Tag Archives: nepali sahitya

कविता : किताब

~विक्रम सुब्बा~ लेखिँदैछ अब एउटा नयाँ किताब मानिसहरू भन्दैछन् – किताबको कुनै पनि अध्यायमा राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन रानीका कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : नदी भएर

~पद्मावती सिंह~ नदी भएर बग्दै थिए आफ्नै यात्रामा अनायास ठोक्किन पुगेँ लहर बनी किनारामा लहरलहर ब्युझिरहेँ हरेक ठोक्काइमा किरण किरण नुहाइरहेँ न्यानो अङ्ग़ालोमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हिजै जस्तो लाग्छ

~रामचन्द्र कार्की~ तिमीसँग खेलेको हिजै जस्तो लाग्छ, कोलमा उखु पेलेको हिजै जस्तो लाग्छ । चिच्याउदा तिमी फुकाइ दे थे मैले, लहराले जेलेको हिजै जस्तो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : खुशमान थारु

~नवीन विभास~ न भत्कन सकेको, न सप्रन सकेको एउटा छाप्रो । नुन बोक्न हिडेका हटारु अभरमा बस्ने ‘हाट’को बासजस्तो । जिन्दगी कमैयामै बिताए उनले । कति वर्ष ? उनीसँग हिसाबकिताब छैन । आफू कमैया बसेका जिम्दारका नाउँसमेत सम्झना छैन । जति जिम्दार फेरिए, उति फेरिएका उनका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भोज यथावत चलिरहेछ

~आर.एम्. डंगोल~ सुकुलको तहमाथिबाट खबरदारी गरिरहेका बेवारिसे औँला-हत्केलाहरू संविधानको त्यान्द्रो चपाउँछन् र, उग्राउँछन् आराम गरीगरी समयको यो सुकुल रोगी संविधानजस्तै अझै खिइँदै छ यद्यपि, त्यसैमाथि बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमानलाई एक प्रश्न

~अनिल नेम्बाङ~ गलामा सेतो हिमश्रिङ्खलाको हार हरियो पहाड-पर्वतको फरिया-चौबन्दी ठाउँँ ठाउँमा लालिगुराँसको बुट्टा बुर्कामा रङ्गिचङी डाँफेहरुको बिट सिम्रिकको बाटुलो टिका अनी लमतन्न मधेशको बाह्र हाते पटुकी आहा! कती सुहाएको तर,

Posted in कविता | Tagged | Leave a comment

कथा : बूढो नोट

~भुपेन~ मेरा धेरै सपना अधुरै छन्, तर म बन्द बाकसभित्र थुनिएको छु ! बन्द बाकसभित्र निस्सासिनुको पीडा भोग्नुभएको छ ? म अहिले भोग्दैछु । तपाईं मसँग असहमत पनि हुनुहुनेछ कि– म बोल्न सक्छु ! तर म आज बोल्नेछु । तपाईंलाई म सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक संवाद

~ध्रुब सापकोटा~ कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो । “तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्‍यो । “हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इच्छाहरु

~विमल निभा~ पहिले ऊ जन्म्यो त्यसपछि उसका इच्छाहरु विस्तारै–विस्तारै ऊ चाहन्थ्यो आकाशजत्रो कसौंडीमा भात पकाउन र धरतीका समस्त भोकाहरुलाई पेटभरि खुवाउन ऊ भेंडाहरुसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : बुजु्रकहरुको नाटक

~शिवराज पन्थी~ सिंढी चढ्दै थिए बु्ज्रुकहरू मह काढ्नका लागि रित्ता हात चाट्दै इतिहासको रूखमा धमिराको गोलो लागेको बेला अरिंगाल उडेर कल्पवृक्षमा डेरा स-यो घर नजिकैको चौतारमा विराजमान

Posted in कविता | Tagged | Leave a comment

कविता : डेँगू

~यादव खरेल~ अनौठाको रोगी छ डेँगू उसलाई मन लागे स्वस्थ बन्छ ! उसलाई मन लागे बिरामी पर्छ ! हुकुम प्यारो डेँगूलाई दरबार हुकुम गर्छ, डेँगू हाजिर डेँगूलाई ज्वरो आउँदैन ! कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित डेँगूलाई पेट दुख्दैन ! साम्राज्यवाद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : लङ्गूरबुर्जा

~महेन्द्र महक~ आफ्नो सम्पूर्ण राज्य हारेका थिए युथिष्ठिरले जुवाको खालमा । अन्ततः द्रौपदीलाई पनि दाउमा लगाएका थिए । द्रौपदीलाई पनि हारे । दुःशासनले द्रौपदिको चिरहरण गरेपछि मात्रै महाभारतको सूत्रपात भएको हो क्यार ! यो पौराणिक कथा थियो । जहाँ जुवाडे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्खाइमा

~राम श्रेष्ठ~ उनको पर्खाइमा साँच्चै कती रात बिते, कती ॠतु गए, कती फुल फुले, तर आँउछु भनेर नआउने निस्ठुरी, फुलमा भमरा भुले झै बिदेशमै भुले।। उनको नाममा साँच्चै कती चिठ्ठी कोरेँ,

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रा हुने भयो राष्ट्रियता

~मनु वि.क.~ छिन्नभिन्न टुक्रा टुक्रा हुने भयो राष्ट्रियता नेपालीलाई भाँड्न आयो नेपालमा संघीयता सबै मिली बाँधेका नेपाली हौं हामी नेपालीको एकतालाई फाँड्न आयो संघीयता

Posted in गजल | Tagged | Leave a comment

कविता : राजधानी : एक शव्दचित्र

~मुरारीराज मिश्र~ पैसाको लागि – यहाँ इमान बेचिन्छ, स्वार्थको लागि – यहाँ कानून मिचिन्छ, यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि सत्यको वकालत गर्नेहरुलाई यहाँ पद र शक्तिको हतियारले थिचिन्छ । यहाँ – जताततै टुटफुट छ,

Posted in कविता | Tagged | Leave a comment

कथा : ह्याङओभर

~खिमु केसी~ अर्लाम बज्यो पाँच बजे । पूरा रिङ सकियो । ब्यूँझिइनन् रीता । अर्लाम बन्द भयोे । दश मिनेट पछि पुनः बज्यो घण्टी । रीता मस्ताराम । बिछ्याउनमा । यो पटकको घण्टीले पनि उसलाई ब्यूँझाउन सकेन । रातभरको ह्याङओभर अझै हटेको थिएन । आठ बज्यो । बिहान पौने छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो गोरेटो

~होतराज पौडेल~ मनकुमारीले सालको पातको मुठो फुकाउँदै भनी, ‘त्यो केटो शिवप्रसादकै छोरा हो, हिजो भर्खर काठमाण्डूबाट आ’को रे । नपत्याए तल्लोघरे काइलीलाई सोध न ।’ मनकुमारीको कुरालाई सही थप्दै चमेली भाउजूले पनि अर्को कुरा जोड्न पुगिन्, ‘त्यतिमात्र कहाँ हो र ? त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : भारुण्ड चरा

~उमाशङ्कर द्विवेदी~ कुनै पोखरीमा एउटा भारुण्ड चरा निवास गर्दथ्यो । उसको भुँडी एउटै भए पनि मुख दुईवटा थियो । एक दिन समुद्रको किनारमा डुलिरहँदा उसले एउटा अमृततुल्य फल फेला पार्‍यो जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्‍याएको थियो । त्यस फललाई … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : हजूरैहजूर

~निर्मोही व्यास~ आँखा खोल्दा पनि हजूर, चिम्लिराख्ता पनि हजूर ! जैले पनि जता पनि झलझली हजूरैहजूर ! सपनीमा सँगै हजूर, बिपनीमा सधैं हजूर ! सम्झनाको देउरालीमा रातोदिन हजूरैहजूर ! अचम्मै पो हुँदो रैछ पिरतीको टुना हजूर !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : भिज्यो सिरानी रातमा उनको याद

~दावा पाख्रिन~ भिज्यो सिरानी रातमा उनको याद भिज्यो सिरानी रातमा उनको यादमा – 2 आहै एक्लो रातमा दुख्यो बिरानी छातीमा नौनी मुटुमा आहै एक्लो रातमा भिज्यो सिरानी रातमा उनको यादमा आहै एक्लो रातमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : समर्थन

~विद्या सापकोटा~ टकटक..टुकटुक…..भालेको डाँक भन्दा पहिले नै सडक बज्न थालेको थियो । ‘अरे के भएछ ?‘ कहिल्यै त्यति चहलपहल नहुने विष्णुमती किनार । आफ्नो प्लाष्ट्रिकको झुपडी डगमगाए झैं लागेर उसका आँखाहरु बिस्तारित भए । शीत पोखिनाले भत्किएको पीच पनि निख्खर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फरक किन ?

~शिवराज पन्थी~ तिमी र म फरक फरक जातका मान्छे रे ¤ हैसियत छैन रे मेरो उठबस गर्ने तिमीसँग न हात मिलाउन लायक ठानिन्छ न त दुई हात जोड्ने शिष्टता नै तिमी एक कित्ताको

Posted in कविता | Tagged | Leave a comment

कथा : टाइल्समा नाङ्गो पशु

~मनोज बोगटी~ ‘आउ’ श्रीमती बुद्धले मलाई हातमा तानेर भित्र लगिन्‌। एकापट्टिको भित्तै ढाक्नेगरी झुण्डाइएको बुद्धको ल्यामिनेशन अघि पुगेपछि तिनले ठूलो सास लिइन्‌। यो कपिलबस्तु त होइन, तर त्यस्तै उजाड ठाउँ हो। यहॉं फूल देख्न पाइन्न। घॉंस देख्न पाइन्न। न जून … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : एक ‘अराजक’ स्रष्टा दाहाल यज्ञनिधि

~पदम गौतम~ दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : आगो बली रह्यो

~रवि प्राञ्जल~ कतै भने पेटभित्र आगो बली रह्यो कतै भने मात लागी मान्छे ढली रह्यो एउटा सूर्य क्षितिजको समुद्रमा डुब्यो अर्को सूर्य छातीभित्र अँझै जली रह्यो

Posted in गजल | Tagged | Leave a comment

गीत : कसैले सोधे

~नरदेन रुम्बा~ कसैले सोधे कुन हो तिम्रो गाउँ काधमा न्यानो जहाँ घाम लाग्छ स्वर्गको छेउ जहाँ मन लाग्छ म भन्छु हजुर यही हो मेरो देश कुरा नलुकाई भन्न मन लाग्छ आँखा छ हाम्रो आँखा छ हाम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : चेपाङबस्ती चियाउँदै उपरदाङगढी

~वासुदेव गुरागाईं~ १)  ‘सर ! करसाहेबलाई त टाउको पो दुख्न थाल्यो रे । माथि जान सक्नु हुन्न जस्तो छ । र्फकने कुरा गर्दै हुनुहुन्छ । उहाँ त अझ निकै तलै पो हुनुहुन्छ त ।’ ‘स्वाँ स्वाँ’ गर्दै उकालो चुम्न आइपुगेका … Continue reading

Posted in नियात्रा | Tagged , | Leave a comment

कविता : गाउँ

~कमल कुमार~ मेरो गाउँ टाढा छ मन बोक्छु डोकाभरि सपना गाढा छ । बादलपारी शहर छ उडी जाने रहर छ म हिँड्ने बाटोमा पहिरोको डर छ

Posted in कविता | Tagged | Leave a comment

गीत : ओराली लागेको हरिणको चाल भो

~आनन्द अधिकारी~ ओराली लागेको हरिणको चाल भो बाँचुन्जेल सम्म पनि मरेको हाल भो छल गर्यो मायाले मुहार राम्रो शिरिश जस्तो जुन तारा हार खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरको वर पाको

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : किरा

~रन्जु ‘मार्ग’~ +’ए डल्ले, ल हिड बेसी |’ -किन र बा ? +त्यहाँ हामीले धान रोपेका छौं | -‘धान भनेको के हो बा ?’ आठ बर्षिय छोरा डल्लेको जिज्ञाशा बढछ | +’सेतो चामल क्या !’बाबु झर्किदै भन्छन | -‘सेतो चामल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : फूलफूलमा पातपातमा

~दिनेश अधिकारी~ फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन मनभरि तनभरि शीतमाथि घाम सरी फुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप बात मार्न मन लाग्छ एकान्तमा आफैंसित

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : द्वन्द्वको सफल चित्रण कसरी गर्ने : केही सूत्र

~मोहनराज शर्मा~ द्वन्द्व कहाँ हुन्छ ? द्वन्द्व कृतिको कथानकमा हुन्छ । कथानकको निर्माण घटनाहरूको विन्यासद्वारा गरिन्छ भने तिनै घटनाहरूमा द्वन्द्वको बीजारोपण गरी सङ्घर्षलाई पराकाष्ठासम्म पु-याइन्छ । घटना स्वयं होइन पात्रका माध्यमबाट घटित हुने हुँदा चरित्रमा पनि द्वन्द्व हुन्छ, तर विन्यस्त … Continue reading

Posted in लेख | Tagged | Leave a comment