कथा : लाहुरेको पत्र

~रबिन्द्र रिजाल~

पर पर सम्म हरियाली नदेखिने बालुवे सडकमा ल्याम्पपोष्टको बत्ती मुनि एउटा सिपाही बल गरेर अक्षरहरू खुट्याउन खोज्दै थियो । उ भर्खर प्रौढ शिक्षा सकेकी आफ्नी श्रीमतीका हस्तलिपीहरूलाई बत्तीको वरपर घुम्ने कीराहरूको छायाँले सजीव गराएको आभास गर्दै थियो। शब्द शब्द उडेर उसलाई चुम्दै थिए, छर्रा लागेका घाउहरूबाट जहर निकाल्दै, अमृत भर्दै थिए। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक अंश : भानुभक्तको रामायण अंश

~भानुभक्त आचार्य~

यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥

यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥ Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : एउटा नयाँ यात्रा

~मातृका पोखरेल~

उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन । डिलमा गोदाबरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची – फूलका बोटहरू भाँचिए पनि भाँचिऊन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची – त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने ? उसले आँगनको बीचमा राखेको मकैको थाँक्रोको आड लिएर घाँसको भारी बिसार्इ । नाम्लो थाप्लाबाट निकालेर पछिल्तिर फालिदिई र Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~राप्रउ पोखरेल~

ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभर अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झीन पुग्थ्यो।

बसले बर्दीबास र ढल्केबर पनि छिचोल्यो। उसको छटपटी बढ्दै गइरहेको थियो। त्यो जनकपुर भन्ने ठाउँ कहिल्यै नआइपुगोस्जस्तो उसलाई भइरहेको थियो। तर, बस केहीबेरमै जनकपुरको पिडारी चोकमा पुगेर अडिन्छ। ऊ झल्याँस्स हुन्छ। घाम अस्ताइसकेको थियो तर सुनेको जस्तो शीतलहरको चिसो रहेनछ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको छाउरो

~जगदीश घिमिरे~

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं…! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।

किस्नेलाई यो मन पर्दैन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोट्रेट

~मञ्जुल~manjul

मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू ।

मेरा ब्रसहरू, रङ्गहरू, मेरो क्यानभासलाई छातीमा बोकेर उभिएको, मेरा हरेक क्रियाकलापहरूलाई आँखा झिमिक्क नगरी नियाँलिरहेको इजेल तिमीले पनि मेरो पीडाको पोल नखोलिदिनू ।

यस्तो होस्, मानौं यो घटना घटेकै थिएन । यस्तो होस्, मानौं यो कसैले देखेकै थिएन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : न्याय

~जगदीश घिमिरे~

वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?”
वनस्पतिले भने, “न्याय ।”
“त्यो भनेको के  ?”
वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : डढेलो

~विवश पोखरेल~Biwash Pokharel

समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ छाड्दै छन् र पनि कसैले सोधेका छैनन् – ‘शर्मा ! कहाँ जान्छस् ? किन जान्छस् ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजन्माएकी छोरी

~गीता केशरी~

मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ । दर्शनाभिलाषीहरूमा बेहुलीका आमाबाबु र प्रार्थीका छोरीज्वाइँका नामहरू लेखिएका छन् । मेरा आँखा घुम्दै विवाहको मिति लेखिएको ठाउँमा पर्न जान्छन् । त्यहाँ एक Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्ली स्यारोन

~होमशंकर बास्तोला~

हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको सुविधा उपयोग गर्न थालेको थिएँ । शब्दहरु लेख्दा शब्दको अघिल्लो अक्षर लेख्ने, वाक्य बुझ्नै नसक्ने र अपूरा हुन्थे । यस विषयका भुक्तभोगीहरुका लागि यस्ता शब्द र वाक्यहरु उनीहरु राम्ररी बुभ्mदारहेछन् । मैले पनि बिस्तारैबिस्तारै बुभ्mन थालेको थिएँ । हाम्रा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपबजारकी नोरा

~सरोज शार्दूल~

“भो बुझनु प¥या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।” पूर्णिमाले भनी ।
कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाको भेटघाट भएन ।

सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । “क्या हो बाबु ! हाम्रो पनि त पसल छ, जाने होइन ?” सधैँ कोही न कोही उसको नजिक आएर सोध्थे । यसबीच थुप्रै अनुहार दोहोरिए । थुप्रै नयाँ अनुहार थपिए । अहँ, पूर्णिमा कतै देखा परिन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबर प्रेम

~पद्मावती सिंह~

जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ ।

यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत भएका थिए- आज केटा भएर उनी सशरीर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोरीहरू

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी ‘साइलेन्ट किलर’ बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु। तर, प्रश्न यो जन्मन्छ, पानी नै नआउने धारामा (श्रोत: नेपाल साप्ताहिक)पानी कसरी झार्ने र कुन भाँडालाई किन ढाक्ने ! टुटी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The Yellow Rose

~Prema Shah~
Translated by : Kumar Nagarkoti

I’ve been unable to write for two months. As I turn the empty pages of this diary, I feel a great emptiness growing inside of me. What sort of emptiness this is, I don’t even know. I’m tired very thin now and sometimes blood comes up mixed with my saliva, dark red blood that dazzles my eyes. It turns out i have tuberculosis. Who knows how long I’ve had it, but I found out eight months ago and I’ve been in this sanitarium ever since. The doctor said my right lung was already quite bad when he saw Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~इस्माली ~Ismali

तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद अरूहरू पनि झस्केथे किनकि ती पनि त्यतै हेर्दैथे । एउटा युवक लामो लठ्ठीमा उनिएको पुतला नचाउँदै थियो । पुतला नेताको हो वा अभिनेताको, खुट्याउन उसलाई गाह्रो पर्‍यो किनकि ऊ न त नेताहरूबारे जानाकारी राख्थ्यो, न त अभिनेताहरूबारे तर खुला छिमेकका नेता र अभिनेता दुवैथरिबाट हामी पीडित छौँ भन्ने बोधसम्म चाहिँ उसमा नरहेको होइन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्य

~दिल साहनी~dil-sahani

पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड किशोर यसरी सुकुम्बासीबाटमहलवासी हुन पुग्लान् तर यथार्थ यही थियो । सत्य यही थियो ।

कमरेड मोहनले कमरेड किशोरसित एकसाथ राजनीति सुरु गरेका हुन् भन्दा पनि हुन्छ । त्यतिबेला दुवै जना बनारसमा शास्त्री पढ्दथे । दुवै जना पुष्पलालको सम्पर्कमा आए । उनका राजनीतिक क्लास लिए । उनीहरूलाई कालिदासको शकुन्तला र मेघदूतभन्दा पुष्पलालको राजनीतिक व्याख्यान राम्रो लाग्यो । प्रभावकारी लाग्यो । कालिदासको शकुन्तला र मेघदूत पढ्दा उनीहरूलाई कताकता हराएकोजस्तो लाग्दथ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूपान्तरण

~भागीरथी श्रेष्ठ~Bhagirathi Shrestha

अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबेर फोनको रिङ बज्दा पनि झ्वाट्टै फोन उठाउने आँट आएन । लाग्यो मानौं स्वयं फोनसेट नै आतङ्ककारी भएर उपस्थित भएको छ मेरो सम्मुख । बल्लबल्ल फोन उठाएर ‘हेलो’ मात्र भनेकी थिएँ उताबाट स्वास्नीमान्छेको रूवाइ सुनेर बिस्मित भए म । यो सपना हो कि विपना हो ? जति रूवाइ सुन्छु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंजेरु

~डा. राजेन्द्र विमल~Dr Rajendra Bimal

शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -“………पी-पी-पी-पी… छुक्छुक् छुक्छुक् … ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक

~डा. ध्रुवचन्द्र गौतम~

यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

हुन त म तिनै लेखकमध्ये पर्दछु, जो लेख्न त धेरै लेख्दछु तर केही रकम छोडेर प्राप्त गर्न केही सकेको छैन । पत्रिकाले माग्यो कि म गरिब लेखकको उत्साह बढेर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खजूर

~इद्रिस सायल~

म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा (खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै ।

मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र श्रीमती बानोको नाममा रु. ३० हजार पठाएको थिएँ र फोन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डेथ मिर्‍याकल

~रोशन थापा ‘नीरव’~

बीभत्सरूपबाट प्रारम्भ अर्थात् एउटा मायिक यथार्थ

त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु पनि त्यति नै अनुचित थियो, जति नागरिकको भोको पेटका लागि अन्न होइन, पानी भए पुग्छ भन्ने आशय नेताले सम्प्रेषण गर्नु । त त्यो मान्छे… मान्छे नै किन भनियो भने त्यो अन्य जन्तु थिएन । मान्छेका रूपमा नै थियो । त्यो यति बेला मेचमा बसेको थियो । आराम गर्न भनेर वा अन्य केहीका लागि भनेर त्यो त थाहा भएन । बरु त्यो मान्छे यति बेला जुन रूपमा थियो, त्यो भने बीभत्स थियो । बीभत्स पनि कस्तो भने त्यस मान्छेका बीचको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिनको सामान्यता

~इन्द्रबहादुर राई~Indra Bahadur Rai

“मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले।

“अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयुक्त आन्दोलनको सोच

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

कमरेड रसकमल नरम कम्युनिस्ट मानिन्थे । उनी शालीन र भद्र मिजासका मध्यम वर्गीय शहरिया कम्युनिस्ट नेता थिए । उनीजस्तै वर्ग श्रोतबाट आएका क. विन्ध्याचल पनि सोहीअनुरूप नरम नै मानिन्थे तर उनी भने सशस्त्र सङ्घर्ष र वर्ग सङ्घर्षको नारा छोड्न पनि सक्दैनथे र थप केही गर्न पनि सक्दैनथे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : थियौ साह्रै सोझी कलेज पढ्न !!!

~ज्ञानु पन्त~

थियौ साह्रै सोझी कलेज पढ्न काठमाडौंमा आकी तिमी
राम्री थियौ साह्रै लामो-लामो कुर्ता सुरुवाल लाकी तिमी!

कती छिटो बितिसकेछन दिनहरु आजकाल कती ठुलि भाकी तिमी
बिर्सिएछौ आतितहरु लत्याएर गाउघरलाई रेस्टुरांमा धाकी तिमी Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : निरावृत्त

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

ऊ मर्निङ वाकमा निस्केको छ र एक्लै छ । ऊ एक्लै मर्निङ वाकमा निस्केको छ भने पनि हुन्थ्यो । तर भनाइको यो एउटा छोटो शैली हुने थियो र त्यसले उसको मानसिक द्वन्द्वलाई प्रतिनिधित्व गर्ने थिएन । कारण थियो, आज बिहान पनि उसले छेउको कोठामा बस्ने केटाको ढोकाअगाडि एकजोर जनाना स्यान्डिल देखियो र अघिल्ला दिनहरूझैँ त्यसतिर उसको तीव्र जिज्ञासा जाग्रत भएको थियो । केटाहरू, होइनहोइन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिग्भ्रम

~माधव सयपत्री~Madhab Sayapatri

नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, “आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म उहाँकै खोकिलामा लुक्न पुगिहाल्छु नि !” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रवीन्द्र समीर~

Dr Rabindra Sameer

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मौन वियोगान्त

~सुबिसुधा आचार्य~

न्यूरोट गेटबाट भित्र पस्दैको ओम मेडिकल हलको छेवैमा उनी ढुङ्गाको मुर्तीझै उभिएकी थिइन् । परैबाट हाम्रो नजर एकैपटक हाम फालेर जुधे बिचैमा । उनी फिस्स अल्छीलाग्दो हाँसो हुत्याउँछिन् मतिर, म पनि के कम त्यस्तै बैरागलाग्दो मुस्कान बडो कन्जुसका साथ उनको हाँसोमा लोली मिलाउन उपस्थिति गराइदिन्छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पागल होइन डक्टर

~गोबिनद बराल~

“पेटिकोटमाथि साडी लाउ न हो मम । के पेटिकोट देखाको हो त्यसरी । लुगा लाउन पनि आउँदैन ।” रश्मीले भनी । दुई वर्ष सहरमा बसी बी. एड्. गरेर घर आएकी छोरीले यस्तो टिप्पणी गर्दा बूढा बुबा चन्द्रकान्त हलो ठोकठाक पार्दै थिए । बुबा चन्द्रकान्तले पुलुक्क हेर्ने बित्तिकै रश्मी बोलीहाली, “इष्टकोट पनि कहिल्यै धुनुपर्ने रहेनछ । धोएर लाउँदा घट्छौ ?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो खस्नुअघि

~सीमा आभास~seema avas

विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू झण्डै दस दिन जति मात्र सँगै बस्न पाए । देशको बिग्रँदो स्थितिको कारणले उसले लामो बिदा लिन पाएन । फर्किएर छिटै आउँछु भन्दै लोग्ने बिदा भएको दिन ऊ झलझली सम्भिmरहन्छे । सात गते Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वप्न भङ्ग

~लक्ष्मी उप्रेती~

स्वप्न भङ्ग भएपछि जीवनमा देखिएका ससाना खुसीका कणहरू अनायासै मेटि“दा रहेछन् । विश्वास र भरोसाका पुञ्ज मेरा जीवन साथी विभाजित हुनाले, आस्थाका धरोहर मेरा मुटुका टुक्रा विचलित भएकाले यसबेला दुःख सहेर शून्य जीवन बा“च्नु सिवाय कुनै विकल्प रहेन मेरो । दाम्पत्य जीवनका सुखद क्षणहरू Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~लक्ष्मी उप्रेती~

“दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !” घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी ।

हो, गौँथलीको जोडी घरमा भित्रिनु शुभ हो भन्ने कुरा उसले पनि सुनेकी थिई । त्यसैले बन्दै गरेको आफ्नो घरको दलानमा गौँथलीले गुँड नै बनाउँदै गरेको देखेर ऊ फुरूङ्ग भई दिनभरि । खुसीले होला त्यो रात Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment