Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : फेसबुकमा लाइकको ब्यापार

~बिजु सुवेदी “विजय”~ “हे भाइ ! कति फेसबुक खेलिराको ? ओहो तिमीले त लाइक कति ठोकिराको ? कि सबका सबलाई लाइक ठोक्छौ ?” “हैन ?” भन्ने छोटो उत्तर दियो उसले । (ऊ फेसबुकमै व्यस्त थियो कुरा गर्ने फुर्सद थिएन उसलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : ठगठाग युगाय नमः

~नन्दलाल आचार्य~ सखडेश्वरी भगवती माता ! म भगवती पुत्रीको भक्तिभाव स्विकार गर ! ० निवेदन गर्छु सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु । देवीका चरणमा सविनय नम्र निवेदन यो छ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : जवान मन, अधबैँसे उमेर

~प्रकाश गिरी~ सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिँए, एउटा फ्रेन्ड रिक्योष्ट आयो – ‘स्वेता सिम्खडा’। मैले रिक्योष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाँए – “ओई! के छ खबर? सञ्चै छ्यौँ?” “अँ यार! तिमिले त माया नै मार्यौ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : याे सहर माकुराकाे जालाे

~गाेकर्ण भट्ट~ ‘ल हेर्नु त मानिसहरु’ उनी भन्दै थिए, ‘तछाडमछाड छ, भागेका छन, दौडेका छन, कोहि सङ्ग फुर्सद छैन । कुरा गर्दा सबै बेरोजगार छन ।’ ‘यो शहर हो नि दाइ । शहर मा नभागेर कहा दौडिएलान र मान्छेहरु’ मैले … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मास्टर काका

~आर. खर्बुजा~ त्यतिखेर नगरभित्र रहेका प्रत्येक घरधुरीहरुमा अनिवार्य शौचालय निर्माण गर्नैपर्ने नियम थियो। पारित नियम नगरवासीहरुले उत्साहपूर्वक कार्यान्वयन गररुन् भन्ने हेतुले शौचालय निर्माण कार्य सम्पन्न हुने बित्तिकै नगरपालिकामा जानकारी दिने नगरवासीलाई रु १,२००/– आर्थिक अनुदान दिने सूचनासमेत प्रकाशित गरेको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसबुक पुराण

~बिम्मी शर्मा~ मार्क जकरबर्गले जबदेखि फेसबुक दुनियाँसामु पस्के, तबदेखि परिवार र समाजमा एउटा जबर्जस्त क्रान्ति नै आएको छ । फेसबुक अर्थात् सबैका लागि आफ्नो र आफ्नो कामको प्रचारप्रसारका लागि निःशुल्क उपलब्ध गराइएको प्लेटफर्म । आफ्ना सबै भावना र सम्भावनालाई फेसबुकमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बधशाला जाँदा आउँदा

~पारिजात~ “ए हजुर यता सुन्नस् त…” यसो फर्केर हेर्छु, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन बेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तार सोचिसक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्योतिषी बा र मेरो प्रेम

~आनन्द हरी मैनाली~ बाहिर बाट बुवाले भन्नु “भो कान्छा अलिकति फूल र दुबो टिपेर ले त” ? म भित्र कोठा मा बसेर च्याट गर्दै थिएँ | बुवाको आदेश अनुरूप फूल र दुबो ल्याएर बुवाको हात मा दिदै फेरि कोठामा छिर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | 5 Comments

कथा : सहिद सम्मेलन

~सुरेश बखुन्छें~ उहिले कसैले कसैलाई सराप्नु परेमा वा कसैसँग तगडाको झगडा परेमा गाली गर्नलाई “तेरो घरमा काङ्ग्रेस पसोस्” भन्थे अरे ! तर समय निकै बलवान छ। त्यो भन्दा पनि भीमसेनजस्ता पहलमानका गुरु हनुमानभन्दा तेजवान् छ। उहिलेको कुरा खुइलिई सके। त्यतिबेलाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्मृतिमा टेक बहादुर

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँउ बाट अली टाढा गहते चौरको पुर्व पट्टीको काँडा घारी सरकारी जग्गा लाई टेक बहादुरका भाई मन बहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाड् अनी केही राजु र म्यालका रूखहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पत्रकथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

~नारायण भुसाल~ असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अब बिदेश जाँदैजान्न

~बिश्व बिनोद~ के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : बफादार कुकुरहरू

~रमेश प्रजापति~ मलाई कुकुरहरू मन पर्दैनथ्यो। तर समाज चोरी, डकैती, लुट, काटमारबाट आक्रान्त रहेको हुँदा एकदिन मन नपराई नपराई भए नि कुकुर पाल्न बाध्य भएँ। कमसेकम एउटा कुकुर भएपछि चोरी, डकैतीबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो। सौभाग्य भनौं वा दुर्भाग्यको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नियतिले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ बिरामी छोरी लिएर म आकस्मिक कक्षमा पुगें । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देखें । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म बिरामी छोरीको सबै लक्षण बताएँ र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : महात्मा जी

~मनोज कफ्ले ‘मनसुन’~ जवानीको बेलामा म पहाड पारीको शान्त वनमा एक सन्तलाई भेट्न गएको थिएँ । हामी सदगुणहरुको स्वरूपको विषयमा कुराकानी गरिरहेका थियौँ । यत्तिकैमा एक जना डांकू लड़खड़ाउँदै त्यहाँ आइपुग्यो । कुटीमा पुग्ने बित्तिकै उसले घुँडा टेकेर भन्यो, महाराज, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देउता

~नन्दलाल आचार्य~ म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : माला

~डा. टीकाराम पोखरेल~ पार्टीले उम्मेदवारको नामावली घोषणा गरयो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दंग परयो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ऊ र म

~दिवाकर स्वप्नील~ उसको र मेरो सधैँ झगडा परिरहन्थ्यो । लाग्थ्यो हामी आजीवन शत्रु हौँ । तर पनि फेरी दुइ शत्रुको अस्तित्व जीवितै थियो । ऊ मलाइ सधैँ ब्यङ्ग्य गर्थ्यो र अगाडी नै बसेर पैसाको धाक लगाउँथ्यो।कहिलेकाँही त एकै लातमा खुत्रुकै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उमाको आत्महत्या

~ऋषिराज घिमिरे ~ सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । ऊ एक सामान्य खानपिन र लुवाइखुवाइमा बाँच्दै आएकी छे । गाउँमा जब उसले एसएलसी पास गर्छे, उसलाई सहरमा पढ्न जान मन लाग्छ । सहर पढ्न जानका लागि बाआमासँग प्रस्ताव राख्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी

~भौतिक मल्ल जंगली~ कहाँसम्म जाने होे ? हजुर क्षेत्रपाटी अनि हजुर नी ? अनामनगर हेर्नुसन गाडी नपाएर के गर्ने होला ? रातले अंगालो हालीसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु चलिरहेका थिए । कोटेश्वरको चोक मसान घाट जस्तै सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : हिमालपारिका दाजु

~डा. हेमनाथ घिमिरे~ ‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसंगै नाकको सामुन्ने जोडिएका मेरा दुबै हत्केला बिस्तारै छुट्टएर अनायासै खस्न थालेका आँसुका थोपाहरु पुछ्न पुगे । दाजुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखापरेका भावनाहरु मेरो बुर्खाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पुनर्निर्माणको पुन्तुरो

~रसिक रमण~ हर्के आज बिहानैदेखि फुरुङ्ग छ । दारी काटेर पुरानै भए पनि धोएर सफा पारिएको कमेज सुरुवाल लगाउदै हातमा नागरिकता बोकेर बजार प्रस्थानको निम्ति डेग सार्दै छ । पुलकित मुहारमा आभा भर्दै आज बजार जानुको प्रयोजन सम्झन्छ । गाविस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गधाको आँसु

~प्रेम श्रेष्ठ~ भारी बोकेर आएको एक गधा भीरबाट चिप्लेर खस्यो। खोचमा गएर चित्कार छोड्दै अन्तिम सास लियो। त्यस कारुणिक दृश्य देख्ने सँगै हिंडेका गधाहरू हेरेको हेर्‍यै भयो। सहकर्मीको चित्कार सुनेर त्यसले दुई थोपा आँसु चुहाउनुबाहेक केही गर्न सकेन। भारी बोकेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फेसबुके फेस

~प्रमोद अमात्य ~ बाङ्गा छन्, सोझा पनि यहाँ गतिछाडा छन्, गतिमान पनि यहाँ पदवाला छन्, पादवाला पनि यहाँ मनचोर छन्, घरफोर पनि यहाँ जति छन् सब छन् फेसबुक भरी फेसबुक बिना चल्छ जीवन कसरी ।। बच्चादेखि बुढाले चलाउने यो फेसबुक … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : जाहेरी

~राजन सिलवाल~ पूरै दुइ दिनको बाटो हिँडेर थिन्ले सदरमुकाम आइपुग्यो । सुत्केरी छोरीलाई ज्वाईंले कुटेर मारेको थियो । अर्सइको नेतृत्वमा एक टोली घटनास्थलतर्फलाग्यो । थिन्ले अघिअघि लाग्यो । बाटो ढुग्ंयानी थियो, उकालोको कुनै दुःख थिएन । धरती डढाउँछु जसरी भाद्रको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेराइ र बुझाइ

~एन.आर. शाक्य~ एकजना पहलमानलाई आफ्नो बलका बारेमा ठूलो घमण्ड थियो। उनको रिस पनि कडा थियो। तैपनि परेका बखत सबैलाई मद्दत गर्ने बानीका कारण उनी गाउँलेहरूबीच लोकप्रिय थिए। पहलमानलाई एकदिन लाग्यो ‘यो संसारमा मैले पाउने र भोग्ने जति भोगिसकें, अब मैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छुटेको प्रेम

~रमेश खड्का काशी~ प्रियसी … खै के भनेर सम्बोधन गरु म, मायालु भनू त मायारुपी शब्दहरु पनि जलेर खाग बनेको सरिर संगै जलिरहेछन, प्रियसी भनु त दाम्पत्य जीवनको दश वर्ष बित्दा पनि तिम्रो प्रिय हुन लायक बन्न सकिन ,श्रीमति भनौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लेखस्व

~रुमन न्यौपाने ‘अमन्त’~ ‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस’ । उनले मलाई च्याप्प समातिन र जथाभाबी प्रेम बर्षाउन थालिन । कुरा के भयो भने, केहि घन्टा अघि उनलाई भैंसेपाटिको एक खरिबोट मुनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विचरो गौंथली

~विजय गिरी~ भक्तपुर कमलविनायक नजिकै एउटा पुरानो घरमा गौंथलीको गुँड बनाउन थालेको हुन्छ। परालका त्यान्द्रा र नल टिपेर मेहेनत गरेर त्यस सुधो चरोले केही समयमा गुँड पनि तयार गर्छ। समय बग्दै जान्छ नदीजस्तै, गौथलीको गुँडमा पहिले अण्डा र पछि स–साना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~ हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पालो पर्खिरहेको मान्छे

~लक्ष्मण श्रेष्ठ~ भास्कर बहुलायो। यो दुई अक्षरको खबरमा एक हजार भोल्ट करेण्ट थियो सायद। सुनेदेखि मेरो दिमाग रन्थनाइरहेछ। खबर बिहानै विश्वविद्यालयको क्यान्टिनको टेबलमा पुगिसकेको थियो। क्लास भेटाउन विद्यार्थीहरु हतरपतर दौडदै गर्दा खबर त्यो भन्दा अघि–अघि थियो। गेटदेखि कक्षाकोठासम्म सर्वत्र भइसकेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समयको बेग्लै रङ्ग

~रामचन्द्र श्रेष्ठ~ के समयको रङ्ग हुन्छ? हो, समयको रङ्ग हुन्छ। समयका भिन्न–भिन्न क्षणहरू समयका बेग्ला–बेग्लै रङ्ग बनिदिन्छन्। हत्या, बलात्कार, भ्रष्टाचार वा अपराधको समय शायद कालो हुन्छ होला। निष्काम कर्मको समय शायद सेतो हुन्छ होला। परिवर्तनको समय रातो हुन्छ होला। जब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment