गजल : जहिले नि तिमीलाई भेट्न मन लाग्छ

~अज्ञात पाल्पाली~

जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ

एकै छिन नदेखे मा मनै पोल्न थाल्छ
आँखै भारि तिमीलाई देख्न मन लाग्छ बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो कान्छा काका

~बुद्धि मोक्तान~Buddhi Moktan

तोते बोल्दै फकाउँदैछु तिम्रो कान्छा काका
लिटो पिठो पकाउँदैछु तिम्रो कान्छा काका

रुनु हुन्न चुप बस पाकि सक्यो अब
दुध घोली चखाउँदैछु तिम्रो कान्छा काका ! बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर

~आचार्य प्रभा~acharya Prabha

यो “गजल” मात्र नभएर एउटा मर्माहत आत्मालाई सम्बेदना रुपी आश्वासन पनि भएकोले मैले सबैमा प्रेषित गरेँ यस्कोलागी क्षमा प्रार्थी छु । यस्लाई रचना मात्र नठान्नु हुन अनुरोध ।

बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर
रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर ।

जीवन सँगिनीको बिछोड त असह्य भो
त्यसैले हिक्का छाड्यौ अश्रुधारा खसाएर । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : लोकतन्त्रले

~होमनाथ सुवेदी~Homnath Subedi2

लोकतन्त्रले राजतन्त्र उखेल्ने आँधीको वतास आएको हो

राजा नै हल्लिए पछि गिरिजाको हातमा निकास आएको हो ।

चर्को आन्दोलन रोकियो माओवादीले धोका खाएको खास हो

संझौतावादीको पछि लाग्दा माओवादीमा निराश आएको हो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हो वा खान्चे १

~होमनाथ सुवेदी~Homnath Subedi2

मान्छे हो वा खान्चे? ए कको प्रगतिमा अर्को तगारो हुन्छ,

युद्ध हो वा बुद्ध संप्रभूताको मदानीमा थारो हुन्छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनेसासमा ऐले

~होमनाथ सुवेदी~Homnath Subedi2

अनेसासमा ऐले नेपाल नै ‘भोट’ बनेर आयो

भोटैले घरको ऐना लौ दुइचिरा परेर आयो ।

अनेसासको चुनाउमा ऐले तँछाडमछाड भो

कल्ले जित्ने कल्ले हार्ने कस्तो विवाद गढेर आयो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : ताजमहलबाट फर्कदा

~ज्योति जंगल~Jyoti Jungle

भन्नेहरु सबै साचो कहा भन्दा रहेछन् ?
गाउनेहरुले गीतमा पनि झुटो संवेदनको धून भर्दारहेछन् ।
प्रेमको मन्दिर भनेर चिनेथें ताजमहललाई
समर्पणको इतिहास भनेर सुनेथें ताजका
गीतहरुकौतुहलको उत्ताउलो वेग छातीले थिचेर
प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर
म सुन्न गएथें प्रेमका नसुनिने सङ्गतहरुम Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निस्ठुरीको यादमा

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा

ठान्थें पराइ सानु आफन्त सम्झी पछुताउदा Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्योर नेपाली

~अकवी~

प्योर नेपालीको खेती निकै घटी सकेको थियो। भन्नाले, प्योर नेपालीहरू जन्माउने भनेको निम्न वर्ग र निम्न मध्यम वर्ग मात्रै बांकी थिए। उपल्लो अर्थात एलिट वर्गमा नेपाली र विदेशीको क्रस भएर जन्मिएकाहरुको हालीमुहाली थियो। आफ्ना सन्ततिहरुको भविष्य सुरक्षित गर्ने दुइटा मात्रै उपायहरू थियो। कि त विदेशी सित बिहेगर्ने नभए परिवार सहित विदेश गएर बस्ने अनि समय समयमा नेपाल घुम्न आउने। विदेशमा बसेर नेपालमा आइराख्नेहरु पनि निकै सम्मानका पात्र हुन्थे। एक प्रकारले भन्ने हो भने उनिहरुकै पैसाले देश चलिरहेको थियो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~अनिल पौडेल~

फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : श्रद्धान्जली श्री गिरिजा प्रसाद कोइरालामा

~ध्रुब प्रसाद न्यौपाने~

सन्सारमा येदि साच्चै पुनर्जन्म हुन्छभने?
मातृभूमी सम्झिएर नेपलमै आउनुतिमी ।
देशको बिकास गर्दा-गर्दै कालले बाटो थुन्छभने??
स्वर्ग तिर नलागेर नेपाल तिरै धाउनुतिमि।।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बालेर के भो ?

~प्रबल बिस्ट~

क्रान्तिका राकाहरु बालेर के भो ?
रुकुम संगै रोल्पा जलेर के भो ?

अझै पनि सामन्ती जन्मिन्छन भने
त्यो यौटा राज सस्था ढलेर के भो ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले……..

~दिलिप कार्की~Dilip Karki

मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।

मटीतेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश दुखेको बेला

~विमल गौतम~Bimal Gautam

गाउँ शहर जता ततै, बन्दुकहरु भुकेको बेला
नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला

न्याय सत्य अधिकार र, शान्ति शुरक्षा लुकेको बेला
दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नलाई प्रश्नहरु

~बज्र कुमार राई~

प्रश्नलाई मेरो प्रश्न
किन थुप्रिन्छौ प्रश्नहरु!
मेरो राजधानीको सडकमा
फालिएका अलपत्र फोहोर जस्तो
दुर्गन्धित
असभ्य
असह्य
र,निर्लज्ज आदत भएर। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~ऋचा तिवारी~Richa Sharma Tiwari

कहिले कसैको लागि
आशु बनेर बगे म
कहिले कसैको लागि
पिडा बनेर बल्झिए म

सधै जे भए म Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~ऋचा शर्मा तिवारी~Richa Sharma Tiwari

स्वतन्त्र महिला पत्रकार
आजकल यो मन
किन किन
यस्तो सुन्य भएको
मसानघाट जस्तो चकमन्न् ।

अनी कतै आफनै मुटुको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुहार बुद्ध गुहार

~बिमल गौतम~ Bimal Gautam

मुर्ति बिरोधि तिम्रै मुर्तिहरुले गल्लि गल्लि ढाकिसके
शान्ति प्रिय नेपाली आँखाहरु बाटो हेर्दै थाकिसके
मौलिक हक र अधिकारहरु नावातामे भएर ढलिसके
सह अस्तित्व, सहकार्य र सहमति पत्कर सरि जलिसके

नेपाली जनताले शान्ति पाउनु पर्छ
हो बुद्ध तिमि फेरी आउनु पर्छ

पुस्तक छाडेर नेताहरु सड्यन्त्रका दस थोक पढ्न थाले
विकासको सगरमाथा छाडेर बिनासको ज्वालामुखी चढन थाले
आफु र आफ्नो पार्टी सर्बोत्तम भन्दै अरुलाई धारेहात पारी सके
यहाँ भन्दा अत्याचार सहन सक्दैनौ बुद्ध हामीलाई जिउदै मारी सके
साच्चै बुद्ध

शान्ति प्रक्रिया लाई भड्खालोमा पारी सके
नेपाली जनता हरु ले शान्ति पाउनु पर्छ
हो ! बुद्ध तिमि फेरी एक पटक आउनु पर्छ
गुहार बुद्ध गुहार
गुहार बुद्ध गुहार

>बिमल गौतम<
रियाद
bimalgautam@hotmail.com

(स्रोत : NRNaksa)

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका मूल्यहरू

~भवानी पौडेल~

जीवन अस्ताउँछ
अस्ताउँदैनन् जीवनका मूल्यहरू
जीवन ढल्दछ
ढल्दैनन् जीवनका रंगहरू
फूल झर्दछ
झर्दैनन् फूलका सुवासहरू
फूल मर्दछ
मर्दैनन् फूलका सौन्दर्यहरू
हिम बग्दछ
बग्दैनन् हिमालका शिखरहरू
धुवाँ उड्दछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो प्रवास

~दुर्गा खनाल~Durga Khanal

दिनभर तातो घाममा काम
राति खोर जस्तो बासस्थान
हरेक हप्ताको बिहिबार साँझ
खोज्छौ तास र रक्सी कहाँ छ
४ सयको कमाइमा ४ हजारको गफ
४ सयकै लागि बग्छन पसिना तपतप
Continue reading

Posted in कविता | Tagged | Leave a comment

जीवनी : रुद्रराज पाण्डे

संक्षिप्त जीवनी

नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्टको सेवा गर्ने महापुरुषहरु मध्य रुद्रराज पाण्डे एक हुनुहुन्छ । राष्ट र परमार्थको सेवामा समयको सदुपयोग गरेर जिवन समर्पण गरी यस पृथ्वीको मुहार हसिलो पार्ने रुद्रराज पाण्ड्को जन्म वि.स. १९५७ साल फागुन २६ गते – तदनुसार ) चैत्र शुक्ल चतुर्थीको दिन काठमाडौंको प्यूखा टोलमा भएको थियो । उहाँकापर्ुखाहरु गोरखाका शाह राजाहरु त्था पाल्पा र तनहुका सेन राजाहरुका गुरु थिए । र्ध्ार्म, शिक्षा र संस्कृतिमा महत्वपूर्ण योगदान दिने यस वंशमा संस्कृतका ज्ञाता पिता पधराजको जन्म पाल्पा धर्म पानीमा भएको थियो । उहाँको प्रभाव रुद्रराजमा पर्यो । र उहाँका पिताजीका मामा पं. लीलावल्लभ पन्त संग रुद्रराजले घरमा संस्कृत पढी रानीपोखरी संस्कृत पाठशालामा भर्नाहुनु भयो र संस्कृतका विभिन्न

बाँकी पढ्नुहोस्

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गजल : क्रान्ती फलोस् देशैभरी

~लालकाजी श्रेष्ठ “कमल”~

यही गजलको जन्म सँगै आँधी चलोस् देशैभरी,
राष्ट्रघाती बिरुद्धमा राँको बलोस् देशैभरी,

अरबौँका भत्ता कुम्ल्याई सम्बिधाननै नतुर्‍याउने,
लज्जाहिन बेशरमका मियो ढलोस् देशैभरी , Continue reading

Posted in गजल | Tagged | Leave a comment

छोक : हाँस्दै भन्छ कोपिला

~अनुराधा थापा~

हाँस्दै भन्छ कोपिला
फूल भई फुल्न देऊ
शिक्षाको न्यानो घामले
यताउता डुल्न देऊ ।
शीतल जून-ताराको
साथी भई भुल्ने छौँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकारको यात्री

~पुरुषोत्तम दाहाल~Purusottam Dahal

पेट खाली थियो तर खाने केही थिएन
आज थाल भरी छ खाना
अरुचिले अघाएको छु, भोक हराएको छ ।
परिवार बसाउन घरबास खोज्दाखोज्दै
सबै क्षणहरू, समयहरू, दिनहरू कटे,
अहिले परिवार बसेको छ, उमेर घटेको छ
आयु आफैँ किनारा लागेको छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ओइलाएको कोपिला

~लालकाजी श्रेष्ठ “कमल”~

नटिप हेर कसैले मलाई
म त ओइलाई झरेको फूल हुँ
मेरो कर्म यस्तै छ,मर्म नलेउ
सिर्जनाको एक महाभुल हुँ
कुनै फूलमा बस्न पाउछौ भने
नाशम्झ मलाई म त्यसतै छु
मेरो त गन्ध आउछ,दुसित बनाउला Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : दुङ

~प्रगती राई~Pragati Rai

खोलेमामो नामवाइ
छुवा छिब्दान् ना ह्यानि नाम्तखायेन खाङान
त्युदा
बखानापा बुङ्वाचि तात्येकुम्ने
बुङ्वाचिवा हुइखिदा मिरिङेङासे-

दुङ् !
के का ना आले मुइमारिमो
रुवालुङ बो तिरिका Continue reading

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : ङोपा

~तिलक चाम्लिङ~Tilak Chamling

किरातिचिमो बोखादा
खासैमा फेरी चैसा लाम्थापा
वापोमा सिधा लेपा
खोलैमा इम्सापा
मिचुका दौरासुरुवालाव वैपा
इटो जासुस इसेको
फेरी चैसा लाम्थापा ङोपा काङा ।
Continue reading

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

कथा : अन्तिम् भेट

~जगतराम वर्देवा ‘घायल’~

२०६१ साल असार महिनाको ४गते दिन् थियो । नेपाली समय अनुसार घडीको सुइ सूस्त सूस्त गतिमा सर्दै थियो मानौ ११ वज्ने तर्खरमा .. काठमाण्डौ वाट झापाको गौरीगंज सम्म जानको लागि यात्रु लिएर आएको तिलंगा यातायात सेवाको ना। २ख ७६८१ नक्वरको वस् हेटौडा बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!

~रिता राई~Rita Yamphu Rai

अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने
उदार मैन बत्ती झै पग्लिएर त हेर
पवित्रआत्माको शिखर भएर
हिमाल झै सधै अग्लिएर त हेर।

जीवन बचाउन मात्र जीऊनेहरु हो !
अनर्थ स्वर्थी मायाको नसा पीऊनेहरु हो !
कोमल हृदयमा धोकारुपी बाण सीऊनेहरु हो ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्देश तिमीलाई।।।

~रिता राई~Rita Yamphu Rai

नसोध मालीलाई
फुलको मुल्य कती हो? भनेर,
सोध बरु सुनगाभालाई
आँधीबेरी र खडेरी सहेर
पहारामा मुस्कुराऊनाले
कति प्रशांसनिया बनिन्छ भनेर।

नत्याग आफ्नो देशलाई
बिदेशमा गई
सुख, शान्ती र सम्रिदी पाइन्छ भनेर, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मरीगाको आमा संम्झेर

~गोपाल मगर~

थाहा छ,तिमी छैनौँ यहाँ
थाहा छ, तिम्रो आत्मा पनि छैन यो देशमा
तर,बाटो छेऊ तिम्रो नामको कपुरखान छ ।

महान सहिद लेखेको
तिम्रो नामको चौतारो छ बाटोमा ।

हावा भइगयौ की ?
पानी भइगयौ की ?
चरा भएर उड्दैपो छौकी ?
कि भयौ लिम्बुनी फूल ?
कि भयौ लिम्बुनी माछा ?
आकाश धर्तीमैपो बिलाइगयौकी ?
अझै उठ्दैछ फुङ्सीङ मेला
यही उकालोमा रक्सीको चौठो बोकीजाँदा
तिम्रो बाबुसँग धान नाच्दै–नाच्दै आइगाको मेला यही हो भन्थ्यौ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीन्दगी

~कविता नेपाल ‘असफल अबोध’ ~

सहि बाटो हिड्ने क्रममा
अन्धकारमा हराएकी छु ।
बाहिर जति शान्त भए पनि ु
भित्र बेदनाले कराएकी छु
हाँसोको सुवास छर्दा–छर्दै
अनायसमा रोएकी छुु
जीवन सजाउँ भन्दा भन्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment