Tag Archives: nepali sahitya

कविता : तिम्रो तस्बिर

~अरुणबहादुर खत्री “नदी”~ तिम्रो सुन्दर मुहारको सजिएका तस्बिरहरू हरेक साँझ, हरेक बिहान निहालेकै हुन्छु हरपल तिम्रो याद बोकेर मुस्कुराइरहेकै हुन्छु

Posted in कविता | Tagged | Leave a comment

गीत : म त आएँ तिम्रो सामु

~दिनेश अधिकारी~ म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि आँखा खोल्दा अघिल्तिर खुसी यस्तै देख्न पाए आफू हारी अरुलाई रमाएको हेर्न पाए

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : छोडपत्र कथा

~अरूण बराल~ “सर, गफ गर्न यसो मेरो कोठातिर पनि छिर्नोस् न †” छिमेकी कोठावालबाट पटक्कैपिच्छे आइरहने यस आग्रहलाई पूरा गर्न चार्वाक कहिल्यै इच्छुक भएन । ऊ ‘गफ’ भन्ने शब्दप्रति नै वाक्क भइसकेको थियो । अनर्थको गफ गरेर के फाइदा – … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : खाउँला पिउँला !

~जगदीश शम्शेर राणा~ ‘दशैँ आयो, खाउँला पिउँला !’ यही उमङ्ग लिन्छन् आम नेपालीले आइपुग्दा हाम्रो राष्ट्रिय चाड । ‘भवानीको भयो पूजा, भयो आनन्द वर्षा !’ यो त थरीथरीका, ठाउँठाउँका पूजाआजामा कमी गर्ने÷नगर्नेहरूको भावना हो । खाने के त ? भन्दा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू प्रभु : पति प्रभा : प्रभुकी पत्नी प्रमोद : प्रभा र प्रभुको छोरो प्रमिला : प्रभा र प्रभुकी छोरी प्रकाश : प्रभा र प्रभुको छिमेकी प्रणिता : प्रकाशकी पत्नी प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस प्रकृति : प्रपन्नाचार्यकी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : प्रेमको बाछिटा

~अजित क्षेत्री~ अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् । केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाइरल

~कात्यायन~ – धेरै पछि कोहि आफन्तले सम्झिए पछि फोनमा कुरा गर्दै थिएँ, एक्कासि नाकमा भुसुना पर्छ र हाच्छीउं आउँछ | सोधिन्छु – रुघा लागेको छ कि क्या हो ? सन्दर्भ एक-कान दुई-कान मैदान हुँदै जान्छ, प्रसंगले नया मोड लिन्छ | … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभिनय

~कात्यायन~ – केही दिनदेखि सारंगीकोभन्दा पनि मीठो धून बजिरहेकोथियो मेरो पेटमा | तर यो धूनको पीडालाई चपाएर भोक मार्ने गर्थें | – ‘ खाना खाएउ ‘ भन्ने आफन्तहरूको प्रश्नले न कसैलाई तृप्त गराउँछ; न त ‘ के गर्दैछौ ‘ भन्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : दिल खुश भैहाल्छ

~केडी रेम्नीसीङ~ कुहरोभित्र पारीलाई हेर दिल खुश भैहाल्छ, पहाडमुनी झरीलाई हेर दिल खुश भैहाल्छ । आवाजभित्र अशान्त छ मन धुलोभित्र धुलाम्मै, चुपचाप नगरीलाई हेर दिल खुश भैहाल्छ ।

Posted in गजल | Tagged | Leave a comment

गीत : जीवनको मध्यान्तर

~शशीकला थापा सुब्बा~ बुझ्न खोज्छु आफै सँग, मर्नु बच्नुको अन्तर मेरो/ सायद यंही नै हुनु पर्छ जीवनको मध्यान्तर मेरो// तृप्त मनका दह हरू ,सुकेर त्रीष्ना भयो आज/ जे,जे थिए जो,जो थिए,सम्झना मात्र रह्रयो आज//

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : नारी दिवस

~भूधरा उपाध्याय~ – राम्रो वक्ता र कुशल नेतृ मेनकाले नारी दिवसको उपलक्ष्यमा गतिलो भाषण दिइन् जसलाई टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : सघन तमिस्रा प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. ए आलोक–विलोपिनी ! घन–कजली निशि ! लाश दिवसकी निस्पद ! रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई, ध्वान्तजटा बाक्ला बिखरी, विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध, विलीन हिमाली डाँडामा ? महामृत्युकी छाया सरि ए ! विशाल शून्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : संविधान खै लेखिएन

~बबिन नेपाल ‘राजेश’~ चार चार वर्ष बित्नै आँट्यो संविधान खै लेखिएन न्यूयोर्क जस्तै बनाउँछौं देश भन्थ्यौ खै देखिएन माओवाद खोक्दै हिंड्यौं राता झन्डा बोक्यौ मात्र देशमा शान्ति ल्याउँछौं भन्थ्यांै अशान्ति खै मेटिएन

Posted in गजल | Tagged | Leave a comment

कविता : भुकम्प

~अन्जना पौडेल~ कम्पन दिदै भित्रै विथोलि दिदै मन तन पारिदिदै चिरैचिरा छर्किदिदै नुनचुक रसाइदिदै आँखा हम्फाल्दै आइदिन्छ कताबाट हल्लाईदिन्छ अग्लै पहाड धस्काईदिन्छ अग्लै पर्खाल उम्लेझै भुलुक्क पानी खट्खट्,खट्खट्् टङ्टङ् टङ्टङ्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गीत

~अशोक ‘खलानको मान्छे’~ न तिम्रो आँशु पुच्नसके न बैसभारी मायाँ दिन सके अभागी यो चोला बोकी संम्झेर मत्र बाच्न सके के गर्नु त दुखीया को जिन्दगी नै यस्तै ह्रैछ

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा

~नरेन्द्रराज प्रसाई~ देवकुमारी थापाको जन्म संवत् १९८४ चैत २ गते बुधवार दार्जिलिङको खर्साङस्थित गिद्धेपहाडमा भएको थियो । एउटा सम्पन्न परिवारमा जन्मेकी भए तापनि उनी प्रकृतिबाट टुहुरीमा दाखिला भइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट संरक्षण प्राप्त भएको थियो । थापा बाल्यकालमा … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

कथा : टेबल नम्बर ५

~आदिम केसी~ व्यस्त बजार । मानिसको घुँइचो । ठेलमठेल मानिस । कसैलाई कसैको वास्ता छैन । सन्ध्याको समयमा गुँडमा फर्किरहेका पन्छीझैं । आफ्ना सन्तानको मायाले गोठालोबाट घर फर्कदै गरेका चौपायाझैं । सबै सबै हतार–हतारमा देखिन्छन् । यहाँसम्म कि आफैसँग को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ऐनै ऐनाको रहेछ

~अजनवी शाह~ ऐनै ऐनाको रहेछ यो मेरो घर रगतको तातोपनाले जोगाऊँ भन्थें चर्की गयो सब आफ्नै अगाडि थाहा पाएँ अनि पानी पो बनेर ऐनै ऐनाको रहेछ यो मेरो घर

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : मलाया एक्सप्रेसको समाचार हावी उपन्यास

~राजेन्द्र पराजुली~ भारतीय (मलयालम) लेखक बेन्यामिनले सन् २००८ मै वैदेशिक रोजगारीलाई विषय बनाएर चर्चित उपन्यास ‘गट डेज’ लेखे। नाजिब मुहम्मद नामक पात्र साउदी अरब पुगेर बाख्रा चराउने काम गरेको विषयलाई बेन्यामिनले मर्मस्पर्शी ढंगमा उतारेका छन्। त्यो उपन्यासले बेन्यामिनलाई रातारात लेखक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जिउँदो लास

~बालकुमार गुरुङ~ नचलाइदेऊ कसैले धोकैधोकामा विचलित मेरो मुटुलाई नझस्काइदेऊ कसैले बगरैबगरमा दौडिरहेको मेरो भावनालाई स्नेहहीन छ, विरानो लाग्न थाल्यो आफैं भुलिदियौं माया मेरो, भाव बहल भयो जीवन विश्वासघात थिएछ त्रि्रो वाचा र बन्धन कुनै रंगमञ्च थिएछ त्यो शृङ््गारको दिन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : पेमासाङ थिङ

~फूलमान वल~ धरहरा ढल्यो र नलेखिएको एउटा कथाको दु:खद अन्त्य भयो। धरहरामा हामी दुईले विताएका ती क्षणहरू अब इतिहास बने। ००० ००० ००० पछिल्लो समय म उनलाई मुख्य पात्र बनाएर कथा लेख्ने सोचाइमा थिए। त्यो एउटा आत्मसंस्मरण जस्तै हुनेवाला थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छविलाल कोपिलाका दश मुक्तकहरु

~छविलाल कोपिला~ हाँसियो कति, त्यो शीश मञ्जिलसंग गरेर मीठा कुरा, प्रेमको त्यो दिलसंग स्वर्ग हो, मरुभूमि त्यो माउण्ट आबु रमाऔ एकैछिन, यो झिलमिलसंग । धेरैबेर देखि यी आँखा निदाएका छैनन् । सायद, हेरेर ती अझै अघाएका छैनन् । बचेराहरुसंग, बिहानै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : कुसुमवाण

~गोविन्द श्रृङ्खला~ सधै जसो त्यस आज पनि म नियत समयमा अफिस जान हिडिरहेको छु । शहरको कोलाहललाई चिर्दै मेरो साइकल अघि बढिरहेको छ । अस्तव्यस्त सडक, मोटर गाडिको अव्यस्थित लस्कर, साइकल रिक्सा र ताङ्गाको तँ छाड मछाड उदेक लाग्दो देखिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मरुभूमि र हरियाली

~जीवन्त विरही~ उजाड उजाड मरूभुमिमा फूलेका छन् सयपत्री र मखमली उम्रदैनन् केही भन्ने रेगिस्तानका जमिन जताततै हरियाली भएका छन् खाने पानीका मुहान नभएका देशहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : लिलाम बढाबढको सूचना

~क्षेत्रप्रताप अधिकारी~ माटो बिक्रीमा छ पानी बिक्रीमा छ राम्रो बलियो बहादुर बानी बिक्रीमा छ । जहाँ छ, जस्तो छ अवस्थामा ढुङ्गोमुढो, खोलानाला निरिक्षण गर्न सकिनेछ ढल बग्ने बागमतिदेखि जल बग्ने कर्णालीसम्म एक्मुस्ट सकार्नुपर्नेछ

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने

~सुरेस खनाल~ मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने मेरो तर्कनाले कतै तिमीलाई पिडा हुन्छ भने बुझिदेऊ नियती मेरो पनि उस्तै छ! जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ! के भूल के गल्ती छरिएका कयौँ छन् के माया के समर्पण फैलिएका … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दुई मुस्कान

~राजेन्द्र थापा~ १. नेताको मुस्कान उनीहरू जैले नि हाम्रो सामु आउँदा, डराउँदै हाँस्छन् मुसुक्क अनि प्याकेटबाट झिकेर रेडिमेड मुस्कान, ओठमा टाँस्छन् लुसुक्क मुस्काने पुलाउको सुगन्धले भोका जनता जब चिच्याउँछन् जिन्दावाद

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बालसंसार

~डा. लेख निरौला~ छन्द : चित्रलेखा होलान् पक्कै प्रगति पथ जहाँ मानवी भावनाका होलान् त्यस्ता अतिशय छहरा जाह्नवीझैँ धराका बुझ्नै गाह्रो हरितगृह जहाँ ऊर्वरा शक्तिपुञ्ज… ऊर्जा नै हुन् सुखमय वसुधा बालसंसार कुञ्ज ।। हाँस्दा हाँसो किसलय अवनी निर्झरी झुक्किए झैँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : किन व्युँझन्न तेरो मन ?

~हेमन्त कमलामणि~ को थुन्न सक्छ यहाँ कैदी बनाई न जित्न सक्छ वलमा साथ जो नपाई नासिन्छन सभ्यता ठूल्ठूला प्रलय वन ए थोपा भन्— किन ब्यूझन्न तेरो मन ?

Posted in कविता | Tagged | Leave a comment

गीत : जति माया लाए पनि

~बिनोद गौचन~ जति माया लाए पनि जति कसम खाए पनि निस्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घात

~लक्षिराम आचार्य “अविरल”~ दुनियाँ स्वार्थी छ रूप र रंगका स्वार्थहरू नियाल्दै भौतारिन्छ कहिले सरकार ताक्छ कहिले सदनको रस धोक्छ कहिले न्यायलयको पाउ पर्छ नसके साम, दाम र भेदको तुच्छ अस्त्र बोक्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँचिरहेछ मान्छे

~मुरारीराज मिश्र~ कोलाहल र त्रासै–त्रासमा बाँचिरहेछ मान्छे नसहेको चोटै छैन, अचानो बनेकोछ मान्छे । अभाव, पीडा र छट्पटीले प्रतिक्षण जल्दै जिउनुको नाममा अकाल मृत्यु मरिरहेछ मान्छे ।

Posted in गजल | Tagged | Leave a comment