Tag Archives: nepali sahitya

लघुकथा : छोरी

~विजय सागर~ रातको दस बजी सक्दा पनि ऐलिना घर आईपुगेकी थिइन् । श्यामप्रसाद निरौला र उनकी पत्नी राधा भित्र भित्र डरले काँपी रहेका थिए । श्यामप्रसादले पटक पटक ऐलिनाको मोबाइलमा ‘कल’ गर्दा मोबाइल उठ्दैनथ्यो । दाजु हरिप्रसादको एकलौटी सन्तान ऐलिना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~वासुदेव गुरागाईं~ छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दिव्योपदेशमाथि एक दृष्टि

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह (१७७९–१८३१) को भूमिका नेपालको इतिहासमा महŒवपूर्ण रहेको छ । विगत केही समयदेखि नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहका सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

सूत्रकथा : वृध्दालय

~अमर त्यागी~ देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको रूपमा शरणार्थी भएर सपनाको देशतिर बसाईँ गए। जीवनका सम्पूर्ण श्रम,सीप र ऊर्जा उतै खर्च गरे।अहिले वृध्द र अशक्त अवस्थामा आफ्नै देशमा शरणार्थी

Posted in सूत्रकथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : अनौँठो, अन्जान, अदृश्य !!

~बिकिरण~ साँझको समय थियो, भींड चाही केको थियो याद भएन तर म त्यो भींडसित रमाईराखेको थिएँ । म जत्तिकै सबैजना खुसीनै देखिन्थेँ । के को खुसियाली हो थाहा नहुँदै म पनि आफ्नै तालमा बिना संगीतको त्यो उत्सवमा नाचिरहेथे हांसिरहेथे। एक्कासी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समवेदनाको मलामी

~विश्वराज अधिकारी~ मेरो एक वयोवृद्ध छिमेकीको अन्त्येष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिरनजिक रहेको आर्यघाटमा पुगेको थिएँ । मृतकका पाँच छोराहरूसहित करिब ३० या ३५ का सङ्ख्यामा मलामीहरू उपस्थित थिए, त्यहाँ । चिता जलिरहेको थियो, अर्कोतिर मलामीहरू कुराकानी गर्दै थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रो लागि रोएँ

~सुबिसुधा आचार्य~ आज फेरि सम्झनामा तिम्रो लागि रोएँ छिट्टै भेट होस् भन्दै देवता भाकी रोएँ के भो निदरीमा जम्मै हिजो आइदियो ब्यूँझेपछि झिसमिसेमा सपना साँची रोएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : भगवानको रुप

~शुभ श्री~ हजारौ बर्षदेखी घाम र पानी झेल्दै लहरा र घास सँगै लुकामारी गर्दै बितेका दिनहरु भिर र पाखाहरुमा बर्षा र खहरेहरु कती आए गए खियौदा खियौदै मलाई सानो बनाए पहिरो सँगै झर्दै म तल तल आए गोथालाको हसिया पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असंसारीक

~प्रविण अर्याल~ सकिदैनन् सबै कुरा शव्दमा व्यक्त गर्न । भनिदैनन् सवै कुरा अरूलाई सुनाऊँन ।। बुझिदैन त्यस्तो भाषा मनभित्रका कुराहरूको ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सरगमको सपनामा पैसाको पसल

~नवराज लम्साल~ चानचुन नब्बे वर्षभयो- मेलवादेवीले झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा… गीत रेकर्ड गराउनु भएको । चन्द्र शमशेरको दरबारमा उनका करिब तीन सय सुसारेहरुमध्ये कुनै एउटीले मेलवादेवीको स्वरको डाहा गरेर स्वर बिग्रने पदार्थ विशेष खुवाइन् । चन्द्र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : याद

~सुरज राना~ तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत यी बिम्बहरु

~दिवाकर सिग्देल~ म हराउन खोज्दछु, घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ। हाडहरु मा मासुले बेरिएको म, ताप् र चाप ले बलेको छु । आकाश छिर्छ म भित्र, म आकाश भित्र छिरेको छु । झुत्रिएको छु , कराएको छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ए छोरी पो

~क्रान्ति पराजुली~ ‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !

~दीपक जडित~ सुन्दा छौं ठुलै डाँको छाड्यो रे कर्णालीले काठ्माण्डुमा आजकल त काठ्माण्डौका मान्छेले खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे ए हजुर ! हाम्ले कैले देखम्ला नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : दोष

~सोम खनाल~ कसैलाई केही भन्नु छैन, आफैंलाई भन्नु पर्ने धेरै छ कसैको के दोष र यो संसारमा दोष जति छ, मेरै छ । मै हुं फुर्कने र भित्र भित्रै हुर्कने मै हुंकिशोर, र किशोरबाट प्रौढ हुने मै हुं सधै नाच्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : घूस

~उज्ज्वल जी.सी.~ देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ” उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अनुहारमा आयौ

~वियोगी बुढाथोकी~ साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ दुःखमा साथ निभाउन व्यवहारमा आयौ । आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म साहित्यकार हुँइन

~आचार्य प्रभा~ साहित्यको छात्तिमा एउटा तस्बिर टाँस्दैमा, भावनाका लहरहरु खाली कागजमा छर्दैमा म साहित्यकार हुन सक्दिन / ‘साहित्य’ त दिब्य ज्योति हो यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ नत्र —साहित्यको औचित्य नै के रहन्छ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आकार ! मेरो पहीचान ! तर देश द्रोही होईन

~रुमन न्यौपाने ‘अमन्त’~ म पग्लिएको तातो धातु । जुन आकार तिमी दिन सक्छौ बनाउ मलाई सेमुराई, अनी चहकिलो धार हाल रेट्न सकँु मलाई बाध्ने जन्जीरहरु । म छरीएको बर्णमाला ।

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटै मुटु थियो

~मनु लोहोरुङ राई~ माया गर्ने एउटै मुटु थियो साटें तिमीसँगै एउटै थियो सम्झिने मन त्यो नि साटें तिमीसँगै यो शरीर त मरेपछि आखिर माटो हुने नै हो बाँचुञ्जेल मैले माया गरी र’न्छु तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : किन नगाऊँ हँ म वैशाख ?

~साम्ब ढकाल~ मान्छे नजिकैबाट हिँडिरहेको प्रत्येक निमेषले अविराम एउटा लय गाउदै हिँड्यो मान्छेको नवगीत वैशाखको नाममा । आइरहृयो मान्छेका यात्रामा उबडखावडको अन्त्यहीन पथहीन पथ गाइरहे त्यसरी नै मान्छेले वैशाखलाई दुःखमा मिसाएर भित्रैदेखि

Posted in कविता | Tagged | Leave a comment

कविता : अनामनगरकी अम्बिका

~गोवर्धन पूजा~ पहिलो भेटमा उसले भनेकी थिई– ‘भोकै छु, घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ– अब आफ्नै खुट्टामा उभिनुपर्छ ।’

Posted in कविता | Tagged | Leave a comment

गीत : छिट्टै फर्कि आईदेउ माया

~शान्तिनारायण श्रेष्ठ~ दुइ दिने जिन्दगीमा हाँसी खुशी लाईदेउ माया कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया तिम्रो साथ पाएकैले जिन्दगीमा हाँसेको छु तिम्रो माया जतनगरी मन भित्र साँचेको छु मरी लानु केही छैन संझी रुने लाईदेउ माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई देखेर आँखा

~कृष्णप्रसाद पराजुली~ तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म बाटो सुनसान भैसकेको थियो जून बिलाएर गैसकेको थियो बिस्तारै हिंडेको कोही साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाल-चाल

~भिमा राई ‘तोलाछा’~ यो भग्नतालाई कसरी सम्भालौं? ए धर्ती! मलाई तेरो जुठेल्नो मै भए पनि दुई थोपा आँशु खसाउन दे त्यो रुग्नतालाई त्यो वितृष्णालाई। खण्डित मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : नार्कोटिक्स गाउँ

~प्रवीण खालिङ~ यो बर्खादेखि धाराको पानी सुक्यो खोल्सामा मूल फुटेन धनमानले पनि खेत जोतेन। अनौ समात्ने हातले झण्डा समातेपछि गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर। माटोको गन्धले मस्त हुने गाउँ

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा ! तिमी महान छौ

~सुमलकुमार गुरुङ~ कुनै आमाले आफ्नो कोखिलोमा राखेर एउटा हातले सानो शरीरलाई न्यानो वात्सल्य ममतामयी अमृतधारा चुसाउँदै गरेकी दृष्य देख्दा कता कता आफ्नै आमाको वात्सल्य प्रेमको अनुभूति मलाई हुन्छ । मलाई हिजो जस्तै लाग्छ । मेरो भाइ भोक लागेर रोएको बेलामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेश रित्तिए झै लाग्छ

~किरण पौड्याल~ पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भए झै लाग्छ दिनरात एकगरी घोटि्टदा पनि, अपुग भए झै लाग्छ बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भए झै लाग्छ गाली, गलौच र पिटाई खाँदा पनि, गर्वित भए झै लाग्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साहित्यिक शुभचिन्तक

~आचार्य प्रभा~ साहित्य र साहित्यकारको शुभचिन्तक हुँ भनेर उसले हर लेखकअघि आफूलाई दर्शाउन चाहन्थ्यो । यदाकदा साहित्यिक कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न पनि भियाउँथ्यो ऊ । औसत लेखकहरुलाई मित्र बनाउन पनि पछि पर्दैनथे ऊ । ऊ अक्सर भन्ने गथ्र्यो– ‘राजनीति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : हाँस्न पनि पाइएन

~मनु ब्राजाकी~ रुन पनि पाइएन, हाँस्न पनि पाइएन। रोई-रोई आँसुले मन धुन पनि पाइएन। तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला, फूलजस्तो आत्मीयता छुन पनि पाइएन।

Posted in गजल | Tagged | Leave a comment

कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’~ नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : यादैमा तिम्रो

~दिलिप योन्जन~ यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी। जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई

Posted in गीति कविता | Tagged | Leave a comment