चल्यो । सासु-ससुराले माया गर्न थाले, इज्जत गर्न थाले । संयुक्त परिवारमा बसेका मेरा ससुराका अरू भाइहरू पनि थिए । अर्थात् मेरा काका ससुराहरू । उनीहरूमध्ये काइँलाले मलाई घुरेर हेर्थे । माइलाले व्यङ्ग्य वाण चलाउँथे । साहिँलाले अलि अलि माया गरेजस्तै गरे पनि मौकाका खसाएर कुरा गर्थे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक जुगमा एकदिन

~नारायण तिवारी~Narayan Tiwari

जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ पढ्थ्यो, त्यतिपटक उसलाई घृणाले थुक्न मन लाग्थ्यो र बसको बाहिरबाट मुन्टो निकालेर पिच्च थुकिदिन्थ्यो । फेर डर पनि लाग्दथ्यो, कसैले देखिहाले भने – अर्थात्, त्यहाँ पहरामा बस्ने सेनाको जवानले देखिहाल्यो भने…- उसको शरीरका छाला काडिन सक्थे । ‘तै“ले कसलाई थुकेको – राष्ट्रियताप्रति यस्तो अपमान – राष्ट्रिय एकताको प्रतीक सरकारप्रति यस्तो घृणा – ठोक यसलाई…’ यसो भनिन र त्यसो गरनि सकिन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~Narayan Tiwari

मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्‍यो । तर, साविकझै“ मुस्कान फालेन । पहिलेपहिले ऊ दर्ुइ हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौ“ …†” लाग्थ्यो, साहूनी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त …† तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाए“ । उसले मरेर एक हात ‘हाफ्’ उठायो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निदाएँ

~नारायण तिवारी~Narayan Tiwari

मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।

श्रीमतीले सबै गरिसकिन् – बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु – अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्‍याउनु हुँदैन…। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक दिन

~नारायण तिवारी~Narayan Tiwari

यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । आजभन्दा २५/३० वर्षअघिको एउटा बनियाँ आज पनि त्यस्तै फुसकै घरमा होला त ?

पहिले सीतागन्ज पनि हेलिएर जानुपथ्र्यो, वर्षामा । केसलियामा पुल थिएन । ठाउँठाउँमा केसलिया नदीको बाढीले पारेका ठूलठूला गड्ढाहरू । अनि शिवहरिको पैनी । ब्रह्मपुराको होली । यो जन्कुको दोकान भएको भीमपुर । यहाँ पनि धाँजा फाटेर ठूलठूला खाडलहरू थिए । डुबिएला कि भन्ने कत्रो पीर । हामी वर्षामा एक्लै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वालामुखी

~नारायण तिवारी~

—“ए विन्देश्वर ! अलिक राम्ररी काट् है । ”
—“त्यो पनि भन्नुपर्छ ?”
—“नभनेर के गर्नु, अस्तिको पालि तैँले मेरो साइडलक नै बिगार्दिछस् !”
—“हे काँ बिगारेको छु त्यस्तो नभन् न ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकता नगर

~कुसुम ज्ञवाली~

ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।

यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो ‘कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।

सबैको मत मिल्यो । सबैले नयाँ नगर बनाए । उक्त एकता नगरमा हात्तिले ठूलाठूला रुख ओसारेर ल्यो । बाघले नङ्ग्राले कलात्मक बुट्टा हाल्यो । यसरी आ-आफूले जानेको काम गरेर एउटा सुन्दर नगर बन्यो । उक्त नगरको काम सबैले मिलिजुली गर्न थाले ।

मान्छेले अन्न उत्पादनमा ध्यान दियो । बाघले पशुपालनमा जोड दियो । यसरी मांसहारीले प्रशस्त पशुहरुलाई खाँदा ती पशुभित्र असन्तुष्टि देखा पर्दै गयो । तर आफ्ना कारणले एकता नगर नभत्कोस् भनेर कोही बोलेनन् ।

प्रशस्त खेतीको सम्भावना बढेपछि मान्छेले एकता नगरको अझ उन्नतिका लागि भनेर मतसङ्ग्रहको नाटक रचेर पुनः नगरमा विभाजनको रेखा कोर्‍यो ।

आज नगर उस्तै भताभुङ्ग र लथालिङ्ग भएको छ । तर पनि मांसहारी र शाकाहारी प्राणी बीचमा एकताका कुरा अझै पनि ती मान्छेहरु नै गर्दैछन् ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यवाही सिफारिस

~कुसुम ज्ञवाली~

एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिकृया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय।

वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो। प्रेसले इस्यू सार्वजनकि गर्ने वित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ। देशमा देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो। समाचार आउने वित्तिकै कार्यवाही बढाई सकेको छ गृह मन्त्रलयले। देश र जनताको हितमा हाम्रो पार्टी कटिवद्ध छ ……। सोही मञ्चमा सत्तारुढ नेताले।

हाम्रो अथक प्रयास र निरन्तर शसक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा वस्न वाध्य भएका छन्। गैरसकारी संस्थाका कार्यक्रम निर्देशकलैे आफ्नो एन.जि.ओ.को लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले। प्रतिपक्षमा रहेको एउटा सानो पार्टीको पुराना नेताले सत्तासीन दलहरुलाई यस्ता जनताको सारोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने बचन दिए। टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो।

अर्कोतर्फ भव्य महलमा डिएस्पी सा’बले भने टेलिभिजनमा देखिएको यी दृश्य हेर रेडलेवलको रात्री चुस्को लिदैं थिए। श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, किन हो। आज त निकै खुसी देखिस्या छ नि। आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भा’थ्यो। आज आनन्द भा’छ। डिएस्पी साबले भने! श्रीमती पक्क परेर मुखमा हेरी मात्र रहिन। हेर बुढी त्यो ज्योतिसिकोमा जाऊ भोली के होला सोधौ भन्थिस नि! आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाए। कारवाही हुने ग्रह दशा नै छैन रे। म त बल्ल ढुक्क भए। डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे यस्ता स्वांठ त नेता छन्। हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरु। यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ? डिएस्पीले अर्को पेग थपे।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

नारी आकर्षण

~कुसुम ज्ञवाली~

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

अर्को अवतार

~कुसुम ज्ञवाली~

धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” बाट “क्लिएर” गरी डाडाँको मन्दिरमा ठूलो विस्फोटन गरेर कब्जा जमाए कमरेडहरुले।
“भत्काइदिउँ यो मन्दिर पनि! ” भाइस कमाण्डरले उनका कमाण्डरलाई सोधे। “चीनमा पनि यस्ता मन्दिरहरु भत्काइएका थिए, भत्काए हुन्छ, कमरेड।” राजनैतिक व्युरोका कमिसारले भने। आदेश पाउने वित्तीकै कामरेडहरुले मन्दिर भित्रको मूर्ति उखेलेर टुक्राटुक्रा पारी भिरबाट लडाइ दिए। “यहाँ हाम्रा सुप्रिम कमाण्डरको शालिक राख्नु पर्छ यहाँ।” छापामार महिलाले प्रस्ताव राखिन।
कुरा सबैलाई मनासिव लाग्यो। एकहप्ता भित्र कमरेडहरु बाटो लाग्दासम्म उनीहरुले त्यहाँ सर्वोच्च नेताको शालिक स्थापना गरिसकेका थिए।

मन्दिर महिना दिन सम्म बन्द रह्यो। क्रमशः मान्छेको आवत जावत मन्दिरमा बढ्दै गयो। बिस्फोटक पदार्थहरु त्यता देखा नपरे पनि मन्दिरको ढोका बन्दनै थियो अर्को महिना पनि।
बैशाख पूर्णिमामा सधैं झै मेला लाग्यो। पूजाको ठेक्का पाएका तल्ला गाउँका पूजेरी बाजेले मूर्ति फेरिएको थाहा त पाए तर बोल्न भने सकेनन। पूजा यथावत चल्यो। निरीह पशु त्यसैगरी रेटिए। भाकल गरियो। कुखुरा र बोकाहरु काटिए। रूद्री चण्डी पाठ गरियो। अचेल त्यही कमरेडको जुँगा भएको मूर्तिले धानेको छ यावत सम्पूर्ण अन्धविश्वासका श्रृङ्खलाहरू।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

अमूर्त यौन

~कुसुम ज्ञवाली~

“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले’राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यकर्ता

~कुसुम ज्ञवाली~

चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।

हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।

उकालिदैं जाँदा घण्टौ वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो। नेताले एउटा धमिलो छायाँ देख्यो। ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ। त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो। मलाई बाटो थाहा छ भनेर डोहोर्‍याउँदै लग्यो पनि। लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो। अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्‍याउने मान्छे त अन्धो रहेछ।

अन्धोले नेतालाई डाहोर्‍याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो। पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्‍यो। उसका पछि लागेर उज्यालो नजिक आईपुगेका सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्‍याईदै पछि पछि लागिरहे।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

शान्ति छाएको गाऊँ

~कुसुम ज्ञवाली~

शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।

“कत्राकत्रा व्यारेक एक्लै उर्डाई दिन सक्थे रे ती कमाण्डरले “एकजनाले भिडमा भन्दै थियो । कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले” अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हर्ेन मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।

“बसम काम्रेटहरु !” गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -”हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डुंमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।” ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।

-”कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो” एउटा फुच्चे क्यामेरामेनले भन्यो ।

-”आमा गाउँमा कस्तो छ ? शान्ति भा’छ हैन त ?” कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।

-”असाध्यै आनन्द भा’छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।” बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।

-”हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा” कमाण्डर नेताले थपे ।
“हो बाबु अब त आनन्दै भा’छ नि । अलिकमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा’छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा’छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।” बूढीआमा फेरि उसै गरी मुस्कुराइन ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

रालो

~कुसुम ज्ञवाली~

मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा मर्न लागेको बुढो मुसाले पहिला एकपल्छ जालमा पर्दा जाल काटेर बिरालोलाइ बचाएको थियो। मुसाहरूले बृद्ध मुसाको बिरालोसँगको गोप्य साँठगाँठको कुरा पनि गर्थे। बिरालाले सुन्तलाको रुखमा चढेर पाकेको सुन्तला झारेको र बृद्ध मुसालाई ख्याएर पालेको हल्ला समेत गाइँगइँ मुसाहरूमा चल्यौ। उक्त जेष्ठ मुसाका अगाडि मुख फोर्न हच्किन्थे मुसाहरू।
विरालासँग वार्तामा बस्नै जिम्मा पनि बुढो मुसालाई दिए। तपाई हाम्रो जेष्ठ प्रतिनिधि, तपाइले यस्ता धेरै विराला देख्नु भो, तपाई त विरालाहरूलाई बायाँ गौजिमा हालेर हिँड्न सक्ने युगनेता मुसो ……… मुसाहरूले तारिफ गरेपछि बृद्ध मुसो वार्ताका लागि तयार भयो। बृद्ध मुसाले सोच्यो वास्तवमा वार्ता सफल भयो भने त बन्धुघातको जो लान्छना मलाई लागेको छ सो पनि मेटिने भयो। मर्ने बेलामा सबैको श्रद्धाको पात्र हुन पाइने फेरि विरालालाई पनि आफू चानचुन मुसो नभएको र बिरालो नै पनि आफ्ना अगाडि झुकेको देखाउन पाइने दोहोरो फाइदा देखेर बृद्ध मुसो वार्तामा गयो।

बिरालाले एक गाँस परे यही फटाहा बुढो मुसालाई पार्छ ठेल्दिऊँ वार्तामा। युवा मुसाहरुको मत मिल्यो। लामो वार्तापछि, बिरालो त घाँटीमा घण्टी बाँध्न सहमत सहमत भएको संयुक्त वक्तव्य पनि जेष्ठ मुसा र बिरालाले निकाली छाडे। जेष्ठ मुसाको शानै बेग्लै ।

बृद्ध मुसाको अभिनन्दन भयो। उहाँ जीवनभरी बन्धुघात गरे पनि अहिले रुपान्तरण भएर क्रान्तिकारी भएकोमा ठूलठूला अभिनन्दन भए। बिरालोले पनि बृद्ध मुसाको महानतामा आफूलाई गौरव लागेको वक्तव्य निकाल्यो।

टुँडिखेलमा हजारौं मुसाका अगाडि घोषणा सभामा बिरालो घाँटीमा घण्टी बाँधेर हाजिर भयो। तर विरालोको घाटीमा बाँधिएको घण्टीमा “रालो” नभएको कुरा भने बृद्ध मुसालाई मात्र थाहा थियो।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

भगवान

~कुसुम ज्ञवाली~
सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो – पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?
भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो ।
गजल रेस्टुरेन्टमा ‘……….. पिछे क्या हे’ भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । ‘किन लजाको सन्ते ?’ हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो ‘म बिखर्ची भएँ राजा ! बिहानदेखि केही खान पाएकै छैन ‘
‘तैँले बियर पनि खान पाइनस – हिक्क ! हिक्क !!’
‘एक गाँस पनि खान पाइनँ हजुर !’
‘ला, खा ! भोड्का खा’ उसले पचास रुपैयाँको नोट निकालेर दियो । सन्तेले निष्कर्ष निकाल्यो – ‘मन्दिरमा भन्दा भगवान् त बरु भट्टीमा पो हुँदा रहेछन् आजकल । ए भगवान पनि यता सरेछन् अचेल ‘
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

थोत्रो घर

~कुसुम ज्ञवाली~

“हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।” …….. मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले कब्जा गरेको सामान्तको यो घरमा अब हाईस्कूल खोल्ने छौं ।” ……. लालसेनाका कमाण्डरको भाषण ठूलो तालिका साथ समाप्त भयो । घरधनी भागेर बेल्जिएम गएको थियो ।
“यी कोठाहरु भत्काएर ठूलो हल बनाउनु पर्छ, क्षेत्रीय स्तरका प्रशिक्षणहरु समेत गर्न सकिने गरी” भु.पु. छापामारले प्रस्ताव राखे ।

“त्यसो नगर्दा वेश हुन्छ कमरेड, बच्चाहरुको स्कूल भएकाले र धेरै वटा कक्षाकोठा चाहिने हुनाले यी स-साना कोठा ठिकै छ” जनसरकारका योजनाकारले विमती जनाए ।
“यी विलासी सोफा टेवुल भत्काएर टेवुल बनाउनु पर्छ, यी सबै सामान्तवादका चिन्हहरु हुन” जनमिलिसीया प्रमूखले प्रस्ताव राखे ।

“अफिसका लागि यी सोफा काम लाग्छ, बनाउने बजेट छैन यसैलाई रुपान्तरण गरी प्रयोग गर्नु राम्रो हून्छ ।” जनशिक्षा विभागका प्रमुखले सल्लाह दिए ।
“यो घरको ढोका दक्षिण फर्केको छ यसलाई उत्तरतर्फ फर्काउनु पर्छ” प्लाटुन कमाण्डरले सुझाव राखे ।
“यो अलि जाडो ठाउँ हो । दक्षिण मोहडा हुँदा घाम बढी लाग्छ त्यसैले बच्चाहरुको स्वास्थ्य चिसोवाट वचाउनका लागि यसलाई परिवर्तन नगरौं । वास्तुशास्त्रको अर्थमा हेर्दा पनि यो ठिकै छ ।” वास्तुविद कमरेडले विमति जाहेर गरे ।

अघिदेखि छलफल सुनेर बसेका गाजस प्रमुखलाई चित्तै बुझेन र भने- “यस पुरानो सामन्तको घरमा केही पनि परिवर्तन नगर्ने भए क्रान्तिको के अर्थ भो ? हामी कसरी क्रान्तिकारी भयौं ? क्रान्ति भनेको त परिवर्तन हो नी, यति चाडैं विर्सिदिने ?”

सबैजना गम्भिर भए । युद्धको विभिषिका उनीहरुका मानस पटलमा सिडीको चक्का झै घुम्यो ।
“यसका भित्तामा पहेंलो माटोले लिपेको छ । यसको सट्टामा रातो माटोले लिपौं । रातोमाटोको रंगले हाम्रो झण्डा र सहिदको रगतको सम्मान गर्नेछ रुपान्तरण भनेको यही हो” । योजनाविदको कुरा सबैले माने । भित्रका कुनै चिज परिवर्तन नगरी बाहिर रातो माटोले लिपियो मात्र आवरण परिवर्तन गरि नयाँ क्रान्तीका लागि स्वीकार्य भयो त्यही थोत्रो घर ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

सन्देश

~कुसुम ज्ञवाली~
फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए ।
‘आमा ! बुबा किन दसैंमा पनि घर नआ’को ?’ छोराले सोध्यो ।
गहभरि आँसु पारेर आमाले भनिन् ‘सानु तिम्रो बाबु शहीद हुन भो ।’
‘शहिद भनेको के आमा ?’ उनले धोतीको सप्कोले मुख छोपिन् ।
सानुले मसँग साध्यो ‘अंकल, शहदि भनेको के हो ?’
‘शहिद भनेको संसारको सबैभन्दा ठूलो मान्छे हो बाबु ।’
‘मेरो बुबा ठूलो मान्छे हो अंकल ?’
‘हो बाबु, सबैभन्दा ठूलो मान्छे ।’ मेरो गला पनि अबरुद्ध भयो ।
‘ठूलो मान्छे आफ्नो छोरालाई माया गर्दैनन् अंकल ?’
गर्छन् बाबु, आफ्नो छोरालाई मात्र होइन सबैलाई असाध्ये माया गर्छन । ‘
‘मन्त्री अंकलभन्दा पनि ठूलो हो ?’
‘हो ।’
‘त्यसो भए मेरो बाबुलाई दसैंमा आउँदा मलाई लुगा ल्याइदिन भन्दिनुस् है ! मन्त्री अंकलको छोरालाई मन्त्री अंकलले के के ल्याइदिनुहुन्छ । उसले मलाई हेर्न पनि दिँदैन । कस्तो छुच्चो मान्छे ! मेरो बाबु दसैंमा आएको भए त म पनि उनीहरुले झैं पेटभरि मासुभात खान पाउथेँ नि होइन त अंकल ?’
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

गणतन्त्रको संस्कृति

~कुसुम ज्ञवाली~

लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।

लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -”मैले पनि अब त्यस भू.पु.राजालाई “तँ” भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु ” ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र “बिन्ति” चढायो । प्रवेश गर्न “अनुमति निगाहा” भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । “ए बले किन आईस यहाँ” । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -”मौसुफको पाऊमा दर्शन गर्न महाराज !” बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अबिराम श्रङ्खला

~कुसुम ज्ञवाली~Kusum Gyawali

सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले । सबै आक्रोसित मजदुरहातहरु कसिला मुठ्ठी र ‘प्लेकार्ड’ होल्डरमा बदलिए ।सरकारी प्रतिनिधिको मध्यस्थतामा सम्झौता भयो । सबै ‘प्लेकार्ड’हरु स्टोरमा थन्काइए । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्बिधान

~कुसुम ज्ञवाली~Kusum Gyawali

परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं गरिब विद्यार्थीहले निःशुल्क पढ्थे, सयौं गरिबहरु उपचार गरिन्थ्यो।

उनी अक्सर पैदल हिड्थे, बस चढ्थे बढीमा। उनले अलिकति सुविधा त्यागेर समाजमा समर्पित हुन उनका आफ्ना सहकर्मीहरुलाई समेत आग्रह गर्थे। उनको समाजसेवी संस्थाका कसैलाई पनि सुख सयलको जीवन नविताउन निर्देशन दिन्थे। स्वयं त्यागका प्रतिमूर्तिका अगाडि जो पनि नतमस्तक हुन्थे। यसरी उनको गरिबी विरुद्धको सशक्तिकरण अभियानले निकै ठूलो सफलताहरु पाएको थियो।

उनले बारम्बार आफ्ना कार्यकर्ताहरुलार्य भन्थे ट्याक्सीमा नचढ्नु, बसमा चढ्नु। ती महान ऋषिका कुरा काट्न कसैले पनि सक्ने कुरा थिएन। उनले आफ्ना अनुभवहरु उपदेश ढुङ्गामा खोपेर कार्यालयमा टाँसेका पनि थिए। उनका अनुयायीका लागी यो यो अकाट्य संविधान थियो। उनको अवसान पछि त्यस संस्थाका एक जना व्यक्ति प्रभुत्व बने। व्यक्तिगत सुखसयल छोडेर सामाजिक सेवामा जुट्ने मान्छे कार ट्याक्सी नचढ्नु भन्ने संस्थाका संस्थापक गुरुका उपदेश कसैले काट्ने कुरा भएन।

संस्थाका नयाँ प्रमुख अचेल बसमा मात्र यात्रा गर्छन। तर बस भने सुविधा सम्पन्न बेडरुम र “इन्टरटेनमेन्ट रुम” सहितको बिशेष खालको छ। त्यसमा संस्थाका नयाँ प्रमुख मात्र एक्लै चढ्ने त्यो बसलाई करौडौं पर्छ र दर्जनौ कारलाई पुग्ने ईन्धन त्यो बस एक्लैलाई चाहिन्छ।

(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नाता

~कुसुम ज्ञवाली~Kusum Gyawali

‘एक्सक्यूजमी !’ ‘ओवर हेड क्रसिङ्ग ब्रिज’ मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । ‘जाने हो ?’ उसले सोधी । मैले ‘हो’ भनेँ । ‘होटल कि कोठा ?’
‘कोठा ……. । पूरै रातको एक हजार हुन्छ ?’

ऊ मसँगसँगै गई । अँध्यारो थियो, त्यति राम्ररी चिनिदैन थियो । रातिको खाली सडकमा हुइकिँदा ट्याक्सीमा बानेश्वर पुग्न कतिबेर लाग्थ्यो र ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment