Tag Archives: nepali sahitya

कथा : रिठ्ठे झाँक्री

~सूर्य सुवेदी~ रिठ्ठे झाँक्री निकै नामी झाँक्री हुन् । यी झँक्रीलाई धामीराख्न यिनको घरगाउँबाट मात्र होइन एकडेढ दिनको टाढाबाट पनि मानिसहरू लिन आउँछन् । रिठ्ठेको नाम रितबहादुर भएतापनि रिठ्ठे झाँक्री नै उनको परिचय बोकेको शब्द हो । रिठ्ठे झाँक्रीका घरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहिले माया

~दिलिप योन्जन~ कहिले माया घाम जस्तो कहिले माया पानी हासी खुसी बिताउ हामी एक बारको जिन्दागानी। दुख साटे सुख मिल्छ जिबन भरी पल-पल मरे पनि अमर हुन्छ हाम्रो माया हरपल

Posted in कविता | Tagged | Leave a comment

कविता : भूतलाई झटारो

~लक्ष्मी प्रसाद देवकोटा~ प्रकृतिले जब व्यङ्ग्य रेखिन् चेहरा तिनका बने नेपालीको भान लेखिन् बान् भो हाम्रो भने । सब गधाले खुशले ऐंके भ्यागुताले गाए कें कें भो भुजङ्गजाति प्रसन्न मातृभूका पुष्प रोए धन्य तिनको जन्म धन्य (हुन त केवल शुक्र-कीरा!)

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूको सहर

~सुवास खनाल~ बर्खास्त बादशाहको भग्नावशेष दरबार त्यो नजिक आकाश छोेऊँझैँ उभिरहेको क्रान्तिकारी नेताको आवासगृह आवासगृहअघि आँसुको मोलमलाई र पसिनाको किनबेच झेलिरहेका सर्वसाधारण सहरको एक कुनोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : के पायँ ?आखीर गुमाए

~रुमन न्यौपाने ‘अमन्त’~ तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे तर म चेतना सुन्य भए पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ तर राफको म मा असर परेन, म स्तब्ध भए । तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ? म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अहं

~रुमानी राई~ मान्छे ठूलो हुँदैन पदले र,हुंदैन उसको कदले स्वांग नपार मै हुँ ठानेर पदको सान अनि मदले

Posted in केस्रा | Tagged | Leave a comment

सूत्रकथा : नातासम्बन्ध

~कुमार काफ्ले~ -पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्। -बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्। -बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली उपन्यासमा नवीन प्रयोग

~हरि अधिकारी~ आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : नैतिकविहीन सम्बन्ध र आन्दोलन

~तिवारी ‘जेठा’ बिपिन~ हे मेरो, प्राण प्यारी, मैले तिमीलाई, कसम दिएको थिए, आकाशको तारा टिपेर, तिम्रो कालो केशमा, सिउरी दिन्छु, सुनको बिस्कुट खुवाउछु, भनेर !! तर, आज तिमी,

Posted in कविता | Tagged | Leave a comment

छोक : जब रुन्छ ….

~कुन्दन काफ्ले~ प्यार जब रुन्छ , गीत बन्छ । हार जब रुन्छ , जीत बन्छ । खुशी जब रुन्छ , सीत बन्छ ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : चल्ला

~राजेन्द्र थापा~ नयाँ नेपाल ल्याइने हल्ला भा’छ तर सल्ला भा’छैन पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ तर हल्ला भा’छैन मेरो देश धेरै पटक ओथारो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मायाको सम्झनामा

~सुबेश घिमिरे~ जुनको फींजमा शीतका थोपा पग्लिएको देख्दा बिदाईको पल तिम्रा भिजेका परेली याद आउँछन् । पुन् डाँडाबाट झुल्के घाम हेर्दा वतासले तिम्रो कुन्तल उडाएको; राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरूको तोडफोड

~प्रमोद स्नेही~ भएर अन्धभक्त सुनेर तिम्रो भजन भ्रमिक शब्दहरूमा सधैं नतमस्तक भएर ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार … ! बाँधेर पट्टी जबरजस्ती आँखामा छेकेर किरण उज्यालोको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~विमल निभा~ तिम्रो शासनको एउटा कम्युनिष्ट हुँ म यही हो मेरो सम्पूर्ण परिचय म प्रेम गर्छु तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई उनको उर्लंदो जवानीमा मुग्ध छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : मिली बस्नु पर्छ

~निर्मला अवस्थी~ पूर्व मेची महाकाली सबै हाम्रै त हो मिलीजुली बसेदेखि सबै आफ्नै त हो दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई भेदभाव गर्नुहुन्न मिली बस्नलाई। आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ? स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ? के हो न्याय, समाज के समय के अन्याय के गर्व के ? केके हुन् वलिदानका गुणहरू, उत्सर्गको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : तिम्रो आँखाको सागरमा

~यादव खरेल~ तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ यो सपनालाई तिमी किनार समाउन देऊ कति तृष्णा छन् यहाँ प्यासमा डुबेका कति नदी तिम्रो गहिराइमा डुबेका

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : राष्ट्रियता

~एकदेव अधिकारी~ राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो। देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो। सीमा मिचाईको बिरोधमा होस् या बुद्ध जन्मभूमीको विषयमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सिपाहीहरू

~इलामेली टीकाराम दुलाल~ खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१। जो आवेग लिएर आँउछ … Continue reading

Posted in कविता | Tagged | 1 Comment

बहरबद्ध गजल : त्याे जवानीकाे कुरा

~जीवराज बुढाथोकी~ भाे नगर्दा हुन्छ धेर्, त्याे जवानीकाे कुरा । रित्तियाे त्याे केगराैं, जिन्दगानीकाे कुरा । घाउ हुन्थ्यो छातिमा, संझनामा प्रेमकाे, रून्छु कल्पी साँझकाे, या विहानीकाे कुरा ।

Posted in गजल | Tagged | Leave a comment

कथा : एउटा यात्रा

~अनन्त लम्साल~ सँधै झैँ आज पनि, मन्दिरलाई एक फन्को मारेर ऊ अथवा अभि, चन्दन निधारमा लेप्न लामबद्ध भयो। काठमाण्डूको महँगीमा ज्यान पाल्ने मेसोमा पूजाका सर्दाम र बेलपत्रको पोको अगाडि राखेर मन्दिर परिसरमा धर्ना बसेका साना ठूला मानव आकृतीहरु टन्नै छन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः अकथाभित्रको कथा

~निराजनप्रभात लुईटेल~ कथा एक यदि समय सोमरस भए म तनतनी पिउँथे होला । समय बलवान रहेछ भाइ सक्दिन, योसँग जोरी खोज्न । म उ बेलादेखि समिप छु समयको तर पनि चिनजान भा छैन । मरुभुमिमा कायल भाछु, के यो मुटु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भलाद्‍मी चोर

~बिटु केसी बराल~ क्रिस्मस भर्खरै सकिएको थियो, व्यापार व्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालार्इ । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समय/संस्कार

~मुरारीराज मिश्र~ हजुरबुबा : कुखुराले बाटाे काट्दा त्याे बाटो नै नहिंडी अर्कै बाटोबाट घर अाई नुहाएर जनै फेर्नुहुन्थ्यो, बुवा : बाहुनले कुखुरा छुन पाे हुन्न तर कुखुराले काटेको बाटो हिंड्दा फरक पर्दैन भन्नुहुन्थ्यो,

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समयको प्रवाहमा

~योगेन्द्र काउछा~ गहकिला शब्दका जलपभित्र नौलो, अनौठो लाग्ने आशा र विश्वास जगाउने मानिसका आकृतिहरु विचारका लहरहरु मञ्चन हुँदा लाग्थ्यो, त्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाईमा जे अनुभव गरें

~अनिल नेम्बाङ~ के गर्दै छौ कान्छि? स्पष्ट देखिन- अलि माथि उक्ल न उध्रिएको चोली टालेको छैनौ? गोठालो दाइ के गर्दैछन्?

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~ सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : जागरण

~हरिप्रसाद भन्डारी~ ऊ भोक र थकाइले लखतरान परेर कोठाभित्र पस्यो । लौरो भित्तामा अडायो, टोपी फुकालेर सुइया सुस्केरा हाल्दै खाटको छेउमा बस्यो । बत्तिको मधुरो प्रकाशमा कोठा मलिन देखिन्थ्यो । एकपट्टि कुनामा सात दिनकी सुत्केरी स्वास्नी सुतेकी थिई भने अर्कोपट्टि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो मोहनीमा

~निर्मोही व्यास~ तिमी मेरी घाम–जून, तिमी मेरी ऊर्जा तिमीविना जिन्दगी यो खालि कलपुर्जा सितारकी तार मेरी ! रुन्झुनाऊ नित्य तिम्रो स्वरै सुन्दा पनि हुन्छ मन मत्त

Posted in कविता | Tagged | Leave a comment

कविता : सयौं फूलहरु फुल्न देऊ

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ ए ! वनमारा फूलहरु हुर्कन देऊ यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ । त्यो हिमालयमा ‘झुमा’सँगै लाली गुराँसलाई मुस्कुराउँदै–मुस्कुराउँदै फुल्न देऊ । अनि अजम्बरी जस्तै त्यो मखमली फुल्न देऊ ए माहुरी पराग सेचन गरी देऊ यो बगैचामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे

~निश्चल काउचा~ हिमालको काखमा ! सानो झुपडी छ । त्यहि छ , मेरो , सानो संसार ! म सानो छदा ! बाजेले भन्नु हुन्थ्यो ! धेरै पदनु पर्छ । हामीले नपदेर धेरै दु:ख पायौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रातोमाटे, रिसोर्ट र सपनाहरु

~कमल कुमार~ म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहाउँदैछु पसीना तप्प तप्प सम्झिन्छु

Posted in कविता | Tagged | Leave a comment