Author Archives: Editor

कविता : ढुकेको छ मेरो रारा

~अजय गिरी~ हरियाली डौटो ओडि, आकाश छुने रारा मेरो शिर उचा पार्ने, नेपालकै तारा ऐना हेर्ने अग्ला डाँडा, चुचेमारा भेक निर्मल जल निलो तल, मुख धुने लेक ढुकेको छ मेरो सारा बाटो हेरिहेरी नयाँ प्रदेश बनाउनु छ कर्णालीलाई फेरि एकसय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आँखै अगाडि

~निमेष निखिल~ धारिलो छ तरबार आँखै अगाडि प्रियको छ उपहार आँखै अगाडि …. जिन्दगी छैन कतै टाढाटाढासम्म मृत्युको छ समाचार आँखै अगाडि

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : म

~आर. आर. चौलागाईं~ म गणेश हुन सकिनँ कुमार भएर सुमेरू घुमिरहेछु म कृष्ण हुन सकिनँ उद्धव भएर नैतिकता जोगाइरहेछु मलाई कुनै पश्चाताप छैन कुनै आत्मग्लानि छैन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कुकुरका पुच्छरहरू

~श्रीजना गोले~ कुकुरको पुच्छर ! मोदि सरकार ! नेपाल कुनै परिकथाको देश होइन जहाँ तिमी धोती हल्लाउँदै निर्धक्क आफु खुशी नाँच्न सकोस मोदि सरकार ! तिमीलाई थाहा हुनुपर्ने नेपाल विरहरूको देश, स्वाभिमानिहरूको देश, पहलमानहरूको देश जहाँ तिमीले नाक बन्दिको

Posted in कविता | Tagged | Leave a comment

तामाङ कविता : तामाङ भिबा फुहुई निला

~गणेश बहादुर तमाङ~ रेगोले लु गाइसी जिन्जी म्हेर्र्सी चिबा तामाङ कादे । तामसालिङदा नुप्नालाला म्योसी जिन्जी सा मङकादे ।

Posted in तामाङ कविता | Tagged | 2 Comments

कविता : भूगोलमाथि उभिएको एउटा जैतुन

~आभास~ मण्डेला भूगोलमाथि उभिएको एउटा जैतुन सिङ्गो पृथ्वी ढाकेका छन् यसका हाँगाले फैलेका छन् यसका जरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज तिम्रो धेरै याद आयो !!

~जे.बी. शेर्पा ~ शरद को आगमन संगै , रुखपात हरुले जब रंग फेर्दै …..पहेँलो ..रातो …!! डाँडै भरी, पाखै भरी , लाग्छ , प्रकृति ले पनी यही रंग मन परायो …!! …..त्यसैले आज मलाई तिम्रो धेरै याद आयो ..!!! शिरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रात पर्नु अगाडि

~शुषमा मानन्धर~ अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पिउँदै बसी राछु

~तीर्थ संगम राई~ ढाट्नै ढाटि उर्फ !! निर्मोहीले आँशु पिउँदै बसी राछु । घाडो भयो है आफ्नै जीवन तारे भीरबाट खसी राछु ॥ सँग सँगै भङ्गालोमा छलाङ्ग मार्दै तर्छु भन्थ्यौं खोलाहरु । छुटाई दियौ हातहरु डुबुल्किन्दै एक्लै म त बगी … Continue reading

Posted in गजल | Leave a comment

तारा ज्ञवालीका ३ मुक्तकहरु

~तारा ज्ञवाली~ (१) ……..म प्रकृति ………. गुरांशमा रंग भरें गुलाबमा सुवास छरें हरियाली जताततै धरतीमा खास भरें आकाशको खुला दिल, ऋतुलाई बसन्तमा सबैलाई खुशी दिएं आफूलाई खै के गरें……… (२) पात्र विनाको कहानी छ व्यथा छ म संग

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : माथी लागे यहाँ

~राकेश कार्की~ खाने खाने माथी लागे यहाँ नखाने चाहीँ थाँती लागे यहाँ बोल्नेको हुकुम कमाण्डमा नबोल्ने चाहीँ ताँती लागे यहाँ

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : फिलिङ्गेबारीमा दावा र होन्डा

~डा. गोविन्दराज भट्टराई~ खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई विदा गर्न पर्खिरहेका थिए। छेउमा दावाको अल्गो मोटरसाइकल थियो। उनको पातलो, भाटे शरीर तीस वर्षे हुँदो हो। हेल्मेट विनाको शिरमा रातोरुमाल बाँधेर रेडी भए। पारि दिङ्लामा घाम झलमल्ल भएपछि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Essay : Heal thyself

~Byanjana Sharma~ When you are grieving the death of someone you hold dear, people usually argue that time heals everything. But time by itself cannot do anything to heal the intense pain brought by such a loss. And there are … Continue reading

Posted in Essay | Tagged | Leave a comment

व्यङ्ग्य कविता : शहीदको हूल

~लक्ष्मण गाम्नागे~ पुलिसको नाम सुन्दै सुराल बिगार्ने छेरानन्द पनि शहीद भए प्रजातन्त्र सम्झिदै दाह्रा किट्ने पन्चानन्द पनि शहीद भए छेपारीकान्त भाग्दा भाग्दै डडाल्नामा गोली लागेर शहीद भए कटुवालकाका आन्दोलन दबाउन खल्तीमा ‘भाडा’ बोकेकोबोक्यै शहीद भए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘राधापुराण’

~ध्रुव पन्थी~ ‘राधा’ का सर्जक कृष्ण धरावासीलाई पहिलोपल्ट उनको चर्चित कथा ‘झोला’ मार्फत् चिनेको थिएँ। ‘झोला’ कथासंग्रहका अरु कथाहरुको बारेमा त थाहा भएन, तर रेडियो नेपालबाट नवराज लम्सालको आवाजमा सुनेको उक्त मार्मिक शिर्षकथाले भने साह्रै प्रभावित बनाएको थियो। पछि ‘राधा’ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गोलमटोल र झोल

~मथुरा गौचन~ स्थिति छ अहिले गोलमटोल जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता छैन पार्टीहरु ठोसिकरहेछन् ढोल । गोलमटोल… कोही चौटा लुछिरहेछन् त कोही पिइरहेछन् झोल यद्यपि चलिरहेछ परस्पर

Posted in कविता | Tagged | Leave a comment

कविता : तँ के गर्दैछस् यहाँ?

~कुमार सिंखडा~ उशाका शीतका लहरले रातका चारै प्रहरले आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले तँ के गर्दैछस् यहाँ? यो वर्षात पनि छ बढो पक्षपाती भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती हरपल उर्लिएर आँधी दिन्छ चुनौती उसै त टुक्रा मन खडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका बिल्ली

~प्रेम वली~ एक दिन मेरो बिल्ली सुटुक्क पुगेछ दिल्ली कसैले बनाएछन् उसलाई उल्लीबिल्ली कसैले बनाएछन् सिल्ली तर ऊ अझै ठान्दैन कसैले उडाएको छ उसको खिल्ली । बिरालोको चालमा गए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुचाल

~झंकलाल आरोही~ तर्साई धम्क्याई हल्ला चलाई जित्ने दाउ छ धूर्तहरुको देश विदेशको धाक लगाई मुड्ने दाउ छ अमूर्तहरुको । चाहोस्, नचाहोस् देशले बलजफ्ती पराइतन्त्र हुली इज्जत हुर्मत बेचेरै होस् डट्ने दाउ छ अपूर्तहरुको ।

Posted in कविता | Tagged | Leave a comment

दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~ तेल अभिव चैत्र ११, एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,। सधै अरुको घरमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : सम्बन्ध

~दिपा एवाई राई~ सम्बन्धको घना जंगलभित्र म र ऊ मेरो र उसको उसको र उसको अनि क-कस्को के सम्बन्ध ? कुन सम्बन्ध ? कस्तो सम्बन्ध ? यसरी धेरै प्रश्नहरूमा सम्बन्ध खोजिन्छ उत्तरविहीन यो सम्बन्ध निसासीएको छ विक्षिप्त भएको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~ दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~ झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म र उनी

~विनय गौतम~ म र उनी पहिले र अहिले के फरक छ र। फरक छ केवल रंग र वजनको, शब्द र आवाजको, पुर्ण र अपुर्णताको। म र उनी पहिले ऊनको शब्दमा मिठास थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको आकाश

~राधाकृष्ण खड्का~ म कोरिरहेछु मृत्युको आकाश जड कठोरता छाडेर सिसाझैँ छर्लंग देख्न सक्ने ओमकारझैँ निराकार मेरा सासहरूमा नीला नीला रंग पोतिरहेछु । मेरो आकाश, सायद फूल नफुलोस् मेरो आकाश, सायद धूप नबलोस् वषर्ात भएर नझर्ने चट्याङ भएर नगर्जने यस्तो आकाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बिटु केसी बरालका ११ मुक्तकहरु

~बिटु केसी बराल~ उ भन्थी, के गर्नु जतिनै भएपनि प्रतिभा “बहुमुखि” सम्बोधन नै गरेन कहिल्यै मलाई भनेर “सूर्यमुखी” चुडाई दिए लौ जा, फितलो मायाको डोरी खुला ह्रदय आफ्नो बुझ्यौ, उ थियो “अन्तर्मूखी” हिड़ने एउटै बाटो हाम्रो उकालि ओरालि साथमा बढोस … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : ‘भगवान’ एक कविता

~जेम्स फेन्टोन~ अनु : शिरिष पराजुली अचानक खानामा कुनै अमिल्दो कङ्कड मोजा भित्र बिझ्ने तिखो किला लुलो र कमजोर लाग्यो पहाड चढ्दा दिने तिम्रो दह्रो हात । इज्जत छोप्ने कपडाको गल्ती चारैतर्फ गल्तीको भयाभय के यि सबै भनिएका शक्तिशाली उही … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~ सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेलीको पीडा

~कल्पना पौडेल ‘जिज्ञासु’~ दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् मिना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परुष वचनले छाती फाटयो

~लक्ष्मी प्रसाद देवकोटा~ दप्किरहेछन् शीतका दाना ! कविले गरीकन गिल्ली गाना ! झूसे, पोहाला, छुच्चो भन्छन्, दाँजी कुसुमसँग विषसरि गन्छन्, हुँला असुन्दर, पीरो तातो ! रोप्दछ कसले ? हेर्दछ कसले ? अछूत जातको नित अपयशले निन्दित, वर्जित, त्यक्त कुनामा फस्टिरहेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रमितानगर

~विजय महर्जन ‘श्रीजय’~ एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाह्र बज्यो

~शिरिष लामिछाने~   घण्टाघरले फेरी बजायो मध्यरातको घन्टी ट्वाङ् ट्वाङ् आवाज प्रश्टिंदै छ वरपर परपर आवाजले रानीपोखरी छचल्कियो र गर्जियो आकाश बिजुली चम्कीँदाको उजयालोमा उजिलियो रत्नपार्क आफ्नो सर्वाङग देखाउँदै मस्कियी भोटाहिटी र उत्तेजनाको पासोमा कैद भयो जमल। पवित्र प्रेम छ

Posted in कविता | Tagged | Leave a comment