Tag Archives: nepali sahitya

कविता : मैले देखिन : मुलबासि शक्ति देखिन

~एभ्लेट फुङ~ ए , नेवारहरु हो ! के तिमिहरु किर्तिपुरको युद्धमा सुर प्रताप शाहको आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ? तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र सडक

~कमल कुमार~ पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी ।

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : भाग्यवाद

~कुमार काफ्ले~ •रमेशलाई भाग्यमा परम् विश्वास छ। •नाम चलेका ज्योतिषी,जान्ने र माताकोमा गएर चिनाटिपन र हात हेराईरहन्छ। •शहरमा अर्का एक नामूद ज्योतिष आएको कुरा उसले पनि सुन्छ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : तुहाउ त्यो गर्भ

~प्रणिका कोयु~ “आमा भएर हेर् अनि कुरा गर्” कति सुनें मैले यस्ता कुरा ए घरिघरि त तह लगाउन तिम्रा नानी भन्दा ए त्यसो नभन न, बुझ्छन् त तिनले पछि भन्दा प्रतिउत्तरमा मैले कहिले आमा त कहिले नानीलाई तह लगाएँ हिजोआज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गाड़ी पुरानो भयो…

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी, गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि। पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो, तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01। फोटा हेर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : नेपाल देख्दा कतै देखेको झैँ

~भिमदर्शन रोका~ नेपाल देख्दा कतै देखेको झैँ, बिहान कतै आँगन टेकेको झैँ, यस्तो लाग्यो हृदयमा मेरो, सपनामा कतै भेटेको झैँ, नेपाल देख्दा कतै…।

Posted in कविता | Tagged | Leave a comment

गजल : ठिक छैन

~शुशिला निनाम~ हामी भन्छौं संविधानको अनुसूचि, भाग ठिक छैन उता सिँहदरबारले भन्छ तिम्रो माग ठिक छैन । सबै फुलले सङ्गैसङ्गै फुल्न पाउनुपर्छ यहाँ साच्चिकै साझा फुलबारी बनाऔँ यो बाग ठिक छैन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : महाकवि देवकोटाप्रति

~निर्मोही व्यास~ कविकुलगुरु हाम्रा ! आज तिम्रो जयन्ती सबतिर छ फुलेको कीर्तिको वैजयन्ती प्रिय ! उदित अमा* मा हौ शशी, चन्द्रिकाले जगमग जग पार्‍यौ दिव्य सोह्रै कलाले चिरिबिरि ध्वनि तिम्रो, भाव-सङ्गीत दिव्य हृदयभरि चुल्याई मक्ख पर्दै छु नित्य

Posted in कविता | Tagged | Leave a comment

कविता : श्री गढी माई

~अभिषेक सुवेदी~ श्री गढी माईको महिमा छ अपरम्पार सिधिन्न महिमागाएपनि बारम्बार साक्षात मामता हुनुहुन्छ गढी माई मनोकामना पूरा गरी, रक्षा गर्छिन् हामीलाई उनीको लीला छ न्यारी र प्यारी

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बस्तीको पुरानो छाप्रो

~नरेन्द्र पराशर~ केही थान मानव आकृति लुकाएर ब्रह्मबोधी सन्त झैँ सदा शान्त हुन्थ्यो नयाँबस्तीको पुरानो छाप्रो । उषाकालीन भानु-रश्मिले बाँसका भाटाहरू चहकिला हुन्थे खरको छानो उज्यालो हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~रेखा पन्त~ गैरी खेतको रोपाइँ जमदार बाको मेला उखेलेर धानको बिउ झमझम पानीको वर्षा वर्षा संगै सुमधुर आवाजमा गाएको असारे गित

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिलाषा

~गोविन्दप्रसाद ढुङ्गाना भैगो, जन्म गरीबकै सुकुलमा होस्, किन्तु त्यो शुद्ध होस् कोरोस् अङ्गहरु परन्तु तन यो अत्यन्त साह्रो बनोस्, आउन् कष्ट करालरुप सहसा कुल्चून् सबैले, तर – छाती यो नफुटोस् विशाल कहिल्यै थामोस् सहोस् केवल । फैलोस् बुद्धि सुकर्मकै तरफमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : माया भनिदेऊ

~केदार श्रेष्ठ “गगन”~ प्यार गर्दै नजिक आउछु माया भनिदेऊ आकाश भइ फैलिदिन्छु तारा बनि आऊ । छातिभित्रै पसूँ लाग्यो अलि वर सर फूलझैँ फुलिदिन्छु शीत बनि झर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : छोरीसँग अनलाइन च्याट

~सुबेश घिमिरे~ छ बर्षकी मेरी छोरी हरेक साँझ अनलाइन हुन्छे । कम्प्युटरको अन्तर-जालोमा थरी-थरीका एनिमेसन पठाई खित्का छाडी छाडी उन्मूक्त हाँसो हाँस्छे घरी मायाको चिन्ह साट्छे घरी रीश अनि घुर्कीको संकेत फाल्छे ॥

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : छेपारो उही स्वभाव उही

~विष्णु विभु घिमिरे~ जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दो रहेछ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : तिमीप्रति

~दीपेन्द्र के.सी. ‘अपजसी’~ माफ गर मलाई ! सुवासना र सौन्दर्य एकैचोटी छर्दै जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा सँधै मुस्काइरहेको एक थँुगा मुहार तिम्रो सौन्दर्य र गुणको बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव आयो

~पुजा पराजुली~ मुखिया बाको पिंढिमा रेडियोले समाचार फुक्दै थियो, देशमा चुनाव आउन लागेको । त्यसैले पो रहेछ गुन्यु-चोलीमा अविरले रङ्गीएका अनि फूलमाला भिरेका,ढाकाटोपी दौरा-सुरुवालमा सजिएर सुकिलामुकिलाहरु ‘गाम’ छिरेका । हिजोसम्म भेडाबाख्रा,गाई र भैंसी

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरक्षित देश राम्रो

~आशीष द्विवेदी~ ललाइफकाइ पैसा दिएर संसार खुशी लिएर लग्छन् चेली विदेश राखी टाढा स्वदेश मेरो यो समाज कसको

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यवस्था परिवर्तन

~पदम गौतम~ “प्रजातन्त्र”र परिवर्तन”-को काष्टिङ हेर्दा-हेर्दै, मस्त निदाएछु कता! भाषण सकिएछ राशन सकिएछ अाश्वासन सकिएछ प्रशासन सकिएछ नारा सकिएर पनि……….

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युहरू

~विप्लव ढकाल~ पार्कमा बसेर घाम तप्दै रूँदै बदाम खाँदै मरिरहेको छ तिम्रो कायर बाबु ! सोध उसलाई ऊ किन जुलुसमा जाँदैन ? जंगलमा घाँस र दाउराको भारी

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–१

~गोविन्दप्रसाद आचार्य~ कोठाभित्र योजना बनाउँदै यमराज तल्लीन भैरहेछ मान्छेहरू भेट्न खोज्छन् पहरेदार दूतहरू बाटो छेक्छन् यमराजभन्दा ठूला दूत हुँदा रहेछन् मुद्धा–मामिला आफै छिनोफानो गर्दा रहेछन् दूतहरू मिजास अनि मिठास बिनाको

Posted in कविता | Tagged | Leave a comment

लघुकथा :वर्तमान

~कात्यायन~ – ठूलीनानीले चटपटे खाईसकेपछि कागजमा लेखिएका केही कविताहरू पढ्छिन् | स्पर्श : आँगनको टर्कटीमा बसेर भ्यागुताको टर्र-टर्र सुन्दै थियो ऊ, टलक्क टल्कने पोशाकको रंगिन सपना बुन्दै थियो ऊ, श्रीमतिले, भोकले पिल्पिलाएकी नानी काखमा राखिदिइन्,

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : बहकिँदो मन तँ

~बच्चु कैलाश~ बहकिँदो मन तँ बहकी न जा मायाको देश कहाँ छ कहाँ आश नदेखा ए चञ्चल हवा लहलह यो फूलमा छ फुलेको के

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिमी ठूला राजधानी

~केडी रेम्नीसीङ~ म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी, आज छु मोफसलमै भोली पुगुँला राजधानी । पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म, मोफसलकै भरमा चल्ने लुला राजधानी ।

Posted in गजल | Tagged | Leave a comment

कथा : कमरेड अन्जना

~बिना थिङ तामाङ~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले डाँडागाउँ कै आर्मीपोष्टमै भेटेको थिएँ । झन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मानबहादुर बाजे

~अनुप जोशी~ मानबहादुर बाजे गाउँ छोडेर कहिल्यै कतै गएको छैन गएको त छ हजारौंपल्ट मर्स्याङ्दी तरेर पारीको बजारसम्म जहाँ ठूला -ठूला मोटरहरुबाट (जसमा ऊ चुनावप्रचारमा जाँदाबाहेक कहिल्यै बसेको छैन) चिल्लाचिल्ला खुट्टाहरु निस्कन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँदको गीत

~तारा पराजुली~ हावाका भित्ताहरुमा चिसो बिज्ञापन टाँसेर भर्खरै गएको छ एउटा बालक। यसबेला ओसिएको छ जीवनको किताब डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओढेर बसेका असारका खेताला जस्तै

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मेरो फेसबुक परिधीमा देखिने साहित्य उपाषकहरुः एक सन्दर्भ

~पूर्ण बन्धन~ फेसबुकको सदुपयोग, दुरुपयोग के गनें? यो प्रयोगकर्ताको नियतमा भर पर्ने कुरा हो । देशविदेशमा छरिएर रहेका आफन्त तथा मित्रजनहरुका साथ सापिप्यता बढाई सामाजिक सञ्जालको सदुपयोग गरेका उदाहरणहरु पनि छन् । अतिरञ्जित राजनैतिक गुटबन्दी र यौनजन्य अपराध बढाउने खालका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : सोझी मैयाँको कमाल…….

~सन्तोष रोकाया~ “नछुनु है भाउजू मलाई,मैले मन्दिरमा पूजा गर्न जानुछ,फेरी बुवा रिसाइसेला नि” । यसरी नै टारिदिन्थिन उनी आफ्नो भाउजूलाई जो रजस्वला भएकी भनिएर घर परको खरले छाएको गोठमा राखेकी थिइन । सबैले उहाँको परिवारलाई शास्त्री परिवार भनेर चिन्ने गर्दथे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनएक्सपेक्टेड वे अफ लव !

~केशव प्रसाद पाण्डे ~ “लु अव केशब  ‘केशुबाबा’ भयो है केटी हो ,कन्याहरुले लसपस नगर्नु!” कक्षाभरि हाँसो चल्याो गललल.. “अोई ! केशुबाबा त भईस अब ‘केशुबुबा’ चैँ कैले बन्छस  त? “ “हुनत अहिलेसम्मकीलाई …….को भएत कतिवटा को पो हुँदो हो !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : तापैतापको राप ताप

~माधवप्रसाद नेपाल~ व्यक्ति, परिवार र समाजले विगत र वर्तमानमा भोगेका मानसिक सास्ती, पीडा र दुःखहरूलाई समेटेर लेखिएको उपन्यास हो ताप । हिन्दूशास्त्रअनुसार मानिसले जीवनमा मुख्य तीन प्रकारका तापबाट मुक्तिको कामना गर्छन्, ती हुन्— आध्यात्मिक, आधिदैविक र आधिभौतिक । प्राचीन मनिषीहरूले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : आत्माग्लानी

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ धोएर सुकाए झै खुम्चिएर मुजा मुजा परेको निधारको रेखीसँग ऊ मेरो सामुन्ने उभिएको थियो । “हजुर दुई दिनदेखि भोकै छु” याचिकाको कटौरा फैलाई हाल्यो । ‘म पनि भोकै छु’भनिदिउ झै लाग्यो । अभावले,सरापले खर्लप्पै निलेको शरीर देखेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment