Author Archives: Editor

कथा : झुकेनौ लडयौ र जित्यौ

~पुन्यराज पुडासैनी~ हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो | यस गाऊ को एउटा विशेषता के थियो भने जून सुकै काम गर्दा पनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दर सपनाको संसार

~भवानी पौडेल~ आमा तिम्रो मलिन चेहरामा लाली पोतिएको थियो तिम्रो जीर्ण र रोगी शरीरमा यौवन भरिएको थियो तिम्रा उदास आँखाहरूमा रोशनी चम्किरहेको थियो तिम्रा काला ओठहरूमा गुलाब फुलिरहेको थियो तिम्रो अँध्यारो जीवनमा जुन चम्किरहेको थियो तिम्रो घरको मझेरीमा संगीत बजिरहेको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पुकार

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ परहित गर्ने, जनहित गर्ने नियमित राम्रा, सतबिज छर्ने अबसर ल्याऊँ, सुदिबस ल्याऊ दिल खुश पारौँ र बिजय छाऊ । सुख सुविधाका सुमधुर बाजा नवनीत खोजौँ हरचीज ताजा कलितम फ्याकौँ झलमल पारौँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : जङ्गी निशान

~गोपालप्रसाद रिमाल~ रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो हिमाल झैँ अटल यो झुकेन यो कहिले लत्रेन यो कहिले जंगी निशान हाम्रो

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कथा : क्याफे वान

~जीवन देवान ‘गाउँले’~ ‘नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Gods Are Dying

~Bhuwaneshor Sharma~ Down the Heaven Road, I encountered Jesus on a narrow alley; Surviving in an artificial oxygen pipe, He suffered chronic asthma. Further down was Mother Teresa, Beside the shadow of eucalyptus, She’s refused an entry to heaven For … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : प्रिय

~विजय महर्जन ‘श्रीजय’~ जाने भए जाउ तिमी म देखि टाँढा, म तिम्रो सपनासंग बाँच्नेछु प्रिय। मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि, ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय।

Posted in कविता | Tagged | Leave a comment

कथा : फेरि भेटौंला

~सन्तोष खतिवडा~ जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

तामाङ गजल : नेबा डान्बा खाबा

~प्रेमलाल दोङ् तामाङ्~ थारेङ थारेङ तासाई ए ङा एला नेबा डान्बा खाबा ङाला मिन लासी एदा ङोमा पेबा डान्बा खाबा छे सिङ लाबा निउ लासी एङा मायाला ताम लाबा दुईरी दिमरी आदोकामा आमसे केबा डान्बा खाबा

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : हिउँमारा तापमान

~बासुदेव अधिकारी~ बीस बर्षपछि नाम्चे पुग्यो सोनम उसले हिमाल हे-यो हिमालको पयर हे-यो र धुरूधुरू रोयो ऊ सँगसँगै रोयो हिमाल उष्णाताले बाफिएर प्रदुषणले गाँजिएर रूवाइको आत्मियताले बाँधिएर उनीहरू नाङ्गा भुतुङ्गा केटाकेटीले हेरिरहे तिनको रूवाइलाई किन रोएका हँ सोनम र हिमाल? … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खुसी पाउँदो रहेनछ

~निमेष निखिल~ जिन्दगीले सधैंसधैं खुसी पाउँदो रहेनछ बेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ …. जतिसुकै छाँटे पनि आदर्शका कुराहरू भोको पेट देशभक्ति गीत गाउँदो रहेनछ

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : क्याट माने बिरालो

~शंकर लामिछाने~ एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे । एक प्रकारले म कुकुर, बिरालोप्रेमी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : ऊ कहा आयो र ?

~विनिता कडेल~ गोपाल रिमालकी कविताकी आमाले भनेअनुसार ऊ कहाँ आयो र ? त्यसको साटो हूलमूल र आतंक सिर्जंदै हुर्दुंगे पो आयो सत्यको हतियार टल्काएर आउनुको साटो पुरुषार्थी अरुले भिडाएको हतियार धारण गरी आतंकले उत्पात पो मच्चायो ऊ कहाँ आयो र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जोगाऔं मातृभूमि

~गोपीकृष्ण खनाल~ सुन सुन दाजु भाइ म केही भन्छु , जालि र फटाहाको फट्यायीँ कहन्छु । पाटी नेता सबै मिली ब्रम्हलुट गर्छन्, जनताले दुःख पोखे उनै अाँखा तर्छन् ।।१।। कानुन र नियम जति पाखा लगाई दिए, घुसखोरी र चाप्लुसीलाई काखी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्कर लोहनीका ४ हाइकुहरु

~पुस्कर लोहनी~ हरेक पल्ट रात रोएको सुन्छु इनार भित्र सपना लाग्यो तिमीलाई पिउँदा रित्तो कचौरा

Posted in हाइकु | Tagged | Leave a comment

कथा : अन्त्यहीन प्रतिक्षा

~माया ठकुरी~ ससाना सेता बुट्टा भएको गुलाबी रङको घाँघर लाएकी एघार वर्षीया सुमीको कम्मरदेखि माथिको भाग र टाउको हरबखत एकनाससँग हल्लिरहन्छ । मुखबाट राल चुहाउँदै लगातार हुँ हुँ हुँ गरेर आवाज निकालिरहन्छे । ‘छोरी हेर ! यता मतिर हेर त’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिवर्तन यहाँ

~शम्भुशरण भुजेल~ नव परिवर्तन यहाँ जब आयो त स्थानीयहरुकन लुप्पा ख्वायो आशेपासे सबलाई छकायो असह्य महँगी चर्कायो । अन्तैको धाक लगायो ढाँट र छलले जिल्लायो नव परिवर्तन यहाँ जब आयो त अपरिचितताको ढव देखायो । नक्कल झक्कल खुब बढायो स्वाँंग … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कविले….

~ज्ञानुवाकर पौडेल~ विचारको खेती थालेछ कविले अक्षरको माहुरी पालेछ कविले छाडेर चहार्न अब मठ-मन्दिर कस्तो यो क़दम चालेछ कविले

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो ह्रिदय

~आभास~ प्रिय मान्छे ! म तिम्रा सामु सपथ खान्छु लिएर जाऊ मेरो फुलको हृदय नचुँड्दै यसको एक पत्र पनि पर……. जहाँ तिनीहरु छन् कामदारहरु असल कामदारहरु बनाऊ यसलाई हतियार प्रिय मान्छे ! लिएर जाऊ यसलाई मुर्दाहरुको बस्तीभन्दा बाहिर पर……. टाढा

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिले

~त्रिशंकु~ स्थिति खलबलिई नै रहेको कुरा बताइन्छ अहिले एउटाले अर्कोलाई छकाउन खोज्दा एउटाले अर्कोलाई रिंगाउन खोज्दा मति अलमलिई नै रहेको कुरा सुनाइन्छ अहिले । अर्काको सापटी सिद्धान्त अँगाल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म आतंकवादी

~यतिराज अजनबी~ मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी गर्दै सेलोको मेरो अनभिज्ञता प्रकट

Posted in कविता | Tagged | Leave a comment

कविता : युगान्तकारी प्रेम

~ज्यो. कुबेरनाथ भट्टराई~ मर्छु र मार्छुको दोसाँधमा तड्पिएको छु म तिमीमा ख्यालठट्टाको यो बात होइन तिमी बिना मेरो जीवन चल्दैन । हरघडीको प्रयत्न यो छ तिम्रै प्रतीक्षामा मन अडेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आज घटेका घटना राख

~युद्धप्रसाद मिश्र~ बस्ती जलेको कोलाहलमा बलात्कारीको हाहाकार गर्भवतीका गर्भ गर्भमा संगीनका छन् क्रूर प्रहार दियौ गौण गरी लेख्न सकेनौ उग्र ब्यग्र यो अत्याचार सुन्न सकेनौ किन हो तिमीले आर्तितहरूको आर्त पुकार

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नानापाटेकर र मेरो जन्मदिन

~गीता रेग्मी~ ओहो ! आज मेरो जन्मदिन हो रे । आमाले भन्नुभएको । म चाहिँ गएर कहाँ जन्मिएको हुँ र । या मेरो चाहनाले जन्मने पनि त होइन फुत्त । आफैँ, स्वतःप्राकृतिक देन हो मेरो जन्म । न त बाबुआमाको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भीरमौरी

~डा. सुष्मा आचार्य~ साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म चाहन्छु !

~शिरिष पराजुली~ म चाहन्छु, वैभव यश आराम जीवनको सम्पूर्ण परिभाषा अर्थ भित्रको अर्थ मूल्य र मान्यता केवल भानमा सिमित रहेछन् अनि रहन्छ खोक्रो अस्तित्व देश संग सामन्जस्यता म चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : के नै लछार्यो ?

~झग्गुराम झर्बरासी~ त्यतिका मान्छे आन्दोलनमा मारेर के नै पो लछा¥यो खै ? जब कि अनियन्त्रित महँगीको मारमा जनता परिरहेछन् भविष्य अनिश्चित देखिरहेछन् कविहरुले सडकमा वेद पाठ गर्दैमा के नै पो लछार्यो खै ? जब कि हुल्याहा र फटाहाले

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हुस्सुले सम्झायो देश

~बिटु केसी बराल~ सधै झैं उठेर आङ तान्दै बाहिर चौरतिर नजर दौडाए । अहा ! फरक थियो विहानी आज । हुस्सुले ढपक्क ढाकेको ह्युस्टन देखेर भावुक भएछु म । काठमाण्डौ सम्झिएँ । विशालनगर चण्डोलको त्यो घर आँगन ,कहिले छोड़न नपरोस … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : केही विम्बमा रत्नपार्क

~योगेन्द्र राज शर्मा~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो, अनिश्चित जीवनको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भूपिले उसै भनेका हुन् र

~टेकब कोइराला~ “हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त वीर छौं” भूपिले उसै भनेका हुन् र ! वीर र बुद्धू दुवै हुनु हाम्रो वाध्यता वीर हुनु विगतको वाध्यता कहिले ‘विश्वयुद्ध’ भन्दै वीरत्व प्राप्त गर्यौं कहिले ‘अंग्रेजसंगको … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : स्थिर

~जुनिता सुब्बा~ स्थिर बस्तुलाई दौडिएको मेरो सोचबाट दौडिरहेको म भन्दिन बिज्ञान र प्रविधिको विकास मिसायल तोप रोबोटलाई अन्तर हृदयको खोज म भन्दिन घटित र घटनाको प्रमाण यहाँ फेला पर्छनै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो असफल प्रयत्न

~संघर्ष पुन~ शायद निसंकोच खिस्स हाँस्दा हौ ठूलो जमातको हुलभित्रबाट सानो तर कसिलो आवाज सुनेर र भन्दा हौ कठैबरा । शायद निस्पि्कक्री अचम्म मान्दा हौ जान अन्जान भेल बनी बगिरहँदा ऊ एक्लै भेललाई नै रोक्न खोज्दा शायद अर्धमनलेे बेवास्ता गर्दा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment