Tag Archives: nepali sahitya

कविता : तिम्रो आगमन

~मणिराज सिंह~ अनन्त उकाली ओराली गर्दैै एक–एक पाइला सार्दै तिमी आएका छौ तात्तातो घाम र एकमुठी आश बोकेर गलाभरि विषालु सर्पको माला लाएर विश्वासको बिहानी देखाउँदै सम्पूर्ण आरम्भहरू पोखेर अनुरागका विम्वहरूमा

Posted in कविता | Tagged | Leave a comment

गीत : सुसेली हाल्दै उकाली

~आनन्द अधिकारी~ सुसेली हाल्दै उकाली सुसेली हाल्दै ओराली जिन्दगीको भारी विसाउ भन्दैछ देउराली। वैंशमा बस्ने चौतारी भत्किएर पुरानो भो रोदी घरमा लाएको प्रीति विर्सिएर विरानो भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रातो रुमाल

~बिस्नु प्रवा सापकोटा~ म सँगएउटा रातो रुमाल थियो मेरो थोत्रो आस्कोटको खल्तीमा पसिनाको गन्ध सुँघेर रमाउथ्यो म किसानको एउटै सारथी एउटै सपना एउटै साहारा एउटै आशा त्यै रातो रुमाल थियो .

Posted in कविता | Tagged | Leave a comment

कथा : परदेशीकी श्रीमती

~लक्ष्मण बस्याल~ एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : फूलको वोट भयो

~नरेश माङपाहाङ राई~ तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो विझाउने काडा मलाई निको नहुने चोट भयो एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पहाड सकिए पछि

~कृष्ण प्रसाई~ यदि तिमी, कसैको फकाइमा लागेर हिडिरहेकी छ्यौ भने, पहाड सकिए पछि, तिमीले बुझनु, तिमी कसैबाट वेचिदैछौ । वा- कुनै वहकाइमा परेर , नायिका हुने सपना देखिरहेकी छ्यौ भनेे-

Posted in कविता | Tagged | Leave a comment

सेदोका : शरणार्थी

~शान्तिनारायण श्रेष्ठ~ आफू जन्मेको आफ्नै गाउँ ठाउँमा शरणार्थी बनेर

Posted in सेदोका | Tagged , | Leave a comment

कथा : नीना

~महेशविक्रम शाह~ म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहरको एक हेल्थ क्लबमा भएको थियो । म सुरुमा आफ्नो लोग्नेसँग त्यहाँ गएकी थिएँ । ऊसले भनेको थियो, ‘बिहान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हेर्नुस त

~बाबु त्रिपाठी~ कुमालेको त्यो कला हेर्नुस त पृथबि जत्रो गमला हेर्नुस त दाइजो नल्याएको झोंकमा रेटीएकी अबला हेर्नुस त

Posted in गजल | Tagged | Leave a comment

कविता : रत्नपार्क

~योगेन्द्र रिजाल~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो,

Posted in कविता | Tagged | Leave a comment

कथा : अतृप्त शरीर

~लक्ष्मण अधिकारी~ उसले पछाडिबाट च्याप्प समाती । रातको अध्याँरो छ, म भ¥याङ उक्लदै छु । मैले बल गरेँ, बेल्ट पाइन्टसहित ओरालो लाग्दै छ । उसले छोडेकै होइन । माथिबाट कोही आएको पदचापले पसिना फुटायो । ढुकढुीले गति लियो, छाती बेलुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बम

~डिल्ली मल्ल~ अचेल साँझ नपर्दै पड्किन थाल्छन् सहर छेऊमै “बहिस्कारवादी सकेट बम”हरु र, तर्साउन खोज्छन् ब्यालेट बक्सहरुलाई तर, किन–किन मलाई बम पड्किदा पनि रमाइलै लाग्छ । अचेल हरेक बिहान

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य हो लोकतन्त्र

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो (१) सभा भयो कठैबरा ! कराउने- तताउने बढ्यो स्वभाव दानवी दबाउने- सताउने

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : प्यारी छिन् हाम्रै धर्तिमाता

~आचार्य प्रभा~ सगरमाथा शिर हाम्रो,अन्नपूर्ण छाती मकालु र लाम्टाङ हिमाल बस्छन शिरमाथी — पशुपती पुज्ने थलो,आस्था भद्रकाली एकचित्त ध्यान दिइ पूज्छन गोरखाली —

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : समयको अनुहार

~कुमार आले~ समयको अनुहार खस्न नपाउंदै अनुहार सम्हाल्न विचारको खेती उमारेर एउटै खलामा अन्त्यहीन छलफलको सामना गर्न आऊ ए ! दाइ साइलाहरु!

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~रिशब आत्रेय~ आँखा चिम्लिएको छु . चोर र बुढी औंलाले आँखा छोपी बस्दा पहिलो तस्बिर बासुरीको आउछ । बाँसुरी ! आफ्नो मुल्य रु १०० बस ! काफी भो .

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम दिवसको प्रेम गीत

~राजेश राई~ मैले कुनै प्रेम दिवसमा मेरो प्रियसीलाई भनेको थिए। दन्त्यकथाको वायुपङ्गी घोडा जस्तै वन्न सक्छु । तिमीलाई एकादेशको राजकुमारले जस्तै सुनको आकाश ओढ्न र फुलको धर्ती टेक्न दिन्छु । हो मेरा प्रिय मित्रहरु!

Posted in कविता | Tagged | Leave a comment

गजल : गर्छु हार मलाई..!!

~हरी गौतम~ चाँहीदैन जितबरु, स्विकार गर्छु हार मलाई..!! तिमी खुसी भईदिए, नदीनु भो प्यार मलाई..!! बिच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भनें सहन्छु म अझै पनी, दिनु पिडा हजार मलाई..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : राज्यसँग एकालाप

~विप्लव ढकाल~ तिम्रो तिर्खा मेटाउन मैले आफ्नो रगत दिएँ तिम्रो नग्नता ढाक्न मैले आफ्नो छाला दिएँ

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : खेली गीत र रोइला गीतका भिन्नता

~तुलसी प्रवास~ १. पृष्ठभूमि खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न भिन्न प्रकार हुन् । यी गीतहरूको व्युत्पत्ति, परिभाषा, संरचना, लय/छन्द, गायन स्थल, गायन अवसर, गाउने जाति आदिमा धेरै नै भिन्नता पाइन्छ । लोकमा गएर अनुसन्धान गरिएका तथ्यहरूले … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : आज मैले माने!

~नोवल निरौला~ कति वोक्छौ डोको आमा, कति खन्छौ वारी गर्छौ कति मेलापात, दु:ख गरी गरी फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला लाग्दो होला आसा कति, लाग्दा वुढेस काल यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले

Posted in कविता | Tagged | Leave a comment

कविता : अजाकिएका मनहरु ब्यूँझाउदै

~विरबहादुर के.सी ‘अपराजय’~ जलजलाको बक्षस्थलमा फूलेका लालिगुराँसहरुमा समयको परिवर्तनसँगै एकहुल मान्छेहरु गुट र उपगुटका नाराहरु लगाउँदै जलजलाको आत्ममा छुरा हान्दै यतिबेला यत्रतत्र सर्बत्र प्रतिगमनका गीत निरन्तर गाइरहेका हुनेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : एकदिन पक्कै सुदिन फर्किन्छ भाइ

~देबेन्द्र बस्याल~ टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडक देखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरु खरेनान खान लाईन लगाइरहेका छन् । जापानीजहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आषाढस्य प्रथम दिवसे

~चन्द्रकान्त आचार्य~ मैले मास्को उत्रेको केही दिनभित्रै पार्कहरुमा, मेटूोमा र बाटोमा पनि युवायुवतीहरु स्वच्छन्दतापूर्वक एक अर्कोको अँगालोमा कँस्एिर चुम्बन गरिरहेका दृश्य देखें । किन यस्तो स्वच्छन्दता ? के यो आवश्यकता हो या अश्लीलता प्रदर्शन गर्ने बाहना हो ? मलाई निर्णय … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : रुँदैछु म गैरी खेतमा

~बुद्धवीर लामा~ रुँदैछु म गैरी खेतमा तिमी परदेशमा सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा आज बिहान डाले कौवा किन करायो कस्तो खबर आउँछ भनी यो मन डरायो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बिहेको निम्तोमा

~सुबिन भट्टराई~ माघको महिना थियो, झन् त्यहाँ माथि बिहानैदेखि आकाश धुम्म थियो । सिरक छाडेर पटक्कै उठ्न मन लागेको थिएन । तर त्यो दिन बिहेका ६ वटा निम्तो परेकाले कुल परिवारको ४ जनाको सङ्ख्यालाई निम्तो मान्न जाने ठाउको बाँड˚ाँड गर्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : झेल भो धेरै जिन्दगीमा

~कालीप्रसाद रिजाल~ झेल भो धेरै जिन्दगीमा झेलै झेल भो मेरो माया उसको लागि हाँस्ने खेल भो के दुख्थ्यो र कलेजी यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिम्रो नाउँ लेखिएछ

~सुवासचन्द्र ढुङ्गेल~ तिम्रो नाउँ लेखिएछ आफ्नो नाउँ लेखौं भन्दा ऐनामा त तिमी देखें आफ्नो रुप हेरौं भन्दा चोटहरू मीठो लाग्ने दिन पनि आउँदो रैछ सक्तिन म तिम्रो नाउँ नलिई सास फेरौं भन्दा

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले गन्न बाँकी थियो

~ललिजन रावल~ कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो तिमी भने हिंडी हाल्यौ केही भन्न बाँकी थियो खानुसम्म खायौं हिजो, आज अनिकाल पर्दा नयाँ बाली लगाउन बीउ धन्न बाँकी थियो

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यहाँ त बैंस खुल्छ रे

~नवराज लम्साल~ जसै म फुल्छु प्रेममा त्यहाँ त बैंस खुल्छ रे जवान जोश होशको इमान फूल फुल्छ रे हतार बन्छ जिन्दगी तनाव बढ्छ सुस्तरी पवित्र मित्र फूलमा अमूल्य मूल्य झुल्छ रे

Posted in गजल | Tagged | Leave a comment

कविता : गणतान्त्रिक धुन

~टंक सम्वाहाम्फे~ आजभोलि गणतान्त्रिक धुन निरन्तर वजिरहेछ हामी त्यहि धुन सुनेर खुशीयाली मनाईरहेछौ यी धुनहरुसंगै अरु धुनहरु पनि वज्न थालेकाछन् र तालहरु पनि फेरिन थालेकाछन् त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन् धुनहरुमा विभिन्नता देखिन थालेकाछन् यसरी हामीहरु आआफ्नै धुनमा खुशीयाली मनाईरहेछौ

Posted in कविता | Tagged | Leave a comment