Tag Archives: कथा

कथा : शौर्य

~बिपुल सिजापति~ हाइवे छेउको एउटा घर नजिक पुगेपछि मेजर सौरभले सवारीको गति झार्दै लगभग दश कि.मि. को रफ्तारमा लगे । गति कम भएको कारणले कर्णेल सागरले मेजरलाई हेरे । मेजरको शिर दायाँ पट्टि सडक पारिको घर तिर मोडिएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरु

~मणि लोहनी~ ‘उनी मलाई आत्मघाती बमवर्ष भएको देख्न चाहन्थे ।’ आङ्खना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आङ्खनो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मारिया

~मनोज पनेरु~ म उनीहरु बीचको कुनै पनि सम्बाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिँए। तर सधै अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ। यो मेरो निजी अनुभब हो। भाषा र प्रस्तुती कुनै पनि सम्बादका परिपुरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई धेरै माया नगरेको भए हुन्थ्यो

~विश्वराज अधिकारी~ मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अन्तिम मान्छे  

~नव सिलवाल~ “ति मी मलाई छाडेर कसरी जान सक्छौ यसरी ? हामी जीवनको अन्तिम सँघारमा पुगिसकेका त छैनौँ ।” सकिता कदाचित् आवेशमा थिइन । ऊ आफ्नो अनुनयलाई कृत्रिम आवरण दिइरहेकी थिई । आवाजमा न्यानो अनुरोधभन्दा औपचारिकता बढी मिसिएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बा ! उठ भूकम्प आयो

~सन्दीप खत्री~ ७ सात वर्षको दिपु साथीहरुसँग घर अगाडि आगनमा थियो । शनिबार आएपछि उसलाई ठूलै चाड पर्व आए जस्तो हुन्छ । त्यसैले शनिवार भएकाले आफ्ना सहपाठीसँग रमाईलो गर्दै खेल्दै थियो । यत्तिकैमा उसको बुबा श्यामप्रसाद भित्रबाट हक्कानिदै बाहिर आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले माया नगर्ने ऊ

~अजबी राधा~ वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : हामी लड्न तयार छौं, आओ….

~रोबिन मानन्धर~ ‘म्याँ….म्याँ…..’ बोका करायो । त्यत्तिकैमा उताबाट आवाज आयो,‘कुखुरी काँ…’ लगत्तै अर्काेतिरबाट आवाज आयो,‘भ्वँ….भ्वँ…..।’ बोकाले भन्यो,‘ए भाले भाई ! तिमी कहाँबाट आएको ?’ भालेले उत्तर दियो,‘म पारिगाउँबाट आएको ।’ यत्तिकैमा राँगो बोल्यो,‘के मर्ने बेलामा कराई रा’को तिमीहरु ?’ अनि … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : प्यासी चम्पाकली

~सुबिसुधा आचार्य~ “यता सुन्नुस् न भन्याँ, कता हराउनु भो तपाईं ?” काला माछाको कत्लाझैँ टलक्क टल्केको पिंडुलामा तोरीको तेल घस्दै बोलाउँछे चम्पाकलीले आफ्नो लोग्नेलार्ई । “फेरि के चाहियो र बोलाएकी ?” एक चाङ जुुठाभाँडा बोकेर दैलाबाट निस्कदै भन्छ ऊ, उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाहुरे विरासत

~राई चन्द्र दुमी~ एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर बस्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । तर समयमै हराउँछन् उनिहरु केवल हजिरा गर्न आउँछन् खातामा । उनिहरुलाई पनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउदीको सात लाख

~सन्तोष पौड्याल~ ऊ राम्री छे। असाध्यै राम्री। गामठाममा त खाइलाग्दो जिउ। लरक्क परेको कालो लामो कपाल। र, गोरो छाला भएका तरुनीलाई राम्री मान्ने चलन छ। हिजोआज पश्चिमा भूत चढेकाले बासजस्तो बतासे ज्यान र कैलो न मैलो कपाल पारेर पनि आफूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~सन्जिव बराल~ मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि।  मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ।  म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले।  बेलुकी को समय नारायणी को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुलावको फूल

~सुरञ्जन घिमिरे~ प्रविन भनिरहन्थ्यो–‘तँलाई भावनाले मन पराउँदिन । मलाई पनि यस कुरामा खास आश थिएन । लाग्दैन पनि थ्यो, प्रविनलाई देखाउन मात्र भावनाले मलाई मन पराई दिओस् । अनि म चाँहि प्रविनका अघि यो कुरा प्रमाणित गर्न चाहन्थें कि भावनाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी एउटा नाउँ काटिन्छ

~पारिजात~ सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?” घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्यालिसवाला पाइन्ट

~अजित बराल~ दसैं भर्खरै सुरु हुँदै थियो । बिहान चिसो हावाको सिरेटो चल्न थालेको थियो । आकाश फोक्सुन्डो तालजस्तै कञ्चन नीलो हुन थालेका थियो । एक किलोमिटर जति टाढाको बिन्ध्यबासिनी मन्दिरका घन्टीहरू बजिरहेका थिए । र, मानिसहरू बिहानको मन्दिर दर्शन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~जलेश्वरी श्रेष्ठ~ आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए। श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठगी

~विपुल सिजापति~ लगभग चार वर्षको अन्तरालपछि फेरि अध्यात्माको फोन आयो । एक मनले त नउठाउँ जस्तो पनि लाग्यो, फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त ? उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन्, “सरोज के छ हालखबर, मलाई बिर्सियौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रोजेक्ट अन्नपूर्ण

~लेखनाथ काफ्ले~ २६०० ई. सं. जनवरी १ विश्व सरकारको विविधता सम्बन्धी नयाँ परियोजनाले पृथ्वीबासी सबैको ध्यान खिचिरहेको थियो। आज पृथ्वीभरीका सबै सेक्टर र अन्य ग्रह, उप-ग्रहहरुबाट आगन्तुकको रुपमा वेब, डिजिटल र भौतिक रुपमा विषय विज्ञहरुको विशेष भेला बोलाइएको थियो। मन्चमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आदी

~कल्पना गिरी भावुक~ आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन् । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ । आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको । म यता उता गर्दै समय काटिरहेकी छु ! आफ्नो पालो आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~ “तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !” “यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पागल आईमाई

~यज्ञराज कार्की~ हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रहर

~गोबिन्दबाबु तिवारी~ लास परेको खवर पाएर प्रहरी प्रमुख र सरकारी वकिल आफ्ना सहयोगी सहित ३६नास्थलमा पुगे । त्यहाँ  एकत्रित भिडलाई सिपाहीहरुले तदारुकताकासाथ छिमलेर लासको दायाँबायाँको १०x१५ मिटर सम्मको भू-भागलाई प्रमाण सुरक्षित गराउन रातो रिबनले घेरा हाले । भिडमा मिश्रति प्रतिक्रियाको खुसुर फुसुर र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमास्पद चार वर्षहरू…

~अभिमन्यु निरवी~ हो म मरिसकें । तर मेरी श्रीमती र छोरीको मनमा म अझै जिउँदै छु । जब छोरीले हरेकपल्ट बाबा खोइ भनेर सोध्छे । तब म जोडले चिच्याउँछु– म याँ छु’ । तर न छोरीले सुन्छे, न कसैले । रामधुनीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँझरमारे

~भुवन त्रिपाठी~ सतीको श्राप परेको ठाउँमा राम्रो काम गर्न कहाँ पाइन्छ र !” यो वाक्यले घरिघरि झकाइरहेको निद्रा पनि भङ्ग हुन्छ। फेरि कोल्टो फेरेर सुत्ने प्रयास गर्छु, अँह निद्रा नै पर्दैन। “मेरो व्यक्तिगत हितको निम्ति मात्र हो र ?” “बुझ्नेहरूले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोर्टमार्सल

~युवराज गौतम~ “युद्धप्रति घोर वितृष्णा हुँदाहुँदै पनि म नेपालमा सामेल भएँ । भोगेच्छा र जिजीविषालार्इ दबाएर म धेरैपल्ट मरेको छु । आत्मग्लानी, कुन्ठा, आत्मभत्र्सना, आत्मप्रवञ्चना, विरत्ती, पीडा, विषाद र मनभित्र दन्किरहेको दावानलले मलार्इ संवेदनशून्य बनाउँदैछ भन्ने प्रबल अनुभूति भएपछि चालीसजना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नागोया रेल्वे स्टेशनमा भेटिएकी केटी

~दीपेन्द्र दोङ तामाङ~ भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निन्द्रदेवीलाई आह्वान गरिरहें तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेडको प्रेम

~सन्तोष पौड्याल~ ‘तिमीलाई मेरो माया लाग्दैन?’ म बढी नै आक्रोशित भएँ। मैले हजार बार ऊसँग विवाहको प्रस्ताव राखीसकेकी थिएँ। यस्तो गर्नु निरर्थक हो भन्ने जान्दाजान्दै अन्तिम कसरतमा लागें। सधैं झैं कुल भएर उसले जवाफ फर्कायो ‘तिमिलाई माया नगर्ने भए २० … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~कोरङ्गी प्रेम~ शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ नेपाल ! नयाँ नेपाल !!

~भाउपन्थी~ “नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परित्यक्ता

~पूर्णबहादुर बस्नेत~ मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुका

~कृष्ण अविरल~ बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’ ‘जरुरी केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेलाइएको फूल

~सृजन सापकोटा~ “भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्। केदारनाथ तिर्थ जाँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment