Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : कैदीको छोरो

~डा. कविताराम श्रेष्ठ~ म यही जेलभित्र जन्मेको हुँ । यसका भित्तामा टाँसिएको रङीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै आएको हुँ । हावाको गति अनुसार ती हल्लन्छन् र झर्छन् पनि । धेरैजसो मेरा बाबु र आमाले त्यसलाई यथावत् राख्न कोशिश गर्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थोते साइँलो

~उपेन्द्र सुब्बा~ थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो’ भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा छ। कसैले झुक्किएर थोते साइँलो भनी बोलाइहाले भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राउटेको बिहे

~रामकृष्ण आचार्य~ शनिबारको दिन विद्यालय बन्द हुने हुनाले मेरा साहिँला काका सदानन्द आचार्य र म चगत्रा बजारको चौतारीमा बसिरहेका थियौं । मानिस बजारमा ओहोरदोहोर गरिरहेका थिए। बाटो हिँड्ने बटुवाहरू चौतारीमा थकाइ मेट्दै आफ्नो बाटो लाग्दै थिए। भरियाहरू चौतारीमा भारी बिसाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाका नेगेटिभहरु

~रमेश भट्टराई~ ‘कसैले देख्या छ सपनाका नेगेटिभहरु धुलाउने ठाम? नेगेटिभमै थन्केलान् जस्तो भो !!’ मनमा फ्याट्ट कुरो खेल्यो। फेसबुक खोलिराख्या थिएँ, लेखिदिएँ। सामाजिक सञ्चाल मनको बह पोख्ने, सुख–दुःख भन्ने ठाउँ भएको छ। प्रतिक्रिया आउन थालिहाल्यो। प्रतिक्रियामा प्रतिक्रिया जनाएँ। भर्चुअल समाजमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसरूम पिज्जा

~गरिमा लुइँटेल~ मनको चिहानमा कति भेटिन्छन् यादका कङ्कालहरू। जलेको मनसँग कहिले जल्न नसकेका ढुसी परेका अनि माकुराले जालो बुनेका सपना र रहरहरूको अस्तु मनभरी सँगालेर बाँच्दै छिन् सविता। कहाँबाट सुरु गरुँ म उनको कहानी, त्यो कहानी जसको आरम्भमै अन्त्य थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : पासपोर्ट

~कल्पना बान्तवा~ ‘एकमुठी तातो टिपेर सत्संगमा जाउँ भनेको! घाम कदमको टुप्पोमा आइसक्दा पनि चुलो चिसै छ। म बूढी धेर भएकी छु। निद्रा पनि कति लाग्न सकेको? खायो सुत्यो, माना पचायो।’ सासूको चर्को स्वरले ओछ्यानमा असरल्ल गौरीको अवस्थामा करेन्ट लायो। अघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक टुक्रा माया

~मिङ लिवाङ~ निस्सासिएर मस्त निद्राबाट मालती ह्वात्त ब्युँझिई। पसीनाले उसको शरीर लुथ्रुक्क भिजेको थियो। आफूले लगाएको टिशर्टको बाहुलाले अनुहारका पसीना पुछेपछि हत्केलाले तरऽऽऽऽ चुहुदै गरेको घाँटीको पसीना पुछी। प्रायः सातवर्षपछि यसरी अँध्यारो कोठामा ऊ एक्लै सुतिरहेकी थिई। त्यसैले होला अँध्यारोमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरो पत्रकार भए पछि

~भवसागर घिमिरे~ बा दङ्ग परे । लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : म पापी बन्न चाहन्छु

~मीरा मन थापा~ म गरिब हुँ भनेर मेरो कर्तब्यनिस्ट बा को स्वाभिमानमा लात हान्न चाहन्न ,मेरा बा ले २२ ठाउँ टालेको बाहिरैबाट अस्थिपन्जर छर्लंगै देखिने पोलिस्टरको शर्टमा कयौँ हिउँद बर्खा पछाडी हुत्याउदै आएका थिए । तर मलाई नयाँनाना र मिठोपापा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नबुझिएको सम्बन्ध

~सुबिन भट्टराई~ बेलुकी साढे चार बजेको थियो। म कीर्तिपुरको टियू परिसरमा एउटी अञ्जान तर परिचयोन्मुख/अर्धपरिचित स्त्रीलाई भेट्न गइरहेको थिएँ। समाजमा आजकाल सम्बन्धहरू भर्चुअलबाट रियल हुने क्रममा तीव्र जो छ! ऊ आफ्ना भोगाइहरू मसम्म सम्प्रेषण गराउन चाहन्थी। ऊ मद्वारा आश्वासित भई। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बचेखुचेका सभ्यताहरु

~डा मधु माधुर्य~ सुनसान वातावरणः न झ्याउंकिरीको आबाज, न चराचुरुंगीको चिरीबिरी,उजाड्प्रायः दृश्यः न हरियाली जंगल,न नदिनाला, खोला र झरनाहरु,शान्त परिवेशः मानौं यो धर्तीमा युद्दको खेतीपाती कहिल्यै भएन। त्यो बस्तिमा न त गगनचुम्बी घरहरु नै देखिन्थे, न त भीड बजार वा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पन्ध्रौँ तलाको अपार्टमेन्ट

~नारायण वाग्ले~ राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नबिउँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्‍यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् । बिहानमात्रै आँखा खोलेर आङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसिहा

~लेनिन बन्जाडे~ जमुनिया मर्‍यो ! चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो । भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो । यो अनपेक्षित र मुटु चिर्ने खबर थियो । “दैवा रे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा यस्तो प्रेम कथा

~तुल कवर~ ‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे। ‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म यसरी फर्किएँ

~मातृका पोखरेल~ विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगें । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~अश्विनी कोइराला~ मेरी गाउँले बहिनी एकाबिहानै भेट्न आइन् । उनले जे सुनाइन्, त्यो आश्चर्यजनक थियो । धेरै घटना लामो अन्तरालपछि अपत्यारिलाजस्तै लाग्दा रै’छन् । त्यस्तै घटना मेरै गाउँमा घटेको थियो । मैले बिर्सिसकेको थिएँ, अहिले सम्झिरहेको छु र छक्क परिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : मेरो कुकुरको जात के हो?

~अनलराज भट्टराई~ मुन्ना एउटा असाधारण कुकुर हो। मुन्ना कुन जातको कुकुर हो मेरो घरमा कसरी आयो भन्ने बारेमा रोचक कहानी छ। आज भन्दा एक दसक अर्थात कुकुरहरुको जुनीको लागि एक जुग अगाडिको कुरा हो। मेरो छोराले घरमा कुकुर पाल्ने रहर … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : किनाराको मन

~भगवति बस्नेत~ अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछहरु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु । आज पनि बिहानको खान खाएर कोठामा पसेकी छु कपबोर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कृषिक्रान्तिको बहस र आमाको फोन

~सुदर्शन शर्मा~ माननीयज्यूहरुको सदनमा कृषिक्रान्तिको प्रसङ्गले प्रवेश पायो। रेडियो नेपालले बोल्दै थियो, ‘अन्न उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने छ।’ समाचार पनि कमै सुन्ने गर्छु अचेल। समाचारबाट निष्कर्ष निकाल्नै धौ-धौ पर्छ यहाँ। जे नहोलाजस्तो त्यो भैदिन्छ, जे हुनुपर्ने हो त्यसको अत्तो-पत्तो हुँदैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोस्ट राइटर

~राजेन्द्र पराजुली~ ठ्याक्कै दस वर्ष भएको छ मैले आफ्नो स्वरूप बदलेको। हुलिया परिवर्तन गरेको। गेरु रङको यो वस्त्र। तिलचामले कपाल र त्यस्तै दाह्रीजुँगा। अब म राजेन्द्र पराजुली कहीँकतै पनि छैन। स्वामी ‘प्रेमराज’ भएको छु। यो दशक लामो अवधिमा मैले कम्तीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जनताको जात्रा गर्न पाइन्न ! पाइन्न, पाइन्न !

~डा. कविताराम श्रेष्ठ~ सपनीको कुरा गर्दै छु म । सपनीमा एउटा जात्रा भाथ्यो र त्यस जात्राको सहभागी मैले आफ्नै जात्र भाको देखेँ । अझ यसो भनौँ मेरो होइन जात्रा गर्नेहरुकै सही मानेमा जात्रा भाको सपना देखेँ । ओखल्ढुंगाको मान्छे म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिवन्धित सपना

~शिशिर परियार~ भाले को पहिलो डाको संगै सन्त बहादुरका आँखा खुले ।खाट को अघिल्लो खुट्टा नेर राखिएको अंखोरा तानेर उसले पानि पियो,लामो हाइ काड्यो अनि आंग मर्कायो। झोकमा झुण्डिएको उसको आस्कोट को बगलीबाट चुरोटको ठुटो निकालेर सल्कायो ।आँखीझ्यालका प्वाल बाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बादल वर्षा

~बादल सुरेश~ एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ।मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो।कलेजमा पनि कसैसँग बोल्दैनथिएँ।साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे। उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे।म लाजले निहुरिरहन्थेँ। साथीहरुका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : यो कस्तो प्रेम

~राजु दाहाल~ भाग १ रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता, मेरो जिबन, मेरो प्राण, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मास्टर्स थेसिस

~सन्तोष पौड्याल~ हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरी नै जन्माउ है तिमी

~धनबहादुर मगर~ ‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’ ‘ए ! दुई वर्ष भइसक्यो |’ ‘बोजु खै नी ?’ (आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’ सुनेर ‘थुक्क ! छोराहरू’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायनवादी

~भुपेन~ खासमा त्यो समय म हाम्रो महान तथा गौरवशाली मानिने पार्टीद्वारा बेलुकी सम्म जारी गरिने विज्ञप्ती तयार पार्दै थिएँ। बिहान बसेको बैठकको निष्कर्ष अनुसार आन्दोलनले नै जनताका तमाम इच्छा आँकाक्षा पूरा हुने भन्दै पार्टीले मलाई क्रान्तिका निम्ति एक क्रान्तिकारी विज्ञप्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपवाद

~शिव प्रकाश~ कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तर्व्यथा : आजको

~कोमलप्रसाद पोखरेल~ आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चावीवाज

~केश बिरही~ वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो । केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खहरे

~मानसी पौडेल~ कलेजको क्यान्टिन । दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन् । जान रुचाउँदैनन् वा त्यो कसैका लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्दोष साथी

~लाहाङ लिम्बू~ ‘‘नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस ग¥यो । गाउँका साना–साना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment