Tag Archives: कथा

कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~ आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कथा इजरायलको

~चकेन्द्र राई “कैदी”~ ‘मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बोलाउथे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पाखो गुराँस र म

~देविनबाबु राई~ परबाट हान्ने गाईझैं बत्तिएर आएकी प्रेमिकाले सोझै मेरो कठालो समाई । त्यो कड्की कुटिल स्वरमा– रातो गुलाफसँग प्रेमपत्र पठाउने तैं हैन ? मेरो सात्तोपुत्लो उड्यो, हो वास्तवमा पठाएको मैले नै थिएँ । त्यसले झन् रडाको मच्चाएर उफ्रिन थाली, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो जिन्दगी यस्तै हो

~सुमलकुमार गुरुंग~ “नेपालबाट ट्रङ्ककाल आ’को छ मनप्रसादलाई छिट्टो बोलाएर ल्याउँ बत्तीस” भनेर कम्पनी बाबुजीले रनरलाई उसको आर्मी नम्बरबाट पुकारेर अह्राउँछ । रनर (सेनामा दस्तावेज र सञ्चारवाहकको काम गर्ने) दौडदै गएर छेउको ब्यारेक अघि हतियार सफा गरिरहेको मनप्रसादलाई खबर दिन्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहरयात्रा

~पुरुषोत्तम दाहाल~ “ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यानभासभित्रको देवीप्रसाद

~गोपाल दुलाल~ देवीप्रसादको घरमा त्यो रात खुसी छाएको थियो । यसपालीको तिहार भने साँच्चै नै रमाईलो होला भन्ने विश्वासमा थिए उनीहरु । आजै मात्र ऊ घर फर्किएको थियो, बहिनीको उपचार गरेर, । जन्मजात चिरिएको ओठ लिएर जन्मिएकी देवीप्रसादकी बहिनीको मुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाहुना

~रामप्रसाद दाहाल~ आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?” आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठै बिचरा

~वाचस्पति रेग्मी~ हजारौ मान्छेका मनमा हजारौं सपनाहरु हुन्छन् । सपनाहरु परिस्थिति र समयको भेलसगै उतार चढाव भैरहन्छ । एक मान्छेको एक सपना भए पो हुन्छ र । एउटै मान्छेको धेरै इच्छा, चाहना र सपनाहरु भएपछि मान्छे असनको भिडमा अलपत्र परे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नामर्दकी साली

~विमल नेपाल~ आज म स्फुर्त छु । किनकी प्रकृती अनपेक्षित खुसि देखिएकी छ । उसलाई यतिको खुलेको देख्नु नै आजभोलीको मेरो खास खुसी हो । जागिर, पैसा लगायतका अन्य प्रप्तीहरु फिक्का हुन्छ । उनको मुहारमा प्राकृतिक चमक देख्न पाउनु नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फुस्सा !

~टि.एन. रिजाल ~ शनिबार छुट्टीको दिन । त्यस्तै बिहानको ९ बज्दै हुदो हो । निन्द्रा पुगीसक्दा पनि तन अल्छीको वशमा भएकाले मन बिस्तारा छाडन मान्दैन । त्यस्तैमा मोबाइल फोनमा घन्टी बज्यो । फोनको स्क्रीन हेरे,पुरानो मित्रको परेछ । रिसिभ गर्दै भने,“हेल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मामा

~निर्मल ज्ञवाली~ टिभीमा एउटा समाचार आएछ, अमेरिकामा दादुराको खोप लगाउँदा एउटालाई क्यान्सर ठीक भयो रे ! ठीक भो, राम्रै भो । तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो । मामाले फोन गर्नु भो, “तुरुन्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य मूर्ति

~विन्दु सुवेदी~ जापान छोडेको यतिका वर्ष भइसक्दा पनि मलाई त्यो देश मानव विम्बहरूमा आइरहन्छ। त्यहाँ भेटेका मानिस र तिनका कथाहरू अहिले पनि पटकपटक क्षितिज जस्तै खुल्छन्। मैले अत्यन्त नजिकबाट चिनेको एउटी जापानी महिलाको जीवन कथा र तिनको कला र जीवनका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : दस्तावेज

~रामप्रसाद दाहाल~ पूर्वकथा टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जङ्गे मास्टरको लभ

~चुडामणि रेग्मी~ चाड–वाड झैं सम्मेलन पनि रमाइला हुन्छन् । चिया खान पाइन्छ । सिग्रेट जत्ति खाऊ । सुपारी पनि चवाउन पाइन्छ । एक जना प्रतिनिधिको पछि लागेपछि खान पनि भुँडी फुटुन्जेल ! त्यस दिन पंचायत र वर्गीय संगठनको सम्मेलन थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भित्ता

~शकुन्तला जोशी~ ‘भित्ता पनि बोल्छ र ?’ ‘किन नबोल्नु, बोल्छ । बोल्ने भएरै त म प्राय: गफ गरिरहछु नि यिनै भित्तासँग । जे छन्, यही भित्ताहरूमै छन् मेरो भन्नु ।’ त्यति भनिसक्दा उनको अनुहार अलिकति उज्यालियो । मलाई बस्न आग्रह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर फिर्ती

~चुडामणि रेग्मी~ नदीको स्वाँ … शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हुरी

~बिना तामाङ’सुनगाभा’~ चैतका पट्ट्यार लाग्दा दिनहरु शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरु बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं ” बाहिरफेर नगएस दिउंसो ,बरु गृहकार्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइमाई

~केदार श्रेष्ठ’गगन’~ आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : प्रश्नचिन्ह

~शंकर लामिछाने~ श्री सम्पादकजी, कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : फेसबुक सुन्दरी

~जनक तिमिल्सिना~ चकलेटी अनुहार, गाजलु आँखा, पातलो वान्की परेको शरीर, एकतर्फी कोरेको सिल्की कपाल सबैको संयोजनबाट उ सुन्दर देखीएकी छे। हरियो कुर्ता सुरुवाल, निधारमा रातो टीका, घाँटीबाट पिठ्यूँतिर खसेको दोपट्टाले उसको सुन्दरतामा झनै निखारता ल्याएको छ। उसको फेसबुक ठेगानामा कैयन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढाकछोप

~फणिन्द्र शान्त~ ‘‘के के तयारी गरिस् त हौ साइला?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइको

~सीमा आभास~ गोप्य विद्या उसको रुचिमा पर्छ । कलात्मक ढंगले अरूका गोप्य कुरा सुनाउनु उसको क्षमता हो । एक दुईचोटि संगत गरेका मान्छेका नितान्त व्यक्तिगत कुरा भन्न सक्छ । अरूका कुरा काट्नु ऊ सन्तुष्ट हुने अर्को पाटो हो । मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको सपना

~एकराज प्रधान~ ‘शरणार्थी कान्छी कति बेला आयौ ?’ उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाबुसाहेब

~कमल धिताल~ रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजायज माया

~निराजन प्रभात~ “चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मृत्युको बयान

~लारा राई~ उनी- कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्। अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुसा आतंक

~माया ठकुरी~ टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथाको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ मनमनै सोचेँ । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुस्कानको खोजी

~दीपक ठकुरी~ मलाई धेरैले घृणा गर्थें, अझ बढी त आमाले । गृहकार्य गर्न छाडेर म उठेँ आमालाई खुसी पार्न । दराजबाट कपास र गम झिकेर ल्याएँ । अनि बडो सावधानीका साथ माथिल्लो ओठमा गम दलेर त्यसमाथि कपास टाँस्दै थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपरिभाषित प्रेम

~कृष्ण थापा ‘कृष्णपक्ष’~ फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार  स्विटर र मफलरले हिउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसाइड नोट

~महेन्द्र पौडेल~ हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी ! सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो अफिस

~कमल कुमार~ त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकान्त पीडा

~शैलेन्द्र साकार~ हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुप¥यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment