Tag Archives: nepali sahitya

कविता : म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

~प्रेम प्रसाद पौडेल~ आजभोलि म लेख्दिन भन्छु लेख, रचना र कविता लेख्दिन भनेर लेखिरहँदा आफैं लेख वा कविता बनिँदो रहेछ म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।।१ खै मलाई थाहा छैन

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : आधुुनिक नेपाली लघुकथामा दार्शनिक चेतना

~पुष्करराज भट्ट~ १.१ विषय परिचय आधुुनिक नेपाली लघुकथाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनालाई बोध गर्दछ । दर्शनले जीवन जगतमा उत्पन्न चेतनालाई विवेचना एवम् विश्लेषण गर्ने कार्य गर्दछ । … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा मौनता सिवाय विषय फुर्दैन, फुर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो दोश्रो प्रेम

~सिमियोन रोक्का~ मलाई उसले छोडेर गएको पनि धेरै भएछ तै पनि उसका यादहरु आँखामा अझै झल झली आउछन । भनिन्छ पहिलो प्रेम जसै गरे नि भुल्न सकिन्न अनी पहिलो प्रेम जस्तो अर्को प्रेम गर्न सकिन्न । अनी भन्छन जीवनमा साचो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : असल मान्छे छान

~बाबुराम पन्थी ‘गुल्मेली’~ आए बथान नेताका चुनावमा भोट मलाई भनी दौडी रहेछन् गाँऊ गाँऊमा जनता फकाउँदै यिनी आश्वासन विकासका गाँऊमा छर्न पछी परेनन् दिएकै हो भोट पहिले पनी विकास शुन्य गरेनन् आयो चुनाव जब छिमेकमा वैरी भाव बड्दो छ सम्बन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो राल्फाली मञ्जुल !

~गणेश रसिक~ बागबजार सिटीम्याक्सको सभाकक्षा ४ चैत ०७३ । मञ्चको दाहिने भागमा राखिएको ड्यासमा बोल्नका लागि उभिएका छन् सम्मानित व्यक्तित्व । सम्पूर्ण दर्शकका आँखा, कान र मन केन्द्रित छन् तिनै व्यक्तित्वको अनुहारमा । कतिले नाम सुनेका, नदेखेका, कतिले उनको किताब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निर्लज्ज युद्द

~डा मधु माधुर्य~ “अँ, २ घण्टापछि मलाई फोन गर्नुस्।” यो थियो राती ३ बजेतिर आएको फोन उचालेर ” हेलो, नमस्कार, को बोल्नु भएको? ” बोल्दाको पूरा जवाफ । अति नै चिसो, अभिवादनबिहीन त्यो जवाफ घनघोर घृणाको मृत र रुखो अभिब्यक्ति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : नाटकले दिएको सास्ती

~अशेष मल्ल~ जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : कमैया

~सोमना थारु~ “यो निबुवा खान अलि कति नुन पाउँथ्यो कि हजुर ? ” राम प्रसाद भण्डारीले निबुवा देखाउँदै थारु गाऊँको एक घरमा आफ्नो टोपी थाप्यो । घाँटीमा हसुलि । पाखुरामा मठ लगाएकी ।  हात पाखुरा, पिडौलामा खोपेकी (टट्टू ) एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : महाकाव्यमा कर्णकथा

~प्रदीप नेपाल~ महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्। महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्- बर्बरकि र कर्ण। दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू यी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सन्तुलित समालोचना “युगकवि सिद्धिचरण”

~रमेश कुमार~ समालोचनाले कृतिको विधागत जाँचपडताल गर्छ। समालोचक तटस्थ विज्ञ परेछन् भने कृतिको गुणवत्ताको सन्तुलित मूूल्याङ्कन हुन्छ, नत्र कि व्यर्थ प्रशंसाको वर्षा गरिन्छ कि त कृतिकारको सर्वथा अनुचित दोहोलो काढिन्छ। युगकवि सिद्धिचरण श्रेष्ठको कवित्वमाथि कलम चलाएका गोपी मैनाली भने पहिलो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : सम्बोधन

~राम बहादुर तामांग~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : निदरी

~राजेश दाहाल~ बन्द परेलीमा बस्न मन पराउँदै आयौँ सब मस्तक गलाउँदै दुःखका सम्झ्नाहरूमा बिर्सनाको दियो जलाउँदै । थकानका अनुभूति भित्र पस्यौ सुस्त सुस्त तनमा जीवन–मृत्यु बिसाइदियौँ अमूल्य एक क्षणमा ।। छैन कुनै भोक, प्यास, तृष्णा, सजिलो सब जनको

Posted in कविता | Tagged | Leave a comment

कविता : बेदना र चित्कारका आशुहरु

~राजेन्द्र पाण्डे~ नयाँ नेपाल बनाउछु भन्ने नेताहरु ठुला ठुला सपनाहरु बादनेहरु के तिमीहरले पिडा र गरीबीले छतपतायी रहेको आत्मालाई देखेका छौं रोजगारीको आस देखाउनेहारु एुबाहरु देशका शक्तीहुन भन्नेहरु तिनिहरु खै कता गये तेस्को करण खोज्ने गरेको छौं गाउका गाउ रितिनेगरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शूद्र संघर्षको चित्कार

~अज्ञात~ प्राचीन हिन्दू समाजमा जमीन र पशुधन लुटिएका पौरखी मानिसलाई कालान्तरमा शूद्र बनाइयो। आफ्नो श्रमबाट हिन्दू मालिकहरूको सेवा गर्नु तिनको कर्तव्य तोकियो। तिनलाई कजाउन विभिन्न समयमा धार्मिक साहित्य, राजकीय थिति तथा कानून रचना गरियो। आमोद–प्रमोदको वसन्त ऋतु ब्राह्मण र खेतीपातीको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : उ उर्फ ………

~निश्चल काउचा~ खोल्सीहरू रसाउन छोडे पछि अभावमा पुर्णेको उज्यालोले गाऊ पोत्न नसके पछि आफ्नै माटोको स्‍मृति पेरुङ्गे मनमा सम्हाल्दै पिरहरूको पहाड उक्लिदै शहर पस्यो उ

Posted in कविता | Tagged | Leave a comment

कविता : डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन

~आचार्य प्रभा~ भ्रममा नपरौ कोही ठुलो देशमा गएर सानो देशलाई मानसपटलबाट निकाल्छु भनी त्यसो —होइन , भौगोलिक स्वरूप सानो भएर के भो ? आखिर —‘हीरा’सानो भएपनी प्रज्वलित हुन्छ , आफ्नी आमा ”डल्ली ”,”पुड्की ” भएपनी जन्म दिने आमा नै हुन्छिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डण्डिफोर

~रजित ओझा~ सन्दिपले आज फेरि आँखा छलेर सरितालाई हेर्यो । दुई बेन्च पछाडि थीइ सरिता ,केटाहरुले जिस्काउँदा जिस्काउँदा आजित भइसकेपछि पनि उसले सरितालाई हेर्नबाट रोक्न सकेन,उ गालामा खसेको रेशमि कपाललाई मिलाइरहेकि थिई उसको कलम कपिमाँ चले पनि ,बिच बिचमा कलम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : परदेशीसँग माया नलगाउनू

~दीपेन अधिकारी~ परदेशीसँग माया नलगाउनू परदेशीलाई आफ्नो नबनाउनू मरिजानू बरु दिल नलगाउनू परदेशीसँग माया नलगाउनू डाँडाहरु पारिपट्टि लाग्ला घमाइलो वारि दुख देखी लाग्ला परदेश रमाइलो आएपछि थाहा होला कहाँ पो त आइयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : चित्र फ्रेम गर्नुपर्दा

~डा. जगत छेत्री~ कलाकारहरू प्रायः नै भावुक हुन्छन्, सारै सेन्टिमेन्टल। त्यसैले उनीहरूसितको हरेक बातचीत वा व्यवहारमा खूब सचेत हुनुपर्छ र सावधानी राख्‍नुपर्छ। हुन पनि कलाकारहरूले समाजबाट अरू के पो पाएका छन् र ! सधैँ आर्थिक कमजोरी औ सामाजिक उपेक्षामा रहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुनको बिहान

~राज महर्शी~ सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको गास-कपास र दैनिक गर्ज टार्न परिवारको जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु – सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु ! एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर

Posted in कविता | Tagged | Leave a comment

कथा : एक यात्रा

~आर. के. सल्यानी~ मन त्यसै आत्तिएको थियो । कहिले यो सामान छुट्यो कि कहिले त्यो ….। कहिले बेलुका होला र बस चढूँला । यो सुदूरपश्चिमका लागि पहिलो यात्रा । जाँगीरमा हाजिर भएको एक हफ्ता नबित्दै यो यात्रातर्फ लाग्नु परेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “विरानो सहर”मा सूर्यका गजल

~दिलिप घिमिरे~ अरवीबाट फारसी, हिन्दी, तथा उर्दु भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संचनामा आबद्ध विधा हो । बराबरी लम्बाइ वा एउटै छन्द भएका दुईदुई पङ्तिका कम्तीमा तीन सेर हुने यस विधामा मूलतः अन्त्यानुप्रासका क्रममा काफियापछि दोहोरिएर आउने … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मृत्यु उत्सव मनाऊ

~निश्चल क्षेत्री~ लाज पचाई नामर्द भै आफ्नै मृत्यु उत्सव मनाऊ के नै दिन सक्थ्यौ तिमी आप्mनै प्यारो स्वर्ग बनाऊ रातदिन नभनेर जनताले कर तिरे चर्केको घाउमा तिमी नुन चुक अझै खनाऊ के नै दिन……….

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : म मरेपछी !

~दिवाकर स्वप्नील~ छन्द : झ्याउरे म यदि मरे कुनैदिन् भने नरुनु पियारी । मनमा धैर्य गरेर तिमी बस्नु है स्याहारी ।। त्यो बेला तिमी झक्झकाउँदै धड्कन सुन्नेछौ । नहुदा सास तनमा हरे धेरै नै रुँदीहौ ।। माता र पिता पिटेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अनर्थ वातावरण

~प्रकाश प्रधान~ आरोप आक्षेप आरिस आघात आशङ्का एक भयङ्कर अभिशाप मानव जीवनमा चाहे व्यक्तिगत, सामाजिक जीव होस्, चाहे राष्ट्रिय जीवन समायोजन सन्तुलन सुसञ्चालन जीवनयापनमा विवेक छवि र इमानकै तराजु असन्तुलित गर्ने यस्ता शब्दहरू शब्दकोशमा भए पनि

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘जीवन एक, संघर्ष अनेक’मा क्यान्सर संघर्ष

~प्रदीप नेपाल~ रोग लुकाउनुपर्छ भन्ने नेपाली मानसको रोग हो । सामान्य जनताको के कुरा, ठूला भनिने नेता, प्रशासकसमेत रोगलाई लुकाउनुपर्छ भन्छन् । रोग लुकाउन हुन्न भन्ने पंक्तिकारजस्तो मान्छेले साथी पाउन सकेन लामो समयसम्म । सबै त्यस्ता छैनन् । आफ्नो पुस्तक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बेलुन

~सुषमा मानन्धर~ “मामु मामु ऊ त्यो के हो, म लिउँ-” बाटोमा हिँड्दाहिँड्दै जानकीको पाँच वर्षको छोराले प्रयोगपछि बाटोमा मिल्काइएको कुनै वस्तु टिप्न खोज्यो। “छिः छिः हरे फोहरी। के गरेको त्यो ? छुनु हुँदैन न लि।” जानकीले छोराको हात तान्दै अलि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर पर क्षितीजमा

~कमल कुमार~ पर पर क्षितीजमा अस्ताउँदो सूर्यको लालीमा बादलका रङ्गीचङ्गी धर्काहरु आकाशको छाती नाप्थे, बादलका अमूर्त ढिक्काहरुमा रुमानी कथाहरु बुनिन्थे

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहमति

~जय प्रकाश विवश~ यसपटक हामीले चुनाव हा-यौँ, सा-है नमजा भयो – बैठकमा सहभागी एक नेताले शुरुवात गरे बोल्न। उपस्थित स्थानीय नेताहरु सबैमा दुःखको प्रष्ट संकेत थियो। “हामीले साम, दाम, दण्ड, भेद सबै विधि अपनाउने निर्णय गरेका थियौं।”—निर्वाचन परिचालन कमिटीका अध्यक्षले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पृथकतावाद

~गोविन्दप्रसाद आचार्य~ पृथकतावादको न देश हुन्छ न हुन्छ संसार सोचाइ हुन्छ डडेको चित्त भत्काउ बिगार पृथकतावादी धूर्तको धावा अखन्ड देशमा मानिसजस्तो देखिन्छ तर सर्पको सोचमा पृथकतावादी चर्केर थुक्छन् विदेशी नसाका पृथकतावादी अखन्ड डस्ने देशको दसाका

Posted in कविता | Tagged | Leave a comment

कथा : विश्वासको मूल्य

~अर्जुन दाहाल ‘अपवाद’~ फोन कराएपछि निन्द्रा खुल्यो । लाग्यो विहान भईसकेछ । अलार्म बन्द गर्न मोबाईल तानें । अर्लाम हैन, फोन रहेछ । “दाई कता हुनुहुन्छ ?” आवाज चिनेको जस्तो लाग्यो । ठम्याउन सकिन । नम्बर सेभ गरिएको रहेनछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment