Tag Archives: nepali sahitya

कविता : हिंडिरहनु

~लक्ष्मण श्रेष्ठ~ आउलान् हजार चुनौती बाधा र बिघ्नहरू तिमी हिंडिरहनु हिंडिरहनु। आशाको ज्योति बाल्दै अन्धकारको पहाड ढाल्दै आफ्नै आत्माको मसाल बालेर दुःखलाई पुछ्दै हत्केलाले निराशालाई पन्छाउँदै मन्छाउँदै तिमी हिंडिरहनु हिंडिरहनु।

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुणझै उठेको छु

~वैरागी जेठा~ देसको प्रभात सँगै म ,अरुणझैँ उठेको छु लाल यात्रीहरू लिएर माओको सपना लिएर मेरा बेसीहरू तिर झरेको छु म घुमी रहेछु मेरा पहाड तिर तरुणो बैँस त्यागेर सबै बन्दीगृह त्योडेर म

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको व्यङ्ग्यचित्र

~गणेश खड्का~ साइँली बज्यै ! नातीको फोटो हेरेर किन रुन्छ्यौ बेकार, सतीले सरापेको देशमा अब फेरी तिम्रो श्राप…! चुपो लाग, यहाँ बोल्नु हुँदैन अपहरित तिम्रो नाती कहिल्यै फर्केर आउँदैन यो नयाँ नेपाल हो l … ठुलीकान्छी भाउजू ! छोराको लुगा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बग्नु

~नरेश शाक्य~ निःसर्त बगेँ थाहा छैन कहाँ पुग्ने हो ? जीवन बगेर यतिका सङ्घर्षहरूको परिणाम र परिणति के हुने हो ? कसका लागि ? अनिश्चित नै म बग्दैछु । म र्झन तैयार भएँ ओर्लन शिखरबाट कोलाहलसहित निनादसहित

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो लुते कुकूर मरेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ त्यो दुई नम्मरको गल्लीमा पुच्छर हल्लाउने आफ्नै छाती घाउ बनाइ गीटार बजाउने सडकको आदिबासी त्यो लुते कुकूर मरेछ आज विहान चौबाटोमा प्राण त्याग गरेछ झुस्स परेका ति रौँहरु निथ्रुक्क भएछन् शितमा एकनासले नयनहरु टोलाएछ्न बिरहको गीतमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमिको माटो रुन्छ !

~लक्ष्मी प्रसाद देवकोटा~ कसले सुन्छ ? कसले सुन्छ ? मातृभूमिको माटो रुन्छ ! तुहिनाचलले आफ्नो छाती, च्याती, च्याती, उर्वर साधन पारे छरवर ! स्वर्गका नव किरणहरुका फेर समाती, मन्त्रै साधी समाधि बाँधी— वर्षा, वज्र, विजुलीहरुका मन्त्रोच्चारणहरुले बाँधी, नटिनीहरुकन बोक्न लगाए, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली दुखिरहेको छ

~विजय महर्जन ‘श्रीजय’~ कहिले खडेरीमा एक छाक अन्नको आशमा बाचेँको छ कुपोषित कर्णाली कहिले हिउँदमा प्रकृतिको बलात्कार सहेर बसेको छ कहिले ग्रिष्ममा एउटा भेडासँग नूनको विनिमय गर्न उत्तर धाएको छ कहिले दशैमा जूनको उज्यालोसङ्गै

Posted in कविता | Tagged | Leave a comment

कविता : निराश जिन्दगी

~ढक बहादुर बस्नेत ‘आकाश’~ जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा मेटिएन जता हेर्यो पराई मात्रै

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा र जून

~सागर कार्की~ जव दुर आकाशमा म आफैलाई खोज्दछु तब लाखौ ताराहरु बिच एउटा मुहार देख्छु, मेरो मुहार जस्तै उसको मुहार

Posted in कविता | Tagged | Leave a comment

कविता : साबधान लामखुट्टेहरू

~रामचन्द्र कार्की~ क्रान्तिको नाँउमा चिच्याटलाग्दो बिगुल फुकेर रगत चुस्न नखोज लामखुट्टेहरू तिमीहरूको सुँडको तिख्खरता सजिलै नाप्छ हाम्रो शरीरले । ओसिलो र चिस्यानको बास छिनमै सागर र मरुभुमी बन्नेछ, त्यति बेला दया त मलाइ लाग्नेछ तिमीहरू माथी किन की तिमीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्धकी हाँसो

~आचार्य प्रभा~ उत्कट अभिलाषाको कमारो भएर होइन जिउने आधार खोज्न म, आफ्नो भुगोलरेखाको सीमाबाट बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह किन थिएन र ? अनी………सेता अग्ला हिमालहरुको दृश्यले किन मोहित थिइन र ? तर………फूलको सौन्दर्य र सुगन्धले गाँस पुग्ने भए,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलय वेदना

~लक्ष्मी प्रसाद देवकोटा~ यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब, दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव । विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी, तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।

Posted in कविता | Tagged | Leave a comment

कथा : निश्चय । अनिश्चय

~शर्मिला खड्का दाहाल~ गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ‘साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो । – ”बिचरो रामप्रसादले फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नखाएको बिष

~शशीकला थापा सुब्बा~ गल्ती मेरो हुदैहोइन तर किन दोष लाग्यो मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो बिस्वासको घरभत्क्यो बालुवाको महलसरी मैले चिन्न नसकेको शत्रु रैछन वरिपरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : टेरी भो अब

~लेख कार्की~ आमा भन्छिन् टेर्नै छोड्यो अटेरी भो अब बाबा भन्छन् तेरो छोरो तन्नेरी भो अब । विज्ञानले त संसारनै साँघुर्‍याई दियो हेर्नुस नेपाललाई कतार पनि मझेरी भो अब ।

Posted in गजल | Tagged | Leave a comment

गजल : घात

~कृष्ण वस्ती~ जिन्दगीको बाटो छेक्न,बस्यौ घात लाई । नागबेली नजरले, डस्यौ घात लाई ।। देखाएर हातैभरि, चमेलीको तेल । झेल गरी तातो विष,घस्यौ घात लाई ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पत्रकार / लेखक / नेता

~कात्यायन~ – शुरूमा तीनै जना परम दुश्मन थिए; अहिले घनिष्ट मित्र ! – नेतालाई लेखक र पत्रकार चाहिने | लेखकलाई पत्रकार र नेता नभई नहुने | पत्रकार पनि लेखक र नेता नभई बाँच्नै नसक्ने | – ऊ; नेताको गुणगान लेख्छ; … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लामो कथा : एक रात दुइ कथा..

~रजित ओझा~ भाग १ फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कैले न आउने

~अनन्त निरौला~ कैले न आउने भेट्न कैले न आउने भन्दा भन्दा थाकिसके बानि न जाने सानिको भेट्न न आउने। बोली मिठो सानिको सुनि रहुँ लाग्ने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आरुको फूल

~त्रिभुवनचन्द्र वाग्ले~ दाजु अमारोको जुङाको रेखी नबस्दै बैनी अरुबखडा सिउँदोभरि सिन्दुर भरेर, अलिअलि नयन झारेर मलाई हेर्दै गई आमा शिशिरको प्रसुति वेदना निको नहुँदै छोरी–आरुफूल शौभाग्यवती भइछ लौ, मैले कानुनको ठेली पढ्न पाइन बालविवाहलाई कुन भाषाले व्याख्या गरेको छ कुन्नी

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो भयो होला !

~सुरेन्द्र खौलराठी~ महाकाली किनारको शहर कस्तो भयो होला ! लाग्छ संधै भिमदत्त नगर कस्तो भयो होला ! मनभरी माया बग्थ्यो क्याम्पस रोडमा हिड्दा, कृष्णमन्दिर चौतारीको बर कस्तो भयो होला !

Posted in गजल | Tagged | Leave a comment

कविता : पात्रको विद्रोह

~प्रतिमान सिवा~ तपाईं, जे भन्नु हुन्छ भन्नुहोस्, जे गर्नु हुन्छ गर्नुहोस्, तर अब उप्रान्त, म तपाईको लेखकिमा, तपाईंको कल्पनमा, अनी तपाईंले बुनेका सपनाहरुमा, बन्दी भएर कठपुतली झैं ,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : किन सम्झिदैनौ ?

~नरेन्द्र पराशर~ छन्द : वसन्ततिलका वर्षा हुँदा म त यता कति सम्झिराख्छु हो रातको नीरवतासँग सम्झिराख्छु पर्दैन रात कि त्यता किन सम्झिदैनौ ? बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ? ।।१।। ताराहरू चहकिँदा म त सम्झिराख्छु हो फूल फुल्दछ यता … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

मुक्तक : राजनिति

~विनीत ठाकुर~ राजनिति रगतको खोला होइन जनता पडकाउने यो गोला होइन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म त्यसबेला तिम्रो सिपाही बन्नेछु

~दिलिप योन्जन~ किन तिमी अन्धकारमा सधै बस्छौ ठीकै छ तिम्रो सहयोगी योद्धा हुँ म सँगै नबसौला हुदैन उज्यालोले त पोलेको छैन आँखाहरु पट्टिले बाँधेको त छैन दिनमै धुवाँ लगाइदिएको त छैन आगोको ज्वाला नदेखेर त होइन

Posted in कविता | Tagged | Leave a comment

गजल : आसुँ झारौला

~आचार्य प्रभा~ दु:खको भुमरी मन्डराए संगै आसुँ झारौला पीर, ब्यथा भए पनि हासेर संगै टारौला संघर्ष हो जीवन बुझे पछी बाँच्न गाह्रो मान्नु हुन्न मरुभूमी झै हाम्रो छातीमा हिम्मत् को बीज सारौला

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना प्रेम पर्बको

~अशोक ‘खलानको मान्छे’~ परारै उनी साथै हुदाँ सङै स्वस्थनि ब्रत लियौ मैले उनि लाई रातो सारी र मजेत्रो दिय उनी ले पान् शुपारी खिश्री मिश्री दिदै अ मर प्रेम को कामना गरे थौ सधै माया गरी रहने बाचा गरेथौ परारै

Posted in कविता | Tagged | Leave a comment

कविता : दूधे बालक र कालीगण्डकी

~जीवन क्षेत्री~ सडक पेटीमा एक आमा अबोध बच्चालाई कुटी कुटी काखबाट जबर्जस्ती खसाल्छिन् । सानोचाहिँ बच्चालाई दूध नपुगेको बेला ठूलोले दूधको आश गरेको देखेर अर्कोतिर फर्केर आँशु खसाल्छिन् । देशमा गरिबी भो त के भो, सम्पदा छ, द्वन्द्वको आगो सल्क्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त मान्छेको बदनाम कथा

~प्रमोद स्नेही~ पृथ्वीको एउटै वृत्तमा उभिएर आकाशको नीलो दहमा पृथ्वीको धमिलो छायाँ नियालिरहछे मान्छे । जीवनको उत्तरार्द्धमा थुप्रै बाँकी रहेका आफ्ना सपनाहरूलाई सलाम गर्दै आफ्नै छायाँले बदनाम

Posted in कविता | Tagged | Leave a comment

गीत : सुन चाँदीको जलपले

~रुमानी राई~ सुन चाँदीको जलपले सजाउन त सक्तिन म स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म । व्यवहारमा कहिलेकाही तलमाथि पर्न सक्छ कहिले हाँस्नु पर्छ अनि कहिले रुनु पनि पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक फन्को सभ्यता

~अनमोल कडेँल~ समय गिरफ्तार भएको समय , ढचक्! ढचक् ! ढचक ! एक लम्बा घुर्राइ घुरुर्र घुरेर , आफ्नो राजको घोषणा गर्छ एउटा बूढो बाघ । र भन्छ – समय भनेको मेरो पन्जा शिवाय केहि होइन । एक पटक त्रासले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहराको साँघुरो बाटोमा

~मनु मन्जिल~ पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो …. ! सोचेको थें– हाम्रो भेट कुनै सहरतिर हुन्छ होला सोचेको थें– हाम्रो भेट गाउँतिर हुन्छ होला ! मैले त चौतारो सोचेको थें कुनै देउराली सोचेको थें

Posted in कविता | Tagged | Leave a comment