Author Archives: Editor

गजल : बसाईं

~सुवास कोइराला~ अब त त्यो गाउँको माटै बसाइ सर्छ होला । शहर पसे बटुवा सब बाटै बसाइ सर्छ होला । पसिना र पाखुरी सब मुग्लान तिर बिक्रि भए । खेती गर्न मान्छे खोज्दै फाँटै बसाइ सर्छ होला ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : ख्याति कमाउन

~बिकुबाबु प्रजापति~ ख्याति कमाउन सगबगाइरहेका पाइन्छन् आजभोलि बहु अवतारीहरु उल्टो सुल्टो जुनसुकै चाल चलेर होस् या सक्कली नक्कली जुनसुकै माल बेचेर होस् ‘जाति भनाउन छटपटाइरहेका देखिन आउँछन् अव्यवहारीहरु स्वदेशको धज्जी उडाएर होस् या विदेशको गुन गाएर होस् । संगाती बढाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : खालिगडा लवामाली

~चन्द्र कुवँर ‘चन्द्रमा’~ खालिगडा लवामाली , देउताको थान पन । चन्चल मन बैरागी नहो , अब त मान पन ।। डाँडा खेल्ला लवामाली , स्कुल पढ्न्या दिन । आकाश पाताल एकै गर्दो , यती घुम्छै किन ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : भूगोल

~अमन महर्जन~ भन्न त सबै पृथ्बी गोल छ नै भन्छन, त्येसैले होला मान्छे भन्नेहरु सुखको खोजिमै बिलाउँछन सदा बिचरित मनहरू यदि ताँतिमै टुंगिँछन भने कसले पो सोच्छ र आजको पराई कुन आफन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : नातावादको अङ्कगणित !

~शिरिष पराजुली~ सर नमस्ते ! ‘नमस्ते’ भन्दा नै सर मबाट टाढिए, मैले आफैंलाई सुघें– कतै किर्तिपुरले मलाई दुर्घगन्धित त बनाएन तर हैन म भित्र महङ्गो पर्फ्युम बास्ना छ । सोचें, सर मबाट किन टाढिए ? अनि मनमा नानाथरी अङ्कगणित खेल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : म उत्तर आधुनिक समाजवादी ‘गजु’

~सुकुम शर्मा~ अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मधेस

~नारायण तिवारी~ मधेसले मलाई गाली गर्छ म भन्छु- जसले सधैँ अँगालोमा राख्यो उसलाई किन गाली जसले गर्छ तिमीलाई गाली उसलाई पो गर्नुपर्ने हो तिमीले गाली सायद मधेसलाई थाहा छैन उसलाई र मलाई एकैपटक सराप्ने

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अल्पायुका स्रष्टा हिरामणि शर्मा पौडेल

~डिल्लीराम मिश्र~ कला साहित्य समाजको आँखा हो र यसको अभावमा मानिस अन्धो हुन्छ । कला साधनाको माध्यमबाट जनतालाई जागरुक बनाई समाजको पुनः निर्माण गर्न सकिन्छ भन्ने शाश्वत मान्यता राख्ने समालोचक एवं अनेक भाषाका अध्येता हीरामणि शर्मा पौड्याल परमधाम भएको पनि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : छौं हामी बदमास

~युद्धप्रसाद मिश्र~ व्यथा दूर भई निम्न वर्गमा शान्तिको लिन सास आयो क्रान्ति ठूला-ठालुको उडे होस हवास लाखौं झुपडीका प्रगतिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरै बेश

~विचित्र मुल्मी~ मीठो मसिनो कुरा बकेर राष्ट्रिय व्यक्तित्व कहाइनुभन्दा विकार र विकृति विरुद्ध लडेर अप्रिय व्यक्ति भनाइनु नै अहिलेका लागि धेरै बेस । तारिफजीवी त यहाँ निकै नै देखिन आउँछन् शण्ड मुशण्ड बनी जो देखाप-यो

Posted in कविता | Tagged | Leave a comment

कविता : जो पनि

~विचित्रा रार्इ~ जो पनि झिट्नै खोज्ने बा ! ढाँटी, छली, तर्साइ धम्कार्इ आफ्‍नो विशेषता देखार्इ जो पनि रेट्‍नै खोज्ने बा ! नैतिकता पुरानो आदर्श भइसक्यो भनेर म्याद पनि गइसक्यो मानेर स्वतन्त्रता निर्लज्जता

Posted in कविता | Tagged | Leave a comment

कविता : रीत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ एकजोर चरासँग तिमीले जवानी साट्यौ चरा भएर उड्ने बेला बचेराहरुले केही छाडेर गए तिम्रो काखमा । जब तिमी सुक्यौ उनीहरु उड्ने बेला तिम्रो पतझर हाँगामा यौटा पुरानो गुँड थियो ती तिम्रै छातीको प्वालमा बस्थे त्यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : तान चलाउनु चर्खा काट्नु

~श्यामदास वैष्णव~ अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु दर्बिलो खुट्टा टेकि सबले गर्विलो आँखा पार्नु रैतिहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ हिमचुलीको सुन्तल घामझै हाम्रो देश बन्छ (तान चलाउनु चर्खा काट्नु रुवो उमारी कपडा बुन्नु आफ्नै नाँच र … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : जीवन अस्तित्व

~कुमार सिंखडा~ मेरो माया देउरालीमा कुरिराखेकी छ हजुर कुरिराखेकी छ सपनाहरू आकासमा बुनिराखेकी छ हजुर बुनिराखेकी छ कसले खबर पुर्याइदेला, म छू एक्लै वनमा निकास खोज्दै चालिराछु पाइला अन्धकारमा ओइलिएको फूल जस्तै झरिजान सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~बासुदेव अधिकारी~ चरनमा जडीबुटी खाएको गाई र शहरमा दाना खाएको गाईमा कसको दूध मीठो? कसको मुत्र स्वादिलो? यही भेद हो शहर र गाउँको गाउँ र शहरको। गाउँमा असङ्ख्य रूखपात असङ्ख्य डाँडाकाँडा सबैको नाउँ सबैको परिचय

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली कविताको विकासक्रम

~घनश्याम ओली~ पृष्ठभूमि वा पूर्वपीठिका कविता संसारको सबभन्दा जेठो साहित्य हो । सबभन्दा बढी लेखिने र पढिने पनि कविता नै हो । कविताको सबभन्दा जेठो साहित्य वा ग्रन्थ ऋग्वेद हो । ऋग्वेद संसारको सबभन्दा पहिलो कविता हो । ई.पू. १५०० … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : शून्य

~सरु पेखरेल~ समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुसीका पटकाहरु पड्किनै रहेका छन् । तर यी हर्षबढाइँका पटकाका आवाजभित्र पनि तसर्नेहरुको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : देश

~नवराज लम्साल~ आज पनि बिहानै यात्राको एउटा बस घुम्न नपाउदै घामको कलिलो चुम्बन धुँवाधुँवा भएछ ! डढेको दुवै हर चिस्याउदै दुधे बालिका फूलमा अडेस लागेकी छिन् ढुंगा भएको छ उनकी आमाको मन

Posted in कविता | Tagged | Leave a comment

गजल : लेख्छु गजल

~डा. घनश्याम परिश्रमी~ देश दुख्दा लेख्छु गजल नेता भुक्दा लेख्छु गजल झुपडीका वेदनामा मन पुग्दा लेख्छु गजल

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : गिनिजबुकमा चार दल

~लक्ष्मण गाम्नागे~ हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल चार दल भएको छ । पछि फेरि नौ दल अथवा सौ दल के होला त्यो त भन्न सकिन्न तर अहिले हाम्रो देशमा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : प्रयास बाँकी छ

~नारायण गाउँले~ अझै विश्वास भत्काउने प्रयास बाँकी छ उठ्नुपर्छ गर्न अझै खास बाँकी छ ! साम्राज्य त ढलेको छ अँध्यारोको तर मिर्मिरेमा घाममाथि त्रास बाँकी छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : लोडसेडिङ

~प्रेम ओली~ लोडसेडिङ्गले आजभोलि उल्का उल्का ल्या’को छ मैन बत्ती बाल्दा खल्ती पनि ख्या’को छ जादा सुटुक्क गए पनि आउँदा ठुलै पुरुस्कार पा’को जस्तो केटाकेटी पनि सिट्ठी फुक्दै होहल्ला नै मच्चाउछन बाउ लाहुरबाट आ’को जस्तो । राइस कुकरमा भात बसाल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~मदास~ अरुले खाए लाएको देखी भित्र असह्य हुनु, हाम्रो बाध्यता बर्बर कोर्कालीहरुमाझ प्रतिष्ठित हुन खोज्नु हाम्रो खाद्यता । असल भनाइन खोज्दा खोज्दै खराब बन्न जानु असाध्यता शान्तिको नाममा अशान्ति सिर्जनु हाम्रो आराध्यता (बाध्यता)

Posted in कविता | Tagged | Leave a comment

गीत : मनमा तिमी बस्यौ

~दीपेन्द्रसिंह थापा~ आँखामा त केके बसे मनमा तिमी बस्यौ फूलभित्र सुवासजस्तै नदेखेरै पस्यौ, अँध्यारोमा हराउँदा जून पाएजस्तो शून्यतामा अनायासै धून छाएजस्तो, नसोचेको नदेखेको सुख बनी खस्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आजका जोगी

~यज्ञेश~ मलाई छोटा कपडाभन्दा छोटा विचारसँग सरम लाग्छ, मूर्खको बातभन्दा महापण्डितको उपदेश झिज्यार लाग्छ! बहिरालाई मुस्कुराएको वचन सब मिठो हुन्छ, बेवाकूफ दर्शकलाई बकबके लवारपाँडे विद्धवान हुन्छ,

Posted in कविता | Tagged | Leave a comment

कथा : मधुमासको भोली

~विनय गौतम~ मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो। विहान उठनेबितिकै हिमाल देख्न पाईयोस ………………. विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिगानेकी अामा

~ध्रुव रिजाल~ खैरो छानोबाट उछिट्टिएका पहेला बाछिटाहरूको संग्रह पिएर उसले आफ्नो प्यास मेटायो उस्को तृप्ती भित्र खडेरिले खण्डहर बनेका पहेला गहुँका बोटले पाएको शीत तृप्तीको प्रतिविम्ब विम्वित हुन्छ गरिविको चित्र कोर्ने एक चित्रकारले उसको प्रतिविम्बलाई असभ्य देख्छ हो उ एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको परागसेचन

~तीर्थ संगम राई~ धुपि सल्लाको बोटहरुमा बशन्तले हात हल्लाई रहदा लाली गुराँसहरु मुस्कुराई रहेका छन् । तर राष्ट्रिय बिभूति बोकेको लाली गुराँस हिजो आज दन्त्य कथाको पात्र बनेर किराँत प्रदेसका पाखाहरुमा पाठ्क्रमका पानाहरुमा चिप्किएर ईतिहास बनेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : गुराँस फुल्ने लेक

~ध्रुवसत्य परियार~ अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बैँस हेर्नुपथ्र्याे । मेरो बैँस ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बिहानै बिहानै

~श्याम राज रानाभाट~ किन आँखा राता बिहानै बिहानै ! पियौ कि मदिरा बिहानै बिहानै !! के थियो र त्यस्तो पिडा मन भित्र ! गयौ मधुशाला बिहानै बिहानै !!

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छु हीरा मर्न देऊ

~लक्ष्मी प्रसाद देवकोटा~ दिल कचौरा यो उचालौं खान्छु हीरा मर्न देऊ रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ । एक निलमको छ ढोका जो कुवेरको द्वारमा हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो भाग्य

~जीवन्त रुकु~ मेरो भाग्य लेख्ने बेलामा भावी साह्रै कठोर भैछस्, पत्थरै पत्थर काँ डा काँ डा मात्र तैले लेखिछस् वर्ष मा घुम्छन ऋतुहरु अलग अलग सुबाश लिई, तैले तर मलाई एउतै शिशिर ऋतु मात्र दियिछस् फुल फूलने बोट हैन काँडे … Continue reading

Posted in कविता | Tagged | Leave a comment