Author Archives: Editor

व्यङ्ग्य कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे

~टेकब कोइराला~ पहिले–पहिलेका बहादुर अच्छे लोग थे बोक भन्यो कुइकुइ बुइ बोक्थे ठोक भन्यो घड्याप्प सलाम ठोक्थे जोख भन्यो हाँसीहाँसी जोख्थे ‘शोक’ भन्यो रोइरोइ सोक्थे. पहिलेका बहादुर अच्छे लोग थे।। खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे थुक भन्यो तीन पाथी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : आजको रोज्जा प्रतिकृया

~जया राई~ आज बिहानैदेखि नै उज्यालो छ । जाडो लागे पनि पानी चाहिँ परेको छैन खुशीको कुरा त्यही हो । काममा पुगेको गत हप्ता बिहिबार देखि माथिल्लो तलाबाट पानी लिक भएर झरेको थियो । सप्ताहान्तमा मर्मत भयो कि भनेको, होइन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : आदान प्रदान चलेको छ

~करूण थापा~ दुश्मनसँग सुख दुःख, आदान प्रदान चलेको छ । लैजाऊ नाउ मझधारमा, आज तूफान चलेको छ । बाँच्न गाह्रो भयो झन् झन् मर्न भने सजिलो भो घर चल्न छोडेको छ, तर मसान चलेको छ ।

Posted in गजल | Tagged | Leave a comment

गीत : खेलौं होली

~सुष्मा बस्नेत~ मनको भारी केहि पर बिसाएर खेलौं होली रङ्ग संगै थोरै माया मिसाएर खेलौं होली रङ्गै रङ्गको पर्व होली रङ्ग चड़ोस सबको मनमा कोहि नहोस दुखि यहाँ हर्ष बढोस सबको मनमा रिस, राग, द्वेष सबै हटाएर खेलौं होली एक … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सुनुवार भाषी गजल : ख्लोप्शा चाम्मुस

~अतित मुखिया~ चर्मि चर्वा बातस बला ख्लोप्शा चाम्मुस दामदामपा दाम्मुस सु ब्लोबासा थाम्मुस आंकल माल्शा पिएमै इकल कोश्या गो बाति एकिन ग्लुम्शो गिस रिम्शो काले काथा व्याम्मुस

Posted in सुनुवार गजल, सुनुवार भाषी रचना | Tagged | Leave a comment

Poem : Greetings

~Dibya Giri~ Without you alone myself and gloomy This chilly December so cold Your absence is more chiller than that And I’ve lost your warm embracing love. Just like the poles standing line wise in the queue as soldiers The … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का १३ हाइकुहरु

~लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’~ (१) बशन्त आयो कोपीलाहरु फूले प्रेमीको याद I (२) मोती झै आशु नझार मायालु प्रीतको बेला

Posted in हाइकु | Tagged | Leave a comment

गजल : माटो खन्छु घर बनाउँछु

~दिपेन्द्र राई ‘अश्रुमाली’~ ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछु । बिकट भो रे मेरो गाउँ शहर बनाउँछु ।। छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु । अब गाउँले मन पनी पत्थर बनाउँछु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : फोटोमा जलेकोछु म।

~तिलक अनुरागी~ महिनौ देखि यो फोटोमा जलेकोछु म। बाहिर सक्लो तर भित्र गलेको छु म। नजरको वाणले मेरो मुटु छेद गर्दा । बुढो रुख ढले सरी ढलेको छु म।

Posted in गजल | Tagged | Leave a comment

कविता : अधुरो प्रेम

~रेनुका पौडेल “आहत”~ हामी दुई मुटु एक धड्कन दुनियाले अहो! भन्ने हाम्रो सम्बन्ध जीवन रंगिन बन्दै बनाउदै संघर्षका पाइला आत्मसाथ चल्दै हरेक हो हरेक प्रहरमा संग संगै पाइला चाल्दै एउटा छुट्टै आनन्द संगाल्दै एक अर्कामा निहित बनेर शत्रुको चोटिलो प्रहार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न गरिनँ

~शिरिष पराजुली~ उहिल्यै बाजेको पाला देखि घिस्रिदैं लड्दै र चढ्दै आयो प्रजातन्त्र तर मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा, र पो भोग्दैछु गरिबी र बेरोजगारी । देशको भूगोल र नक्सामा किरिङमिरिङ सिमाना सिमानामा नौलो झण्डा झण्डा प्रति प्रश्न गरिनँ, र पो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यूरोपका चीसा गल्ली हरुमा !!!

~जे.बी. शेर्पा ~ पट्ट्यार लाग्दो अलार्म ! सके हप्ताको सातै दिन ! जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै ! कहिले, आफ्नै निधार ठोक्दै ! कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै ! अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अलग उपाय

~लेखनाथ काफ्ले~ मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा। २०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमिलो अंगुर

~सुषमा मानन्धर~ किन हो किन, रत्‍नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : थाई विमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म विशेष सचेत र र्सतर्क थिएँ। मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : नीलो रुमाल हराएपछि

~अनमोलमणि~ अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अलग शैलीका अलग कविता

~हरि अधिकारी~ लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, “डन्ट टच मी ओ कविताहरू !” पुस्तक नामबाटै अलग देखिन्छ । यसमा संकलित ४२ थान कविता वास्तवमै अलग … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : देवदूत

~खालिल जीब्रान~ [ खलिल जिब्रानको जन्म ६ डिसेम्बर १८८३ मा उत्तरी लेबनानको पहाडी जिल्ला बिसर्रीमा एउटा सामान्य परिवारमा भएको थियो। सानै उमेरदेखि उनी एकान्त मन पराउने खालका थिए। बाबुबाट उनले कुनै स्नेह पाएनन्। रक्स्याहा र झगडालु स्वभावका उनले परिवारको कुनै … Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

लघुकथा : मदमत्ता

~विजयराज शर्मा ~ म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्: “मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : हतारमै छड़की गयौ

~बिक्रम चापागाईं~ हतारको भेट थियो हतारमै छड़की गयौ सल्काएर यता आगो अनि उता भडकी गयौ आखा आखा जुधे हाम्रा बोलचाल नभय नि नबोलेर के भयो र मनमाझ अड्की गयौ

Posted in गजल | Tagged | Leave a comment

कविता : बिजेता को हुन्छ..

~रुमन न्यौपाने ‘अमन्त’~ एउटा दौड । हामीले लामो फड्को मार्यौ । चारै दिशा छुन खोज्यौ । चुचुरो छोयौं । फेदीमा पुग्यौं । हामीले पुरै ब्यास नाप्यौ । तर, पुनराबोलकन गरेनैं । हामीले समयको ख्याल राखेनौ । कसैलाई बिजेता भन्न सकेनौं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कोरियाली कविता सिजोको सिर्जना कला

~रामकुमार पाँडे~ पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् । नेपाली समाजमा काव्य परम्परा उन्नत छ । दार्शनिकदेखि आमोद-प्रमोदमा प्रयुक्त कविता गीतका रूपमा त लोक साहित्यमा विविधापूर्ण … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : पहिलो प्रेम

~कविन्द्र अज्ञात~ रत्‍नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : दामको के कुरा

~कृष्ण पौड्याल~ सृजना चोरी हुन्छ दामको के कुरा। अर्कैले कोपी गर्छन नामको के कुरा॥ मैले रचेको भन्नु पनी ब्यर्थ हुन्छ। पोष्ट भईसकेपछी खामको के कुरा॥

Posted in गजल | Tagged | Leave a comment

कविता : परिचयको एक सन्दर्भ

~बाबुराम लामिछाने~ धन्य छन् तिनीहरू जसले आफ्नो परिचय दिन जान्दछन् जसरी जूनकीरीले आफ्नो परिचय दिन्छन् जसरी हिउँचुलीले आफ्नो परिचय दिन्छन् जसरी जलासयहरूले आफ्नो परिचय दिन्छन् आमाले नानीहरूलाई जसरी आफ्नो परिचय दिन्छन् जसरी फूलहरूले आहृलादपूर्वक आफ्नो परिचय दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनीदेउ न बिन्ती

~शान्तिराम पोख्रेल ‘निर्दोस’~ मेरो पनि मनको कुरा सुनीदेउ न बिन्ती मेरो निम्ति बरमाला उनीदेउ न बिन्ती तिमी जुन बनि चम्केउ म छु तारा माझ हजारौ ति तारा माझ चुनिदेउ न बिन्ती

Posted in गजल | Tagged | Leave a comment

लेख : लोकगाथा : धमारी

~तेज माझि~ गाथा लोकसाहित्यको एक महत्वपूर्ण विधा हो । स्थानिय समुदायले लोक मनोरञ्जनकालागि प्रस्तुत गर्ने गाथाले जुनसुकै उद्देश्य राखेको भए पनि मुलतः लोकमनोरञ्जन गर्नु नै यसको प्रमुख उद्देश्य देखिन्छ । नेपाली लोकसाहित्यमा लोक गाथाहरु धेरै प्रकारका पाईन्छन् । तिनीहरु जातिय … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : गन्ध

~कल्पना चिलुवाल~ निकाल त्यसलाई यो सभाबाट जसको कमिजबाट आजसम्म पनि आइरहेछ बारुदको गन्ध बारुदको गन्धले सम्झाइदिन्छ आफ्नै विगत त्यो बिर्सन पनि अब त अलिअलि भए पनि ह्विस्की र वाइन गनाएकै राम्रो अब त थोरैथोरै भए पनि रेड लेबल र सिज्लर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~ (i) ढुंगाको मूर्ती मन्दिरमा रहदा गमक्क छन्। (ii) हिन्दू र बौद्ध

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तिम्रो बिजोक

~गोकुल ढकाल~ सडकको छेउमा तिमी नतमतस्क हामीलाई हेरिरहेका छौ, दुर्घन्तित फोहोरको सुगन्ध सुघिरहेका छौ, पुर्खाले कती कसरत गरे तिमीलाई जन्माउन तिमी जन्मेउ जन्मन त, तर हेर त आज आँफै तिम्रो बिजोक। हामी तिमीलाई भगवान भनेर पुज्छौ,

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : खोलिदेऊ

~सअदत हसन मण्टो~ अनुवाद : सरोज देवकोटा अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि । सिराजुद्दिनलाई होसमा फर्कन … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : मिस्डकल

~हरि दुलाल~ शनिवार विहान करिव ६ वजे तिर कोटेश्वर हुँदै अरनिको राजमार्गको वाटोमा हुईकन सुरु भयो । २७ लटको मोटरसाईकल, सर्भिसिङ नगरेको पनि धेरै भईसकेको थियो । मोटरसाईकल खात्राक खुत्रुक अलि बढि नै गरेको थियो, गर्मी मौसम भएपनि विहानको सिरेठोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment