~महेन्द्र बिक्रम कुंवर~
तिम्रो मेरो नाता सब आज कता गयो
जिवन भरी साथ दिने बांचा कता गयो
=१=
जन्मौ जन्मको कुरा गर्थ्यौ आज छाडी गयौ
हामी बिचका खुशी सब आज कता गयो Continue reading
~महेन्द्र बिक्रम कुंवर~
तिम्रो मेरो नाता सब आज कता गयो
जिवन भरी साथ दिने बांचा कता गयो
=१=
जन्मौ जन्मको कुरा गर्थ्यौ आज छाडी गयौ
हामी बिचका खुशी सब आज कता गयो Continue reading
~महेन्द्र बिक्रम कुंवर~
स्वार्थी मात्र हैन तिमी सहयोगी बन्न सिक्
एक अर्काको दुखमा पिडाहरु भुझ्न सिक्
संघर्षा गर्न सिक तिमी परी श्रमी बन्न सिक्
सुखमा मात्र हैन दुखमा हासेर बाच्न सिक Continue reading
~हरिमाया भेटवाल~
महिला स्वतन्त्रताको कुरा गरिरहँदा या भनौं भर्खरै धुमधामले मनाइएको नारी दिवसमा आमालाई सम्झिरहें ।
आमा …! थुप्रै कुरा छातीभित्र लुकाएर पनि सहजै मुस्कुराउन सक्ने, आफ्ना महत्त्वपूर्ण दिन, जवानी र रहरहरूलाई मारेर सन्तान सुखका लागि जलेर पनि बलिरहने कति स्नेहले भरिपूर्ण लाग्छ आमा । Continue reading
~हरिमाया भेटवाल~
भृत्युसँगको जम्काभेटले
म बदलिएकी छु
मैले देखेँ कुइरोले आत्माहत्या गर्दै
तल झरेर पानी बनेको
पानीले आत्महत्या गर्दै
आकाशिएर कुइरो बनेको
आहा … ! कति आनन्ददायी
रूपान्तरण प्रकृतिसँग प्रकृतिको Continue reading
~हरिमाया भेटवाल~
तिमी प्रेम कविता लेख भन्छौ मलाई ..
आफ्नै पहिचान पत्तो नपाई
को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ
पंख फिजाउन खोज्दा आकाशमा…..
म ठोकीनेगर्छु पर्खालमा
अनि पछारिन्छु आफ्नै आगनमा
हो त्यो बेला म कसरि लेखौ प्रेम कविता …….?
माटोको भित्तोहरुमा ज्यानजोगाउन तल्लिन
कमिलाको ताती झैँ म ज्यानजोगाउने लाईनमा उभिएको बेला … Continue reading
~हरिमाया भेटवाल~
तप्किए झैँ बलेसीमा सीत को थोपा
किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..?
उसैको आखा अगी
, पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ..
मनमाया तिर्खाउछे
हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ … Continue reading
~हरिमाया भेटवाल~
आमाले भनेको –
‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’
मलाई सम्झना छैन
पहिलो चोटी म यो धर्तीमा आएको
तर सम्झनामा अरु थुप्रै कुरा छन्
आज पनि मसँग । Continue reading
~हरिमाया भेटवाल~
हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो
अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो
अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो
सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो Continue reading
~हरिमाया भेटवाल~
बिद्रोह
सदियौ देखि …
मेरी आमाले बाचेको जिन्दगी हेरेर
अब म बाकी यात्रा तय गर्ने छैन
तिमी बिद्रोही भन वा जे भन
गुन्रुक हाले झैँ खाल्डोमा
मेरा सपनाहरु पुरेर Continue reading
~हरिमाया भेटवाल~
तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ,
खै के के ले हो साह्रै मैलिएछौ तिमी !
सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले
तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले,
तिमीले आफ्नै अनुहार हेर्यौ कि हेरेनौ ऐनामा ?
तर तिमीलाई भ्रम नहोस्
तिमी मैलिएको भने पक्का हो,
कुनै दिन फेरि तिम्रो र मेरो जम्काभेटमा– Continue reading
कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा छोराका लागि किन कन्जुस्याइँ गर्नु थियो र उनी यसो गर्थे । छोरी अर्काको थुपार्नु मात्र थियो, आˆनु एउटै पनि कतै कसैलाई दिनु थिएन । Continue reading
~युद्धप्रसाद मिश्र~
प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी
विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी
बुझिसक्यो मनुष्यका दिमागले सही कुरा
अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा Continue reading
~आनन्दराम पौडेल~
भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। म अल्मलिएको देखेर उनैले आफ्नो परिचय दिइन्। परिचय पाउनासाथ टेलिभिजन र अखबारहरुमा देखेको उनको फोटो झलक्क सम्झें। कोलकाताको बनर्जी परिवारकी छोरी सुस्मिता बेनर्जी रहिछन्। जातिवादी, Continue reading
~नयनराज पाण्डे~
उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति निदाउँदासम्मको हो। तर त्यही निद्रा नै हराएपछि स्वास्थ्यमा प्रतिकूल असर पर्ने नै भयो। यो कुरा उनले Continue reading
उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ – ‘सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !’ Continue reading
कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो ।
नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका
तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै
थिए । तीमध्ये तीन बाहुन थिए । बाँकी दुई अरू नै जातका थिए । सम्मेलनको पहिलो Continue reading
एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर
थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै
हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर
सन्यासी भए । त्यो बहुमूल्य वस्तु चिताएको कुरा पुग्ने अलौकिक शक्तिले परिपूर्ण भएको
थियो । यसले सम्पूर्ण रामराज्यमा शान्ति, सुख, समृद्धि प्राप्त हुनसक्थ्यो । तर ती बाँदरहरूले Continue reading
~Manu Brajaki~
Translated by : Michael James Hutt
Today he saw that the ugly iron Aligarh padlock was still hanging on the outside of the lavatory door. Its paint and polish had all washed away. He stared at the locked lavatory, deep in thought. Someone had chalked a picture on its outer wall of a betel leaf pierced by an arrow. It seemed incongruous to him; this was no place to be wounded by love.
Continue reading
~भानु बोखिम~
उसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम अर्थात् युगनायिका।
उसका सामु उभिएको छ कौतूहल। युगनायिकाले नियाल्ने हरेक युगहरूमा बाँच्ने मान्छेको उपज थियो कौतूहल। अर्का भाषामा समग्र मानव मस्तिष्कको प्रतिनिधि-पात्र। ऊ निराकार थियो। कुनै खास रूप वा बान्की थिएन उसको। तर, विविध खाले सौन्दर्यशास्त्रको परभिषा ऊभित्र समाहित थियो। जो आफूले बाँचेको संसारदेखि Continue reading
~आन्विका गिरी~
ऋषिकेश घर फर्कंदा रातको ११ बजिसकेको थियो। स्वास्नी टीभी खुल्लै राखेर झ्काएकी थिई। छोराछोरी झुलभित्र सुतिसकेका थिए। एउटा मच्छरले झुलमा टाँसिएको छोरीको गालामा रजाइँ गरिरहेको देखेर उसको पारा तात्यो, “साला!” उसले हान्दा नहान्दै मच्छर फुर्र भयो, छोरी पो कहालिएर रुन थाली। छोरीको रुवाइले स्वास्नी झ्सङ्ग भई, छोरा पनि ब्यूँझियो।
“कति खेर आउनुभयो?” स्वास्नीले टाउकोमा घुम्टो मिलाउँदै सोधी।
“जब तँ सुतेर मरिरहेकी थिइस्” ऋषिकेश रिसायो, “झुल मिलाइदिन सक्दिनथिस्?”
“चुपचुप”, छोराछोरीलाई सुताउन थाली, स्वास्नी। काठमाडौं जानुपर्ने भएपछि लोग्ने पछिल्ला केही वर्षदेखि यसैगरी तनावमा आउन थालेको थियो। उसले जवाफ फर्काइन। नत्र त ऊ पनि कहाँ कम थिई र! Continue reading
~आन्विका गिरी~
कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो उज्यालो हुन नदिने मलाई थाहा थियो । आमा गाईलाई खोले पकाउन चारै बजे उठ्नुहुन्थ्यो । आमा ओछ्यानमा नभएपछि मलाई लाग्यो, चार बजिसकेछ । Continue reading
~पूर्ण मुनंकर्मी~
एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो । Continue reading
~झलक सुवेदी~
आदरणीय सन्तोष सर,
नमस्कार ।
मजस्ती धोका दिएर हिँडेकी स्त्रीले ‘आदरणीय’ शब्द प्रयोग गरेकोमा तपाईंंलाई आश्चर्य लागेपनि म तपाईंंलाई आदरणीय नै मान्छु । मैले तपाईंंबाटै जीवनका मूल्य र स्वतन्त्रताको शक्तिको ज्ञान प्राप्त गरेकी हु“ । सायद तपाईंंस“ग भेट नभएको भए, तपाईंंस“ग त्यति वर्ष सहधर्मिणीका रुपमा नबिताएको भए म आज ‘म’ हुन Continue reading
~पूर्ण मुनंकर्मी~
हर्क बहादुरको घरमा आज धुमधामको खुसियाली छाएको छ । रातको सन्नाटालाई चिर्दै भित्र कोठामा पृथ्बीको नयाँ पाहुनाको आवाज आएको छ ।
बाहिर हर्क बहादुर हर्ष बढाइँ गरिरहेको छ । छिमेकीहरू जम्मा भएका छन् । तीन बिस कटेका देखिने बुढाबुढीहरूको ठूलै जमात छ । केहि भुराभुरि पनि हल्ला गरिरहेकाछन् । गाउँमा भएका करिब करिब सवै Continue reading
‘मामु ! मामु !! … क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो … यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’ Continue reading
~महेश प्रसाईं~
अभिवादन, शून्यलाई अभिवादन। नमन्, रत्तिmतालाई नमन्। पराकृतिलाई नमन्। निराकृतिलाई नमन्।
नमन्, आत्मालापलाई नमन्। आत्मोद्गारलाई नमन्। निहत्था कोहरामलाई नमन्। बलात्कृत, सन्ध्यालाई नमन्।
अनाधिकृत, अभिवादन नगर्नु समयलाई। नगर्नु, समयलाई अभिनन्दन। समय छैन, समयसित। Continue reading
~बिनोद खड्का~
खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै आएको एउटा ग्राहकसँग उसको भेट भयो । ग्राहकलाई उसले एउटा जग्गा दलाललाई भेटाइदियो र आफू पनि उनीहरूकै पछि लाग्यो । जग्गा दलाल गफको पहाड बनाउन Continue reading
~नयराज पन्त~
अहिले कसको छ हातमा प्रभु–शक्ति, प्रभुको विचारमा।
कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।।
यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन। Continue reading
~राशि पाण्डे~
सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ ।
के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न, हलो जोत्न हुन्न । बित्थामा आधा दुध त त्यसैलाई पोस्दै ठिक हुन्छ । फेरि तिन, चार वर्ष पाल्यो, देवीलाई बलि चढाउनेहरूले कति नै दिइहाल्छन् र ? तिन, चार सय त हो नि ? दुध नै हजार–पन्ध्र्र्र सयको खाइदिन्छ ….. तराईमा त थुप्रै पैसा दिन्छ रे पाडाको पनि ? के गर्नु त्यहाँ दिएर ? लैजान सकिने होइन ?
घाँसपात पाए त के थियो नाइँ …. दुहुनीलाई त एक भारी हरियो खोज्न कति गारो परिसक्यो ? वनपालेले अचेल स्याउलै काट्न दिन्न । कसले पाल्न सकोस् पाडो ? फाल्दिनै प¥यो । घरधनीबुढी अठोट गर्छिन् ….. पाडी पाए त, ब्याँउछ, दुध दिन्छ, गोठ बढाउँछ भन्नु ? Continue reading
~राशि पाण्डे~
अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो ।
बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि सँगै आएकीले केही महगो भए तापनि क्याविन मै बस्ने निधो गरेको थियो अब्दुलले । बिरानो ठाउँ, आफ्नो जात, विरादरीको कोही चिनेका मानिसहरू थिएनन् । डाक्टरसँग सल्लाह गर्ने, औषधि किन्ने, एक्स–रे गराउने, रिपोर्ट ल्याउने अनि रातभरि जागेर बिरामी रुँग्ने सबै काम रजिया आफैँ गर्दथी । ऊ दिनरात केही नभनी लोग्नेको स्याहारसुसारमा तल्लिन थिई । राजधानी बसेर पढ्ने, व्यापार गर्ने वा जागिर खाने गाउँतिरका मानिसहरू पनि कहिलेकाहीँ सञ्चोबिसन्चो सोध्न आउँने गर्दथे ।