Tag Archives: nepali sahitya

कविता : आरोप

~मनोज बोगटी~ तिमीले समातेर मात्र मेरो हात बलियो भएको होइन किन भने हात समातिन्न। हात समातेर राख्न सकिन्न फुस्किन्छ समात्नु र फुस्कनुको घर्षणले जन्मिन्छ आरोप। आरोप पनि आफ्नै सृजना हुन्छ जसलाई कसैले स्वीकार्दैन।

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्की हेर त बाबुराम

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ बाबुराम भनेर मानिसहरू गर्थे बडो आदर विद्वान् मानिस ठानी भित्री मनले नुग्थे झुकाई शिर राम्रो हो गुणवान, स्वच्छ छविको ठान्थे निकै सत्जन यस्तो व्यक्ति हुँदैन सम्भव कबै संसारमा जन्मन ! धेरै काल बिते अनेक थरीका चर्चा–विचर्चा गरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छोरीहरु

~सीता थारू ‘निश्छल’~ जानु पर्ने अरुकै घरमा छोरीहरु । अनि बाँच्ने अर्काको रहरमा छोरीहरु । जन्मघर आमा–बुवा सबथोक छोडेर चिनाउँछन् अरुकै थरमा छोरीहरु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मात्र फरक तारतम्य

~कणाद महर्षि~ आँधी आयो, भूकम्प गयो, प्रलय भयो -उल्कापात मच्चियो -परिवर्तन भयो । अनि म गम्छु, केही विचार गर्छु र फेरि बोध गर्दै

Posted in कविता | Tagged | Leave a comment

कथा : जब म मरेँ

~बिक्रम ज्ञवाली~ एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकै गाह्रो पनि त भएको थियो। मेरो कानले सुन्न त सक्थ्यो तर मुखले सुनेको कुरा फर्काउन सकिरहेको थिएन। मेरो अगाडि आउने मान्छे मलाई चिनिस् भनेर सोध्थ्यो तर खै को रहेछ ठम्याउनै सक्थिएन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हल्ला

~विप्लव ढकाल~ कक्षाकोठाभरि हल्ला छ किन पढ्दैनन् नानीहरु ? म इतिहास पढाउन खोज्छु उनीहरु जङ्गली चरा जस्तै हल्ला गर्छन् ! म गणित पढाउन खोज्छु उनीहरु पहाडी खोला जस्तै

Posted in कविता | Tagged | 1 Comment

कविता : गाँउको अन्तरा

~प्रवीण खालिङ~ गाँउको धारामा संगीत बज्छ पँधेराबाट दिन उँदाउछ घरको घुरीले बादल जन्माएपछि गाँउमा बिहान हुन्छ अनि नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ दुधको साइत बोकेर महलहरूमा पस्छ गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरुलाई चिठी

~उदय निरौला~ कवि श्यामल । तिमी त पतलैयाकै शशीश्यामल हौ चारकोसे झाडी नै हौ तिम्रो त्यो हेडलाइट बिनाको ट्रक जंगलजंगल दौडिरहेछ अझ गन्तव्य बिना अँध्यारोमा भीर तिर । रावलको तबेलाको घोडा तबेलाबाट फुक्यो बुर्कुसी रहेछ बिना लक्ष्य कता हानिने हो

Posted in कविता | Tagged | Leave a comment

गजल : भएछ रङीन

~दिनेश श्रेष्ठ~ सिउँदो तिम्रो भएछ रङीन गलाको हार रहेछ रङीन डढेर मन खरानी खरानी डोलीमा रानी चढेछ रङीन

Posted in गजल | Tagged | Leave a comment

कथा : अँगालो र चुम्बन पाएको पटक

~क्षितिज समर्पण~ ‘शुभयात्रा रोहित ! राम्रोसँग जानू ।’ कलङ्की चोकनेर पुगेको थिएँ । मोबाइलमा मेसेजको ट्युन बज्यो । गाडीमा मेसेजको ट्युनले मात्र के थाहा पाउँदो हुँ । मोबाइल भाइब्रेट भएपछि मात्रै थाहा पाएँ । यस्तै कोलाहल र होहल्लामा काम लाग्ला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आज पराई भयो

~बसन्त मोहन अधिकारी~ जसको लागी बाँच्थे मर्थे उही आज पराई भयो । उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो । उनको माया संगालेर मिठो सपना सजाएथेँ सपना जली आज मेरो दागवती खुवाई भयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा मान्छे !

~विप्लप प्रतीक~ म देखिरहेछु त्यो एउटा मान्छे एक्लै हिँडिरहेछ- मानिसहरूको विशाल भीडमा । ठोक्किन्छ एक्लै, सम्हालिन्छ एक्लै रुन्छ एक्लै, सहन्छ एक्लै अनि मुसुक्क हाँस्छ- आफू एक्लै । उभिन्छ, हेर्छ, मोडिन्छ अनि फेरि हिँड्छ उकाली ओरालीमा, समथर मैदानमा हिमाल, पहाड र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रसंग कतिपय

~लक्ष्मी राई ‘लारा’~ केन्याकी क्यारोल भन्छे, ‘आर्कषक डिलडौलका लोग्नेभन्दा असल तथा जिम्मेवार लोग्ने पाउनु भाग्य सम्झिनुपर्छ।’ तर, घानाकी डोरिसको भिन्दै राय छ। ऊ भन्छे— ‘मलाई चौडा छाति, करिब ६ फिट उचाई भएको बलिष्ठ पुरुष मनपर्छ। बिहे गरेपछि देखा जाएगा नि! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोज १७ गते

~रमेश दियाली~ हे ! ईश्वर यो कस्तो दुबिधा ? कस्तो टाउको दुखेको, फुट्छ की क्या हो ? पहाड खसे झै भैराछ । यस्तो त कहिल्यै भा थेन । बरै । शरीरभरि काँडा उम्रे । २० को १९ भा छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

~निर्मोही व्यास~ १ यतै तिमी, उतै तिमी, जताततै तिमी तिमी हरेक कोणमा तिमी, हरेक मोडमा तिमी तिमी हरेक फूलमा र पातपातमा तिमी तिमी दिवा र रातमा, प्रभातमा तिमी तिमी । २ तिमी त पाइलैपिछे र धड्कनैपिछे तिमी हरेक तिर्सनापिछे र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आशङ्का

~दिनेश अधिकारी~ कट्कटी काटिएको आफ्नो मन लिएर थरथर काँपिरहेको आक्रोशयुक्त‚ वरमा कुनै एकदिन वी.वी. अनुरागी मसँग भनिरहेथे – दाइ ! धर्मको नाममा जिजुबाजे, बाजे र बा मात्र हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्वीर

~भीष्म उप्रेती~ तिमीले भन्यौ – म तिम्रो तस्वीर खिच्न चाहन्छु । मसँग त दुःखका कोर्राले निर्मम पिटेको उदास र थकित अनुहार पनि छ भोकको नङ्ग्राहरुले त्रुूरतापूर्वक चिथोरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष तिमी…..

~कुन्दन काफ्ले~ फूल हेर्दा पनि किन पातमा नजर जान्छ ? जून हेर्दा पनि किन रातमा नजर जान्छ ? सुन हेर्दा पनि किन हातमा नजर जान्छ ? गुन हेर्दा पनि किन बातमा नजर जान्छ ? हेराईको दोष हो यो, दोष हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धार हुनै पर्छ

~हरी गौतम~ वार गर्नु पूर्व खुकुरीमा धार हुनै पर्छ.!! चुप्प लागेर भएन अब… खुङ्खार हुनै पर्छ.!! नेपाल आमालाई बिभाजीत गर्न खोज्नेहरू सुन सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!!

Posted in गजल | Tagged | Leave a comment

कविता : यो मन

~प्रतिमान सिवा~ यो मन, कहिले कही त नदुखाउँ भन्छु । तर, बिनासित्ती दुखिई रहन्छ । कहिले तिमीलाई सम्झेर दुख्छ, कहिले तिमीलाई भुलेर दुख्छ । कहिले दुख्दा दुख्दै झस्केर दुख्छ, कहिले तिम्रो मुस्कानमा मस्केरै दुख्छ ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पुस्ता:न्तरण

~कात्यायन~ – खै: उसको हजूर-बाले नौसिन्देमा जागीर खाँदा के-कति घर-जाम जोडे थाहा थिएन उसलाई | – नब्बे रुपैंया हात पर्दा यी सबै घडेरी जोडेको हो भनेर सुनाउंथे उसको बा |

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको … Continue reading

Posted in संस्मरण | Tagged | 2 Comments

कविता : धरहराले भनिरहेछ …..

~रन्जु ‘मार्ग’~ ए मान्छेहरु ! म धरहरा , मलाई बनाउँदा- कतिका औंलाहरू खिय होलान् – कतिका रगतहरु बगे होलान् – कतिका पसिनाहरू तप्के होलान् भोक -भोकै कतिले इँट्टा र माटो ओसारे होलान् एक पल्ट सम्झ त तिम्रा ती निरीह पुर्खाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

गीत : यो मन भन्छ कहाँ जाऊँ

~बुद्धवीर लामा~ यो मन भन्छ कहाँ जाऊँ कसले नि देला बस्ने ठाउँ मै दुखीको बिरानो भो आहै आफ्नै घर गाउँ कोरस- हुँदा आफ्नै नहुँदा सबै बिरानो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्दबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~ छन्द : मेची कल्पना मै हराएँ म । तर्कना मै रमाएँ म । मन्भरी तिर्सना बोकी, पाउ चाल्नै डराएँ म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उस्को मन खाली थियो

~निर्मला अवस्थी~ मैले बास माग्न जाँदा उस्को मन खाली थियो दूई जना अटाउने सानो एउटा पाली थियो।। रमाइदिएँ त्यै पालीमा गुराँस जस्तै फूलिदिएँ हाम्रो बाग सजाउने उ चाहीं राम्रो माली थियो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो साथी

~निर्मला अवस्थी~ बल्ल मैले पाएको छु भने जस्तो साथी कहिले राख्छु आफ्नै काखमा कहिले टेबुल माथी।। मेरा मनका कुराहरु सबै टिपोट गरी जोगाएर राखिदन्छ पाना भरी भरी ।।

Posted in कविता | Tagged | 1 Comment

गजल : सबै खाली खाली

~निर्मला अवस्थी~ के हुनु र मस्तिष्कमा सबै खाली खाली सोच्नै केही सकिएन नेता परे जाली।। बिकास र योजनाका काम ठप्प पारी खाने बेला सबै मिली बजाउँछन ताली।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई सर्न मन लाग्यो

~निर्मला अवस्थी~ तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो।। तिम्रा दु:ख पीडा सबै उखेलेर फाली रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : चल्न देउ

~निर्मला अवस्थी~ नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।। हामी दुई बिचको साइनो अजम्बरी हुने गरी झ्याङ्गिएर लटरम्म फल्छ भने फल्न देउ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : पशुपंक्षी बली नदेउ

~निर्मला अवस्थी~ अक्षता र फूल-पाती यति भए पुग्छ मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ सन्तान र आमाको हो तिम्रो मेरो नाता पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता। माया जस्तो ठूलो कुरा के छ अरु दिने सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~निर्मला अवस्थी~ कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ

Posted in कविता | Tagged | Leave a comment