Tag Archives: nepali sahitya

स्वदेश गान : म भक्त हुँ यो देशको

~कृष्णहरि बराल~ म भक्त हुँ यो देशको म रक्त हुँ यो देशको कहिले पछि नसर्ने म शक्ति हुँ यो देशको हिमालको काखको म लालीगुराँस हुँ सुवास शान्तिको म फुक्ने बतास हू

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : जन्मिएनन् राम

~धनराज गिरी~ अभागी यो अयोध्यामा जन्मिएनन् राम सधैँभरि अन्धकार उदाएनन् घाम रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति ब्ानिसक्यो देवभूमि दानवको गाम

Posted in गजल | Tagged | Leave a comment

कथा : बकैनाको बूढो रुख

~बुद्धिसागर~ समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ? उनले भनेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुख्याचा

~नाइलु क्याबचा~ बारीको डिलमा कहिले बाली-नालिको रक्ष गर्दै कहिले चिसो बतासको सर्कोमा फरफरिन्दै यदा कदा बारीमा चाहार्न आउने घरबेटिको रमिता बन्दै, घाम, पानी र असिनाको वास्ता नगरि

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : भावि अतित

~प्रविण अर्याल~ हे मेरी प्रेमिका नजाँउ मलार्इ छाडी अरूका अतित संझेर रूनु पर्नेछ प्रेमीका म र तिमी, जीवन साथसाथ साठ्ठी विताउने रहर थियो, तिम्रा दुर्इ दातको विच चुरोट राखी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कहिले सपनीमा आयौ !

~सुरेन्द्र खौलराठी~ कहिले बिपनीमा आयौ कहिले सपनीमा आयौ ! धोका दिन किन मेरो जिन्दगीमा आयौ ! न दिनमा हास्न सक्छु न रातमा सुत्न सक्छु, छटपटिमै बित्यो रात निदरीमा आयौ !

Posted in गजल | Tagged | Leave a comment

गजल : कहाँ गरेर सकिन्छ ?

~घनश्याम प्याकुरेल~ खुशीको बयान कहाँ गरेर सकिन्छ ? जब सोचेको र खोजेको सबै भेटिन्छ । समय एकनासले कहाँ चल्छ र खै ? हिजो फ्याँकेको ढुङ्गा आज भगवान बन्छ।

Posted in गजल | Tagged | Leave a comment

गीत : माया दुख्या जस्तो लाग्दैनथ्यो

~राजकुमार मोक्तान~ सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो टाढा हुँदा तीरले मुटु छोचोलेको जस्तो भो लाउँदा लाउँदै छुट्ने भए विछोडमा दुख्ने भए खै माया केलाई लाई भो र? वसन्तको मन्द हावा बग्छ उही श्वास रोकी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हर्कबहादुर

~दिनेश अधिकारी~ उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अ?हरूबाट आफ्नो सक्कली नाम सुन्न व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ ऊ हर्कबहादुर हो हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “फ्रन्टपेज”मा डुबुल्की मार्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सम्झना बेथानचोक यात्राको

~मणिराज सिंह~ बेथानचोक हाम्रा पाइलाहरू एकपछि अर्को गर्दै छापिएका छन् बादलको शिरकभित्र सिमसिमे वर्षात्ले रूझाएर नयाँ नयाँ आयाम उघार्दै ढुङ्गा–ढुङ्गामा कोरिएर बतासझैँ भूगोलको दुर्गम छातीमा घामजस्तै फुलेर चित्रमय कोरिँदै हर्षका चुचुराहरूमा पसिनामा धारा पुछ्ने शीतल, शान्त, स्वच्छ

Posted in कविता | Tagged | 1 Comment

कविता : परेवा छ बन्दी र उन्मुक्त बाज

~निर्मोही व्यास~ १ “पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्य र हुन्छन् जहाँ दण्ड-भागी सुयोग्य जहाँ ‘चाकरी’ योग्यताको कसी छ जहाँ चेतना-सिर्जना अप्जसी छ २ जहाँ राज गर्छन् छुचा केतु-राहु जहाँ छन् कुँजा न्यायका हात-पाउ

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यो सेतो घर

~रुमन न्यौपाने ‘अमन्त’~ “अझै थपँ”, कोकीलाले कानमै आएर फुसफुसाई । “हुन्छ”, मैले टाउकाले मात्र ईसारा गरे । उसले हरीयो सिसीबाट मेरो गिलासमा सम्पुर्ण थोपा झरे सम्म झार्ने कोसीस गरी । “तपाईको साथीहरु आएनन्” ? उसले सोधी “सुपरभिजनको लागी बाहीर गएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक हुल अभागी प्रेमीहरू

~जीवन क्षेत्री~ दिल सल्काएर आगो तापिरहेछन् एक हुल अभागी प्रेमीहरू कल्पनाको आतङ्कमा डुबेर सो कथित प्रेमको अमूर्त सागरमा झिनो आशाको डुङ्गा खियाइरहेछन् एक हुल अभागी प्रेमीहरू । संसार बिर्सने व्यर्थ कोशिस गर्दागर्दै यथार्थको पर्खालमा पलपल ठोकिएर जीवनको तलाउमा झरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

गजल : खुट्टा तान्न खोज्यौ

~आचार्य प्रभा~ भएभर को बल्बुत्ता ले मेरो खुट्टा तान्न खोज्यौ ठुलै अपराधी ठानी मलाई कैदिलाई झै बान्न खोज्यौ मन मा त्यस्तो जलन रैछ् मुखले भने भै हाल्थ्यो तर किन ? निशाना बनाइ तीखो बाण ले हान्न खोज्यौ

Posted in गजल | Tagged | Leave a comment

कविता : तर गलेको छु एउटा क्रुर विवशताले

~अनिल नेम्बाङ~ म पात हरियो रहिन्जेल कहिल्यै नछाडुँला झैँ समाते’थ्यो च्याप्प उ त्यो वृक्षले। बतास पनि फकाउँदै कहिले सुस्तरी कहिले बेस्सरी आईपुग्थ्यो नचाउन।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो लाशमा

~प्रमोद स्नेही~ तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा मृत्युपश्चात् भेट्ने मीठो आशमा चट्याङ पर्‍यो मेरै छातीमाथि पिरतीको फूल झर्‍यो दैव मधुमासमा

Posted in गजल | Tagged | Leave a comment

गजल : आँखामाझ बस्नेहरु तिनै हुन्

~घनश्याम प्याकुरेल~ तस्वीर बनि आँखामाझ बस्नेहरु तिनै हुन्। मायाँको गाँठो बलियोसँग कस्नेहरु तिनै हुन्। जिन्दगीभर हाँसेर बिताउँनु पर्छ भन्थ्यो जस्ले आँसु नै बनेर आँखाबाट खस्नेहरू तिनै हुन्।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रै छायाँ लुकेर गो

~भिम बहादुर थापा~ संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो ** अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो

Posted in गजल | Tagged | Leave a comment

कविता : बेहुली

~प्रकाश आचार्य~ बाहिरी माहोल रमझम रमझम भै’रहँदा आजको दिन, एक्लै बन्द कोठामा सुँक्क सुँक्क गर्दै अश्रुधारा बहाउँदै भिजेका परेली लिएर बसिरहेकी होलिन्; ” बेहुली “।। नवीन वस्त्रमा सुशोभित भैरहँदा उनका हस्तहरु सुन्दर मेहेन्दीले

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो मेरो

~अनन्त निरौला~ न धर्ती मेरो न आकाश नै न यी बीच बुर्कुसी मार्ने पवन र जूनका किरण नै न यो गाँऊ मेरो न गाँऊ छेउको घर नै न यो पोखरी मेरो न पोखरी डिलको वरपिपल नै

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : प्रत्येकको मन हरिलिएको त्यो क्षण !!!

~पूर्ण ओली~ मेरो फोनको लामो घण्टी उताबाट रिसिभ हुनेबित्तिकै मैले तताइहालेँ, “सिडियो साब्, ६ त बज्नै आँट्यो ।” चैत्र महिनाको बिहानको ६ बज्न भने अझै २० मिनेट बाँकि छँदै थियो । उताबाट सिडिओसाबको जवाफ आयो, “म त रेडी भैसकेँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : माटो

~निरज थापा~ माटोमै उम्रन्छ सुनको बोट देशको डाइमन्ड सपना। माटो भेटेपछि नै तपाईँको घर बनिन्छ महल बनिऩ्छ ढुङ्गालाई अड्याएर राख्ने जिम्मेवारी पनि छ माटोलाई माया गरेर राख्छ कोखिलामा। माटो खाएर हुर्कन्छ हाम्रो

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती

~कुमारप्रसाद कोइराला~ १. विषय प्रवेश साहित्यलाई काव्य, नाटक, आख्यान र निबन्ध गरी चार विधामा वर्गीकरण गरिन्छ । आख्यानभित्र उपन्यास, लघुउपन्यास, कथा र लघुकथा पर्दछन् । त्यसैले लघुकथा आख्यानको उपविधा हो । यो कथाभन्दा सानो हुन्छ ।   कम्तीमा एउटा लक्ष्यमा … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

अनूदित कविता : त्यस्ती ठानेछौ तिमीले मलाई

~अन्ना आख्मातोभा~ अनुवाद : सुमन पोखरेल त्यस्ती पो ठानेछौ तिमीले त मलाई । तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ, र म चाहिँ अनुनय गर्दै रुनेछु, र आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लेख : भाषा राजनीति

~दिल साहनी~ भाषा सम्बन्धमा के कुरा पनि साँचो हो भने कसैले कसैमाथि कुनै भाषा जबर्जस्ती थोपर्न खोज्दछ भने जनतामा त्यस भाषाप्रति भएको आकर्षण पनि विकर्षणमा फेरिन सक्दछ । तराईमा जनगणना भइरहेको अवस्थामा केही मधेसवादी दलहरूले मैथिली, भोजपुरी, अवधि, थारू मातृभाषा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का २० सेन्र्यूहरु

~उज्ज्वल जी.सी.~ १. झुल्क्यो बिहानी काउकुती लागेर सूर्योदयको । २. रुँदैछ देश एकता बाङ्गिएर विकास ठप्प । ३. वमन गर्छ अँध्यारो कुवाभित्र निरोगी माछो ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

नियात्रा : एउटा प्रसङ्ग अर्को यात्रा: दुप्चेश्वर महादेव

~वासुदेव गुरागाईं~ ‘आउँदो दसैँको ‘को जाग्रत ?’ पूर्णिमाको अघिल्लो दिन सबैजना नुवाकोट जानुपर्छ । अन्यत्र कुनै कार्यक्रम नराख्नु होला ।’ काठमाडौँ सीतापाइला निवासी साढुदाजु गोविन्द खनाल र दिदीको अनुरोध थियो यो । कुरो २०६७ असार साउनतिरैको हो । दसैँको यो … Continue reading

Posted in नियात्रा | Tagged , | Leave a comment

गजल : पकाएको मात्र रैछ

~रवि प्राञ्जल~ पानी भित्र ढुङ्गा राखी पकाएको मात्र रैछ । पिँध मुनि चिसो आगो लगाएको मात्र रैछ । झरेको त्यो फूलमाथि पोखिएछ शीत भन्थेँ, फूल सम्झी काँढाले आँसु बगाएको मात्र रैछ ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : निबन्ध शिल्पीको नयाँ कृति

~गोविन्द गिरी प्रेरणा~ नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : मुर्कुट्टाहरूको राज

~मकुनी निरौला~ मुर्कुट्टाहरूको बस्तीमा खप्पर र हड्डी मात्र हुँदारहेछन् यिनै खप्पर र हड्डीमा राजनीतिको जोड-घटाउको खेल हुँदोरहेछ । कात्रो र कफनको व्यापारमा मालिङ्गो बाँसको ब्याड बनाई शक्तिहीन मर्ुदामाथि वषर्ात्को भेल बगाउँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : यो वर्ष

~मुक्तिनाथ शर्मा~ असार आएको छ यो वर्ष त्यसैले यहाँ छाएको छ हर्ष । असारमा मानु खाएर मुरी उब्जाउन किसानहरू गर्ने गर्छन् संघर्ष ।

Posted in गजल | Tagged | Leave a comment