Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : रत्यौली

~शीतल गिरी~ नेपाल सानो देश भए पनि यहाँ थुप्रै विविधतापूर्ण संस्कृति पाइन्छन् । विभिन्न किसिमको स्वादमा यहाँको संस्कृतिमा झुम्न सकिन्छ । नेपालको लोकसंस्कृतिमा धान नाच, रोदीघर, असारे गीत, डेउडा, बाह्रमासा, बिरहनी, समाचकेवा, जट जटीन, घाटुनाचको आफ्नै रस, सुगन्ध, रङ र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सेतो धरती उपन्यास पढेपछि

~अरुणबहादुर खत्री ‘नदी’~ अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : नेपाली कवितामा लय विधान प्रकाशित समय

~वंशीधर कट्टेल~ नेपाली कवितामा लयात्मकता चार प्रकारको देखिएका छन् । विक्रमको २० औं शताब्दीदेखि पद्यको प्रबलता पाइन्छ । २१ औं शताब्दीदेखि गद्य कविताको प्रारम्भ भएको पाइन्छ । शताब्दीको सङ्क्रमण कालमा गद्य कविताका प्रथम प्रयोक्ताका रूपमा गोपाल प्रसाद रिमाल देखापर्छन् । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति

~लीला लुइटेल~ १. विषयप्रवेश कुनै विषयवस्तुको माथिल्लो भाग भन्ने अर्थबोध गराउने ‘शीर्ष’ शब्दमा ‘अक’ प्रत्यय लागेर ‘शीर्षक’ शब्दको निर्माण भएको छ । यसले कुनै पनि साहित्यिक कृतिको नामलाई बुझाउँछ । शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : स्तरीय कथाहरूको संकलन “पाखाको”

~हरि अधिकारी~ “पाखाको” जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : धरावासीको ‘आधाबाटो’ हिंडेपछि

~विजय सुब्बा~ कवि, निवन्धकार, समालोचक र पछिका उपन्यासकार कृष्ण धरावासीको ‘आधाबाटो’ ‘शरणार्थी’ पछिको उपन्यास हो २०५९ सालमा प्रकाशित भएको । उनको ‘शरणार्थी’ उपन्यास चाहिं २०५६ चैत्रमा प्रकाशित भएको थियो । पत्रकारको पनि विशेषण गाँसिएका उनी आफ्ना कलममा कति विश्वस्त रहेछन्, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : पठनीय कथा सँगालो “पाखाको”

~अमर त्यागी~ नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : वनमाली निराकारका कथालाई हेर्दा

~नारायणप्रसाद पौडेल~ वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मिएका परिपक्व तथा समसामयिक वरिष्ठ कथाकार वनमाली निराकार आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित छन् ।प्राध्यापन पेशामा आबद्ध निराकारका ‘समयको पर्खाल’ कथा संग्रह(२०४६) ,‘लोकतन्त्रको शङ्खनाद’ कविता संग्रह(२०६२) , ‘पत्र संचयन’ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : देश दुखेका “आत्मालाप”हरु

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “निरीह समयमाथि” नियाली हेर्दा

~खिमानन्द पोखरेल~ सर्वसाधारण व्यक्तिभन्दा धेरै फरक हुन्छन् सिर्जनशील व्यक्तिका विचारहरू । आफूले सिर्जना गरेका भावनाहरू बाहिर प्रकट गर्न चाहन्छन् यस्ता व्यक्तिहरू । असल र राम्रा काम गर्ने व्यक्तिलाई असल दर्जामै राख्नु पर्छ । असल काम गर्ने व्यक्तिलाई समाजले मान–प्रतिष्ठा र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : काव्यमा खगोल-यात्रा

~प्रभा भट्टराई~ कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ । यसबाहेक एक कथासङ्ग्रह र एक उपन्यासको समेत रचना र प्रंकाशन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : महाभारत, श्रीकृष्ण र कूटनीति

~चंकी श्रेष्ठ ‘अभय’~ भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्। हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश गर्न आएका विष्णुका आठौँ अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो आस्थाका युगपुरुषलाई पुज्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली लोकगीत र मानवीय संवेदना

~तुलसी प्रवास~ लोक साहित्यका विभिन्न विधाउपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा “फोक लिटरेचर” (folk literature) को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : केही कमजोर र केही दह्रा निबन्धहरू

~हरि अधिकारी~ साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्। साहित्य सिर्जना उनका लागि … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दुबसुको अश्वमेध यज्ञका घोडाहरू

~कुमार सिंखडा~ अश्वमेध यज्ञका घोडाहरू भाग (क) – युद्धविरूद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू साहित्यकार दुबसु (दुर्गाबहादुर सुवेदी) क्षेत्रीको साझा पुरस्कार प्राप्त कविता-संग्रह अश्वमेध यज्ञका घोडाहरू हातमा छ । लेखक २००७ देखि २०११सम्म जापान अवस्थित नेपाली दूतावासको उप-नियोगप्रमूख थिए । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भिक्षुको ‘हारजित’ कथामा भाषिकप्रयोग र शब्दस्रोत प्रकाशित समय

~कृष्णप्रसाद कोइराला~ १.१. कथाकार भवानी भिक्षु आधुनिक नेपाली कथाका समुज्ज्वल नक्षत्र कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ मा नेपालको हालको कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा भएको हो । शारदा पत्रिकामा वि.सं. १९९५ मा प्रकाशित भएको ‘मानव कथा उनको प्रकाशित पहिलो … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ऐतिहासिकतामा आधारित कथा

~सन्त गाहा मगर~ वि.सं. २००३ मा स्थापित प्रजातन्त्र रेडियोका संस्थापक तथा साहित्यकार र राजनीतिकर्मीको समेत चिनारी बनाएका तारिणीप्रसाद कोइरालाका कथाहरूको संग्रह हो, तारिणीका कथा। यसमा १९९६ देखि २०२९ बीचमा शारदा, झंकार, रूपरेखा, बिहान, प्रगति, रहर, मुकुट, मधुपर्क मा प्रकाशित तथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दुई गीति संग्रह

~आनन्द राई~ मानवीय भावनाका भुल्काहरू बान्की मिलेर आउँदा गीत बन्छन्। त्यस्ता गीतले स्तरीय संगीत र मीठो गला पाए भने ती कालजयी हुन्छन्। तर, सबै राम्रा गीतले त्यस्तो संगीत र गला पाउँछन् नै भन्ने छैन। त्यसैले कागजमा पढ्दा वा एकान्तमा गुनगुनाउँदा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू

~मोहनराज शर्मा~ निबन्धको वर्गीकरण ‘साहित्यिक’ र ‘साहित्येतर’ गरी दुई वर्गमा गरिन्छ । साहित्यिक निबन्धको मुख्य पहिचान ‘निजात्मक, अनुभूतिपरक, कल्पनाप्रधान र विशिष्ट भाषिक प्रयोगयुक्त’ हुनु हो भने साहित्येतर निबन्धको प्रमुख पहिचान ‘वस्तुगत, ज्ञानमूलक, न्यून काल्पनिक र मानक/सामान्य भाषिक प्रयोगयुक्त’ हुनु हो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका प्रवृत्ति

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. समकालीनताको अभिप्राय र व्याप्ति समकालीन/समसामयिक शब्द contemporary को नेपाली रूपान्तर हो । समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । समकालीन/समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नियात्रामा नयाँ रङ

~शार्दूल भट्टराई~ युरोप सुन्दर छ। त्यहाँको कुरुपतालाई त्यहीँको सौन्दर्यले लुकाएको छ। युरोप सम्पन्न छ। त्यहाँको विपन्नतालाई त्यहीँको सम्पन्नताले किचेको छ। युरोप समृद्ध छ। त्यहाँका अभावहरुलाई त्यहीँको समृद्धिले थिचेको छ। युरोप शान्त छ। त्यहाँको अराजकता र अशान्तिलाई त्यहीँको कडा सुरक्षा र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : दयाराम र राजारामहरू यो देशका भरोसा

~मदनमणि दीक्षित~ सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन । दशरथ पुत्र रामचन्द्र, तिनकी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : स-साना पृथक् धारका रचना

~हरि अधिकारी~ मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् । “कुसुम” नाम दिइएको २६ थान स-साना गद्यको संग्रहलाई लेखकले कथासंग्रह भने पनि यीमध्ये झन्डै सबै रचना आत्मपरक निबन्धजस्ता लाग्छन् । संग्रहको नाम रोजिएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समनपुरको प्रश्न

~शीतल गिरी~ समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्रेष्ठ ललित निबन्ध ‘मैले नदेखेका हिप्पी’

~राजेन्द्र पराजुली~ केही वर्षअघिदेखि नेपाली पुस्तकबजारमा निबन्ध टाक्सिंदो र उपन्यास फस्टाउँदो अवस्थामा छ। पठनसंस्कृतिले फड्को मारेको भनिएको समयमा निबन्ध निम्छरो बन्न पुगेको छ। यसको मूल कारण सङ्ख्यात्मक मात्रै होइन गुणात्मक निबन्धको अभाव हो। यस्तो अवस्थामा आएको शेखर खरेलको ‘मैले नदेखेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मञ्जुलको आत्मवृत्तान्त

~सञ्जीव शर्मा~ मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान् । राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझ्ै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ । कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नेपाली शुद्धलेखनका सामान्य आधार

~कृष्ण वस्ती~ ———————————————– शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम ———————————————– 1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी, बहिनी, सिन्की, मानिस, दाहिने, सिन्कौली, माहिलो, साहिंलो, रसिलो, सेपिलो, छिमेक, दिदी, ढिंडो, झुसिलो, अमिलो आदि । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : गण्डकी अञ्चलका महाकविहरू

~प्रा.डा. नारायणप्रसाद खनाल~ नेपाली काव्य(महाकाव्य रचनाका दृष्टिले आदि महाकाव्य जन्माउन सक्षम भूमि गण्डकी अञ्चल हो । आदिकवि भानुभक्त आचार्यको कालजयी कृति रामायण महाकाव्य यसै धर्तीको उपज हो । यो अञ्चल साहित्य सिर्जनाका दृष्टिले मात्र होइन, महाकाव्य जन्माउनका लागि पनि उर्वर … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ

~कपिल अज्ञात~ निर्मोही व्यासले साहित्यका प्रमुख विधा कविता, निबन्ध र आख्यानका क्षेत्रमा कलम चलाएका भए पनि उनी निबन्ध विधाअन्तर्गत पर्ने नियात्रा र संस्मरणमै बढी सक्रिय र त्यसैमा लोकप्रिय पनि रहेका छन् । आरम्भतिर कविता–काव्यका दुई पुस्तक प्रकाशित गराएका व्यासमा झन्डै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : पहाडीका आख्यान

~आनन्द राई~ अधिकारकर्मी कृष्ण पहाडी कथाकारको परिचय लिएर आएका छन्। लोकतन्त्र र सामेली समाजका प्रवक्ता यी गेरु बस्त्रधारी अविवाहित चिन्तक आख्यानमा पनि सशक्त छन्भन्ने पुष्टि उनको पहिलो कथा-सङ्ग्रह कृष्ण पहाडीका कथा ले गरेको छ। यसअघि उनका यात्रा संस्मरण, नाटक, निबन्ध … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : राजधानी छिरेपछि राष्ट्रभक्तिपूर्ण सङ्ग्रह

~अरुणबहादुर खत्री ‘नदी’~ महोत्तरीमा जन्मिएर ललितपुर इमाडोल २ मा बसी निरन्तर आफ्नो कवि व्यक्तित्व विकास गर्ने प्रतिभा हुन् मणिराज सिंह । उनको राजधानी छिरेपछि नामुब कवितासङ्ग्रह दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ। यस कृतिभन्दा अगाडि उनले लेखेको अक्षर खुर्पा र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : हास्यव्यङ्ग्यको स्वादिलो ‘चड्कन’

~मोहनराज शर्मा~ हरिकला अड्बाङ्गे घोडा कुदाउने बिछट्टकी घोडचढी हुन् । यिनी कहिले पिठ्यूँमा गजक्क बसेर, कहिले कोखातिर लरक्क लर्केर, कहिले पेटमुनि लिपिस्सै टाँसिएर अनि कहिले पुच्छरमा तुर्लुङ्ग झुन्डिएर घोडा हाँक्ने काम गर्छिन् । ‘अड्बाङ्गे घोडा’ अमिल्दो र अप्ठ्यारो हुन्छ । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment