Tag Archives: nepali sahitya

राजेन्द्र थापाका पाँच छोटा कविताहरु

~राजेन्द्र थापा~ छिमेकी छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन् हामी चिया प्यूँदै चियापसलमा छिमेकीलाई गाली गर्छौं साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन् हामी रक्सी प्यूँदै रक्सी पसलमा छिमेकीलाई ठोक्ने घोषणा गर्छौं र दायाँबायाँ पलाकपुलुक हेर्छौं अनि, कोही नदेख्दा राहत भेट्छौँ। हात जोड्नेहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बिचरा नियति

~कृष्ण वस्ती~ साँझ छ बजेभित्र गन्तव्यमा नपुगे यात्रुहरु अलपत्र पर्छन् भन्ने कुरालाई हेक्का राखेर बस निर्धारित समयमा सखारै बाटो लाग्यो ।यात्रीहरु मध्ये झ्यालतिरको १५ नं० सिटको पुरुष यात्रीले १४ नं०की नारीको अनुरोध स्वीकार्यो र उनीहरुले सिट साटासाट गरे ।यसबाट उनीहरुको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश हाँसिरहोस्

~अरुणबहादुर खत्री “नदी”~ म जन्मेको यो देश जून घाम सरी हाँसिरहोस् सधैँभरी हिमचुलीका सेता थुम्का चुम्दै वरिपरि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म म जन्मेको यो देशभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : देशका दुस्मनहरू

~कमला अत्री~ प्रेमका नाममा पीडा दिनेहरू सुखका नाममा दुःख थोपर्नेहरू शान्तिका नाममा क्रान्ति जन्माउनेहरू अर्थात् धर्मका नाममा पाप गर्नेहरू आखिर के चाहन्छौं तिमीहरू ? किन चिमोट्छौं तिमीहरू ? किन चिथोर्छौ तिमीहरू ? किन जलाउँछौं तिमीहरू ? अनि किन मार्छौ जिउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आउनुको प्रतीक्षा

~सुवास खनाल~ दुर्घटना थिएन तिमी आउनु निश्चित हो तिम्रो आगमन तिमी आउनु ,आउनु जस्तो रहेन कुनै नियोजित षडयन्त्रकारीले बन्देज गरेजस्तो तिम्रो बोली कुनै पुरातन संस्कृतिले छोपेजस्तो तिम्रो अनुहार वा नआउनु जस्तो यो आउनु ……निकै दिक्दार लाग्दो रह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चताप

~बिपना ढुङ्गाना~ अलि जिद्दी स्वभावकी थिएँ धेरै जिद्दी गरेँ होला, बाल्यकालको त्यो तोते बोलीले, सायद कयौं कुराहरु प्रस्ट्याउन सकिन होला, तर मैले केही नभनेपनि बुझ्थ्यौ तिमी । भर्खरभर्खर हिड्न सिक्दै गरेकी म लर्वरलर्वर गरेर पाइला भुँईमा घिसरन्थे,

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचा देश

~निश्चल काउचा~ तन्त्र फेरियो श्रीपेच फालियो ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए सुनौलो बिहानीको आगमन भएन कन्दरा र पखेरीहरुमा ओलाङ्चुङ गोलाको लुङ्गालाई आफू नेपाली भएको प्रमाणित गर्न आउन हप्ता दिन लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : लभ इज डेड !

~रुमन न्यौपाने ‘अमन्त’~ दिउँसभरी काठमाडौं उपत्यकालाई भोगेपछी सुर्य असमान उचाईको घरहरुको पछिल्तीर लुक्ने तरखरमा छ । साँझ गमम्क परेर अन्मीन थाल्दा मेरो आँखा अगाडी बाट केही मानीसहरु भागेर घन्टाहरु को पछिल्तीर लुक्न पुगेका छन् । सायद माहानगरपालीका को कर्मचारी अबैध रुपमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेड घाम र कमरेड ज्योति

~इस्माली~ पार्टीमा कामरेड घाम र कमरेड ज्योति भनेपछि कार्यकर्ताहरू हुरुक्कै हुन्थे । तिनलाई कोही माक्र्स र एङ्गेल्स  भन्थे त कोही लेनिन र स्तालिन भन्थे,  कोही माओ र चाओ पनि भन्थे । हुन त ती दुई पार्टीका कुनै पदमा पनि थिएनन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आशक्ती

~बिना थिङ तामाङ~ आशक्तीको अन्यर्थ नलाउने हो भने यतिखेर म अघोरै आशक्त भएकी छु तिमीसंग र माग्न मन लागेको छ तिमीसंग प्रेमिल चुम्बन तिमीलाई भेटेर भन्नै नसकेको कुरा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धुवाँ

~शोभा शर्मा~ त्याे चुराेटकाे धुवाँ म तिमीलाई हेर्दै पिउँथेँ याे चुराेटकाे धुँवाले म तिम्रो आकृति कोर्दै बस्छु धुँवाको रंग त उस्तै छ तिमी मात्रै रंग फेरेर हिँड्यौ तिम्रो संसारमा धुँवाको ,रंगको

Posted in कविता | Tagged | Leave a comment

कथा : कैदी नं : २५४

~सिजन गिरी~ एेया ! टाउकोमा चोट लागेको रहेछ !दाँया बाँया हेरेँ ,परको कुनामा २ जना केटाहरू गुनगुन् गुनगुन् गरिरहेका थिए।त्यही हल्लाले मेरो आँखा खुल्यो । टाउकोमा हातले छाम्दा अन्दाजी १५/१६ टाँका लागेको हुनुपर्छ । पुलिस सँग नभिडेको भए यो टाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाल चिहाइरहेछ दार्जिलिङ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ अधरमा प्रकृति मुस्कान साचेर टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै, अंगप्रत्यंगमा चियाका बुट्यानहरुमा अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै नेपाल चिहाइरहेछ दार्जिलिङ । देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : बेलाको बुद्धि

~तुलसीहरि कोइराला~ शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : जिवन भरि

~भूमि भण्डारी~ सपनाकै संसार जिवन भरि अस्त व्यस्त घरवार जिवन भरि कति कमजोर भएंछु प्रेममा सवै कल्पना निराधार जिवन भरि

Posted in गजल | Tagged | Leave a comment

कविता : ज्यामीपत्नीको घोषणा

~कृष्ण जोशी~ यो त्यही आँगन हो जहाँ आएर आत्महत्या गर्छु भन्थें अपशोच ! यस अर्थमा भयो कि आत्महत्या गरिसकेछन् यहाँ नै झुन्डिएर मभन्दा पहिले दैव अनि धर्म दुवैले मृत्यु भएको थियो यही आँगनमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासद् कि साढे सात ?

~हिरालाल आचार्य ‘अनारबाजे’~ उज्यालोको आश थियो ल्यायौ कालो रात सभासद् हौ कि तिमी हौ कि साढे सात । जुवाजस्तै राखिदियौ देश आज दाउमा नदीबीच हेलिदियौ माझी छैन नाउमा ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

~विक्रम पवन~ अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : धन्यवाद नेताजी

~‘नेशेक’ पुष्कर विष्ट~ देशमा शान्ति नभए पनि अशान्ति फैलायौं किसानलाई खेतबारीको साटो सडकमा खेती गर्न हौंसलादिलायौं ॥ गर्भ छ नेता जि भोको पेटलाई भर्न नसकेनी

Posted in कविता | Tagged | 1 Comment

छोक : मनपर्‍यो

~सुमन पोखरेल~ मनपर्‍यो केवल मनपर्‍यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्व व्यथा

~सिद्धिचरण श्रेष्ठ~ हो रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित, कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित । कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले- ‘किन रात पर्योठ ? किन घाम गयो ? वा रात पठायो कसले ‘ सप्रेम भनें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको एक कालो वकपत्र

~शान्ति प्रियवन्दना~ हामीलाई लडाएर एकआपसमा कुन युद्ध जित्ने ताकमा छौ तिमी ? हामी अलग होइनौ बास बसेर जहाँ भए पनि डुबेर स्मृतिको गहन गर्भमा हाम्रो आफ्नो रमणीय अतित्लाई खोज्नु पर्ने बेला आएको छ । मार्गदर्शक भइ दिएको भए गतिलो

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मयुर टायम्स पढेपछि…

~किशोर दहाल~ मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल बिषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखे–मयुर टाईम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको बिषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादब मयुर … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : चुँडिएको चङ्गा

~किरण दहाल~ धेरै पहिले सोधेकी थिई उसले– पाईलटको अर्थ नर्सको जिन्दगी कसरी लेखिन्छ कबिता ? जतिबेला ऊ कोपिला नै थिई बेला–बेला सोधिरहन्थी ऊ ‘पजल गेम’जस्ता प्रश्नहरु अन्तिम पटक सोधेकी थिई उसले

Posted in कविता | Tagged | Leave a comment

छोक : भिकारी

~उपेन्द्र सुब्बा~ मन्दिरको गेटबाहिर एउटा बूढो कुष्ठरोगी थोत्रो बोरा बिछ्याएर माग्न बसेको छ। मन्दिर आउने–जाने एकदुई भक्तजनले चाराना–आठाना फाल्दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रोज् रोज् दर्शन पाउँछू

~भानुभक्त आचार्य~ रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु। लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी। लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नयाँ नेपाल

~इन्दिरा थापा~ नयाँ नेपाल सिंगार्नु छ देशको मुहार फेर्नलाई सबै जनता हतारमा छन दिगो शान्त्ति हेर्नलाई राजा होइन देशको शासक जनता आफै हुने भयो तानाशाही बिगत सम्झी धुरुधुरु रुने भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : भैंसीहरू भैंसी जस्तै छन्

~हाङयुग अज्ञात~ जताबाट जसरी हेरे पनि भैंसीहरू भैंसी जस्तै छन् काठमाडौं जस्तो आहालमा डुबेर कालो छालामा घाम ताप्छन् जुवाले रगडेर कसैको काँधको छाला मरेको छ मधेसको गाडा तान्दातान्दा कसैको मुखबाट फिंज निस्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

कथा : नारा

~राजेन्द्र पराजुली~ ‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’ क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए । ‘कुन मण्डलेले फेर्यो नारामा पिसाब ?’ उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दिने पाली बन्न पाए

~निर्मला अवस्थी~ तिमीलाई ओत दिने पाली बन्न पाए तिम्रो खाना राखिदिने थाली बन्न पाए।। दु:ख सबै उखेलेर फालिदिने थिएँ हेरचाह गर्ने तिम्रो माली बन्न पाए।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मन्दिर

~प्रमोद अधिकारी~ तिम्रो आलिंगनमा कस्सिएर पनि कठ्याङ्ग्रिएर कयौँ प्राण उडे एकमुठ्ठी सास थपिने आशमा भोको पेट नाम जप्नेको समय नपुगी सास खोसियो

Posted in कविता | Tagged | Leave a comment

गीत : बाचा म गर्न सक्दिनँ

~उषा शेरचन~ साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिनँ बन्धकी राखेर मनलाई कसम खान सक्दिनँ मेरो हाँसो मेरो खुसी तिमीलाई दिन सक्छु म तिम्रो पीर तिम्रो व्यथा आफैँ लिन सक्छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment