Tag Archives: nepali sahitya

कविता : नाङ्गाहरूको देश

~तीर्थ श्रेष्ठ~ म देखिरहेछु निर्वस्त्र नाङ्गा छन् मेरा प्रियजनहरू यो कारुणिक दृश्य देखिनसक्नु छ र पनि देख्न बाध्य छु मेरा प्रियजनहरूका शरीर मात्र नाङ्गा छैनन् मेरा प्रियजनहरूका पेटहरू पनि नाङ्गा छन्

Posted in कविता | Tagged | Leave a comment

नेपाली भजन : आखिर सब हो माटो

~भीमनिधि तिवारी~ आखिर सब हो माटो श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो ? पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो आखिर सब हो माटो रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी गरीबहरुको पनि यसरी … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

गजल : चलायर जान्छेउ !

~मौसमजी भण्डारी~ एक्कैछिन यादको हुरी चलायर जान्छेउ ! अनायासै दिलको दुरी बढायर जान्छेउ !! हिजो जस्तै बेचैनी बढ्दै जान्छ आजपनी मलाइ तिम्रो जरुरि बनाएर जान्छेउ !

Posted in गजल | Tagged | Leave a comment

कविता : कल ब्रेक

~किरण दहाल~ फिँजाएर ओछ्यानभरी हेरिरहेछ ऊ– विश्वविद्यालयले दिएका प्रमाणपत्रहरु र, सम्झन्छ बाबाको अर्ती– धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ अनि आक्रोस पोख्छ– ‘पढिगुनी के काम हलोजोती खाए माम’ एउटा प्रचलीत नेपाली उखान

Posted in कविता | Tagged | Leave a comment

कथा : दोधार

~समीर पाख्रिन~ दीपक र उसको साथी मनोजको सुन्धारानजिकै जम्काभेट भयो । रातोपिरो, हट्टाकट्टा, सुकिलो पहिरन र महँगो चश्मा लगाएर एफजेड बाइकमा सवार मनोजलाई दीपकले चिन्न सकेन । तर मनोजले भने दीपकलाई टाढैबाट चिनेकोले बाइक रोकेर बोलाएको थियोे– “दीपक के छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिचारको भारी

~विश्वराज अधिकारी~ हिँड्न सक्दैन एक्लै खोज्दै हिंड्छ आफूलाई डोर्याउने गोठालो सँधै मान्छे टाउकोको भारी बिसाए पनि बिचारको भारी बोकिरहन्छ मान्छे लाख कोशिश गरेर पनि

Posted in कविता | Tagged | Leave a comment

गजल : गाथाको जीत हो नारी

~निर्मला अवस्थी~ इतिहासमा लेखिएको गाथाको जीत हो नारी सदभाव बनाई राख्ने सबैको हित हो नारी।। धर्तीलाई भिजाएर सिर्जनामा रमाइदिने सृष्टीलाई जोगाई राख्ने एउटा रीत हो नारी।।

Posted in गजल | Tagged | Leave a comment

छोक : शिक्षा

~बिमल गुरुङ~ कक्षा कोठामा पिचिक्क थुक्दै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : देशको परिचय

~रामचन्द्र खतिवडा~ एक जना फ्रान्सेली नागरिकले नेपालबारे थुप्रै कुरा सुने । नेपाल घुमेर आएका उनका साथीले भनेका थिए– “नेपाल बुद्धको देश हो । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । नेपालका मान्छे साह्रै असल छन् ।” यी कुरा सुनेपछि उनलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सङ्गीत

~लक्ष्मी प्रसाद देवकोटा~ मान्छे किन भो टिन झैँ खोक्रो ? केवल काँचुली ? केवल बोक्रो ? वीणा जीवन उसले बुझेन, सुरसा सङ्गीत एक बजेन, हजार हवाले तारै टुक्रयो । मानवताको मुटु तुम्बा, गुँज्नैपर्दछ सुरले गम्म, मानिसप्रति भै मानिस आफु,

Posted in कविता | Tagged | Leave a comment

कविता : बादलको तस्विर

~दिनेश अधिकारी~ होइन भन्नै सक्तिनँ अबिरको फागु खेल्दै सडकमा उत्रिएर मैले पनि अरुले जस्तै विजयोत्सव मनाएको हँु जिन्दावाद गाएको हुँ एउटा सफा तस्विर थियो आँखाअघिल्तिर-त्यतिखेर रङ्ग भएर तस्विरमा मेरो रहर बिउँझएको थियो रेखाहरुमा मेरो गन्तब्य प्रस्टिएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासको सौन्दर्य

~मञ्जुल~ दुई जना ससाना केटीहरू हात समातेर हिँडिरहेका छन् मेरो साथी ती हातहरूतिर औँल्याउँदै भन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीलाई मानचित्र पढाउँदा

~विजय मल्ल~ रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान्! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान।

Posted in कविता | Tagged | Leave a comment

कविता : पावरहाउस

~श्यामल~ समयसँगसँगै थिचिदै गएका सपना सानासाना आँखामा देखिने इन्द्रेणी समय सँगसँगै अगोचर हुँदै गएका कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै चिसोले कठ्याङ्ग्रिएका मानिसहरू आफैँले बनाएको मोटर र रेलले किचेर मरेका आत्माहरू आफैँले उडाएको हवाइजहाजको स्वप्नयात्रामा बिताएको जवानी

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~बिपना ढुङ्गाना~ संघर्षको दौडमा, मानिसहरुकै समुद्र सडकमा हिँडिरहेका थुप्रै मानिस एकअर्कासँग सबै अपरिचित तिनीहरुकै एक हिस्सा थिई ऊ । सन्तुष्टिको खोजीमा हिड्दै गर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी

~रेखा पन्त~ जाडो महिनाको तातो घाम चियाको चुस्कीमा मकै बदाम घरको आँगन या कौशी परालले बुनेका सुकिला न्याना

Posted in कविता | Tagged | Leave a comment

समालोचना : एक हातको तालीको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, … Continue reading

Posted in समालोचना | Tagged | 1 Comment

गजल : रोयो काली पनि

~सरोज घिमिरे ‘कर्कट काश्यप’~ मेची दुख्ता कोशी दुख्यो, रोयो काली पनि । बास बस्ने गुँड भत्क्यो, झर्यो डाली पनि ।। पसिनाले भिजाएर लायौं खेतीपाती, भाग्यले नै ठगेपछि, मर्यो बाली पनि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बन्धन हो साथी

~पूर्ण बन्धन~ समय बलवान अनि महत्वपूर्ण बन्धन हो साथी । जन्म र मृत्यूबीचको भरीपूर्ण बन्धन हो साथी ।। बुझेर यसको महत्व चल्न सके जमाना झुक्छ, उसैका लागि मात्रै यो अर्थपूर्ण बन्धन हो साथी ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : देश बाहिर

~अजित क्षेत्री~ हो, मैले त्यसरी छाड्नु हुने थिएन त्यो लागीगुराँसको फूल जिन्दगीको त्यो घाँसे मैदान तिम्रो अराजक प्रेमको त्यो न्यानो अंगालो मैले त्यसरी छाड्नु हुने थिएन मेरो देश

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को दिन

~दीपा लिम्बु राई~ बुद्ध र गान्धीलाई नजिक राखेको छु म युद्धविरोधी मानव युद्धकालको यो समय पेट्रोलले मलाई नै खोजिहिड्छ ? राइफलको व्यारेलले मलाई नै ताकिरहन्छ । युद्ध विमानले मलाई नै खेदिरहन्छ । के म दुस्मन हुँ ? के म शत्रु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~वीरेन्द्र नेपाल~ मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं फोहोरको डङ्गुर बनिसकेको छ, सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ । संस्कृतिको धरोहर मानिने काठमाडौं विदेशीहरुको ट्वाइलेट बनेको छ, विश्व सम्पदाको सम्पत्ति मानिएको काठमाडौँ हत्या, हिंशा र आतङ्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जीवन

~गोपाल पाँडे~ होओस् ‘को?’ नाउँ मेरो अति सरल रहोस् ठाउँको नाउँ ‘कुन्नी‘ हूँ आफू सर्वसाधारण जनहरुको साथमा मात्र खालि निन्दा सारा सर्वले नचिनिकन गरुन् सामुमा हूँ म चाहि, त्यो निन्दाबाट शिक्षा अबल अबलका पाउँद हूँ म केही । १ होओस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कागजको मान्छे तिमी !

~विक्रम तिमिल्सिना~ उड्यौ हूरीबिना नै सिरिरिरी बतासले ! . म प्रार्थना त गरुँला, तर पनि हावाहूरी बाढीभेल त अवश्य आउनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको शब्दकोष

~प्रमोद स्नेही~ भोलि बिहान उदाउने सूर्य म देख्छु देख्दिनँ, त्यो मलाई पनि थाहा छैन। तर यो सत्यदेखि भने म अनभिज्ञ छैन। कुनै दिन मैले पनि यसरी नै जल्नुपर्छ यो चितामा

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहा पनि

~राजेन्द्र शलभ~ कसैले सोध्नु अघि म आफ़ै भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुं मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न

Posted in कविता | Tagged | Leave a comment

Poem : Present pinned in a natucha*

~Sudhir Kwabi~ Today, Reflecting childish behavior Bonny hands, with natucha, are searching for bright future in stinking plastic bags and gloomy rags Tomorrow, the called-pillar of the country will be lying under the unknown bridge

Posted in Poem | Tagged | Leave a comment

छन्दबद्ध गजल : रमाएर बाँचौ

~कोमल भट्ट~ (भुजङ्गप्रयात छन्द) सकेसम्म हामी रमाएर बाँचौ सधैँ नाम इज्जत् कमाएर बाँचौ नरोजौं छहारी उपेक्षा जहाँ छ नछुट्ने सहारा समाएर बाँचौ

Posted in गजल | Tagged | Leave a comment

कविता : शिशाभित्रको गीत

~मदन राई ‘लामाखुले’~ बादल नफाटि कनै वर्षात भयो धर्तीमा गीतहरू सदियौ” कठांग्रीएका हिउँदहरू क्रमश: खुल्दै कलिलो छातीमा मुसुक्क हाँसेर ईन्द्रेणी गीतका रङहरू शूभकाना छ तिम्रा गीतहरूलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : जातको कुरा गर्छु

~आश्रय रवि~ तिमी जे सुकै भन म जातको कुरा गर्छु। हिजो तिमीले हानेको लातको कुरा गर्छु। जति लगाउ महायज्ञ देउ मिठा प्रवचनहरू। धर्ममा भईरहेको अधेरी रातको कुरा गर्छु।।

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालो विहान बोकेकी सुन्दरी केटी

~सबिना सिन्धु~ झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी स्वयम् निस्सासिएर घैलाहरूसँगै नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा बुनिरहन्छे पसिनाका नीला सपनाहरू, बाटोभरि निमोठिएर जूनका कृत्रिम आँखाहरूबाट, यज्ञको रापिलो अग्निकुण्डमा चिरकालदेखि होमिएकी बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बेल्जियम र ‘म्यानाकमपी ’

~धर्मेन्द्र झा~ भौगालिक क्षेत्रफलका दृष्टिले बेल्जियम युरोपकै सानोमध्येको देश हो । अस्तित्व र स्थापनाका दृष्टिले पनि यो देश युरोपको कान्छोमध्येको हो । दोस्रो विश्वयुद्धपछि यसले आफ्नो विकासयात्रा आरम्भ गरेको हो । आज सन् २०१० को जुनको सातौ दिन । युरोप … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment