Tag Archives: nepali sahitya

कविता : वेपत्ता मौसम

~ज्योति जङ्गल~ यो साझमा यादको हावा बोकेर वेपत्ता मौसम आइपुग्यो । युद्धको कुहिरोमा भविता खोज्दै हिंडेको एउटा सन्तान बेखवर कहां पुग्यो ? कहां पुगे बेपत्ताको छाती टेकेर समयलाई शासन गर्नेहरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालि गाउँको कविता गाउँमै छोडेँ

~साम्ब ढकाल~ पाठक महोदय, मैले यसपालि गाउँको कवितालाई गाउँमै छाडेर आएँ । अघिपछि शहरलाई सुनाउन गाउँबाटै खुबै ओसारें कविता गाउँमा फुक्काफाल हुने गरेका कविताका हुल शहरमा संकुचित बनाइए धानका रोपोमाथि वयलीमा रमाइरहेका हावाका लहरहरूले कवितालाई शहर पठाउन मान्दै मानेनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कीराहरू र दैलो

~मनोज बोगटी~ विचारको रुख ठाड़ो हुनै दिँदैनन्‌ कीराहरू जरैबाट चड्छन्‌।पात खान्छन्‌। कोपिला खान्छन्‌। बोक्रा खान्छन्‌ तलबाट जरा टोक्नेहरूले त्यहीँ सन्तान काड्छन्‌ अनि सन्तानैले टोक्छन्‌। विचार लिङ्‌ठिङ्ग उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पागल र मानिस

~सन्जीव बंकिम~ एक पागल थियो । उसलाई सबै पागल भन्थे । यति सम्म देवकोटा को पागल कविता पढेका समाजमा सम्मानित ब्यक्ती हरु पनि । जो जानी जानी निचा देखाउथे। उ पागल हासी मात्र दिन्थ्यो । उ हेला को पात्र न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निमेषभरको हाँसो

~लेनिन बञ्जाडे~ ‘आमा! ल्याइदियू?’ कुराको सन्दर्भ बुझिनन् भाउजू। तैपनि मन्टो हल्लाउनु गाह्रो काम होइन, हल्लाइदिइन्– ‘अहँ’। ‘अस्तिनै भन्याहैनियू ल्याइदिन्छु भनेर?’ ‘के ल्याइदिने?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुसन राईका एघार मुक्तकहरु

~सुसन राई~ संस्कार भुली पप् गायौ गाना दोषी भयो बस्त्र फाल्यौ नाङ्गियौ चाहाना दोषी भयो के सम्झि यी यस्ता हर्कत देखाउँदैछौ गल्ति गर्यौ पन्छियौ जमाना दोषी भयो जन्मेर मान्छे फरक फरक पाटोमा जान्छ कोहि पाठशाला त कोही बाटोमा जान्छ केहि … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : क्यामिला

~नरेश शाक्य~ क्यामिलाका आँखाहरूमा उठिरहेछ छाल समुद्रको गहिरा नीला आँखाहरूमा तैरिरहेछ रंग सपनाको। क्यामिलाका मनहरू औधि भएर उठिरहेछन् वर्षौंदेखिका दमित चेतना विष्फोट भएर क्यामिला आत्मसात् गर्न खोज्छे आफ्नो देशको विशालतालाई, महानतालाई पर्वतहरूको उच्चता सागरको गहिराइलाई गुम्फित भावनाका साङ्लाहरू चुडाल्न खोज्छे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : र,बिद्रोह यहिबाट सुरु हुन्छ……

~लारा राइ~ जनता, नाङ्गो आङ्ग भोको पेट फुटेको कुर्कुचा खिंईंदै गएको चप्पल सडकमा गर्छन् आन्दोलन एक धर्सो सपना लिएर नेताको विश्वासमा । नागरिक, कालो चस्मा सुकिलो सेतो बस्त्र

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पौल भाट~ मेरो स्वप्निल बगैचा को सुन्दर फुल तिमी , मेरो गहिराईको संतृप्त सन्तुस्टी तिमी , मेरा मिथक सपनाको साकार तिमी , मेरो सानो मन-राज्यको रानी तिमी ,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : म पनि करोडपति, “क” मेटेर

~गजेन्द्र बुढाथोकी~ पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो । अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो । तलब … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो नेपाल

~होम सुनुवार दसुचा~ धर्तीको कुना कुनाबाट हिमाल चिहाउँदै झरनाको आनन्दित बहावमा नुहाएको उकाली ओरालीका बरपीपल चौतारीहरुमा बटुवाहरुसँग थकान मेटाएको झस्याङ्ग सम्झन्छु मेरो नेपाल । ऋतुहरुको परिवर्तनसँगै मौसमका स्वादहरुको तिर्सना आउने गर्दछ बिना स्वादको काल्पनिक तृष्णाले

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालको राजनीति

~रामु गैरे~ हाम्रो देश अब त अपांग भैसक्यो शान्तिको उपाधि पनि गैसक्यो नेताहरुलाई आफ्नो खल्तीको चिन्ता छ नेपालआमाले धिकार्न लागिसकिन संसारमै नभाको यस्तो बन्द , सडक बन्द , बिद्यालय बन्द , अस्पताल बन्द कहाँ सुनिन्छ नेपालमा सिबाये कसले लिएर आयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नियत

~जयराज भट्टराई~ म सहिदगेटमा माइक्रोबस चढें । मलाई कीर्तिपुर जानुथियो । ड्राइभरछेउमै सिट भेटें । दक्षिण पट्टिको खुलाचौरमा सैनिकपरेड चलिरहेथ्यो । खलाँसी त्यतैतिर टोल्हाएको देखेर डा्रइभर बाहिर निस्क्यो । गएर त्यसका कानमा क्याराम खेल्दा औंलाले स्ट्राइकरलाई धकेलेझैं हिर्काइदियो । त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म घुमाउछु त्यो घण्टाघर को सुई

~रुमन न्यौपाने ‘अमन्त’~ कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो । कालो बादल निरशताको छप्प छाईदीयो । आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् । मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन । फाटेको जमिन भित्रै कति पसे रे । अस्ताएन सुर्य त्यहा कति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : विकल्प

~भूधरा उपाध्याय~ – हरिले लोकसेवाको तयारी र बैदेशिक रोजगारीमा जाने तयारी एकैसाथ गर्यो। – दुबै परीक्षामा अब्बल निस्कियो

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : क्युरियो

~विमल निभा~ हिटलरले प्रयोग गर्ने गरेको निजी रिभल्भर प्राप्त भयो भने खुसीले पागत हुनेछन् क्युरियोका धनाढ्य संकलकहरु फराओनको राजछत्र, सिकन्दरको घोडाको खुट्टाको नाल,

Posted in कविता | Tagged | Leave a comment

गजल : कसै गरे पनि

~धनराज गिरी~ ढल्दैन यो स्वाभिमान कसै गरे पनि छातीमाथि देवेन्द्रको बज्रै परे पनि भन्ने गर्थे बुढापाका हित हुने कुरा मर्नुहुन्न मानवता जे-जे मरे पनि

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

~नवराज लम्साल~ डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : झरेर आउँछिन् ममा

~घनेन्द्र ओझा~ सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा र, नीँद रातमा त्यसै हरेर आउँछिन् ममा । छ ज्योति पूर्णचन्द्रको र मोहनी छ चालमा र, लाडिँदै र मस्किँदै सरेर आउँछिन् ममा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : राष्ट्र पीडा

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो अधर्मको बजार नै मनुष्य भैसक्यो यहाँ सिपालुको कटार नै मनुष्य भैसक्यो यहाँ रवाफले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : रहुँ प्रेमले नै

~कृष्णहरि बराल~ गीत तिम्रै गाई रहुँ प्रेमले नै प्रीत चोखो लाई रहुँ प्रेमले नै अन्धकारमा जूनेलि भै तिमीभित्रै स्वप्न बन्दै छाई रहुँ प्रेमले नै

Posted in गजल | Tagged | Leave a comment

कविता : सिंहदरवारलाई मेरो झुप्रोको मित्रता प्रस्ताव

~अनिल नेम्बाङ~ सिंहदरबारको झ्यालबाट नदेखिएको मेरो गाउँ छ, बर्षौँ बितेछ। तर, -महाजनको सुट सिउने दर्जि दाजै अझै नाङ्गै रहेछन्। -दुनियाको महल बनाइदिने कर्मि काकाको छानो उस्तै चुहिने रहेछ। -खेत खिइएर बगर बन्न लागेछ तर कार्बारी बाजे अझै भोकै बाँझो फोर्दारहेछन्। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : यो रेडियो नेपाल हो

~बुद्धिसागर~ घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

स्वदेश गान : नेपालीको छातीमा हिमाली छायाँ छ

~लक्ष्मण लोहनी~ नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ जनक जन्मे यही देशमा वुद्ध जन्मे ज्ञानी बीरहरूको रगतले सिंचिएकी रानी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : तिमी यसै लजायौ म उसै धकाएँ

~दिनेश अधिकारी~ तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कथा : सुखी परिवार

~लु सुन~ अनुवादक : हरिहर खनाल “… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : किन कर्की हिर्‍यौ ?

~पूर्ण ओली~ यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ नजरिलो घाउमाथि भ्रम छर्की हिर्‍यौ । निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ त्यै ढोकाको कापबाट हिजो फर्की हेर्‍यौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा र हेराई

~अनन्त निरौला~ कतिले अझै नेपाल सड़क मा सिर्फ बुङ्गबुङ्गती उड्ने धुवाँ र धुलो देख्लान खाल्डा र खुल्डीहरु देख्लान मैले चावहिल गल्ली कि बुढि आमा र उनले सड़क किनार बिक्री मा राखेकि डोको भरिको हरियो ताजा रायोमा उनको जाँगर र मेहनत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुतपूर्व प्रेमिका

~सुरेस खनाल~ अलिकता म हड्बडाएँ, अलिकता म झस्किएँ। आत्तिएकै त म हैन, तर, अलिकता म धकाएँ। मान्छेको भिड थियो एकछिन अघि सम्म। अहिले भर्खर, म एक्लिएँ। मुख रसिलै थियो शायद;

Posted in कविता | Tagged | Leave a comment

गजल : के बुझिन

~भिम बहादुर थापा~ कोसँग, खोल्यौ के बुझिन बैंशमा पोल्यौ के बुझिन ** सार्थें कि सपनी तिमीलाई घमण्ड घोल्यौ के बुझिन

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छौ कति मेरो देशलाई

~भिम बहादुर थापा~ मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई ** आशै-आश बक्रबास भो कानून छैन वशमा कतै सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई

Posted in गजल | Tagged | Leave a comment

गीत : आउँछौ कि त यो होलीमा

~दिवाकर स्वप्नील~ प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा । समृद्धिका रङ्गहरु ल्याउछौ कि त त्यो झोलीमा । बेरङ्गको भो माया प्रिती रङ्ग भरे कस्तो होला ? मुहारमा अलिकति हाँसो छरे कस्तो होला? मिठो मुस्कान् लठ्ठ धुन सुन्न … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment