Author Archives: Editor

कविता : पापाको अनुहार

~टिका भाई ~ जति चोटी माटोलाई छुन्छु, म पापालाई भेट्छु। म कोपालाई भेट्छु। कोमालाई भेट्छु। उनीहरुको अदृश्य उपस्थिति र अज्ञेय सुसेलिहरू यिनै डाँडा-काँडामा खेल्छन् डोको बुनिरहन्छ कोपाको हात निरन्तर कोमा चूल्हामा छिन् पापा

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा भित्रका रेखाहरु

~टंक सम्वाहाम्फे~ जव रेखा भित्रका अनेकौ रेखाहरु यी हाम्रा आँखा अगाडी दृश्य / अदृश्य रुपले पदार्पण हुन्छन् तव ती रेखाहरुले मस्तिष्कमा आकार लिन थाल्छन् सुषुप्त दिमागहरु रेखासंग एउटा खुल्ला मार्गमा हिडे झैं दौडीएर हाम्रो सामु आईपुगे पछि रेखा जीवित भएर

Posted in कविता | Tagged | Leave a comment

छोक : खोज

~राजव~ खोजेको प्रेम हो चाहे त्यो ईश्वरबाट पाइयोस् वा आमाको आत्माबाट वा बाको आँखाबाट चाहेको प्रेम हो ईश्वरबाट पाइयोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवशतामा वाँचेको आत्मा

~एकलव्य राज~ फोहोरको डंगुरमा लुकामारी खेल्दै अभावका डोकाहरु उनिहरुको सामु लम्पसार परेको छ । उता हरक्षण आकाशिने होडमा कुदिएका छन् प्रातकालिन समय पुष्पगुच्छाका अगुल्ठाले छोपिदै स्वर्ग खोज्ने होडमा भौतारिरहेको काला वादलहरु

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कथा : कुवाँरी

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ ‘कुवाँरी…’ जाँच कोठमसे नर्स बलाइल् । नर्सक् बोलले कुवाँरीक ढेर घचिकके पटिस् लग्टिक अश्रा ओरागैलिस् । महिनावारी रुक्लक् ओरसे ऊ जचाई गैलरहे । ऊ आपन पाला अइलक ओरसे बलैलक् कोठम् गैल् । कुवाँरी कोठम् पुग्टी किल् नर्स … Continue reading →

Posted in थारू कथा | Tagged | Leave a comment

केस्रा : विकृति

~मीना पुमा राई~ फेसन झल्काएर मुहार टल्काएर कस्तो आयो जमना सबलाई पल्काएर

Posted in केस्रा | Tagged | Leave a comment

गीत : मनको कुना

~शशीकला थापा सुब्बा~ आजभोलि चित्त दुखाइ छाडेकोछु रुन फेरी किन अध्यरोछ मनको एउटा कुना न कसैले राम्रो भन्यो न त लायो खोट न आफ्नोले धोका दियो न पराइले चोट

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अलौकिक

~अमृत कुमार के सी~ बग्न थाल्यो निर्जर मरुभुमीमा कंचन गंगाको अबिरल धारा निसासिएर बसेको प्रेमको बिज अंक्कुरित भई हरियोमा रङियो जग सारा सुस्क भैसकेको इन्द्रियहरु उर्जाले जुर्मुरायो

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाईं शहरीया कि गाउँले

~नर बहादुर खत्री क्षेत्रि~ जन्म थलो मै बस्ने कस्लाई रहर हुँदैन। तर आफ्नो गाउँ जस्तो कुनै शहर हुँदैन।। जती टाढा भयपनी गाउँ नसम्झेको प्रहर हुँदैन। शहरको आत्मियताले कहिल्यै मन छुँदैन।। कतिले गाउँ छोडे आफ्नै रोजाईमा। कतिले गाउँ छोडे कर्मथलोको खोजाईमा।। … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दौडन्छन् कवि

~प्रविण अर्याल~ छन्द : हरिणी र शार्दूलविक्रीडित । । । । । ऽ ऽ ऽ ऽ ऽ । ऽ । । ऽ । ऽ सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ । कललल, सधै यो, आत्माको नयाँ अनि चाहना … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

मुक्तक : पिउँछु

~छविलाल खड्का~ कहिले खुशियालीमा पिउँछु कहिले दुःख हटाउन पिउँछु पिउँदा–पिउँदा अब त यस्तो भयो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरो वयान !

~दीपेन्द्र के.सी.~ श्रीमान् ! कसलाई हुन्छ र यहाँ यति प्रिय सपनाहरु त्याग गर्ने रहर ? आत्मविश्वासका जगहरु भत्काउँदै मैले फूलहरु चढाएकै हो इच्छाका त्यागपत्र माग्ने देवताहरुलाई । आफनै सौन्दर्यका मादले आत्महत्यामा लम्किए जस्ता फूूलहरु र आफनै बिष लागेका सपनाहरु अवसानका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईः पर्छ

~पूर्ण ओली~ परिवर्तित मौसम यथावत बर्बर छ बगलीमा छिपाएर अन्यायको तरबार खुल्ला आकाश ओढ्नेहरुको घाँटी रेट्न तत्पर छ । मौसम होइन यो हिउँ वा पानी पार्ने अब आक्कलझुक्कल न्याय पार्छ कल्प, पर्ख ! तिम्रै खप्परमा पर्नुपर्छ अलि पर कटेराहरुको घेरघार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अवलोकन

~सदानन्द अभागी~ ‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’ विषयक समालोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब (७४+१८) पृष्ठको छ । मुल्य संस्थागत रु २००।– र व्यक्तिगत १००।–भएको यो कृतिको प्रकाशन गुप्तेश्वर बहुउदेश्यीय पुस्तकालय कुश्मा पर्वतले गरेको छ । प्रस्तुत … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : लजाएर गए

~भिम बहादुर थापा~ नैतिकता नि:शब्द लजाएर गए मुठ्ठीभरका आफ्ना रजाएर गए ** भोकभोकै रित्ताले, धुम्धुम्ती कुरे नि चारै दिशा आफ्नै सजाएर गए

Posted in गजल | Tagged | Leave a comment

ॠषि लामिछानेका ३२ हाइकुहरू

~ॠषि लामिछाने ‘गोर्खे साइँलो’~ शिवको छटा गुह्येश्वरी प्रवेश असारे कुण्ड । हिन्दुको आस्था श्रावणको शिवजी लिङ्गको पूजा ।

Posted in हाइकु | Tagged | Leave a comment

बाल कविता : गुजी पाएँ !

~बूँद राना~ अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले आज फेरि भन्नु भयो सम्झाउँदै राती ‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : उसलाई विष खुवाएर मारेका होइनौं

~बिमल गुरुङ~ उ मर्‍यो त आफैलै आफैलाई मार्‍यो ऊ मसानघाट पुग्यो त आफैले आफैलाई पुर्‍यायो मरुञ्जेल मुसा खान थालेपछि मुसाले पनि टोक्न सक्छन् टोक्यो । उसलाई हामीले विष खुवाएर मारेका होइनौं

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : गतिशीलता, क्रियाशीलता र सक्रियताकै साहित्यिक नाम शान्तिनारायण श्रेष्ठ

~मोहन दुवाल~ ७४ वर्ष नाघेर पनि थाक्न नजानेका साहित्य र समाजसेवामा अविछिन्न मन लगाइरहेका कुश्मा, पर्वतका एकजना कर्मठ साहित्यसेवी तथा साहित्यका खण्डहर हुन् – शान्तिनारायण श्रेष्ठ । गतिशीलता उनको मनभित्रको प्रेम रह्यो, क्रियाशीलता उनको तनभित्रको पन भयो, सक्रियता उनले सोचेको … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

लघुकथा : बाघका बाच्ने जिजिविशाहरु

~सन्जीव बंकिम~ त्यस रात बाघहरु सुतेनन डमरु झन चिन्तित भए । बाघका बाच्ने जिजिबिशा हरु ले बाघ लाई कसैलाई पनि न खाइ दिन हार्दिक हार्दिक अपिल गरेका थिए । यो अनुनय बिनय सहित निर्णय उनिहरु ले बाघ हरु लाई पठाएका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मयुर टाइम्स : भयहरूको एउटा कोल्याज

~सुवास खनाल~ मान्छेहरूसँग अनगिन्ति आशाभावहरू हुन्छन् नै । यो अपरिमेयजस्तै हो । स्वतन्त्रताका गुलाबहरूजस्तो सुन्दर र प्रिय कुन त्यस्ता वस्तु छन् , यता कतै ? सिङ्गो आकाश अँगालेर उड्ने चराका बथानहरू र बगैँचामा निर्बाध डुल्दै गरेका पुतलीहरू जस्तो कथाहरू बोकेर … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

छन्द कविता : गइन् आमा……..

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्दः शिखरिणी गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो जगत् यो चर्के झैँ धरमर भई जीवन गयो लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।। बसेंथें गर्भैमा कति कति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : बेहोसी

~कृष्ण वस्ती~ बेहोसी छु देख्यौ भने सम्झाउँदा हुन्छ । कुबाटोमा भेट्यौ भने फर्काउँदा हुन्छ ।। फूल भनी तिम्रो मन टिपिदिनसक्छु । हिर्दयमा तिम्रो नाम खिपिदिनसक्छु ।। बल्दाबल्दै साँझबत्ती निभ्न पनि सक्छु। हिंड्दा तिम्रो पाइलामा बिझ्न पनि सक्छु ।।

Posted in गीति कविता | Tagged | Leave a comment

पत्रकथा : इमेल नम्बर–एक

~शर्मिला खड्का दाहाल~ प्रिय गौरव, तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

बाल कथा : किताब रोयो

~श्रेष्ठ समनश्री~ सधैँझै १० बजे स्कुलको घण्टी लाग्यो। विद्यार्थीहरु आ–आनो कक्षाको लाईनमा आएर प्रार्थनामा बसे। सबै आइसक्दा पनि सञ्जय भने त्यहाँ उपस्थित भएको थिएन। कक्षा ६ का उसका साथीहरुले सधैँ जस्तै आज पनि ‘सञ्जय कता गएछ?’ भन्दै खासखुस गरे । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~ (साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।) श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : भँगेरी

~वैरागी जेठा~ देखेँ तिमीलाई विज्ञापनमा धेरैदिन अघि आँखाबाट बगे झरनाहरु अस्तिमात्र टाढैबाट सिगोले घोचेर वड्किबाट लवाड.्कावस्ति तिर … झरेर काठमाण्डौ टेकेको छु

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : युरोपमा नेपाली भाषा

~केदार वाशिष्ठ~ विषय प्रवेश नेपाली भाषाको अध्ययनमा स्वदेशी तथा विदेशी परम्पराको इतिहास कहिलेदेखि हो भन्न कठिन छ ।  खोज तथा अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाउने काम जारी रहन्छ ।  त्यसै व्रmममा नेपाली भाषाबारे पनि खोजीहरू भएका छन् ।  तथ्यप्राप्ति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने…

~गणेश खड्का~ भक्तीको लौह गर्दनको कसम आधा होशमा र आधा बेहोशमा हुँदै होइन पुरै होशमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु- मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाईदिनेछु मैले टिस्टा नदी उकालो फर्काउन बाँकी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जलिरहेछ शान्ति बुद्ध भूमिमा !

~न्हुछेरत्न बुद्धाचार्य~ अन्धकारले छोपिएको ठाउँमा कसरी शान्तिको फूल फूल्छ? स्वच्छ मनको अभावमा कसरी दया करुणा हुन्छ? यो बुद्ध भूमिमा द्वन्द्वको आगो सल्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

रुबाई : बाध्यता छ जिन्दगीमा

~नविन आचार्य ‘लेटांगे’~ तिम्लाई भुली जिउनु पर्ने,बाध्यता छ जिन्दगीमा पिडा बिचमा खिउनु पर्ने, बाध्यता छ जिन्दगीमा प्यार अनि परिवारको , दोसाँधै मा फस्दाँ आज

Posted in रुबाई | Tagged | Leave a comment

कविता : रक्सी

~रामकृष्ण सुनुवार ‘आँकाला’~ मैले रक्सी पिईन उसले पो मलाई पिएछ । एक दुई घुट्का कप गर्दागर्दै दुई चार बोतल रित्याएँ आँखा तिरमिर भई ताराहरु झुल्किए उज्यालो भो जताततै आगो भै दौडिएँ मैले रक्सी पिईन उसले पो मलाई पिएछ । मैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment