Tag Archives: nepali sahitya

कथा : पिताको ऋण

~श्रीरामेश्वरजी टांटिया~ राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : देश नै थला पर्‍यो

~दीपक कुमार ज्ञवाली~ अब फाट्ला बादल भन्थें झन् कालो हुँदै देशलाई ठाक्यो आखिर सबै झूटो रहेछ एक अर्काका माया पिरतीका कुरा सम्मोहन एक अर्काको

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमिबाट…

~बिपना ढुङ्गाना~ आमा भन्ने गर्थिन्: छोरा मलाई धेरै नसताउनु घाम अस्ताउनु अघि नै तिमी घर आउनु, उनको कुरा सुनेको नसुनेझैँ गरी रमाएर घरबाट फुत्त निस्कन्थे म, त्यो बेला बाहिरी दुनियाँ नै रंगमञ्च जस्तो लाग्थ्यो । घडीको सुइरो,

Posted in कविता | Tagged | Leave a comment

दिङ्लाली कान्छो का ५ हाइकुहरु

~दिङ्लाली कान्छो~ १. लाग्छ मलाई सुवास् आइरहेको केवल तिम्रो !! २. रहर भयो सागर पारी जाने सकिएला र ?

Posted in हाइकु | Tagged | Leave a comment

गजल : गल्ती गरे मै

~हरी गौतम~ साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!! सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!! निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले …., त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

~भुपी शेरचन~ जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~ मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : फेसबूक आइ-डी

~बिस्नु प्रवा सापकोटा~ जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो । उ राम्रो कबिता लेख्थी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुखुण्डो

~सन्तोष चिमरिया~ काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पद

~हरि अधिकारी~ के हो पद ? अनी कहा हो पद ? थाहा छैन मलाई वाह वाह कस्तो मज्जा को पद प्रधान मंत्री, सेना पति ,राष्ट पति ,बिबिध पद , किन हो त्यों पद ? थाहा भयन मलाई ! हो मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाली माकुरो

~पारसमणि प्रधान~ वरिपरी सब घेरी जाल राम्रो बुनेर नजर गरि चनाखा चाल राम्रो सुनेर, दलिन मनि कुनामा माकुरो एक बस्थ्यो, घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १ “भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्, लटपट भइ चाँडै जालमा नै ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडाखोला तर्दा

~दिलिप योन्जन~ डाँडाखोला तर्दा पनि भेटिन देउराली बस्यो माया केसारो याद आउछ झल्-झली बनै फुल्यो फुल डबलीमा रुमाल साट्नु गरे मैले भूल ! ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले बन है पाखा न्याउली रुन्छ मनैको पिरले

Posted in कविता | Tagged | Leave a comment

कविता : बहादुरशाहको आखिरी तरङ्ग

~नयराज पन्त~ कुन तवर त आफ्ना भूपको देश बढ्ला सकल निज प्रजामा सौख्यले वास गर्ला । यति दिन तक सोझो चित्तले ज्यान फाली हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १ प्रतिदिन सय छोडी गेहको सौख्य-वास हरघडि म रहन्थें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कुहिरोभित्रको काग

~शर्मिला खड्का दाहाल~ जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘धूपीको गीत’ भित्रका धुनहरू

~छविरमण सिलवाल~ युवाकवि तथा नाटककार रोशन सुवेदीको कवितासङ्ग्रह ‘धूपीको गीत’ २०४३/०४४ सालदेखि छापामा आएका कविताहरूको सङ्ग्रह हो । सुवेदीका कवितामा उनका प्रजातन्त्रसँगै मौलाएका विकृतिहरूको प्रतिनिधित्व पनि गरेका छन् । कवि पनि यही समाजको एउटा अङ्ग भएकोले पनि उसले समाजको हरेक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कमजोरी

~लक्ष्मी प्रसाद देवकोटा~ क. कमजोरी हुन् दुःखकी बहिनी, श्रमकी छोरी ! दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु फींज सोहोरी, विधिले रचे रे कमजोरी ! इन्द्रधनुषको रङ्ग क्यै जोरी ! साँवली छन्, छैनन् गोरी ! तैपनि छन् फेनील हुरी !

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यान्त्रको जाल

~टंक सम्वाहाम्फे~ धेरै पटक फाली सक्यौ धमीलो पानीमा षड्यान्त्रको जाल अव नसोच त्यसै गरी माछाहरु जालमा पर्लान भनेर समयले कोल्टे फेरि सक्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : लाहुर गएको देश

~लक्ष्मण श्रेष्ठ~ बिहानले बिस्तारा नछोड्दै हामी बसपार्क पुगिसकेका हुन्छौं। बिहानी चिसो बतासले जाडो मौसम आउँदै गरेको सङ्केत दिन्छ। सिद्धबाबाको गल्छेडोबाट हुर्रिएर आइरहेको ताजा हावाले फोक्सो भर्दै हामी बुटवल छोड्ने तरखरमा हुन्छौं। दशैंको टिकाको अर्कोदिन बसमा खासै मान्छे भरिइसकेका छैनन्। हामीजस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चन्द्रोदय

~सोमनाथ सिग्देल~ थियो भव्य शोभा वसन्ती निशाको, सुगन्धी थियो देह सारा दिशाको । सफा कीर्ति जस्तो जुनेली प्रभाले, सुधा-स्रोत वर्षा गरी भर्न थाले ।।१।। रसीलो अवस्था थियो दूरसम्म, भयो शान्ति-पूर्ण प्रभाले अचम्म पर्योा लोक आलोकमा मस्त गम्म, रह्यो चित्त आनन्दमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुर्पुरो

~लक्ष्मी नन्दन चालिसे~ के उद्योगी मरी रहून ? जरुर त्यो होइनसक्ने कुरा देख्तैनस् कति टा६ उल्टिन गए ? द्खीरहेछू पुरा । के भन्छस् तब ? ढङ्ग कम्ति तिनको वेढङ्ग वैरन्छ को ? हुन् ती ब्कुफ ।

Posted in कविता | Tagged | Leave a comment

खण्डकाव्य अंश : वनबाला

~भवदेव पन्त~ हा ! झमक्क पर्योन साँझ गए दूर दिवाकर औंसीको रजनीमा यो आउँथे के सुधाकर अनन्ताकाशमा हाय अन्धकार अपार छ दशै दिशा भरी कालो मेघको अधिकार छ

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कविता : रिङटोनको देश

~मनोज बोगटी~ हेल्लो… -क्याफेमा ? -ओके, ल ल… मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबीच मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई जीउ जोगाउन साह्रो यो रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र बिलाइरहेछ रायोको साग उम्रिने गाउँको सातो।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मुलुकका बेथितिप्रति सशक्त प्रहार :  ‘महाकवि बन्नोस्, व्यङ्ग्य कविता संग्रह, २०७२’

~भेषराज रिजाल~ वरिष्ठकवि सूर्यनाथ सापकोटा बहुआयामिक साहित्यिक व्यक्तित्वका धनी हुनुहुन्छ । बागलुङबाट प्रकाशित ज्योति पत्रिकामा कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका कविका कविता संग्रह, कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : महामन्डल साहित्ययात्रा

~डा. खगेन्द्रप्रसाद लुइटेल~ कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जीवन-जुवा

~चक्रपाणि चालिसे~ लामो खाल, विशाल विश्व छ, खुला खानी खजाना अरु विद्ध्या खेति किसानि कौशल कला वाणिज्य धन्दाहरु ।। थापिन्छन जितहार हुन्छ यिनमा जित्नेहरु हाँस्तछन् हार्ने छाति पिटेर रुन्छ बिचका टोलाउँदै हेर्दछन् ।।१।। पन्जा कोही जमाउँछन् कति तिया पारी मजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : चाचा : निरन्तर संघर्षशील, निरन्तर क्रान्तिकारी

~किशोर दहाल~ माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन् । शान्तिप्रक्रियामा उसको अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए । अनेक कोणबाट अनेक तथ्यहरु खोतलिए । तर, जनयुद्ध कालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : अात्मा को खण्डहर

~विमल निभा~ एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ म इतिहास लेखिरहेछु यो मिस्र देशको उपाधिकारी राजा ‘फराओन’ र उसको देउता ‘प्ताह’ र ‘ओसिरिस’को सहस्रौं वर्ष पुरानो इतिहास होइन न क्यालिफोर्नियाको भयङ्कर दानव ‘गोबिला’को प्राचीन अमेरिकन इतिहास हो र इङ्गल्यान्डको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ढाल्न दिनु हुन्न

~लोक लामा~ हो आफ्नो स्वाभिमान ढाल्न दिनु हुन्न बेइमानिहरुलाई चाल चाल्न दिनु हुन्न । अर्को रोम र निरो साबित गर्लान यहाँ कसले झोस्यो आगो अब बाल्न दिनु हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

छोक : कलम तरवार

~बिमल गुरुङ~ कलमको मसीको महत्व पढ्नमा होइन लेख्नमा छ तरवारको धारको परिभाषा युद्धमा छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्ष

~किशोर के सी~ बैशाखी चेपेर काखीमा ज्येष्ठता जोड्न अरु एक बर्ष , असफल अनुभवहरु बोकेर , श्रापित एउटा आगन्तुक स भद्रता मञ्चन गर्दै नाटकीय , आइ रहेछ यतै , वर वर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~भिम दुमि ‘माक्पाली कान्छा’~ तिमि मरेर बाँचेकाहरु जीवन बलिदान दिएर निशब्द सडक, गल्लि, कोठा, चोटा र सिरानी भित्र उभिरहेका छौ अहिले बाँचेर पनि मरि रहेकाहरुलाई हेरेर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : वास्तविकता

~अरुणबहादुर खत्री “नदी”~ कबि राधाकृष्ण पत्रिका पसलमा उभिएर दैनिक पत्रिकाहरु पढिरहेका थिए | त्यसै बेला एकजना ठूलै नेता आइपुगे | पत्रिका पढिरहेका राधाकृष्णलाई देखेपछि नेताले सोधे – ‘ कविजी ,पत्रिका त पढ्दै हुनुहुन्छ , किनेर पढ्नुभएको हो कि फोकटमा ?’ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment