Tag Archives: nepali sahitya

कविता : आमा म जेलमा छु

~देबेन्द्र बस्याल~ आमा म जेलमा छु मेरो मुखमा चुक्कुल ठोकिएको छ हामतमा हतकडी लगाइएको छ म अन्धकारमय कोठामा ढलेकोछु म बोल्न खोज्छु तर सक्दिन हात चलाउन खोज्छु, सक्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालपुर

~भुपाल सापकोटा~ ए सुन त, थाहा पाईस तैंले ? टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले ती नेपालपुरे मुखिया थिए नि, तिनको बर्षौ देखिको अध्ययन, अनुसन्धान, परिमार्जन त्यो एकमुखे रुद्राक्ष्यको

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~आशांक उपाध्याय~ भुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु ! फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !! म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा ! राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !!

Posted in गीति कविता | Tagged | Leave a comment

समालोचना : भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन

~नवीन पौड्याल~ 1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

लघुकथा : बहुमुखी प्रतिभा

~हरिप्रसाद भण्डारी~ लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : विकलको कथा ‘मेरी सानी भतिजी…’

~नरनाथ लुइटेल~ विकलको परिचय र प्रतिबद्धता आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मेरो औकात यहि हो

~अमृत सिङ थिङ~ तिमीले ठिक भन्यौं मेरो औकात यहि हो बजारमा जे हल्ला सुन्यौं सहि बात यहि हो भनेको जस्तो परिवर्तन के गर्न सक्छौं ? काम गर्ने दिन अनि सुत्ने रात यहि हो

Posted in गजल | Tagged | Leave a comment

कथा : व्यापार केन्द्र

~अमृता बुढाथोकी~ मलाई त्यो दिन आज पनि याद छ । खुसीले उन्मत्त मेरो मन हावासरी घरीयता घरीउत्ता नाचिरहेको थियो । मेरा लागि त्यो दिन सायद बिहानीले साझलाई र साझले बिहानीको प्रतिक्षा गर्नै हम्मे थियो । दिन र रात लुकामारी खेल्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तारा गन्न के सक्थेँ र?

~प्रा. जगतबहादुर के.सी.~ आकाशभरि छरिएका तारा गन्न के सक्थेँ र? मनभरि मेरा मायाका व्यथा भन्न कहाँ सक्थेँ र? सम्झन्छु सधैँ देउरालीमाथि पूर्णेको जूनझैँ क्या सुन्दर मुहार। रात र बिहान सम्झना हुन्छ, देखूँझैँ लाग्छ, भेटूँझैँ लाग्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : वसन्त काव्यको आमुख

~राजेश्वर देवकोटा ~ म धाएँ धेरै नै तर शरण सत् पाइन कतै अबेला जागेछौ नभन ममता पाउँ कविते। तपस्या गर्दैमा कवि कति बिते लागिन पछि उही कन्था बोकी म पनि अहिले कुप्रिन पुगेँ।। न पढ्ने मान्छे छन् न त पसलमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : तिमी कहाँ हराइगयौ

~देवराज निरौला~ तिमी कहाँ हराइगयौ बादलुको माझमा डुविरहें म यहाँ सम्झनाको माझमा रुख बुट्यान् उजाड लाग्छन् गाउँघर शुन्य लाग्छन् संगीतका सातै सुर सबै फिका फिका लाग्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आजकाल सपनीमा

~महेश्वर चापागाई~ धुवाँ उडिरहेको देख्छु दाउरा थपिरहेको देख्छु धुवाँमा मान्छेहरु निस्सासिएको देख्छु आगोमा मान्छेहरु जलिरहेको देख्छु आजकाल सपनीमा देश जलिरहेको देख्छु आजकाल सपनीमा देश बलिरहेको देख्छु टुक्रा टुक्रा छरिएको देख्छु मालाहरु चुडिएको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~ तिम्रो लागि सजाको छु छाती भित्र कोमल दिल, बस्न सक्छौ चाहे जति, लिनुपर्दैन कुनै पिर ।

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : थ्री एमको क्रेज

~कृष्ण उफान~ समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

~कुबेर काका~ सेवा मुखी मुनाफा छ नाफा मुखि छैन बजारमा खोजी गर्दा भन्छन पाइदैन जग पिलर र ढलाईमा गैंडा नै लगाऊ आफू बस्ने घरलाई बलियो बनाऊँ । गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : नाम, उपनाम, छद्मनाम

~लीला लुइटेल~ १. विषय प्रवेश सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई चिनाउनाका लागि नामको आविष्कार भएको हो । व्यक्तिको पहिचानका लागि नाम अनिवार्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो औपचारिक नाम प्रयोग नगरी उपनाम एवं छद्मनामको प्रयोग गर्ने प्रचलन विश्वका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

अनूदित कविता : बुवाका आँखा

~पवन करण~ अनुवाद : सुवास दीपक एक दिन पनि ढिलो गरिनँ मैले चिकित्सककहाँ आफ्नो छोराका आँखा जाँच गराउनमा चिकित्सकले मसित भने राम्रो बुवा हुनुहुन्छ तपाईं ढिलो नगरी आइपुग्नुभयो तर मेरा बुवाले यो अवसर पैंसठी वर्षपछि मद्वारा त्यति बेला पाए जब … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

विष्णुबहादुर सिंहका पाँच हाइकु

~विष्णुबहादुर सिंह~ १- जून खोज्दै छु पूर्णिमाको रातमा छटपटिँदै। २- मायाको चिनो झुण्डिएको भित्तामा निर्दयी मन। ३- हिमालसँग

Posted in हाइकु | Tagged | Leave a comment

छोक : पीलो

~विक्रम सुब्बा~ निधारमै पीलो रहेसम्म पीपैपीपले अनुहार लत्पतिने रहेछ देख्दैछु म – काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा

~सदानन्द अभागी~ रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : नेपाल यो स्वर्ग हो

~अर्जुन दुलाल~ छन्द : शार्दुलविक्रीडित नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो !!१!! आमाकै मनमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ड्रग्स् अनि आमा-बाउ

~बिशोर राई “आश्रय”~ छोरोलाई… हिज फेरि रिह्याबमा पठायो रे… अलि-अलि थुपारेको बाकसको पैसा तिरेर पठायो रे.. धनमती र सूर्यमानको एउटै छोरा, ईश्वरलाई माग्दा माग्दा पाएको छोरा, सुन्दर सपना र बुढेसकालको लाठी, जीवन र मृत्युको बिचमा लम्पसार छ आज त्यो छोरा…!

Posted in कविता | Tagged | Leave a comment

कथा : बलात्कृत

~अर्जुन थापा~ ‘अब चाँडै अपरेसन गर्न सकिएन भने तपाईंको श्रीमान्लाई जे पनि हुन सक्छ । गोलीका छर्राहरू धेरै भागमा छरिएर बसेका छन् । चाँडोभन्दा चाँडो निकाल्नुपर्छ । अपरेसन गर्ने नै हो भने अहिलेलाई एडभान्सको रूपमा पाँच लाख काउन्टरमा डिपोजिट गर्नुहोला’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गल्यो मेरो शरिर

~दीपक कुमार ज्ञवाली~ थाम न मलाई गल्यो मेरो शरिर । पृथ्वी कापे झैं भयो थर्थर पिपलको पात झैं भयो फर्फर । झूटो कि साँचो तिमी बोलीरहेको टट्यायो कान मेरो कति ट्वार ट्वार गरेको । जहाँ को तही छु नेटो काट्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रगतिपथ

~रिजाल किरण~ छन्द : द्रुतविलम्वित प्रगतिका पथमा रथ चल्नु छ सुख र शान्ति यहीँ अब रम्नु छ । मयल यो मनको जब माझ्दछौ श्रम र सीप गरी तब हाँस्दछौ ।। लगन चित्त बनी जब लाग्दछौ

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म बिनाको नागरिकता !

~केशव गजुरेल~ रगताम्मे गुराँसका ओठहरू रगताम्मे नदीका छालहरू विवेक हराएका मान्छेहरूका भिंडमा घाइते सिमानामा उभिएर मौन सगरमाथा हेरेर चन्द्र -सूर्य झण्डालाई हान्ने बतासले ल्याएको मृत्युको समाचार सुनेर म, सोंच्दै छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : गुरूपूर्णिमा

~दिलिप पौड्याल~ सर्वप्रथम मेरी आमा मेरो सर्वश्रेष्ठ गुरुको चरण चुम्न मन थियो उहाँले सिकाएको पहिलो शब्द ‘बा’बा’ भन्दै बाबालाई ढोग्न मन थियो बाबाले मसाएको पाटीमा कखरा सिकाउने सरलाई खादा ओढाउन मन थियो

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई देखेपछि

~रन्जन पौडेल~ आकाशको जुनमा तिमीलाई देखेपछि धरतिको धुनमा तिम्रो स्वर सुनेपछि ।। सभ्यताको संसारमा डुल्ने मन थियो संसारको हाल बुझे तिमीलाई देखेपछि ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दिदी

~देवराज पौडेल~ तिमी दिदी हौ, म भाइ हुँ, पहिलेको भयो? दिदी कि भाइ, भाइले दिदीलाई दिदी भनेको दिन दिदी दिदी भयौ कि दिदीले भाइलाई भाइ भनेको दिन भाइ भाइ भयो, दिदी हुम् भनेउ कि? तिमि भाइ हौ भनेउ तिम्ले, भाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण

~राजेन्द्र गिरी~ विषय परिचय : ‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राई (१९८४) द्वारा रचित कथा हो । उनको यो कथा विपना कतिपय (२०१८) सङ्ग्रहमा सङ्गृहीत भएको छ । ‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण भेग तथा सहरमा बस्ने निम्न वर्गीय प्रवासी … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : तीज पहिले र अहिले

~लीला उदासी~ पहिले – पहिले दर खाने दिन सम्ममा चेली – वेटी माइत आउथे दिदी, बहिनी, फुपू भदै भेला हुन्थे दुख सुखका कुरा गर्थे रुन्थे बर्ष भरीका पीडालाई आँसुले पखाल्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्तमाला

~भानुभक्त आचार्य~ प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता। सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।। प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो। सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।। सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी। गयाको होस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment