Tag Archives: nepali sahitya

गजल : वसन्तको संसार तिमीलाई

~सावित्री सिलवाल सापकोटा~ फूलै फूल वसन्तको संसार तिमीलाई । नौलाख जूनताराको उपहार तिमीलाई ।। म गरीब भिखारी के नै पो दिन सक्छु र ? झरझर गर्ने झरनाको झंकार तिमीलाई।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो माईती गाउँ

~सावित्री सिलवाल सापकोटा~ सिराईचुलीको काखमा छ मेरो सुन्दर शान्त गाउँ शक्तिखोरकी छोरी हुँ म मेरो सावित्री हो नाउँ चारैतिर डाँडाकाँडा बीचमा अवस्थित छ गाउँ स्वर्गकै एकटुक्रा खसे झैँ नै लाग्छ नि त्यो ठाउँ

Posted in कविता | Tagged | Leave a comment

गजल : माग गरेको छ

~कुमार आङदेम्बे अबि~ आजको यूगले इमान्दार माग गरेको छ । राष्ट्रिय हितको सरकार माग गरेको छ । प्रजातन्त्र हटाएर गणतन्त्रले के दियो र? देशले बिकासको पुर्वाधार माग गरेको छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रदर्शनमा राखिदिएँ

~कमल सरोवर~ केही आगो केही पानी प्रदर्शनमा राखिदिएँ त्यसपछि मस्त जवानी प्रदर्शनमा राखिदिएँ यसको नतिजा के कस्तो पो आउने हुन् यार?? राख्न त पुरै जिन्दगानी प्रदर्शनमा राखिदिएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : गन्न गाह्रो छ

~सुरेश काफले “विदारक”~ धेरै आफु पुरिदैछन् गन्न गाह्रो छ, उसलाई भनि खाल्टो यहाँ खन्न गाह्रो छ । उदाउछ चन्द्र यहाँ औसी छेकीदिन्छ, औसीलाई नाङ्लाबाट निफन्न गाह्रोछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दबावमा छु

~डा‍. घनश्याम परिश्रमी~ उता कसैको दबावमा छु यता म तिम्रो अभावमा छु तिमी खुसीको उचाइमा छौ यहाँ म हरदम तनावमा छु

Posted in गजल | Tagged | Leave a comment

गजल : ठाउँ खोजेको छु !

~खोजराज गोले तामाङ~ कसैले’नि नचिन्ने त्यो ठाउँ खोजेको छु ! तिमी लिई भाग्न यौटा गाउँ खोजेको छु !! यो हप्तैमा निस्कनु छ तयार हुनु तिमी ! झिस्मिसेमै कोशी तर्न नाउँ खोजेको छु !!

Posted in गजल | Tagged | Leave a comment

कथा : मर्द

~दिनेश बस्नेत~ श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-‘बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।’ ‘के गर्ने हो ? पक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिपक, तिमी मर्द की नामर्द ?

~रीश्मा थापा~ अरुका बारे खासै चासो नराख्नु, कसैले हेल्लो भन्दा फिस्स हाँसी हाई भन्दै मित्रवत ब्यवहार गर्नु, सिमीत मान्छेसँग मात्र सम्पर्कमा रहनु, आफ्नो सम्झिनेलाई ज्यान दिन पनि तयार हुनु यी सबै गुण अस्मिताका हुन्। ऊसँग मेरा अधिकाशं आनीबानी मिल्छन्। त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~दिवा तिमिल्सिना~ पृथ्वीको गोलाइसंगै घुमिरहेको मेरो अस्तित्व सँधै एकै ठाँउमा आएर एकाकार भैदिन्छ । म हिंड्दै छु अनि एकोहोरो पारामा आफैंलाई हिंडाउँदै छु । मलाई आफ्नै कथा देखेर छक्क लाग्छ अनि कोर्न मन लाग्छ आफ्नै कथा, सायद जीवन नै कथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ऐना र उमेर

~नम्रता गुरागाईं~ आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भूत बस्ने दरबार

~राजेन्द्र खरेल~ लोकसेवा आयोगको परीक्षा पास गरी खरिदार पदमा नाम निकालेपछि गाविस सचिवका रूपमा मेरा दाजुको कार्यक्षेत्र दाङ, प्युठान र रोल्पाको सीमाना रहेको त्रिवेणी गाउँमा प¥यो । दाङ र रोल्पाको सीमानाबाट बगेको अरङखोला, प्यूठान र रोल्पाको सीमाबाट बगेको लाँकुरी खोला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : माघ आठ गते !

~शेखर ‘अस्तित्व’~ छ सिङ्गो देशको ऐलान – माघ आठ गते ! आउनै पर्छ संविधान – माघ आठ गते ! निभ्न सक्दैन यो जनभावनाको ज्वाला हो, हरेक मनको हो अभियान – माघ आठ गते !

Posted in गजल | Tagged | Leave a comment

पत्र कथा : परदेशी योद्धाको पत्र

~कृष्ण के.सी.~ प्रिय कमरेड न्यानो अभिवादन । मौसम परिवर्तनको कारण होला अलि विसञ्चो छु, त्यहाँ स–परिवार आरामै हुनु होला भनि आशा गर्दछु । ६ वर्ष कतार बसाईको पिडाको अनुभुति त त्यही आएर संगै बस्दा सुनाउँला तर पनि वैचारिक रूपबाट विमुख … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : ब्रत

~विजयराज आचार्य~ “गुड आफ्टरनुन चिल्ड्रेन !” एक्कासी भित्र पसेर हेड सरले भन्नुभयो । हामीहरू झसङ्ग झस्कदै उठेर सबैले एकै स्वरमा भन्यौं, “गुड आफ्टरनुन सर !” हेड सर सित्तिमिति हाम्रो कक्षामा आउनुहुन्थेन । अब हामीलाई के सजाय दिनुहुने हो भन्ने डर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~महेन्द्र महक~ उसले पुरस्कार पाइसकेपछि पत्रिकाहरुमा निरन्तर शुभकामना र बधाईका कोलमहरु बढ्दै गए । संस्थाको वार्षिकोत्सवका दिन उसलाई पुरस्कार दिइनेवाला थियो । त्यसअघि नै पत्रपत्रिकाबाट एक किसिमले पुरस्कृत भइसकेको थियो । जति शुभकामना र बधाईहरु छापिएका थिए, त्यो बराबर त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : सम्झनाको धारले

~म. बि. बि. शाह~ सम्झनाको धारले कल्पनाको छातिमा पार्यो छिया मायाले सपनी जूनीमा पूर्णिमाको रातमा गर्मीको याममा बादलुले पोखेको सिमसिमे पानीमा त्यो नीलो नभमा बादलुको आडमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : धर्म

~सुको साइबर~ दिनभरि ठेला ठेलेर कमाएको रूपैयाँ चोरिएपछि साँझमा बालबच्चा जहान परिवारको

Posted in कविता | Tagged | Leave a comment

गजल : दुई आत्मा को मेल हो

~कृष्ण केसी ‘छल’~ कोही भन्छन पिरती दुई आत्मा को मेल हो कोही भन्छन पिरती जवनी मा खालीने खेल हो जता ततै खोजी सके पिरती को परिभाषा भन्छना कोही स्वतन्त्रता खोसिदिने जेल हो

Posted in गजल | Tagged | Leave a comment

गजल : संसारमा आयौ किन?

~के.आर.बिबश राङ्खानी~ थाहा थियो गरीब भन्ने यो संसारमा आयौ किन? बिश्वासघाति माया प्रेम तिम्ले सानु लायौ किन? छोड्नु थियो साथ भने मित्रता नै काफी थियो घात गर्नु रैछ आखिर मेरो माया लायौ किन?

Posted in गजल | Tagged | Leave a comment

गीत : पहरामा बास बसी

~हेम हमाल~ पहरामा बास बसी छहराको पानी पिऊँला सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला । सुनकोशी को पानी जस्तै चोखो प्रीत लाउन पाए दुई खोलाको दोभान जस्तै सधै भरि भेटन पाए

Posted in नेपाली गीत | Tagged | Leave a comment

पशुपति कर्माचार्यका छ मुक्तकहरु

~पशुपति कर्माचार्य~ दुखमा सधै बिताउनु पर्नेभो च्यातिएको पालमा सुत्नु पर्नेभो कहिले हेर्छखै गरिब लाई सर्कारले लाला बाला सबै भोक भोकै मर्नेभो । नेताको मोह सधै सत्तामै हुन्छ खाने पनि सधै तेही धन्ने हुन्छ डन र माफियाहरु सितको साथ् गाथले

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : नाट्यतत्त्वका आधारमा अँध्यारामा बाँच्नेहरू एकाङ्की

~कृष्णप्रसाद कोइराला~ अँध्यारामा बाँच्नेहरू एकाङ्की एकाङ्कीकार मनबहादुर मुखिया (२००२) द्वारा रचना गरिएको नाट्यरचना हो । यो उनको अँध्यारामा बाँच्नेहरू नामबाट प्रकाशित एकाङ्कीसङ्ग्रहको सातौँ क्रममा रहेको सिर्जना हो । यस एकाङ्कीको शीर्षकले सङ्केत गरेबमोजिम नै यसमा चेतना र शिक्षाको आलोकबाट ओझेल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : बोलाउन हुन्छ कि हुँदैन

~शान्ति शाह~ माया मैले बोलाउन हुन्छ कि हुँदैन तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन चन्द्रमा हेरी सम्झन हुन्छ कि हुँदैन कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन बादलपारि संसार छ रे मैले त भेटिन खुलेको यौवन ओइलिन झर्ने ठाउँ नै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई

~अर्पन तमाङ~ पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई सञ्चै छ रे सुनाईदिनु मेरी उनि लाई झल्को आउँछ उकाली र अनि ओरलीको बिर्स्या छैन भनि दिनु भाकल देउरालीको

Posted in कविता | Tagged | Leave a comment

गीति कविता: एकान्त मै रोई दिन्छु

~‘इखालु’ रमेश गेलाल~ तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु । तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : अचेतमा चतना

~गोपालप्रसाद पौडेल~ छैन भरोसा यो जिवनको अंधकार व्याप्त वरीपरी रोग चाहिन्न मरणलाई जिवन आफै रोगभरी दृष्टि मात्र आडम्वर हो काफी घमण्ड गर्नलाई रोग चाहिन्न मरणलाई अनि महारोग सर्नलाई । मेरो मात्र जिवन अमूल्य कहाँको हो स्वार्थ यो भन्ने लाग्थ्यो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : त्यो आँखाले लौन मलाई मार्यो

~बच्चु कैलाश~ त्यो आँखाले लौन मलाई मार्यो त्यो बोलीले लौन लाटो पर्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो ।। एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : संगतको फल

~भगवती बस्नेत~ आमाको आज्ञाकारी छोरी बन्ने सपना आफ्नै केही क्षणको रमाइलोले चकानाचुर भएको थियो । त्यसैले आफ्नै जिन्दगी समाप्त पार्ने कोशशि गर्दै गर्दा हस्पिटलमा भर्ना भएकी छ ।जीवन मरणको दोसाँधमा बाँचिरहेकी उसलाई के होला भन्ने त्रास सबैमा फैलिएको छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : स्वनिर्णय

~पार्बती शाही~ रातीको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाश भरी टहटहाउँदा ताराहरुको विस्कुन अनी भुई भरी पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : उँट, स्याल र काग

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्‍यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्‍यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : हावा बनी

~दिलिप योन्जन~ हावा बनी छोउ की तिम्लाई झरी बनी भिजाउ तिमी बसेउ मुटु माँझ मन कसरी बुझाउ। लुकु-लुकु जस्तो लाग्छ फर फराउने केसमा चुमु चुमु जस्तो भाछ गुलाबी त्यो ओठमा।

Posted in कविता | Tagged | Leave a comment