Author Archives: Editor

कविता : पीडा

~पुष्पा खनाल~ बाबु हराउनुको पीडा, आमा गुमाउनुको पीडा साथ सिद्धिनुको पीडा, काख रित्तिनुको पीडा दशैं आउँछ छोरो आउँदैन तिहार आउँछ भाइ आउँदैन मेरो आँगनमा कोइली गाउँदैन पीडा धेरै भो खुशी छाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~ यस्तै हुने रैछ क्यारे ! सन्तानका मायाहरु मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु यिनलाई चोट लाग्दा अझै, मलाई नै दुख्ने गर्छ नफर्कुन्जेल साँझ घर, आँखा बाटो ढुक्ने गर्छ मलाई मात्र यस्तो हो कि ? पोखुँ लाग्ने मायाहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुनगाभा, म हारेँ

~डा. रुपक श्रेष्ठ~ मेरो झ्यालको सानो गमलामा फुलिरह्यौ भर्भराउँदो भएर बाह्रैमास नरम सुन्दर सुकोमल पत्र पत्र फिँजाएर बिना पर्वाह कुनै ऋतुको बिना पर्वाह कुनै मौसमको बिना पर्वाह कुनै मलजलको फुलिरह्यौ सधैँ सधैँ न झ्यांगिएर कहिल्यै सेप पायौ

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पाउने कि नपाउने !

~बिकल आचार्य~ संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी खान छोडौँ भनी रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउनलाई पुरुषार्थ सम्झन्छन् भने कोही सम्भव … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : निक्लन नसकेका अनुभूतिहरु

~गोपिकृष्ण प्रसाई~ ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा धेरै इच्छाहरु आज कैद गरी बस्याछु तिमी रिसाए पनि प्रकृति म तिमीलाई कहिल्यै टाढा ठान्दिन आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन कठै ! यी घामहरु ऐठन भएका छन् राहु र केतुको झेल परेर हो कि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हाउस-हस्ब्यान्ड

~प्रमिशा केसी~ “मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : No matter even

~Ramu Gaire~ No matter even I am far from my wife Always she comes in my dream And says darling how is your life No matter even Someone says me badly but my son says honey Dad, i want to … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : भरोसा, गर्नै हुन्न भन्छन्

~जय सिंह महरा~ कलीका पुत्र नारी भरोसा, गर्नै हुन्न भन्छन्, बिचैमा धोका हुने जंघार, तर्नै हुन्न भन्छन् । रुपको मदमा मग्न भई बहकिएर, खै किन प्रेम जालमा, पर्नै हुन्न भन्छन् ।

Posted in गजल | Tagged | Leave a comment

कमलमणि दीक्षित(क.दी.) ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली

नेपाली साहित्यको धरोहर एवम् नेपाली वाङ्मयका मूर्धन्य साधक कमलमणि दीक्षितज्यूको दिवङ्गत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ !!! उहाँ नेपाली भाषा र साहित्य सेवी मात्र नभएर, आफैमा एक महान संस्था, एक इतिहाँस हुनुहुन्थ्यो । उहाँ क.दी. का उपनामबाट चिनिनुहुन्थ्यो । … Continue reading →

Posted in Misc | Tagged | Leave a comment

संस्मरण : मासुको हल्ला र हाँसो

~क.दी.~ हिमाल मा यस वर्ष दशैँमा के विशेष गर्ने भन्ने विचार विमर्श भएछ । क–कल्ले के भने थाहा भएन तर अन्ततोगत्वा खानेकुरामा ‘सम्’ भएछ । मलाई सोधेको भए म बुढेसकाल या बुढ्यौलीबारे गरे हुन्न ? भन्ने थिएँ । मान्छेको स्वभावै हो कि क्या … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : बान्न चाहान्छु

~कृष्ण पौड्याल~ शत्रुलाई कारघारमा बान्न चाहान्छु। साच्चिनै उस्लाई मैले हान्न चाहान्छु॥ झुठो आरोप पाँउदा खटी नसक्नु भो। दोषी कसरी ठहरायो जान्न चाहान्छु॥

Posted in गजल | Tagged | Leave a comment

कविता : ए मान्छे !

~अमोद उलक~ मान्छेले आफ्नो जात बिर्सेको छ मान्छेले आफ्नो भाषा बिर्सेको छ। आफै बोल्दैनन् यी मान्छेहरु सुगाले रटेजस्तै रटेको छ नक्कलमात्र गर्न जानेको छ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लुटिएको वसन्त’ कवितासङ्ग्रहलाई नियाल्दा

~रामचन्द्र फुयाल~ नेपाली साहित्यको फाँटमा डा. युवराज सङ्ग्रौला नयाँ नाम होइन । शिशिरमा फुलेको गुराँश शीर्षक उपन्यास वि.सं. २०६४ मा प्रकाशित गरी साहित्य यात्राको शुभारम्भ गरेका सर्जक सङ्ग्रौला एउटा अर्को कोसेली लिएर फरक विधाबाट पुनः नेपाली साहित्यमा टुप्लुक्किएका छन् । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बहरबद्ध गजल : जगाएर आएँ !

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ नयाँ जोस तनमा जगाएर आएँ ! असल सोच मनमा बनाएर आएँ ! कुसंस्कार ढाली हटाएँ अँध्यारो दियो चेतनाको जलाएर आएँ !

Posted in गजल | Tagged | Leave a comment

कथा : फेसबुकमा भेटिएकी उनी

~सुन्दर खड्का~ ‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन । फेसबुक, सामाजिक सन्जाल, जनसंख्याको आधारमा विभाजन ग-यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँशु झार्दैमा हुन्न

~रामचन्द्र कार्की~ रोएर आँशु झार्दैमा हुन्न, आगो र पानी बार्दैमा हुन्न । सोचेर हेर गलत पो छ कि, बसाँइ मात्रै सार्दैमा हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु ढुकढुक हुन्छ

~शीतल कादम्बिनी~ देख्ने वित्तिकै मेरो मुटु ढुकढुक हुन्छ मसँग घाउ छ, तिमीसँग नुनचुक हुन्छ नखेल न मेरो मनसँग मनपरी तिमी नानी यो त, शिशा भन्दा पनि नाजुक हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सजाय

~सुष्मा मानन्धर~ समाजको आंँखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे नितान्त अर्कै परिचय । उसले एउटा हातले आफ्नी नाबालक छोरी डो¥याएकी थिई, अर्को हातमा हतकडी थियो । अगाडि सडककिनार र घरका झ्यालढोकाबाट थुप्रै मानिस उसैलाई हेरिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो माया….

~ज्ञानेन्द्र स्थापित~ किन होला यस्तो माया, तिमि संग बस्न पुग्यो चालै नपाई मेरो मुटु, तिमि भित्र पस्न पुग्यो माया गर्नु हुन्न भन्थें, माया बाट भागी हिंड्थे कस्तो टुना तिमीले गर्यौ, तिमि संगै फस्न पुग्यो

Posted in गजल | Tagged | Leave a comment

गीत : अँध्यारोमा जुनकिरी

~आभास~ अँध्यारोमा जुनकिरीको साथ प्यारो लाग्यो शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो बाटोभरी कति भेटें, यात्री सहयात्री कति छुटे फेदीमा नै, कति चढे माथि नरोकिए दु:खमा म, नरोकिएं पीरमा कहिले पुगें देउरालीमा, कहिले पुगें भीरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी जुन रहरले

~दिनेश अधिकारी~ तिमी जुन रहरले म मा फुल्न आयौ सबै सुख हराए, संधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकौं व्यर्थै तिमीले मेरो हात समायौ बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रयोगशालाको सूक्ष्म अवलोकन

~मुमाराम खनाल~ “पीएम, तपाईंलाई त जनताले भ्रष्ट्राचारी पो भन्दारहेछन् ।” “सरकार, मेरो बारेमामात्र के ? धेरै मानिसले मसँग भनेका छन्, दरबार हत्याकाण्डमा सरकारको हात छ ।” राजतन्त्रात्मक वहुदलीय व्यवस्थाका संवैधानिक राजा ज्ञानेन्द्र शाह र कार्यकारी प्रधानमंत्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाबीचको संवाद … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : आवाज

~छम गुरुङ~ आफैंभित्रको— रगत बगाइएको आवाज म सुन्न सक्दिनँ गिदी चलेको आवाज सुन्न सक्दिनँ लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ आँसु उम्लेको आवाज सुन्न सक्दिनँ वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने

Posted in कविता | Tagged | Leave a comment

गजल : ध्यान कहाँ छ

~नरेन्द्रकुमार नगरकोटी~ यी मान्छेहरुको ध्यान कहाँ छ ज्ञान कहाँ छ, विज्ञान कहाँ छ किताब पढिरहेको बालकलाई सघाउने अभियान कहाँ छ

Posted in गजल | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~ निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै, डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै, टिनिनि … टिनिनि … पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल, क्याच्च … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : नागरिकता

~मीनबहादुर विष्ट~ तिनीहरूले – हाम्रा देख्ने आँखा खोसे सुन्ने कानहरू खोसे सोच्ने मस्तिष्कहरू खोसे त्यसको बदला

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् । नेत्रविहीन र दृष्टिविहीनहरू जब हात्तीविहीन वनमा हात्ती खोज्न थाल्छन् चट्टानको ढिस्कोलाई हात्ती सम्झेर

Posted in कविता | Tagged | Leave a comment

लेख : कम लेखेर पनि चर्चित हुने कविहरु

~विवश वस्ती~ डा. मीनबहादुर विष्टले पछिल्लो समय कविता–लेखनबाट आफूलाई अलग राखे । तर, उनले लेखनको ऊर्जाकालमा जति कविता लेखे, ती कविताहरुलाई ‘मास्टरपिस’ नै मान्नुपर्ने हुन्छ । पचासको दशकसम्म कविता लेखिरहेका शिक्षा शास्त्रका यी प्राध्यापकले नेपाली समाज र चरित्रहरुलाई टपक्कै टिपेर … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : फागुमा मेरी आमा

~अरुणा बैद्य~ फागुका दिन दिनभरि नै मेरी बुढी आमाले झ्यालबाट बाहिर हेरिरहिन् हेरि नै रहिन्- ठिटाहरु, ठिटीहरु राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर फागुमा रमाइरहेको ‘लाइभ सिन’ । थाहा छ् मलाई त्यो ‘सिन’ भरि नै

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो बाचेकै छु

~लोकेश याक्थुङ्बा~ नसोध मलाई मेरो खबर्, जसोतसो बाचेकै छु मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ पुग्नु छ धेरै टाढा मैले, दोबाटोमा नअल्झाउ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पहिचान!

~महेश थापा~ गैरी खेत खनिरहेको बेला १० वर्षे युद्धको ‘अग्रगामी’ धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने’सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाएर घर फिर्तीको पिलेन टिकट लिए। पराया भूमिमा नूर गिराएर बस्नु भन्दा आफ्नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पाठ

~परशुराम बुढाथोकी~ स्थान : स्कुल र बाटो समय : साझ को ४ बजे  स्कुलमा घन्टी बजेको आवाज … हल्ला गर्दै बाहिरनिस्कदै गरेको बच्चाहरुको हुल। त्यो हुलमा एउटा ८-९ वर्षको फुच्चेनि छ। नाम हो उसको भुन्टे। उ नै हो मेरो कथाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment