Category Archives: नियात्रा

नियात्रा / Travelogue

नियात्रा : एउटा अविस्मरणीय यात्रा

~पुष्पलता आचार्य~ २०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : गोठीकाँडा डाँडादेखि काँक्रेबिहारसम्म

~वासुदेव गुरागाईं~ ‘उः त्यो माथि देखिने गोठीकाँडा हो ।’ पूर्णमानजीले मेरो ध्यान आकर्षित गर्दै चोरी औँला ठड्याएर पहाडका शिरतिर सङ्केत गर्नु भयो । गोठीकाँडाका विषयमा कहिल्यै कहीँ केही नसुनेको मान्छेलाई गोठीकाँडा चराचुरुङ्गीको नाउँ हो कि मान्छेको नाउँ ! के थाहा … Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

नियात्रा : लिटिल इन्डियामा एक दिन

~राजेन्द्रप्रसाद अर्याल~ हामी बेलायत त पुग्यौ त घुमफिर गर्ने प्रशस्त समय थिएन । यस समस्यासँग परिचित विमल, विकल र विनयले न्यून समयको अत्यधिक उपयोग गर्ने कार्यक्रम तय गरें । एक बिहान हामी लन्डन सहरको साउथलतर्फ लाग्यौं । हामी जति अगाडि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : चेपाङबस्ती चियाउँदै उपरदाङगढी

~वासुदेव गुरागाईं~ १)  ‘सर ! करसाहेबलाई त टाउको पो दुख्न थाल्यो रे । माथि जान सक्नु हुन्न जस्तो छ । र्फकने कुरा गर्दै हुनुहुन्छ । उहाँ त अझ निकै तलै पो हुनुहुन्छ त ।’ ‘स्वाँ स्वाँ’ गर्दै उकालो चुम्न आइपुगेका … Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

यात्रा संस्मरण : आत्मीय अँगालोमा बाँधिएको  वृहत् साहित्यिक यात्रा

~राजेन्द्रप्रसाद अर्याल~ ड्यासबाट बोल्दाबोल्दै कवि मञ्जुलको गला अवरुद्ध भयो । वाक्य फुट्न सकेन अनि द्रविभूत हुनुभयो । दर्शक दिर्घातर्फ मौनता छायो । सबै स्तब्ध देखिन्थे । तीस सेकेण्ड जतिको यो दृष्य तथा अवस्थाबाट मञ्जुल सम्हालिनु भयो । एक्कासी यथावस्थामा आई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हेटौंडा घुम्दा

~शीतल गिरी~ मनै त हो, कहिलेकाहीं डोरो चुँडिएको च·ाझैं हावामा कावा खेल्न चाहन्छ, बाढी भई छताछुल्ल हुन चाहन्छ, महादेवले किराँत रूप धारण गरी वन ज·लमा रमण गरेझैं प्रकृतिलाई नजिकबाट छाम्न चाहन्छ, कोइलीसँग मितेरी लगाउन चाहन्छ । यसो भनौं शहरी र … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : संझनामा तिन दशक अघिको मनाङ

~डा. हरिकुमार श्रेष्ठ~ आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : प्रत्येकको मन हरिलिएको त्यो क्षण !!!

~पूर्ण ओली~ मेरो फोनको लामो घण्टी उताबाट रिसिभ हुनेबित्तिकै मैले तताइहालेँ, “सिडियो साब्, ६ त बज्नै आँट्यो ।” चैत्र महिनाको बिहानको ६ बज्न भने अझै २० मिनेट बाँकि छँदै थियो । उताबाट सिडिओसाबको जवाफ आयो, “म त रेडी भैसकेँ । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एउटा प्रसङ्ग अर्को यात्रा: दुप्चेश्वर महादेव

~वासुदेव गुरागाईं~ ‘आउँदो दसैँको ‘को जाग्रत ?’ पूर्णिमाको अघिल्लो दिन सबैजना नुवाकोट जानुपर्छ । अन्यत्र कुनै कार्यक्रम नराख्नु होला ।’ काठमाडौँ सीतापाइला निवासी साढुदाजु गोविन्द खनाल र दिदीको अनुरोध थियो यो । कुरो २०६७ असार साउनतिरैको हो । दसैँको यो … Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

नियात्रा : प्यूठानमा सांस्कृतिक यात्रा : एक अनुभूति

~रेम राना~ गत ०६८ मंसिर २८ र २९ गते दाङमा सम्पन्न रक्तिम अभियान, केन्द्रीय समितिको बैठकले पौषदेखि जेष्ठसम्मको कार्यतालिका निश्चित गरेको थियो । जसअनुसार, पौष १५ देखि माघ महिनासम्म केही जिल्लामा केन्द्रित गरी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने ठेगान गरेको थियो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : बन्दीपुर जीवनमा एकपल्ट जानै पर्ने ठाउँ रहेछ

~पद्मावती सिंह~ तरूणावस्थादेखि बन्दीपुरप्रति म आकर्षित भएकप् थिएँ – तारादेवीले गाएको म.वि.वि शाहले रचेको ‘बन्दीपुरको उकालो लामो मस्र्याङ्गदी डुङ्गाले तरेर’ भन्ने गीतबाट ….। बन्दीपुरको प्राकृतिक सुन्दरता र भौगोलिक स्थितिबारे केही जानकारी गराउने तथा बन्दीपुरको परिचय गराउने उक्त गीत मलाई साह्रै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

~प्रदीप नेपाल~ मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सिकागोसँगका अनुभूतिहरू

~राजेन्द्रप्रसाद अर्याल~ सन् २०११ को जुलाई २, ३ र ४ तारिख । अमेरिकीहरूका लागि बिदा र बेग्लै महत्त्वका दिनहरू । यी दिनहरूलाई अमेरिका निवासीहरूले निकै रमाइलो र उमङ्गका साथ मनाएको देखियो । जुलाई ४ तारिख अमेरिकी स्वतन्त्रता दिवसको दिन भएकाले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बन्दको बहनी र ट्र्याक्टरको यात्रा

~वासुदेव गुरागाईं~ ‘आज दिउसो १२ बजेदेखि ३ बजेसम्म चक्काजाम ।’ २०६६ चैत १६ गते कार्यालय जाँदै गर्दा यस्तो खबर सुत्रमा आयो । आयोजकका विषयमा जात्र खोज्दा एनेकपा माओवादी भत्रे जानकारी पाइयो । पूर्व हल्ला केही थिएन । अकस्मात् यस्तो कार्यक्रमका … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : तीनजुरेमा तीन पटक

~एकु घिमिरे~ वि. स. २०७१ को तिहार मावलकी हजुरआमाको निधनका कारणले मानिएन । चाड नमान्ने हुँदा साथीभाइलाई पालो दिने उदेश्यले मैले अफिस कुर्ने निर्णय गरेपछि कार्यरत चैनपुर बजारमै बस्यो हाम्रो परिवार । टीका नलगाए पनि रमझम भएपछि मन त उड्ने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ५४१६ मिटर

~भीष्म उप्रेती~ बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : आफ्नै आँखाले आफ्नै देश हेर्दा

~अजम्बरध्वज खाती~ केही महिनाअगाडि नै थाहा भएको थियो नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १० औं राष्ट्रिय सम्मेलन कैलालीमा हुँदैछ भनी जुनबेला थाहा पाएँ, त्यसैबेलादेखि मलाई पनि त्यो सम्मेलनमा जान मन भएको कुरा शंकर भण्डारी, राम … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : दुल्लुको दौड र पञ्चकोशी–दर्शन

~वासुदेव गुरागाईं~ हेमन्तको उत्तराद्र्ध । बिहानको पारिलो घाम । कर्णालीको कञ्चन पानी । वारिपट्टि पाउमा दैलेख, पारिपट्टि आँखाभरि अछाम । दुवै उत्तिकै रमाएका छन् । आञ्चलिक हिसाबले वारि भेरी, पारि सेती । त्यति मात्र हो र ! वारि मध्यपश्चिमाञ्चल, पारि … Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

नियात्रा : काठमाडौंदेखि कालीकोट–जुम्लासम्म

~केशव तमखू~ किताबमा पढेको र मिडियामा देखे–सुखेको नेपालसँग साक्षात्कार गर्ने भित्री मनको चाहना ज्यूँदै थियो। तापनि विभिन्न कारणले काठमाडौं नै सीमित हुनुपरेको यथार्थ तीतो सत्य थियो। भलै विद्यालय जीवनको पोखरा भ्रमण तातोपानी–दोलखा भ्रमणजस्ता सुगम र छोटो दूरीको यात्राले काठमाडौं बाहिरको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : थाई विमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म विशेष सचेत र र्सतर्क थिएँ। मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कारागारको डीलबाट सेती-गंङ्गालाई नियाल्दा

~सरोदिलु विश्वकर्मा~ जहाज जतिजति पश्चिमतिर हुइकिईंदै थियो, त्यतित्यति हीरा-मोतीका ताजजस्ता लाग्ने लहरै हिमाली श्रृखलाहरु होचा र मुधूरा हुँदै हराँउथे, अनि त्यसका काखमा अवस्थित अग्लाअग्ला पहाडहरुमाझ इन्दे्रणी रंगले डढेलो लागेझै देखिन्थे । लाग्थ्यो- दूरदूरसम्म कुनै वस्ती र जीवाणु छैनन्, कुनै मानव … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : जाऊँन हरर, बेंसीसहर

~डा. खगेन्द्रप्रसाद लुइटेल~ असार १५ गते बेंसीसहर जाने कार्यक्रम तय भएको थियो । नेपाली समाजमा असार १५ गते दहीचिउरा खाने दिनका रूपमा प्रसिद्ध छ । यो कार्यक्रम भने साहित्यिक थियो । भीमनिधि तिवारीको शतवार्षिकी उनकै पैतृक थलोमा मनाउने कार्यक्रममा हामी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : पश्चिम नेपालको यात्राका केही बिम्ब

~सरोजराज गोसाईं~ भक्तपुरदेखि सुर्खेतसम्म आँखा र कानबीच पाँच अङ्गुलमात्र फरक भए पनि हेरेर वा सुनेर गर्ने अनुभूतिमा आकास–जमिनकै फरक छ। भ्रमणको महत्त्व यसैमा झल्किन्छ। देश बुझ्न जनतामाझ नपुगी धरै छैन। वर्ष २०६९ ले बिदाइको हात हल्लाउने बेला भएको मध्य र … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : मातृभूमिको यात्रा र सामाजिक सेवाको अनुभवहरु

~केशव भण्डारी~ करिब चार वर्षको लामो अन्तरालपछि आफ्नो जन्मभूमि गुल्मी जाने तरखरले म निकै हौसिएको थिए । चौरासी नाघी सक्नु भएको आमाको हातको टीका लगाउन दसँैमा नेपाल जान पाउँदा बेलायतमा परिवारलाई चाडपर्वको बेलामा छोड्नु पर्दा पनि मैले अप्ठेरो मानेको थिइन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : घान्द्रुकको-यात्रा

~अमोल आचार्य~ १० अक्टोबर, शनिवार, बिहान नै उठेर, पदयात्राकै लागि भनेर किनेको ‘ट्रेकिङग् ब्याग’ बोकें। पदयात्रा जाने जोशले होला ब्यागमा कोची-कोची राखिएका कपडाहरु, साबुन-स्याम्पुहरु केहीको पनि तौल थाहा भएन। विहान ७:०० बजे जमल पुगेर ‘टुरिष्ट’ बसमा चढेर पोखरा जाने निधो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कविता पढ्दै थोराङला

~साम्ब ढकाल~ अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : दशैँ यात्राको पीडा – २

~शुभचन्द्र राई ‘सुवास’~ खै कथाको पन्तुरो कहाँबाट फुकाउँ….? यसपालीको मेरो दशै यात्रा सुनाउँ कि नसुनाउ…..? पोहोर सालको मेरो “दशै यात्राको पीडा” यात्रा संस्मरण माइसंसारमा छापिए पछि आफ्नै घुरेनबारीमा गुरुजीलाई झण्डै घोक्राएको विषयमा पाठकहरुबाट हुन सम्मको खप्की खाए पछि थुक्क कुन दिनमा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेरिल्याण्डका उडुस

~युवराज नयाँघरे~ उडुसको खानीमै परिएछ— सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा ! अपार्टमेन्ट नम्बर ६१२ मा बसेकै दिनदेखि शरीरभरि डाबर देखियो । राति ग्यास स्टेसनमा काम गर्ने कुइरे बूढा उज्यालो खसिनसक्तै आइसक्थे । कामविहीन म … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नेपाल भोट

~कुन्द दीक्षित~ हाम्रो देशको भौगोलिक विविधताको बखान गर्दै नेपाललाई जहिले पनि हिमाल, पहाड र तराईले बनेको मुलुक भनिन्छ। तर, यसो भन्दा हिमालपारिका जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङले ओगटेको नेपालको लगभग एकचौथाइ भूभाग समेटिंदैन। भौगोलिक विकटता र थोरै जनसंख्याले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : इलाहवाददेखि ताजमहलसम्म

~चन्द्रप्रसाद न्यौपाने~ वृन्दावनमा माछामासुका पसल, होटलहरू त्यति पाइँदैनन् । अधिकांश मानिसहरु शाकाहारी देखिन्छन् । राधा र कृष्णको खुवै प्रशंसा हुने वृनदावनका अधिकांश मन्दिरहरु राधाकृष्णकै सम्झनामा स्थापित छन् । भारतका तीर्थस्थलको यात्रामा क्रममा इलाहवादको वासपछि हामी सोही नगरको एकाछेउमा पर्ने प्रयागराज … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डोल्से लाहुप्लेमा झ्वाम्ल्ङग

~केदार सङकेत~ पौडी खेल्दा तैरिन नसकेको याद ताजै छ । पौडीमा पास भएपछि माछो जस्तै तैरिँदाको स्वाद पनि फेरि अर्कै छ । अल्लरे छँदा उत्तिसको स्याउलाले ठाडेखोला बारेर चिसो पानीमा झ्वाम्ल्लङग हाम्फालेको झर्रो याद तातो पानीको डुबुल्कीले मेट्न सकेन तिर्सना … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आमदब्लमको काखबाट सगरमाथाको दर्शन

~शान्ता नेपाली~ पुस महिनाको ठन्डी। झिसमिसे उज्यालो। एयरपोर्ट पुग्दा बिहानको सातमात्र बजेको थियो। अरू साथीहरूलाई खोजेँ। म नै पहिला पुगेछु। हामी लुक्ला जाँदै थियौं। पर्यटन वर्षको उद्घाटन गर्न आमदब्लम हिमालमा दीपप्रज्ज्वलन कार्यक्रम तय भएको थियो। त्यही कार्यक्रममा भाग लिन १० … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment