Tag Archives: nepali sahitya

कविता : जुनकिरीहरु

~प्रकाश सुनुवार ‘निराकार’~ एकहुल जुनकिरीहरु आगो वोकेर निभ्न लागेका बस्तीहरुलाई उज्यालो वनाउन एक झोला रातो किताबहरु वोकेर बोक्सीको आरोपमा जिउंदै जलाइएका पिडादायी कथाहरु च्यात्ने हिम्मतहरु बोकेर पहाडहरुमा पुगे स्कुलहरु खोले धिब्री जुनकिरीहरु स्कुल आए÷ पढे

Posted in कविता | Tagged | Leave a comment

कथा : कार्लो रोसी

~राजव~ कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेरोजगारि व्यथा

~सुरेस खनाल~ मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ! निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्र्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो। बिहान उठे देखि नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पर लैजाऊ फूलहरु

~राजेन्द्र थापा~ पर लैजाऊ फूलहरु छोपिदेऊ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु शहरको भीडमा म एक्लो हल्लाले छुँदैन रानीवनको एकान्तमा पनि मन चुप हुँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माइती घर तिम्रो हैन

~केसरी खरेल~ माइती घर तिम्रो हैन पराइघर जाउ बिदा लिइ कहिलेकाहीं जन्म घर आउ । कस्तो हुन्छ वरको घर कस्तो हुन्छ पर तिमिलाई जिन्दगिमा लाग्दो होला डर ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : स-साना पृथक् धारका रचना

~हरि अधिकारी~ मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् । “कुसुम” नाम दिइएको २६ थान स-साना गद्यको संग्रहलाई लेखकले कथासंग्रह भने पनि यीमध्ये झन्डै सबै रचना आत्मपरक निबन्धजस्ता लाग्छन् । संग्रहको नाम रोजिएको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

स्वदेश गीत : हे आमा नेपाल तिमीलाई

~डि.बि. महेश पाल्पाली~ हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला तीन कोटी जन मिलेर सुसार गर्दै जाउँला ।। सुपुत्र जन मिलेर देशको सेवा गरौँला उन्नतीपथमा लम्केर प्रगती बिउ छरौँला हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला ।

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कथा : यमी

~कञ्चन लिम्बु~ “त्यसो भए तिमी जाने नै भयौ..” मैले अघिजस्तै आफ्नो कुरालाइ दोहोर्‍याएँ । मलाई ज्यादै नरमाइलो लागिरहेको थियो। पहिलेको कुराहरु सम्झिँदै गएँ । मन अमिलो भयो। “तिमी अबुझ जस्तो नबन न प्लिज । तिमीसँग छुट्न मलाई कति गाह्रो भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : डाक्टर

~कुमार काफ्ले~ -रोगको उपचार गर्ने डाक्टर श्यामलाललाई भगवानभन्दा कम लाग्दैनथ्यो। -परिवारमा कोही बिरामी भए कि डाक्टरकोमा पुर्याइहाल्थ्यो। -यसपटक पनि आमाको आँखा दुख्न थालेपछि उसले विना विलम्ब अस्पताल पुर्यायो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : कतारमा देविकाका सपनाहरू

~पेशल आचार्य~ देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बैरी नठान आमा

~आचार्य प्रभा~ बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि — जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी , सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी—

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नकाे पिरामिड

~मसान उपासक~ अत्यासकाे सत्याग्रह सकिएकाे साझ मलामि बाेलाउन हिडे जसरि यी कागहरु छतमा किन कराउछन् हँ ?? प्रेमिले दिएकाे रुमाल हराएपछि सल्लाघारिमा एक्लै रुने भन हाै लुङ्बा मान्छे हाे कि छायाकाे अाकृति ??

Posted in कविता | Tagged | Leave a comment

कविता : माघको खुलेको बिहानको जप

~लक्ष्मी प्रसाद देवकोटा~ क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : समनपुरको प्रश्न

~शीतल गिरी~ समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : नाम सर्वहारा

~निश्चल काउचा~ वास सयल महलको , सयर पजेरोको ,नाम सर्वहारा जुन जोगी आएनी कानै चिरेका , सबै दल हुन जन्ता मारा निर्वाचन सकियो ,लाग्नु पर्ने संबिधान लेख्न , फेरी पुरानै सत्ता लिप्साको नौटङकी रच्दै छौ रे, के हो नेता ज्यु … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : सानो ट्याक्टर

~निर्मल आचार्य~ हिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले । आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन । दिनदिनै काम पाए पो सजिलो । किस्ता तिर्न सजिलो । छाक टार्न सजिलो । दुःख बिरामी पर्दा सजिलो । यसो आफन्तलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बत्ति

~कात्यायन~ – साँझ परिसकेको थियो | श्रीमतीले लोडशेडिंगको तालिका सोध्नुभन्दा पहिले नै भान्सामा गएर मैन-बत्ति बाल्छु | – छोराहरू नया-पुराना पत्रिकाका पानाहरू हेर्दै हाँस्दै थिए| – यसो नियालें | कतै लेखिएका थिए – जलश्रोतको अपार धनि देश … त कतै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्रेष्ठ ललित निबन्ध ‘मैले नदेखेका हिप्पी’

~राजेन्द्र पराजुली~ केही वर्षअघिदेखि नेपाली पुस्तकबजारमा निबन्ध टाक्सिंदो र उपन्यास फस्टाउँदो अवस्थामा छ। पठनसंस्कृतिले फड्को मारेको भनिएको समयमा निबन्ध निम्छरो बन्न पुगेको छ। यसको मूल कारण सङ्ख्यात्मक मात्रै होइन गुणात्मक निबन्धको अभाव हो। यस्तो अवस्थामा आएको शेखर खरेलको ‘मैले नदेखेका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : भानुभक्त बाजे

~राजमाया पुतवार~ एकादेशमा एउटा बाजे थियो । उसको नाउँ भानुभक्त थियो । लौ भएन, एकादेशमा एउटा भानुभक्त थियो, ऊ बाजे थियो । खै के खै के । भानुभक्तको कथा लेखुं कि बाजेको । उस्तै उस्तै हो नानु भनेझैं पो भयो … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सूत्रकथा : छायाँ

~भूधरा उपाध्याय~ प्रेमिका : बादलतिर इसारा गर्दै -‘हेर त कति ठूलो हात्तीजस्तो!’ प्रेमी : ‘ हा हा हा काहाँ हात्तीजस्तो हुनु नि !

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : वनस्पति र आतंकवाद

~विवश वस्ती~ मेरो एकजना भरपर्दो मित्र छन्- वनस्पति विशेषज्ञ । धेरै वर्षदेखि वनस्पतिको क्षेत्रमा आफ्नो विशेषज्ञता अर्पण गर्दै आइरहेका छन् । उसको काम गराई शैलीबाट म मात्र होइन, सिंगो देश नै कृत् छन् भन्नुपर्छ । परार सालमात्रै राष्टूको तर्फबाट उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रै प्रतीक्षा

~अरुणबहादुर खत्री “नदी”~ तिमी आउँछ्यौ भनेर दृढतापूर्वक म प्रतीक्षामा बसिरहेछु तिमी आउने बाटो चियाएर आँखा बिछयाएर बसिरहेछु तर तिमी आउन सकिनौ न कुनै खबर न कुनै सन्देश पठायौ कैयौँ महिना, वर्षहरू बित्दै गए जीवनका कैयौँ मोडहरू पार भइसके

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्दा पछाडि

~लक्ष्मण श्रेष्ठ~ ‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’ क्यान्टिनको वुफरमा गीत बजिरहेछ। चियाको चुस्की लिंदै सुनिरहेछु म। जेठको महिना बिहानदेखि नै उखरमाउलो गर्मी छ। क्याम्पसमा चल्ने उत्तरी हावा पनि लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मञ्जुलको आत्मवृत्तान्त

~सञ्जीव शर्मा~ मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान् । राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझ्ै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ । कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : सराब पिएर

~छविलाल कोपिला~ स्याल यहाँ बाघ बन्छन्, सराब पिएर मदहोसमा के के बोल्छन्, सराब पिएर बनाउँछन् आफै, दुनियाँका नियमहरु लाज बिना आफै तोड्छन्, सराब पिएर

Posted in गजल | Tagged | Leave a comment

गीत : गयौ मानी झर्को

~मीना पुमा राई~ साँचो माया खेल भो तिम्लाई गयौ मानी झर्को मभन्दा नि खुसी दिने होलान् कोही अर्को छियाछिया हुन्छ मुटु वेदनाको तीर लाग्दा एकान्तमा टोलाइरहन्छु वियोगसँगै पिर लाग्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हजूर बादलुको ताँती

~निर्मोही व्यास~ म त काकाकुल, हजूर बादलुको ताँती प्यास मेट्ने आसमा छु सधैँ दिन–राती 0 हिजोमात्र होइन हजूर ! आजमात्र होइन जीवन यो भोलि पनि हजूरकै थाँती

Posted in गजल | Tagged | Leave a comment

कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

~निर्मोही व्यास~ खासै प्रसन्नता दिन्नन् मलाई चाडबाडले उल्टै, लाग्छ थिचेजस्तै अग्ला–अग्ला पहाडले 0 विधर्मी हैन, प्यारो छ मलाई निज संस्कृृति किन्तु विकृतिले मेरो बिग्रेको छ मनःस्थिति

Posted in कविता | Tagged | Leave a comment

कथा : डुलकचन्द्र डुम्रेको हक

~रामप्रसाद गौतम~ छ जनाको टोलीमा आँखा पनि उनैसँग जुधे, कुरा पनि उनैसँग मिल्यो। जिन्दगी अचार न हो। कहिले घाम कहिले पानी, कहिले जन्ती कहिले मलामी। यस पटक एउटा परियोजनाले के-के तथ्याङ्क जम्मा पार्न हो कुन्नि, गाउँतिर पठायो। यी एनजिओका न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : केही गर्नु पर्छ

~रुमानी राई~ अब देशकाे लािग केही गर्नु पर्छ मर्न परे देशकै लागि मर्नु पर्छ । त्याे हिमाल याे पहाड अनि तराई अाफ्नै दाजुभाईमा नबनाैं पराई रगतकाे हाली अब खेल्दै नखेलाैं

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : झ्याल,बगर र कथाहरू

~सुवास खनाल~ जबजब झ्यालमा पर्दाहरू हट्छ न्तब त देखिन्छ डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको मासुका टुक्राहरूजस्तो एकटुक्रा आकाश एकटुक्रा जमिन एकटुक्रा सडक एकटुक्रा बगर र सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे

Posted in कविता | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द ६) पत्रीका व्यापारी ( दृष्‍य – १ )

Posted in नाटक | Tagged , | Leave a comment