Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : छठ

~श्याम साह~ यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनैले नपत्याइदिएपछि उसलाई झोँक पनि नचलेको होइन । तर, भर्खरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : चरी भरर…..

~डा तारानाथ शर्मा~ आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको “प्राधानिकं रहस्यम्”मा अङ्कितै छ: “सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी” अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, २, पालनपोषण र रक्षा, ३, शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : फूलमतीको रातो सारी

~गोविन्द गिरी प्रेरणा~ फूलमतीको लोग्नेको मृत्युको खबरले उसका साथीसँगतीहरू दुःखी भए। उनीहरू फूलमतीलाई समवेदना दिन घर पुगे। तर आश्चर्य ! फूलमती रातो सारी, रातो चोलो, गलाभरि गहना, हातभरि चुरा र सिउँदोभरि सिँदुरसहित पत्रकारहरूसँग कुराकानीमा व्यस्त थिई। एउटा पत्रकारले सोध्यो- विधवा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ओलीको बोली

~बिस्नुप्रवा सापकोटा~ २०५७ सालमा म कक्षा १० मा पढ्थें। त्यही वर्ष हाम्रो घरमा पहिलोपल्ट माओवादी आएका थिए। जेठको मध्यतिर घाम आकाशको आधा भागबाट पश्चिमतिर सर्दै थियो। तल कतै टिमुरखोला गुनगुनाइरहेको थियो। बिट फाटेको थोत्रो गुन्द्रीमा बसेर कमेरो पोतेजस्तो हजुरआमाको सेतो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काठमान्डु कथा- राम र काम

~मनोज दाहाल~ मलाई मानिसका नामहरूमा अद्भुत जिज्ञासा छ । बुवाले राखिदिएको मेरो नामको अर्थ हेर्न मैले कयौंपटक शब्दकोष पल्टाएको छु । मेरी छोरीको नाम ऋतम्भरा हो भन्ने थाहा पाएपछि अधिकांशले ‘अहा, कस्तो राम्रो नाम’ भन्दै अर्थ सोध्छन् । म बढो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिल्सिएको आत्मा

~भूपेन्द्र काफ्ले ‘नयन’~ “नयन, तिमि कहाँ गको थियौ?”, शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ | ” थाहा छ नयन मा तिमि लै एक्लो छोडेर जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~ …मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाग मिथिला जाग

~जीवन दहाल~ “४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

कथा : सम्झौता

~रोबिन मानन्धर~ ‘ओ मेरे दिलके चयन………..’ ‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुक च्याट

~सुधीर ख्वबि~ ‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा। ‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले। जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो । ‘सुखमा दुःख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकबाहिर

~टङ्क उप्रेती~ फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग ‘फेसबुकमा फत्तेमाया’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पसल पुराण

~जगदीश घिमिरे~ (एक) स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ । भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते

~यम घिमिरे~ मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : इमेल

~अर्जुन नवोदित~ अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पैसा

~अर्चना न्यौपाने~ कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ । ए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गबिनाका जीवनहरु

~लेनिन बञ्जाडे~ टिरङ…टिरिङ…टिरिङ “हलो” “हजुर .. ए हुन्छ ल” “ए विज्ञान, फोन छ” घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि। “रोल्पा जानुपर्छ अब त, यता बसेर हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शहीद परिवार

~आभा~ यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ‘‘भ्रष्टाचार– निवारण’’ दिवस

~डा. कपिलदेव लामिछाने~ मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कोकोहोलो

~एकराज प्रधान~ कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~ ऊ नेपाल फर्कने निर्णय गर्छ आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~ आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : र फेरि

~राजव~ उताबाट आउने फोनको कुनै निश्चित समय छैन। तर, बार निश्चित छ– आइतबार वा शनिबार। अरू बार फोन आएको रेकर्ड छैन। यी बार कुनै पनि समय उसको फोन बजेको हुन्छ। त्यसकारण ऊ आइतबार र शनिबारका दिन फोन हातमै लिएर हिंड्छे। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~दिवाकर स्वप्नील~ “अरे?हजुर अफिस गइसेको होइन?” “अँ।तर जानै सकिनँ।” “किन?” “बाटो भरिका जुलुसले गाडी अगाडी बढाउन सकिएन।” मैले श्रीमतिको प्रश्नको जवाफ मात्र दिएँ।मन त्यसै भारी भएको थियो।त्यस्तो नीच कुकृत्य कसले गर्यो?त्यो भीडभित्र अपराधको दण्ड तोकिएका मान्छेहरुको अनुहार जो अपराध बिरुद्ध … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उपहार मौनताको

~तिलक खत्री~ दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रक्सीको मात

~कालिकाप्रसाद उपाध्याय~ माघीको बेला थियो । ठाकुरद्वारामा मेला थियो । दुर्इ दैांतरी थिएः पुरन र रमेश । पुरन थारू समुदायको ठिटो र रमेशचाहिं पहाडी । पुरन पहाडी (नेपाली) भाषा राम्ररी बोल्नसक्ने, रमेश पनि थारू भाषामा पोख्त । ठाकुरद्वाराको मेलामा दुबै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मन परेकी केटी

~शिव अधिकारी~ म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकामा डलर फल्दैन हजुर!

~बासु श्रेष्ठ~ रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको हाँसो

~श्रेष्ठ सत्य~ तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै … Continue reading →

Posted in नेपाली कथा, बाल कविता | Tagged | Leave a comment

कथा : रुन्चे दनुवार

~नेत्रबहादुर कुँवर ‘अशोक’~ “हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड परिवर्तन

~बाबुराम काफ्ले~ ‘क्रान्तिकारीहरुको सत्ता आएपछि समाजमा कुनै किसिमको विभेद रहने छैन, श्रमको  उचित मुल्य पाइनेछ, कोही कसैबाट शोषित र पीडित भएर बस्नु पर्ने छैन, जग्गा जोत्नेको हुनेछ , घर पोत्नेको हुनेछ । कसैले पनि ऋणको भारी बोक्नु पर्ने छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment