सौन्द्रर्य चेतनका अवशेष
मन माधुर्यताका बशमा
उष्णताका छालहरु
अधैर्यता अनि अर्थहिन
गाम बेशिमा लुकामारी खेल्छ
अक्षरहरुको साम्राज्य बन्छ
बनाउनु चेतले कल्पेको कुरा
तासका महल नबनाउनु
ति ढल्दा तिमी सडकमा हुन्छौ Continue reading
सौन्द्रर्य चेतनका अवशेष
मन माधुर्यताका बशमा
उष्णताका छालहरु
अधैर्यता अनि अर्थहिन
गाम बेशिमा लुकामारी खेल्छ
अक्षरहरुको साम्राज्य बन्छ
बनाउनु चेतले कल्पेको कुरा
तासका महल नबनाउनु
ति ढल्दा तिमी सडकमा हुन्छौ Continue reading
~अपुर्व~
केही पाएको जस्तो
केहि हराएको जस्तो,
परिचय तिम्रो मलाई
बसन्त आए जस्तो ।
केहि सोचेको जस्तो
अनि केही सपना जस्तो,
परिचय तिम्रो मलाई
जीवन तृष्णा जस्तो । Continue reading
~सारा प्रधान~
कसले देख्छ मन जलेको यहाँ
कसले देख्छ आखाँ भरी आँशु लुकेको यहाँ
जलेको मन लिएर बाच्नु पर्ने यहाँ
आशुले भरिएका आखाँ लिएर हास्नु पर्ने यहाँ
विश्वास गरुँ कसको यहाँ
मनको व्यथा कसको सामु पोखुँ
लाग्छ सबै स्वार्थी छन यहाँ
विश्वास पनि तोडी दिन्छन यहाँ Continue reading
~चन्द्र गुरुङ~
चियादोकानहरूमा–
पहिलो कपबाट
अर्को खाली कपमा आधी जति सार्दै
चियाको घूँट घूँट
हामी बाँड्छौँ सहृदयता ।
क्लासरूम, Continue reading
तामाङ आधुनिक कविताको फांटमा प्रवेश गर्नुअगाडि ‘आधुनिक’ शब्दको छिनोफानो गरिनु जरुरी छ । मूलधारको भनिएको नेपाली (खस) साहित्यको सन्दर्भमा नै ‘आधुनिक’ शब्दको सर्वमान्य व्याख्याको अभाव भइरहेको बेला तामाङ आधुनिक कविताको खोजी जटिल विषय हो । वास्तवमा, विश्वव्यापी रूपमा नै समीक्षकहरू आधुनिकताको सवालमा विरोधाभासपूर्ण धरातलमा यात्रारत छन् । बाँकी पढ्नुहोस्
तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी?
पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी?
तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को
नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी? Continue reading
~अद्रिश्य~
उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि?
गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि?
दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ
फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि? Continue reading
~अद्रिश्य~
खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ
हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ
बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो
भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ Continue reading
~सुवेश घिमिरे~
फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल,
नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फुलोस् अब सदा पाखा पखेरा महाँ ॥ Continue reading
~रामप्रसाद ज्ञवाली~
‘नयाँ स्रष्टा, नयाँ सृष्टि र नयाँ पुस्तकको समालोचना गरौं’
मातृभाषा नेपाली नभएका नेपाली स्रष्टाहरूद्वारा नेपाली साहित्यमा पु¥याइएको योगदान अद्वितीय छ । आख्यानतर्फ गिरिश बल्लभ जोशीदेखि विष्णुचरण श्रेष्ठ हु“दै रूपनारायण सिंह, विजय मल्ल, गोविन्दबहादुर मल्ल, ह्दयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, धुस्वा“ सायमी, पारिजात, भागिरथी श्रेष्ठलगायतका अनेक स्रष्टाहरूले विशिष्ट योगदान दिएका छन् भने कवितामार्फत् पारसमणि प्रधान, सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, केदारमान व्यथित, वैरागी काइ“ला, द्वारिका श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, तुलसी दिवस, सरूभक्त, मोहन दुवाललगायत दर्जनौं स्रष्टाहरूले विशिष्ट योगदान पु¥याएका छन् । यसैगरी नाटकतर्फ गोविन्दबहादुर मल्ल, विजय मल्ल, Continue reading
बैठक बस छलफल गर
ताल बेतालका क्ररा गर
कुनै निष्कर्ष ननिकाल
झगडा गर लुछाचुँडि गर
आफ्नै मात्र स्वार्थका कुरा गर
जनताका विश्वासमाथि घात गर
देशको भविष्यमाथि बलात्कार गर
आफू पनि नगर
अरुलाई पनि गर्न नदेऊ
बनाउन त परै सर
बनेको पनि भत्काऊ
सहिदका बलिदानमाथि मोजमस्ती गर Continue reading
खेने
तगि-तगि ग
सेप्माङमो रक् केद्येर केवये
एगाङ-एगाङ ग
थक्वाओ आङ तामा केहेक्ते
कर
खेने सेप्माङमो केन्द्येनेन्निल्ले
आक्खेन आरुङमा हिप्से मेन्वि ?
खेने थक्वाओ केन्द्येनेन्निल्ले
आक्खेन आयोम पुःरे मेम्वि ? Continue reading
~निष्ठा तिवारी~
गरिबको समुहमा एक पटक छिरि मात्र हेर
गरिबीसंग जीवन विताएर मात्रै अनुभब गर
नियालेर सोच हरेक पाईला पाईलाहरुलाई
पाइन्छ त्यहां केबल दु:ख र पिडाका रुपहरुलाई ।
सडकको पेटीमा खाली पेट बसी आसुँ बगाउ
सकि नसकि भारी बोकी खुट्टा, घुँडा खुईल्याउ
तर तिमीले त्यो आफ्नो परिश्रमको कमाई त
केवल गास ,बास र कपासमा अधुरै रहन्छ ,
उत्साह गरेर दिन रात भोक भोकै बस्न सिक
अनि आकाश जस्तो छानाको घरमा जिउन पनि सिक । Continue reading
प्रेमको प्याला बोकी तिम्रै ढोका धाएँ
बदलामा तिरष्कारको तीतो जवाफ पाएँ।
निष्ठूरी तिमी जस्तो अर्को मैले देेखिन
मेरो माया यस्तो होला कहिल्यै सोचिन। Continue reading
आहा! कति मलिलो छ मेरो देशको माटो
लालीगुरास फक्रीएर सजिएको पाटो
बिहानीको झिसमीसेमा झोला बोकी आएँ
प्रदेशको यो जिन्दगीमा आफु एक्लो पाएँ
डँाडापाखा हरियाली गाँउघरको मायाँ
छाती भरी छल्किरह्यो हिमालको छायँा
लुटुपुटु खेल्ने आगन कस्तो भयो होला
गोठमा मेरो माली गाईले सम्झी रोयो होला
लहलह झुल्यो होला मेरो खेत बारी
साथीभाईले भन्दै होलान गयो माया मारी
कर्मरेखा कोर्ने निहुमा छाडी आएँ देश
आटो पीठो आफनै मीठो सुहाउने भेष
देशको माटो सम्झी आज धर्कि रोयो मन
प्रदेशको यो झिलिमीली भयो सुनसान बन
बर पिपलको चौतारी र नागबेली बाटो
सम्भि्क आउँछु लड्दै पड्दै मेरो देशको माटो
सुनिता गिरी, हङ्कङ अक्टोवर २६, २००८
sapanamaye_sansar@yahoo.com
(स्रोत : Limbu Sansar)
सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । Continue reading
श्रद्धेय पूर्व अर्थमन्त्री बाबुराम भट्टराईज्यू,
जन अपेक्षाका क्षेत्र सम्बोधनका लागि लाल अभिवादन !
औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक हुन्छ भन्थे रे । यस मानेमा म पनि उनैको अनुयायी हुँ । आइतबार नपर्खीकन सरासर शब्दहरूको पहाड बनाउने काम गर्ने बानी छ । आफ्नो मन खाएकाहरूसँग Continue reading
यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् । झन राम्री पो देखें साथमा लगभग ७ वर्ष जतिको चन्ञ्चले छोरो पनि थियो । त्यो देख्दा मन एकतमासको हुनपुगेको थियो ।कता कता खल्लो मशसुस गर्दै थिएं बाँकी पढ्नुहोस्
~शिव ज्ञवाली~
माझी घरि बहना चलाउँछ घरि पानीले निथु्रक भिजेको कछाडलाई निचोरेर नदी किनारमा सुकाउँछ । र तरक्क पसिना पुछ्दै फेरी त्यही पुरानो डुङ्गालाई नदीको छालमा हेलिदिन्छ । मैलोमैलो धुलाम्मे कमिज पसिनाका बुँदहरुले कटकटिएका छन् । र काखीबाट आइरहेछ अमिलो गन्घ ।
Continue reading
बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई पनि भनेन । भने खिसी गर्ली भनेर भनेन । तर दिनप्रतिदिन उसमा पिज्जा खाने शौख तीव्र हुँदै गयो ।
र एकदिन बुढीलाई बोलाएर कसैले सुन्ला झैँ गरेर कानमा खुसुक्क भन्यो । Continue reading
सधैंं झैं आजकाल
झनै उदास
नीरशताले लुटेको खुशी
समयले लुटेको आशा
वर्षौ–वर्षदेखिका
सपना र विपना ताजै छ । बाँकी पढ्नुहोस्
आजको कविता मापनका केही विशेष आधारहरु
१. चिद्वैषम्यवादबाट
२. अधिभाषिक संचेतनाबाट
३. फेनोमेनोलोजिकल पद्धतिबाट
४. उत्तरवर्ती संरचनावादी पद्धतिबाट
५. अनेकार्थकताको अन्वेषणबाट
६.वस्तुगतताबाट
७.अङ्ग-सङ्गतीको बन्दोबस्तीबाट
८. भाव तत्व,वुद्धि तत्व,शैली तत्व र कल्पना तत्वको सम्यक् निर्माणबाट Continue reading
नयाँ साल उमंगको,नयाँ बिहानी यो
आज देखि शुरु होस्,मिठो कहानी यो
हामी सबै मिली रोपौं गुलाफको बिज Continue reading
~प्रमिला शर्मा~
नेपालबाट अमेरिका बसाइ सरेको आठ वर्षपछि म पहिलो पटक आफुले बाल्यकाल बिताएको गाउ“m मनरा घुम्न पुगें । त्यहा“ नपुगुन्जेल मैले सोचेकै थिइन, पुनः अमेरिका फर्के पछि मनराको सम्झनाले मलाई यति विघ्न सताउला । अचेल जबजब म अमेरिकामा एक्लै हुन्छु, मनराको मधुर सम्झनाले मेरो मस्तिष्क रंगमगाइदिन्छ । म अरु सबै काम बिर्सन्छु । मानौ, मैले भविष्यबारे सोच्नुनै छैन । मेरो मस्तिष्क ढुक्क हुन्छ, समयले मलाई आफै डो¥याएर भविष्यमा जहा“ पु¥याउनु छ, सहजै पु¥याइहाल्छ । हुन पनि सोच्नु पर्ने कुरा देख्दिन, अमेरिकामा नसोचेरै मैले सोचेभन्दा धेरै धेरै भइरहेछ । Continue reading
~Ashish Dahal~
I touched her hands with the emotional beat,
felt the blood running towards the feet,
mouth watered and face disguised,
a sticky liquid on the palm felt.
Steadily,she surrounded my hips, Continue reading
Everything that lives
What therefore we joined together
I walk
And every step
You also walk
And because I choose
And because you choose Continue reading
~अन्ना~
वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले । आफ्नै आँखाबाट यति विघ्न खुशीहरु तप तप चुहिएर भरिएको थियो उसको अँजुली । Continue reading
~सकु थापा~
दिन सुनसान छ, अनि रातपनि त्यस्तै चकमन्नै । बाहिर कतैकतै कुकुरहरूको एकोहोरा कर्राई मात्र सुनिन्छ। मानिसहरूको हर्कत कहीकतै भेटिदैन् केवल सुरक्षाकर्मीहरूको गाडीको हुँइक्याइको आवाज बाहेक । शून्यशून्य लाग्छ सबै कुराहरू। बाहिर जति सुनसान भएपनि त्यसको ठीक विपरित मेरो कोठा उनको असैहृय वेदनापूर्ण बाँकी पढ्नुहोस्
आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर
आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर
खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि
आखिर सकेन मोड्न आंशू रगतको खोली हेर बाँकी पढ्नुहोस्
~राजेन्द्र~
यो माया ममताले सिंचिएको,
उत्साह उमङ्गले रमाईलो वातावरणमा रहेको,
यो मनको सुन्दर फूलवारीमा,
तिमी कोपिला भए फक्रिने छौ ।
फूल तिमी सूर्यमुखी, संधै सूर्यसंगै मुस्कुराउछौ,
त्यो तिम्रो चोखो मुस्कानलाई चुम्न भनी,
सूर्य सधै विहानीमा उदाईरहनेछ । बाँकी पढ्नुहोस्
चैतका दिनहरु झैं
फुङ्ग उडेका मनहरु पनि
यतिबेला, सङ्कल्पित छन्
उच्छ्वसित देखिन्छन्
सुनाखरी, लालुपाते र लालीगुराँस झैं
मनहरु मात्र होइनन्
सिङ्गो मेरो राष्ट्र/देश बाँकी पढ्नुहोस्